Saturday, July 11

राजनीति

आज साँझसम्ममा समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने
प्रशासन, राजनीति, समाचार

आज साँझसम्ममा समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

नेपालअखबार,काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारले आज अपरान्ह ४ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन सक्ने छन् । निर्वाचन आयोगले जारी गरेको सूचना अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनमा राजनीतिक दलले यही पुस १३ र १४ गते पेस भएको बन्दसूचीका सम्बन्धमा आयोगबाट स्वीकृत कार्यक्रम बमोजिम सम्बन्धित उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने छन् । आयोगले  सम्बन्धित सबै उम्मेदवारलाई सो सम्बन्धमा जानकारी गराएको निर्वाचन अधिकृत कृष्णबहादुर राउतले जानकारी दिए । आयोगको समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा आज  बिहान १० देखि ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्नेछन् । बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को अनुसूची १८ बमोजिमको ढाँचामा निवेदन दिन सक्नेछन् । क...
भृकुटीमण्डपमा विशेष महाधिवेशन चलिरहँदा देउवाले आफूनिकटलाई निवासमा बोलाए
राजनीति, समाचार

भृकुटीमण्डपमा विशेष महाधिवेशन चलिरहँदा देउवाले आफूनिकटलाई निवासमा बोलाए

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट नेताहरूलाई आफ्नो निवास महाराजगञ्जमा बोलाएका छन् । काठमाडौँको भृकुटीमण्डप विशेष महाधिवेशनको उद्घाटन समारोह चलिरहँदा देउवाले आफूनिकट नेताहरूलाई आफ्नो निवासमा बोलाएको उनीनिकट एक नेताले जानकारी दिए । ‘सभापतिले निकटका केही नेतालाई निवासमा बोलाउनु भएको छ,’ती नेताले भने, ‘पार्टीको पछिल्लो गतिविधिबारे छलफल गर्ने भनेर खबर आएको छ ।’ कार्यवाहक सभापति पूर्णबहादुर देउवा र केन्द्रीय सदस्य रमेश लेखक भने केही समयअघि नै देउवा निवास पुगेका थिए । देउवा र दुई नेताबीच छलफल जारी रहँदा अन्य नेताहरूलाई पनि बोलाइएकोह हो ।...
न्युयोर्कमा लोकतान्त्रिक समाजवादको अभ्यास गरिनेछ
राजनीति, विश्व, समाचार

न्युयोर्कमा लोकतान्त्रिक समाजवादको अभ्यास गरिनेछ

नेपालअखबार, काठमाडौं । मेरा प्रिय न्युयोर्कवासीहरू ! आजबाट नयाँ युगको थालनी भएको छ । आज म तपाईँहरूसामु छु । शपथ ग्रहणको यो पवित्र अवसरमा, तपाईँहरूले ममाथि राखेको विश्वास बोकेर न्युयोर्क सहरको ११२औँ मेयरको रूपमा उभिएको छु । मलाई भलीभाँती थाहा छ, म एक्लै उभिएको छैन । आज जनवरीको यस्तो चिसोमा पनि आशाको तातो ज्वाला बोकेर ‘लोअर म्यानहट्टन’ मा भेला हुनुभएका तपाईँ दसौँ हजार जनतासँगै म उभिएको छु । म अरू पनि ती अनगिन्ती न्युयोर्कवासीहरूसँगै उभिएको छु, जो साँघुरा भान्सा तथा कपाल काट्ने हजामघरहरूबाट हामीलाई हेरिरहनुभएको छ । लागार्डियामा पार्क गरिएका ट्याक्सी क्याबहरूका ड्यासबोर्डमा राखिएका सेल फोनहरूबाट, मोट हेभनका अस्पतालहरूबाट तथा एल बारियोका पुस्तकालयहरूबाट हेरिरहनुभएको छ । म धेरै अघिदेखि नै बेवास्ता गरिएका आम मानिससँगै उभिएको छु । म सदैव तपाईँहरूसँगै उभिन्छु । स्टिलको जुत्ता लगाएर...
इरानमा सैन्य आक्रमण गर्ने विषयमा ट्रम्पले लिए ब्रिफिङ
राजनीति, विश्व, समाचार

इरानमा सैन्य आक्रमण गर्ने विषयमा ट्रम्पले लिए ब्रिफिङ

नेपालअखबार, काठमाडौं । इरानमा जारी प्रदर्शनमा सरकार पक्षबाट दमन भएको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यहाँ सैन्य आक्रमण गर्ने विषयमा ब्रिफिङ लिएको खुलेको छ। इरानलाई लगातार चेतावनीका बाबजुद त्यहाँको प्रदर्शन नियन्त्रणमा नआएको र सरकार पक्षले प्रदर्शनकारीमाथि गोली चलाएको खबरहरू सार्वजनिक भइरहँदा ट्रम्पले ह्वाइट हाउस र पेन्टागनका अधिकारीहरूसँग ब्रिफिङ लिएका हुन्। अमेरिकी अखबार द न्यूयोर्क टाइम्सका अनुसार ट्रम्पले इरानमा सम्भावित सैन्य आक्रमणबारे पेन्टागनका वरिष्ठ सैन्य अधिकारी, ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार र राष्ट्रिय सुरक्षा परिषदका अधिकारीहरूसँग गोप्य छलफल गरेका हुन्। त्यस क्रममा सम्भावित सैन्य आक्रमणको नयाँ विकल्पबारे ट्रम्पले उनीहरूबाट ब्रिफिङ लिएको बताइएको छ। यद्यपि ट्रम्पले इरानमा सैन्य आक्रमण गर्ने निर्णय भने गरिसकेका छैनन्। तर इरानी सरकारको दमनकारी क...
‘रवि लामिछानेले फोन नै नउठाएपछि रास्वपासँगको एकता तोडियो’
राजनीति, समाचार

‘रवि लामिछानेले फोन नै नउठाएपछि रास्वपासँगको एकता तोडियो’

नेपालअखबार,काठमाडौँ । उज्यालो नेपाल पार्टीका नेता श्री गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता प्रक्रियामा गम्भीर धोका भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। विश्वास गरेर पार्टी र नेतृत्व बुझाए पनि रास्वपा नेतृत्वले अपमानजनक व्यवहार गरेको र सहमति लत्याएको भन्दै गुरुङले सामाजिक सञ्जालमार्फत एकताको ढोका बन्द भएको बताएका हुन्। समानुपातिकतर्फका ११० जना उम्मेदवारको सूचीमा आफ्ना १४ जना उम्मेदवारलाई निकै तल राखिएपछि मन चिसिएको उल्लेख गर्दै गुरुङले एकताको लक्ष्यका लागि आफूहरूले धैर्यता रोजेको बताएका छन्। तर, आफ्ना नेतृत्वलाई पाँचौँ नम्बरको वरीयतामा धकेल्ने, केन्द्रीय सदस्यहरूलाई १२ जनामा मात्र सीमित गरेर उपहास गर्ने र ३० प्रतिशत उम्मेदवारीको सुरुवाती सहमति विपरीत अपमानजनक प्रावधान राखिएपछि स्थिति बिग्रिएको उनको भनाइ छ। गुरुङका अनुसार एकता बचाउन अन्तिम समयसम्म प्रयास गरिए प...
इरानको प्रदर्शन थप हिंसात्मक, सेनाले भन्यो- प्रदर्शनमा बच्चा नल्याउनू, गोली लागे गुनासो नगर्नू
राजनीति, विश्व, समाचार

इरानको प्रदर्शन थप हिंसात्मक, सेनाले भन्यो- प्रदर्शनमा बच्चा नल्याउनू, गोली लागे गुनासो नगर्नू

नेपालअखबार,काठमाडौं । इरानमा सरकार विरोधी प्रदर्शनका क्रममा कम्तीमा २१७ जना मारिएको दाबी गरिएको छ। इरानमा विगत केही दिनदेखि देशको खस्कँदो आर्थिक अवस्था र महँगीका कारण सरकारको विरोधमा प्रदर्शन भइरहेका छन्। यसको सुरुवात २८ डिसेम्बर २०२५ मा भएको थियो। टाइम म्यागजिनले तेहरानका एक डाक्टरलाई उद्धृत गर्दै राजधानीका ६ वटा अस्पतालमा मात्रै कम्तीमा २१७ प्रदर्शनकारीको मृत्यु दर्ता गरिएको बताएको छ, जसमध्ये अधिकांशको मृत्यु गोली लागेर भएको हो। बीबीसीले शुक्रबार राति रश्त शहरको एउटा मात्र अस्पतालमा ७० जनाको शव ल्याइएको पुष्टि गरेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार, इरानमा सरकार विरोधी प्रदर्शनहरू थप हिंसात्मक र व्यापक बनिरहेका छन् । इरानबाट प्राप्त रिपोर्टहरूका अनुसार, विगत चार दिनमा सुरक्षा बलको कारबाहीमा सयौँ मानिसहरूको मृत्यु भएको छ वा उनीहरू घाइते भएका छन्। इरानका तीनवट...
राज्य एकीकरणमा पूर्वजको योगदान महत्त्वपूर्ण छ- राष्ट्रपति पौडेल
राजनीति, समाचार

राज्य एकीकरणमा पूर्वजको योगदान महत्त्वपूर्ण छ- राष्ट्रपति पौडेल

नेपालअखबार, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले स–साना राज्यमा छरिएर रहेको नेपाल हालको अवस्थासम्म आइपुग्न धेरै पूर्वजहरूले पुर्‍याएको योगदान महत्त्वपूर्ण रहेको बताएका छन्। पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा दिएको शुभकामना सन्देशमा उनले पृथ्वीनारायण शाहले स–साना टुक्रामा छरिएर रहेका राज्यहरूलाई एकीकरण गरेर आधुनिक नेपाल राष्ट्रको निर्माण गरेको स्पष्ट पारेका छन्। 'पृथ्वीनारायण शाहलाई सम्झँदा उहाँले नेपालको एकीकरण गर्दै राष्ट्रिय स्वाधीनता र आधुनिक नेपालको साझा पहिचानलाई स्थापित गर्नुभएको देखिन्छ । उहाँको दिव्योपदेश आज पनि उत्तिकै लोकप्रिय र सान्दर्भिक छन्,' शुभकामना सन्देशमा उनले भनेका छन्। राष्ट्रपति पौडेलले मुलुकको सवल अर्थतन्त्र निर्माण, राष्ट्रप्रेम, छिमेकी राष्ट्रहरूसँग कूटनैतिक सम्बन्ध निर्माण, धर्म, संस्कृति र परम्पराको संरक्षण, जनकल्याण र राज्यको जिम्मेवारी, न...
नोबेल समितिले भन्यो : ट्रम्पलाई शान्ति पुरस्कार हस्तान्तरण गर्न मिल्दैन
राजनीति, विश्व, समाचार

नोबेल समितिले भन्यो : ट्रम्पलाई शान्ति पुरस्कार हस्तान्तरण गर्न मिल्दैन

नेपालअखबार, काठमाडौं । नर्वेली नोबेल पुरस्कार समितिले नोबेल शान्ति पुरस्कार हस्तान्तरण गर्न, बाँड्न वा फिर्ता लिन नमिल्ने बताएको छ। भेनेजुएलाकी विपक्षी नेत्री मारिया कोरिना माचादोले आफूले पाएको सन् २०२५ को नोबेल पुरस्कार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दिन सक्ने आशय व्यक्त गरेपछि संस्थानको यस्तो प्रतिक्रिया आएको हो। समाचार संस्था रोयटर्सका अनुसार, समितिले एक विज्ञप्ति जारी गर्दै नोबेल पुरस्कार दिने निर्णय अन्तिम र स्थायी हुने बताएको छ। नोबेल फाउन्डेसनको नियमावली उद्धृत गर्दै समितिले यसमा पुनरावेदनको अनुमति नभएको स्पष्ट पारेको छ। संस्थाले पुरस्कार दिने समितिले पुरस्कार प्राप्त गरिसकेपछि विजेताहरूले गर्ने कार्य वा दिने बयानबारे कुनै टिप्पणी नगर्ने पनि स्पष्ट पारेको छ । ‘एक पटक नोबेल पुरस्कार घोषणा भइसकेपछि, यसलाई खारेज गर्न, बाँड्न वा अरूलाई हस्तान्तरण गर्न सकिँदैन,’ नर्वेली...
विशेष महाधिवेशन प्रतिनिधिले गर्न थाले नाम दर्ता
राजनीति, समाचार

विशेष महाधिवेशन प्रतिनिधिले गर्न थाले नाम दर्ता

नेपालअखबार, काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन प्रतिनिधिले नाम दर्ता गर्न थालेका छन्। भृकुटीमण्डपस्थित विशेष महाधिवेशनस्थलमा पुगेका प्रतिनिधिहरूले नाम दर्ता गर्न थालेको जिल्ला, क्षेत्र समन्वय समिति संयोजक युवराज पाण्डेले जानकारी दिए। महाधिवेशनमा सहभागी हुन आउनेको नाम दर्ताका लागि भृकुटीमण्डपको गेट सम्मुखमै स्टल राखिएको छ। त्यहाँ प्रदेशअनुसार छुट्टाछुट्टै नाम दर्ता गर्ने व्यवस्था मिलाइएको छ। नाम दर्ता गर्न आउँदा परिचय खुल्ने कागज ल्याउनुपर्ने र दर्ता दस्तुर एक हजार रूपैयाँ लाग्ने गरी प्रबन्ध गरिएको छ। विशेष महाधिवेशन दिउँसो १ बजेदेखि सुरू हुनेछ। त्यसअघि बिहान ११ बजेदेखि विभिन्न स्थानबाट निकालिने जुलुस भृकुटीमण्डप पुग्नेछ। जुलुस भृकुटीमण्डप पुगेपछि विशेष महाधिवेशन उद्घाटन गरिनेछ।...
एमाले लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्न  तयार छ : ओली
राजनीति, समाचार

एमाले लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्न तयार छ : ओली

नेपालअखबार, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको आवश्यकता अनुसार विभिन्न मुद्दाहरूमा लोकतान्त्रिक शक्तिहरूसँग सहकार्य गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन्। शनिबार आयोजित केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्वस्थ प्रतिस्पर्धामा विश्वास राख्ने एमाले संविधानको रक्षा र राष्ट्रिय हितका लागि अन्य दलहरूसँग संवाद र समझदारी गर्न तत्पर रहेको स्पष्ट पारेका हुन्। देशका सामु उत्पन्न चुनौतीहरू अझै अन्त्य नभएको जिकिर गर्दै ओलीले वर्तमान समयमा लोकतन्त्र र संविधान सङ्कटमा रहेको दाबी गरे। जननिर्वाचित सरकारको ठाउँमा संविधान बाहिरको अनिर्वाचित सरकार रहेको उल्लेख गर्दै उनले समाजमा अराजकता, निषेध र हिंसाको धम्की अझै व्याप्त रहेको बताए। राष्ट्रिय एकता कमजोर हुँदै जाँदा वैदेशिक चलखेलको जोखिम बढेको र राष्ट्रिय हितको रक्षामा नयाँ चुनौतीहरू थपिएको उनको भनाइ छ। अध्यक्ष...