Friday, July 24

राजनीति

नेम्वाङलाई राष्ट्रपति बनाउन सहयोग माग्दै एमालेले कांग्रेस बाहेकका दललाई पत्राचार गर्ने
राजनीति, समाचार

नेम्वाङलाई राष्ट्रपति बनाउन सहयोग माग्दै एमालेले कांग्रेस बाहेकका दललाई पत्राचार गर्ने

नेपालअखबार, काठमाडौँ ।  नेकपा उमालेले सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपति बनाउनका लागि सहयोग माग्दै कांग्रेसबाहेकका दललाई पत्राचार गर्ने निर्णय गरेको छ । बैठकपछि पार्टीका प्रचार विभार प्रमुख पृथ्वीसुब्बा गुरुङले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिँदै उनको पक्षमा सहयोग माग्दै काग्रेसबाहेकका सबै पार्टीसँग सहयोग माग्दै पत्राचार गर्ने निर्णय भएको बताए ।  कांग्रेसले भने आफ्नै उम्मेदवार उठाएकाले सहयोग माग्ने कुरा नहुने उनको भनाइ छ ।...
पौडेलले राष्ट्रपतिको उम्मेदवार आजै १ बजे दर्ता गर्ने तयारी
राजनीति, समाचार

पौडेलले राष्ट्रपतिको उम्मेदवार आजै १ बजे दर्ता गर्ने तयारी

नेपालअखबार,  काठमाडौँ । नेपाली कांग्रेसले रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ। पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । यसअघि बैठकमा सभापति शेरबहादुर देउवाले पौडेलको नाम प्रस्ताव गरेका थिए । पौडेलको नाम बैठकबाट अनुमोदन भएसँगै आजै १ बजे पौडेलले उम्मेदवारी दर्ता गराउने तयारी भएको छ।...
एमालेको सचिवालय बैठक सुरु
राजनीति, समाचार

एमालेको सचिवालय बैठक सुरु

नेपालअखबार, काठमाडौँ ।  नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । केही बेरअघिबाट च्यासलस्थित केन्द्रीय कार्यालयमा सचिवालय बैठक सुरु भएको हो । बैठकमा फेरिएको राजनीतिक समीकरण तथा राष्ट्रपति निर्वाचनका लागि उम्मेदवार तयलगायतका विषयमा छलफल हुने बताइएको छ । त्यस्तै सत्तासहयात्री दल माओवादीले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई सघाउने निर्णय गरेसँगै एमाले सरकारमा बस्ने वा नबस्ने भन्नेबारे पनि बैठकमा छलफल हुने बताइएको छ । ८ दलबीच कांग्रेसका उम्मेदवारलाई राष्ट्रपति जिताउनेबारे शुक्रबार भएको सहमतिको विषयलाई लिएर छलफल गर्न एमालेले शनिबार बिहान सचिवालय बैठक बोलाएको हो।...
सरकारबाट बाहिरिने राप्रपाको निर्णय, समर्थन पनि फिर्ता
राजनीति, समाचार

सरकारबाट बाहिरिने राप्रपाको निर्णय, समर्थन पनि फिर्ता

नेपालअखबार, काठमाडाैं । राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको छ।  यस्तै प्रचण्डको नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ।  पार्टी कार्यालय धुम्बाराहीमा बसेको राप्रपाको केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सो निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । ‘परिवर्तित सन्दर्भमा राप्रपा सत्तामा रहिरहनु अनुपयुक्त हुने ठहर गर्दै आजबाटै सरकारलाई दिएको समर्थन फिर्ता लिई सरकारबाट बाहिरिने निर्णय गरेका छौं’, बैठकपछि उनले भने ।  साथै, प्रदेश सरकारमा पनि राप्रपाको यसै बमोजिमको दृष्टिकोण रहेकाले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने र प्रदेश सरकारबाट समेत बाहिरिने निर्णय गरिएको उनले बताए। राप्रपाले वर्तमान सत्ता सहकार्यमा आकस्मिक परिवर्तन भई मुलुक पुनः सत्ता केन्द्रित अस्थिरता तर्फ धकेलिएको निष्कर्ष पनि निकालेको छ ।   हाल देखिएको सत्ता परिवर्तनको यो प्र...
कांग्रेसले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने
राजनीति, समाचार

कांग्रेसले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने

नेपालअखबार, काठमाडौँ । कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिबार बिहान सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको  केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको एक पदाधिकारीले जानकारी दिए । शुक्रबार रातिको नेकपा माओवादी केन्द्रसहितको ८ दलीय बैठकले कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा सहयोग गर्ने सहमति जनाएका थिए । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय मोर्चा पार्टीले राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई समर्थन गर्ने सहमति दिएका छन् ।...
देउवाद्वारा राष्ट्रपतिमा रामचन्द्रको नाम प्रस्ताव, अनुमोदन गर्न कार्यसम्पादन समितिको बैठक सुरु
राजनीति, समाचार

देउवाद्वारा राष्ट्रपतिमा रामचन्द्रको नाम प्रस्ताव, अनुमोदन गर्न कार्यसम्पादन समितिको बैठक सुरु

नेपालअखबार, काठमाडाैँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपतिमा वरिष्ठ नेता रामचन्द्र पौडेलको नाम प्रस्ताव गरेका छन् । कार्यसम्पादन समितिको बैठक अघि पार्टी कार्यालयमा बसेको अनौपचारिक बैठकले पौडेलको नाम प्रस्ताव गरेको हो । यससँगै सो नाम अनुमोदनको लागि कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । सो बैठकमा देउवाले औचारिक रुपमा पौडेलको नाम प्रस्ताव गरेका छन् ।...
जंगलको आगो बस्तीमा पस्दा तेह्रथुममा १४ घर जले
राजनीति, समाचार

जंगलको आगो बस्तीमा पस्दा तेह्रथुममा १४ घर जले

नेपालअखबार,  तेह्रथुम । तेह्रथुमको आठराई-६ चुहानडाँडामा शुक्रबार भएको आगलागीबाट हात्तीखर्कमा रहेका १४ घर जलेर पूर्ण रूपमा क्षति भएको छ। आगलागीबाट स्थानीय ५० वर्षीया याङ्डोल्मा तामाङ घाइते भएकी छन्। घाइतेको थप उपचारका लागि पाँचथर सदरमुकाम फिदिम लगिएको छ। तामाङ समुदायको बसोबास रहेको हात्तीखर्कमा १४ घरमध्ये नौ घरमा मानिस बस्दै आएको र पाँच घर खाली रहेको वडाध्यक्ष कृष्ण बास्कोटाले जानकारी दिए। आगलागीबाट नौ परिवारका ४१ जना विस्थापित भएका छन्। घरमा रहेका अन्नपात र लत्ताकपडा जलेर नष्ट भएको छ। आगलागीबाट सोमबहादुर तामाङ, वीरधन घिसिङ, आशबहादुर घिसिङ, भीमबहादुर वाइबा, सूर्यबहादुर योञ्जन र सुरेन्द्र वाइबाको घर जलेर नष्ट भएको छ। दधिराम वाइबाको घरमा बस्दै आएका दोर्जे बल, दलबहादुर तामाङको घरमा बस्दै आएका सुवास घिसिङ र अमरबहादुर वाइबाको घरमा बस्दै आएका लामामणि तामाङको घरसँगै अन्नपात र लत्ताकपडा नष्ट ...
आज राष्ट्रपतिको मनोनयन दर्ता
राजनीति, समाचार

आज राष्ट्रपतिको मनोनयन दर्ता

नेपालअखबार, काठमाडौं । राष्ट्रपतिको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गरिंदैछ । मनोनयन दर्ताका लागि बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्म समय तोकिएको छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (संसद भवन) मा मनोनयन दर्तास्थल तोकिएको छ । राष्ट्रपति निर्वाचन आगामी २५ गते हुँदैछ । यही फागुन २८ गते राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सकिने भएपछि त्यसअघि निर्वाचन गर्न लागिएको हो । राष्ट्रपति निर्वाचनसँगै नयाँ गठबन्धन बनेको छ । आठ राजनीतिक दलहरूले निर्वाचनका लागि नयाँ गठबन्धन बनाएका छन् । गठबन्धनले नेपाली कांग्रेसलाई राष्ट्रपतिमा सहयोग गर्ने निर्णय गरेको छ । कांग्रेसले उम्मेदवारको टुंगो लगाइसकेको छैन ।...
प्रधानमन्त्रीमा प्रचण्ड, देउवा र नेपालको आलोपालो
राजनीति, समाचार

प्रधानमन्त्रीमा प्रचण्ड, देउवा र नेपालको आलोपालो

नेपालअखबार, काठमाडौँ । पुरानो गठबन्धन ब्युताएका चार दलबीच सरकारको नेतृत्व तीन पार्टीले आलोपालो गर्ने सहमति भएको छ । प्रधानमन्त्रीमा २–२–१ वर्षको पालो गर्ने पनि सहमति जुटेको बैठकमा सहभागी एक नेताले रातोपाटीलाई बताए । कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले २–२ वर्ष सरकारको नेतृत्व गरेपछि प्रतिनिधिसभाको कार्यकालको बाँकी एक वर्ष एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री हुनेछन् । सोही अनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकार २ वर्षसम्म जाने छ । त्यसपछिको दुई वर्ष कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्नेछन् । यस्तै चुनावी सरकारको नेतृत्व नेपालले गर्ने गरी सहमति भएको छ । ती नेताले भने, ‘राष्ट्रपति भनेर माधव नेपाल पावर सेरिङमा सहभागी हुन खोज्नुभएको थियो । उहाँलाई आगामी दिनमा प्रधानमन्त्री बनाउने सहमति ...
मकवानपुरमा एकीकृत सरकारी कर्मचारी संगठनकाे अध्यक्षमा राजेश थापा
राजनीति, समाचार

मकवानपुरमा एकीकृत सरकारी कर्मचारी संगठनकाे अध्यक्षमा राजेश थापा

नेपालअखबार । मकवानपुरमा एकीकृत सरकारी कर्मचारी संगठनकाे अध्यक्षमा राजेश थापा चयन हुनु भएकाे छ ।  एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल जिल्ला कार्यसमिति मकवानपुरकाे अधिवेशनबाट थापाकाे नेतृत्वमा २१ सदस्यीय कार्यसमिति चयन    गरिएकाे छ । नवनिर्वाचित अध्यक्ष, पदाधिकारी एवं सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालकाे शुभकामना  महासचिव एकीकृत सरकारी कर्मचारी संगठन नेपालका शरण कुमार गुरूङले दिनु भयाे  ।...