Thursday, July 23

राजनीति

उद्योग वाणिज्य महासङ्घ कर्णाली प्रदेशको अध्यक्षमा पुन शाही
राजनीति, समाचार

उद्योग वाणिज्य महासङ्घ कर्णाली प्रदेशको अध्यक्षमा पुन शाही

नेपालअखबार, सुर्खेत । नेपाल उद्योग वाणिज्य महासङ्घ कर्णालीको अध्यक्षमा पुन पदमबहादुर शाही नै निर्वाचित भएका छन् । छैटौँ अधिवेशनबाट शाही निर्विरोध अध्यक्षमा निर्वाचित भएका हुन् । यस्तै उपाध्यक्षमा हर्ष विक्रम खड्का र सुधन श्रेष्ठ, कोषाध्यक्षमा भानुभक्त बराल निर्वाचित भएका छन् । सदस्यमा खड्क बहादुर शाही, लक्ष्मी कार्की (सिया), न्यामगाल तामाङ, कुमार बुढाथोकी, कुमार प्याकुरेल, इन्द्रप्रसाद शर्मा, र कमल नेपाल निर्वाचित भएका छन् ।...
नवनिर्वाचित राष्ट्रपति पौडेललाई खानेपानी मन्त्री खानकाे बधाई
राजनीति, समाचार

नवनिर्वाचित राष्ट्रपति पौडेललाई खानेपानी मन्त्री खानकाे बधाई

नेपालअखबार, काठमाडौँ । जनमत  पार्टी  वरिष्ठ उपाध्यक्ष एवम्  खानेपानी मन्त्री अब्दुल खानले  नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल  नवनिर्वाचित राष्ट्रपति पौडेललाई बधाई दिँदै सिंगो देशको अभिभावक बन्नेमा विश्वास व्यक्त गरेका छन् । बिहीबार भएको निर्वाचनमा पौडेल एमालेका सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन्।...
२९ हजारले लिए नेपाल टेलिकमको ई-सिम
राजनीति, समाचार

२९ हजारले लिए नेपाल टेलिकमको ई-सिम

नेपालअखबार, काठमाडौं । नेपालमा ई-सिम (इम्बेडेड सवस्क्राइबर आइडेन्टिटी मोड्युल) प्रयोगकर्ताको सङ्ख्या २९ हजार नाघेको छ । नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले गत भदौ ३१ देखि हालसम्म २९ हजारभन्दा बढी वितरण भइसकेको जानकारी दिए । नेपाल टेलिकमले सुरुमा सुन्धारा काउन्टरबाट ई-सिम वितरण गरेको थियो । साथै गत असोज ४ देखि भने नक्साल, चावहिल, ठिमी, भक्तपुर, पाटन, गोङ्गबु, छाउनी र पुलचोक ग्राहक सेवा केन्द्रबाट वितरण सुरु गरेको थियो भने मङ्सिर ८ देखि भने देशभर ई–सिम उपलब्ध गराइएको हो । ‘नेपाल टेलिकमका पुराना ग्राहकले ई-सिम लिन चाहेमा निःशुल्क प्राप्त गर्न सक्छन् । पोस्टपेडको नयाँ ई-सिम लिन चाहनेले अहिले बिक्री भइरहेकै मूल्यमा लिन सक्छन्”, प्रवक्ता अधिकारीले भने, ‘ई-सिममा ग्राहकले आफ्नो उपकरणअनुसार बढीमा २० वटासम्म नेटवर्कमा जोड्न सक्छन् ।’ तर एकपटक भने एउटा नेटवर्कमा मात्रै जोड्न सकिने उहाँको भना...
अष्ट्रेलिया, अमेरिका र बेलायतबीच पनडुब्बी सम्झौता हुँदै
राजनीति, विश्व, समाचार

अष्ट्रेलिया, अमेरिका र बेलायतबीच पनडुब्बी सम्झौता हुँदै

नेपालअखबार, वासिङ्टन । प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावलाई दृष्टिगत गरी अष्ट्रेलिया, अमेरिका र बेलायतका शीर्ष नेताबीच आगामी साता यहाँ भेटवार्ता हुने भएको छ । सुरक्षा र विदेश नीतिबारे छलफल गर्ने उद्देश्यले हुन लागेको उक्त भेटवार्तापछि त्रिदेशीय परमाणु पनडुब्बी सम्झौता हुने अपेक्षा गरिएको सम्बद्ध अधिकारीहरूले बताएका छन् ।  अष्ट्रेलिया, अमेरिका र बेलायतबीच १८ महिनासम्म वार्ता भएको थियो । आगामी वार्तामा अष्ट्रेलियाले आठवटा आणविक पनडुब्बी प्राप्तिको योजना प्रस्तुत गरिने बताइएको छ । प्रधानमन्त्री एन्थोनी अल्बानिजले आफ्नो देशको इतिहासमा आणविक पनडुब्बी प्रतिरक्षा क्षमता अभिवृद्धिका निम्ति महत्वपूर्ण हुने बताएका छन्  । पनडुब्बी सम्झौता अष्ट्रेलिया, संयुक्त अधिराज्य र अमेरिका बीचको नयाँ क्षेत्रीय सम्झौताको नयाँ हिस्सा हो जसलाई एयुकेयुएस पनि भनिन्छ । राष्ट्रपति जो बाइडेनले आगामी सोमबार क्यालि...
राष्ट्रपतिले देशको शिर निहुरिने कुनै काम गर्नु हुँदैन : माधव नेपाल
राजनीति, समाचार

राष्ट्रपतिले देशको शिर निहुरिने कुनै काम गर्नु हुँदैन : माधव नेपाल

नेपालअखबार, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राष्ट्रपतिले राष्ट्रहित विपरीतका काम गर्नु नहुने बताएका छन् । राष्ट्रपतिको निर्वाचनपछि  सञ्चारकर्मीसँगको कुराकानीमा उनले भने, ‘राष्ट्रपति राष्ट्रको अभिभावक हो । उहाँले राष्ट्रलाई सर्वोपरी राख्नुपर्छ । राष्ट्रको हितमा कुठाराघात हुने, प्रतिकूल असर पर्ने कुनै काम गर्न हुँदैन । देशको शिर निहुरिने कुनै काम गर्नु हुँदैन ।’ उनले राष्ट्रपति निर्वाचनको परिणाम सहमति अनुसार नै आएको बताए । ‘मत परिणामलाई मैले उत्साहप्रदक र सकारात्मक रुपमा लिएको छु । हामीले सहमति गरेअनुसार नै परिणाम प्राप्त भएको छ ,’ उनले भने । यस्तै उनले राष्ट्रपतिबाट विगतमा भएका राम्रो कुरालाई ग्रहण गर्दै कमजोरी कुरा सच्याउने नेपालले बताए । यस्तै उनले गठबन्धनमा भागबण्डा ठूलो कुरा नभएकाले स्वभाविकरूपमा अगाडि बढ्ने बताए । उनले भने, ‘भागबण्डाको कुरा त्यति ठूलो कुरा...
रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित
राजनीति, समाचार

रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित

नेपालअखबार, काठमाडौँ । राष्ट्रपतिमा निर्वाचित भएलगत्तै कांग्रेस नेता रामचन्द्र पौडेल संसद भवन नयाँ बानेश्वर पुगेका छन् । संसद भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा उनले संवाददाताहरुलाई कुनै प्रतिक्रिया भने दिएनन् । उनले प्रमाणपत्र लिएपछि मात्रै सञ्चारमाध्यमलाई प्रतिक्रिया दिने बताए । पौडेल एमालेका नेता सुवास नेम्वाङलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन् । पौडेलले संघतर्फ १६९०६ र प्रदेशतर्फ १६८९६ मतभार प्राप्त गरे । जसअनुसार उनको कुल मतभार ३३८०२ रहेको छ। यसैगरी नेम्वाङले संघतर्फ ७७४२ र प्रदेशतर्फ ७७७६ गरी कुल १५५१८ मतभार प्राप्त गरे ।...
मतदान गरेर निस्कने क्रममा प्रदेश सभा सदस्य न्यौपाने सिँढीबाट लडेर घाइते
राजनीति, समाचार

मतदान गरेर निस्कने क्रममा प्रदेश सभा सदस्य न्यौपाने सिँढीबाट लडेर घाइते

नेपालअखबार, काठमाडौं । राष्ट्रपति चुनावमा मतदान गरेर निस्किने क्रममा लडेर प्रदेश सभा सदस्य गोविन्दबहादुर न्यौपाने घाइते भएका छन् । संघीय संसद भवन नयाँ बानेश्वरको भवनमा मतदान गरेर निस्कने क्रममा उनी सिँढीमा लडेर घाइते भएका हुन् । उनको टाउकोमा चोट लागेको छ । उनलाई उपचारका लागि सिभल अस्पतालमा लगिएको छ । ७१ वर्षका उनी मधेश प्रदेश सभाको सबैभन्दा जेठो सदस्य पनि हुन् ।उनी सप्तरी ४ को प्रदेश सभा १ बाट नेकपा एकीकृत समाजवादीबाट प्रदेश सभा सदस्य निर्वाचित भएका हुन् ।...
खाद्यवस्तुको विषादी परीक्षण प्रक्रिया अगाडि बढाउने सरकारको निर्णय
राजनीति, समाचार

खाद्यवस्तुको विषादी परीक्षण प्रक्रिया अगाडि बढाउने सरकारको निर्णय

नेपालअखबार, काठमाडौँ। नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले खाद्य पदार्थमा जीवनाशक विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गर्ने विषय थप छलफलका लागि सम्बन्धित समितिमा पठाउने निर्णय गरेको छ। बिहीबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”को अध्यक्षतामा सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक आजै प्रतिनिधिसभामा दर्ता गर्ने निर्णयसमेत गरेको छ। जीवनाशक विषादीको परीक्षणसम्बन्धि प्रस्ताव नेपाल राजपत्रमा प्रकाशन गर्नका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भदौ १५ गते मन्त्रिपरिषदमा पेश गरेको र भदौ २१ गते मन्त्रिपरिषद् आर्थिक तथा पूर्वाधार समितिमा छलफलका लागि पठाइएको भए पनि त्यसपछि थप प्रक्रिया अगाडि बढ्न सकेको थिएन। २०७९ मंसीर ४ गते प्रतिनिधिसभा र प्रद...
राष्ट्रपति निर्वाचनमा अध्यक्ष नेपालद्वारा मतदान
राजनीति, समाचार

राष्ट्रपति निर्वाचनमा अध्यक्ष नेपालद्वारा मतदान

नेपालअखबार, काठमाडाै । नेकपा ( एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपालले बानेश्वर स्थित संसद् भवन परिसरमा पुगेर राष्ट्रपति निर्वाचनका लागि मतदान गर्नु भएको छ । नयाँ राष्ट्रपति चयनका लागि अहिले मतदान भइरहेको छ। संघीय सांसद भवन बाहिर बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म जारी रहनेछ। राष्ट्रपतिको निर्वाचनमा ९ दलको गठबन्धन वाट नेपाली कांग्रेसका  रामचन्द्र पौडेल र नेकपा ( एमाले ) बाट सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा हुनु हुन्छ ।...
मन्त्रिपरिषद्काे निर्णय के के भए त आज ?
राजनीति, समाचार

मन्त्रिपरिषद्काे निर्णय के के भए त आज ?

नेपालअखबार,  काठमाडौँ । नेपाल सरकारले सत्य निरूपण तथा मेलमिलापसम्बन्धि  संशोधित विधेयक आज प्रतिनिधि सभामा दर्ता गर्ने भएको छ । आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । त्यस्तै फलफूल, तरकारी र खाद्यजन्य वस्तुको विषादी परीक्षण सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्को विषयगत समितिमा छलफलका लागि पठाई यथाशीघ्र क्याबिनेटमा पेश गर्ने निर्णय समेत भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो ।...