Friday, July 17

राजनीति

सर्वदलीय बैठकमा ओली र लेखकबीच चर्काचर्की
राजनीति, विचार, समाचार

सर्वदलीय बैठकमा ओली र लेखकबीच चर्काचर्की

नेपालअखबार, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आह्वान गरेको सर्वदलीय बैठकमा नेकपा एमाले र नेपाली कांग्रेसबीच चर्काचर्की परेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित बैठकमा सहभागी एक नेताका अनुसार एमाले अध्यक्ष केपी ओली र कांग्रेसका मुख्य सचेतक रमेश लेखकबीच विवाद भएको हो । अध्यक्ष ओलीले कांग्रेसमाथि सत्तारुढ गठबन्धनभित्र खेल्न खोजेको आरोप लगाएपछि लेखकले उनको प्रतिवाद गरेका थिए । ओलीको भनाई उद्धृत गर्दै ती नेताले भने, ‘सत्ता गठबन्धनमा तलदेखि माथिसम्म कसरी जाने भन्ने हाम्रो सहमति भइसकेको छ । तर सबैतिर विश्वासको मत दिइरहनु भएको छ । सत्ताको लागि नखेल्नुहोस् । तपाईँहरू त प्रतिपक्ष पनि बन्न सक्नुभएन ।’ जवाफमा लेखकले आफूहरू प्रतिपक्ष नै रहेको स्पष्ट पारेका थिए । ‘राष्ट्रपतिलाई बुझाएको पत्रमा हाम्रो हस्ताक्षर छैन । त्यसैले हामी प्रतिपक्ष नै हौँ । हामीले खेलिरहेका छैनौ...
सञ्चार तथा प्रविधिको सेवालाई देशव्यापी बनाउछु : सञ्चारमन्त्री शर्मा
राजनीति, समाचार

सञ्चार तथा प्रविधिको सेवालाई देशव्यापी बनाउछु : सञ्चारमन्त्री शर्मा

नेपालअखबार, काठमाडौं । नवविनयुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पद बहाली गरेकी छन् । आज राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबारमा पुगेर उनले पदभार ग्रहण गरेकी हुन् । पदभार ग्रहण गर्दै मन्त्री शर्माले ‘सञ्चारको पहुँच सुनिश्चित गराउने’सम्बन्धी कार्यक्रमको विद्युतीय माध्यमबाट सुरुआत गरिन् । उनले सञ्चार तथा प्रविधिको सेवालाई देशव्यापी बनाउनेतर्फ आफ्नो विशेष सक्रियता हुने बताए ।...
कांग्रेसले भन्यो- राष्ट्रपति र सभामुखको सिट बाँडफाँटमा छलफल गर्न तयार छौं
राजनीति, समाचार

कांग्रेसले भन्यो- राष्ट्रपति र सभामुखको सिट बाँडफाँटमा छलफल गर्न तयार छौं

नेपालअखबार, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रपति लगायतका पदमा सहमति गरी अगाडि बढ्न नेपाली कांग्रेससँग प्रस्ताव राखेका छन्। मंगलबार बालुवाटारमा बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री प्रचण्डले सहमति गरेर जान कांग्रेसलाई प्रस्ताव राखेको कांग्रेसका मुख्य सचेतक रमेश लेखकले जानकारी दिए। प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखमा सहमति गरी जाने प्रस्ताव राखेका हुन्। यसको प्रतिक्रिया दिँदै लेखकले छलफल गर्न तयार भएको बताए। ‘सहमति गरेर जाने प्रधानमन्त्रीको प्रस्तावमा हामी छलफल गर्न तयार छौं भनेर भन्यौं,’ उनले भने। यस्तै, सभामुखको विषयमा भने उम्मेदवारी दिने/नदिने विषयमा आन्तरिक छलफल गर्ने पनि उनले बताए।...
सहमति विपरीत खानेपानी मन्त्रालय दिइएको भन्दै जनमतका खानद्वारा पदभार ग्रहण अस्वीकार
राजनीति, समाचार

सहमति विपरीत खानेपानी मन्त्रालय दिइएको भन्दै जनमतका खानद्वारा पदभार ग्रहण अस्वीकार

नेपालअखबार, काठमाडौं । मन्त्रालय भागबण्डामा जनमत पार्टीले असन्तुष्टि जनाएको छ । मंगलबार गरिएको मन्त्रिपरिषद् विस्तारमा जनमत पार्टीलाई खानेपानी मन्त्रालय परेको थियो । खानेपानी मन्त्रालय अस्वीकार गर्दै मन्त्रीको जिम्मेवारी पाएका अब्दुल खान कार्यभार सम्हाल्न गएनन् । पार्टीसँग छलफल नगरी मन्त्रालयको बाँडफाँड गरिएको प्रति आफ्नो दलको असहमति रहेको खानले  बताए । ‘प्रधानमन्त्रीसँग भएको सहमति अनुसार भएन । हाम्रो चाहना अनुसारको मन्त्रालय पनि भएन’ खानले भने, ‘छलफल नै नगरी तोकिएको मन्त्रालयमा कार्यभार सम्हाल्ने कुरा पनि भएन ।’ प्रधानमन्त्रीसँग थप छलफल नगरी मन्त्रालयको कार्यभार सम्हाल्ने अवस्था नरहेको उनले बताए । जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको दाबी गरेको थियो । उक्त मन्त्रालय एमालेको भागमा परेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ लिएकै दिनमा खानले विना वि...
सहमति जुट्न नसक्दा जनता समाजवादी भने सरकारमा सहभागी भएन
राजनीति, समाचार, हाइलाइट-समाचार

सहमति जुट्न नसक्दा जनता समाजवादी भने सरकारमा सहभागी भएन

नेपालअखबार ,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई मन्त्रालय आफूसँगै राखेका छन् । मंगलबार भएको मन्त्रिपरिषद् विस्तारबाट मन्त्री र राज्यमन्त्री गरि २३ जनाले मन्त्रालय सम्हालेका छन् । प्रधानमन्त्री प्रचण्डले वन तथा वातावरण, युवा तथा खेलकुद मन्त्रालय आफूसँगै राखेका हुन् । नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी सरकारमा सहभागी भएका छन् । सत्ता साझेदार दलहरु वीच सहमति जुट्न नसक्दा जनता समाजवादी भने सरकारमा सहभागी भएन । नवनियुक्त मन्त्रीहरुले आज पद तथा गोपनीयताको सपथ लिएका छन् । हेर्नुहोस् राष्ट्रपति कार्यालयको विज्ञप्ति :  ...
वर्तमान गठबन्धन सरकारले पुरा मधेसलाई अपहेलना गरेको मन्त्री खानको दाबी
राजनीति, विचार, समाचार

वर्तमान गठबन्धन सरकारले पुरा मधेसलाई अपहेलना गरेको मन्त्री खानको दाबी

नेपाल अखबार , काठमाडौं  । वर्तमान गठबन्धन सरकारले  पुरा मधेस प्रदेशलाई अपहेलना गरेको  सघिय मन्त्री अब्दुल खानको दाबी गरे ।  आफ्नो पार्टीलाई गरेको  प्रतिबद्र्ता कार्यन्वान नगरेको मन्त्री खानले बताए । समग्र मधेस प्रदेशलाई नै अपहेलाना गर्ने गरि वर्तमान सरकारको गतिविधि देखिएको मन्त्री खानले बताए । जनमत पार्टीसग गरेको प्रतिबद्धतालाई सरकारले बेवास्ता गरी अघि बढेको आरोप लगाए । हामीलाई मन्त्रालयकाे बाडफाड सम्मान जनक भएन हेपियाे जस्ताे भयाे  । यस किसिमका सरकारको  गतिविधिले मधेसी प्रदेशलाई नै आघात पुगेको उनले बताए ।...
 ईश्वर नेतृत्वको संयुक्त प्यानल वैदेशिक रोजगार व्यवसायीसँग अन्तरकृयामा  
राजनीति, समाचार, समाज

 ईश्वर नेतृत्वको संयुक्त प्यानल वैदेशिक रोजगार व्यवसायीसँग अन्तरकृयामा  

नेपाल अखबार । काठमाडौं  नेपाल वैदेशिक रोजगार व्यवसायी संघ अन्तर्गत हुन गइरहेको निर्वाचनलाई लक्षित गर्दै ईश्वर नेतृत्वको  संयुक्त प्यानलले  व्यवसायीहरूसँग अन्तरक्रिया गरेको छ । ललितपुरको हिमालय होटलमा उक्त प्यानलले व्यवसायीहरूसँग अन्तरकृया कार्यक्रम गरको हो ।  व्यवसायी संघले ललितपुरका व्यवसायीका समस्या सुनी संघमा निर्वाचित भएपछि गर्न सक्ने सुधारका विषयमा प्रतिवद्धता समेत जनाएको छ । डा. जिसीको प्यानलले निर्वाचित भएको तीन महिनाभित्र संघको भवन निर्माण गर्न शुरु गर्ने, संख्या सयको प्रावधान खारेज, कामदारको महिनाको तलब बराबर हुने गरी सेवा शुल्क परिमार्जन, सबै प्रकारको सिण्डिकेटहरुको अन्त्य गरी वैदेशिक रोजगार कसुरलाई फौजदारी कानून अन्तर्गत नभई देवानी तथा वाणिज्य कानून अन्तर्गत फछर्यौट गराउनुपर्ने, संघको मध्यस्थतामा उजुरी प्रतिनिधिमार्फत फछर्यौटको व्यवस्था, पूर्व स्वीकृतिसम्बन्धी दफा १५ देखि १९ ...
आज सपथ लिन लागेका यी हुन् मन्त्रीहरू
राजनीति, समाचार

आज सपथ लिन लागेका यी हुन् मन्त्रीहरू

नेपालअखबार, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। नवनियुक्त मन्त्रीहरूले मंगलबार दिउँसो १ बजे सपथ लिने कार्यक्रम छ। मंगलबार नेकपा (एमाले) का ४, माओवादी केन्द्रका ३, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ३ राष्ट्रिय स्वतन्त्र पार्टीबाट २ जना मन्त्री बन्न लागेका छन्। एमालेबाट परराष्ट्र मन्त्रीमा राष्ट्रिय सभा सदस्य विमला पौडेल राई र प्रतिनिधि सभा सदस्य पदम गिरी स्वास्थ्य मन्त्री बन्न लागेका छन्। बाँकी २ जनाको नाम टुंगो लाग्न बाँकी छ। माओवादी केन्द्रबाट रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि मन्त्री, अमनलाल  मोदी सामान्य प्रशासन मन्त्री, सुदन किराती नागरिक उड्डयन तथा पर्यटन मन्त्री बन्ने भएका छन्। राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानसहित ऊर्जा मन्त्री बन्ने भएका छन् भने ध्रुवबहादुर प्रधान सहरी विकास मन्त्री बन्न लागे...
माओवादीले रेखा शर्मा, सुदन किराती र अमनलाल मोदीलाई मन्त्री बनाउने
राजनीति, समाचार

माओवादीले रेखा शर्मा, सुदन किराती र अमनलाल मोदीलाई मन्त्री बनाउने

नेपालअखबार, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज  मन्त्रिपरिषद् विस्तार गर्दै छन् । सत्ता गठबन्धनमा भागबन्डाको टुङ्गो लागे पछि आज मन्त्रिपरिषद् विस्तार हुन लागेको हो । शपथ दिउँसो १ बजे हुने तय गरिएको छ । दलहरूबीच भएको सहमति अनुसार नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री, चार मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । प्रधानमन्त्रीमा प्रचण्ड र उपप्रधान एवं  भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा नारायणकाजी श्रेष्ठले पहिलो चरणमै शपथ लिइसकेका छन् । थप तीन मन्त्रीमा रेखा शर्मा, सुदन किराँती र अमनलाल मोदीले अवसर पाउने भएका छन् । शर्मालाई सञ्चार, किराँतीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र मोदीलाई सङ्घीय मामिला तथा सामान्य  प्रशासन मन्त्रालयको जिम्मेवारी दिइने भएको छ । एक राज्यमन्त्रीको भने टुङ्गो लाग्न बाँकी नै रहेको छ ।...
आजदेखि मतदाता नामावली दर्ता  सुरु
राजनीति, समाचार

आजदेखि मतदाता नामावली दर्ता सुरु

नेपालअखबार, काठमाडौँ । मतदाता नामावलीको अनलाइन प्रारम्भिक दर्ता मङ्गलबारदेखि सुरु हुँदै छ । निर्वाचन आयोगले माघ २ गते सोमबारदेखि नै अनलाइन दर्ता सुरु हुने जनाएको थियो । तर सोमबार राष्ट्रिय शोक बिदा परेकाले आजबाट दर्ता सुरु हुने आयोगले जनाएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले मङ्गलबारदेखि ७७ वटै जिल्लामा अनलाइन दर्ता सुरु हुने बताए । प्रारम्भिक दर्तासँगै नामावली स्थानान्तरण, मतदाता नामावली अद्यावधिक गर्ने कार्यसमेत सँगै सुरु हुने सहायक प्रवक्ता भुसालले बताए । यसअघि बायोमेट्रिक भोटर्स रजिस्ट्रेसन सिस्टम (बीभीआईआर)मार्फत नामावली दर्ता हुँदै आएकोमा प्रणालीलाई स्तरोन्नति गरेर मोबाइलबाटै आफ्नो विवरण राख्न मिल्नेगरी प्रारम्भिक दर्ता सुरु हुन लागेको हो । प्रारम्भिक दर्ता भएपछि आयोगले पालो आउने दिनसहितको विवरण मोबाइलमा पठाउनेछ । त्यसपछि नामावली दर्ता गराउने व्यक्तिल...