आज राष्ट्रपति निर्वाचन: पौडेल र नेम्वाङबीच प्रतिस्पर्धा
नेपालअखबार, काठमाडाैं । मुलुकको तेस्रो राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदैछ।
बिहीबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा रहेका दुई वटा मतदान केन्द्रमा मतदान हुँदैछ।
राष्ट्रपति निर्वाचनमा संघीय संसदअन्तर्गत राष्ट्रिय सभा र प्रतिनिधि सभा तथा सातै प्रदेश सभाका सदस्यहरू मतदाता हुन्छन्। संघीय सांसदको एक मत बराबर ७९ मतभार र प्रदेश सांसदको एक मत बराबर ४८ मतभार गणना हुनेछ।
गत फागुन १३ गते भएको मनोनयन दर्ताअनुसार ८ दलको समर्थनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका नेता सुवास नेम्वाङबीच राष्ट्रपति पदका लागि प्रतिस्पर्धा हुँदैछ।
अधिकांश सांसदहरू तथा प्रदेश सभा सदस्यहरू काठमाडौंमै छन्। ग्यास लिक भई आगलागीबाट गम्भीर घाइते नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी भने भारतको मुम्बईस्थित नेशनल बर्न अस्पतालमा उपचार गराइरहेकोले...









