सामाजिक, राजनीतिक, सांस्कृतिक र आर्थिक अवसरहरूमा विना भेदभाव समान अवसर दिनु पर्छ : अध्यक्ष नेपाल
नेपालअखबार, काठमाडाैं । नेकपा ( एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपालले १ सय १३ औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा सम्पूर्ण दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् । अध्यक्ष नेपालले महिला हक, अधिकार स्थापित गर्न तथा महिला सशक्तिकरण र समानताका लागि जीवन समर्पण गर्नुहुने सम्पुर्ण महिला योद्धाहरूमा हार्दिक सम्मान व्यक्त गरेकाछन् ।
महिलालाई सामाजिक, राजनीतिक, सांस्कृतिक र आर्थिक अवसरहरूमा विना भेदभाव समान अवसर उपलब्ध गराउन र लैङ्गिक समानताको बाटोमा अघि बढ्न आजको दिनले सबैलाई उत्प्रेरित गर्दै आएको नेपालले बताएका छन् । महिला श्रमिकमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरण तथा महिला हक अधिकार स्थापित गर्न सङ्घर्ष सुरु गरेको दिनका रूपमा विश्वभर अन्तर्राष्ट्रिय नारी दिवस मनाउने गरिएको छ ।
नेपालको राजनीतिक परिवर्तनका हरेक आन्दो...









