इस्लामावाद पुगे इरानी विदेशमन्त्री, अमेरिकी टोली जाँदै
नेपालअखबार, काठमाडौं । इरानका विदेशमन्त्री अब्बास अराग्ची पाकिस्तान पुगेका छन्।
अमेरिकासँग सम्भावित दोस्रो चरणको वार्ताका लागि इरानी विदेशमन्त्री अराग्ची शुक्रबार राति इस्लामावाद पुगेका हुन्।
शुक्रबार नै उनले पाकिस्तानी समकक्षी इशाक डारसँग भेटवार्ता गरेका छन्।
अराग्ची इस्लामावाद पुगेपछि अमरिकी टोली पनि आउँदै छ।
शनिबार बेलुकीसम्म अमेरिकी टोली इस्लामावाद आइपुग्ने अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।
अमेरिकी टोलीमा यसपालि मध्यपूर्व दूत स्टिभ विटकोफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ ज्यारेड कुश्नर छन्।
उपराष्ट्रपति जेडी भान्स भने आएका छैनन्। ट्रम्पले यसअघि भान्स नै वार्ताका लागि जाने बताएका थिए। भान्स नजाने भनेपछि प्रत्यक्ष वार्ता नहुन सक्ने बताइएको छ।
इरानी विदेश मन्त्रालयका प्रवक्ताले सामाजिक सञ्जालमार्फत अमेरिकी प्रतिनिधिसँग प्रत्यक्ष भेट्ने योजना नरहेको...










