Thursday, July 16

राजनीति

देउवा र उपेन्द्र यादवबीच भेटवार्ता
राजनीति, समाचार

देउवा र उपेन्द्र यादवबीच भेटवार्ता

नेपालअखबार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्‍यक्ष उपेन्द्र यादवबीच बिहीबार भेटवार्ता भएको छ । बिहीबार बिहान १० बजे देउवालाई भेट्न यादव उनको निवास धुम्बाराही पुगेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते विश्वासको मत लिँदैछन् ।प्रचण्डले प्रधानमन्त्रीमा दाबी पेश गर्दा जनता समाजवादी पार्टीले पनि समर्थन गरेको थियो । तर प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि यादवले देउवासँग गरेको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।...
सर्वोच्चकाे फैसला पछि गृहमन्त्री रविकाे अब के हुन्छ ?
राजनीति, समाचार, हाइलाइट-समाचार

सर्वोच्चकाे फैसला पछि गृहमन्त्री रविकाे अब के हुन्छ ?

नेपालअखबार, काठमाडाैं । सर्वोच्चको संवैधानिक इजलासले विदेशी नागरिकता लिएको व्यक्तिले औपचारिक रुपमा उताको त्याग गरेर नेपाली नागरिकता पुनप्र्राप्तिको प्रक्रिया पूरा नगरेसम्म नेपाली नागरिकको हैसियत नरहने गरी चार वर्षअघि नै मार्गदर्शक फैसला गरिसकेको तथ्य फेला परेको छ । उक्त फैसलामा स्थापित नजिरका कारण अमेरिकाको नागरिकता लिएर कानुनी रुपमा त्याग नगरी ०५० सालको पुरानै नेपाली नागरिकताका भरमा उपप्रधान एवं गृहमन्त्रीमा पदासीन रवि लामिछानेलाई अप्ठ्यारोमा पार्ने देखिएको छ । लामिछानेको नागरिकता विवादमा पनि सर्वोच्चको उक्त फैसला नजिरका रूपमा आकर्षित हुने देखिन्छ । लामिछानेको नागरिकता प्रकरणमा यही पुस २२ गते सर्वोच्चको संवैधानिक इजलासमै सुनुवाइ हुँदै छ । तत्कालीन कामु प्रधानन्यायाधीश दीपकराज जोशी, न्यायाधीश ओमप्रकाश मिश्र, चोलेन्द्रसमशेर जबरा, दीपककुमार कार्की र केदारप्रसाद चालिसे संलग्न संवैधानिक इजल...
प्रधानमन्त्री प्रचण्डलाई पत्रकार महासंघको बधाई
राजनीति, समाचार

प्रधानमन्त्री प्रचण्डलाई पत्रकार महासंघको बधाई

नेपालअखबार, काठमाडौँ । नेपाल पत्रकार महासंघको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बधाई ज्ञापन गरेको छ । बिहीबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटी महासंघको टोलीले प्रधानमन्त्री प्रचण्डलाई बधाई दिएको हो । महासंघका अध्यक्ष विपुल पोखरेलको नेतृत्वमा आएको टोलीले प्रधानमन्त्री प्रचण्डको तेस्रो कार्यकाल सुशासन, विकास र समृद्धिका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका दृष्टिले अनुकरणीय रहन सकोस् भनी बधाई दिएको हो । भेटमा अध्यक्ष पोखरेलले वर्तमान सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई केन्द्रमा राखेर नीति, कानुन तथा व्यवहार गर्न प्रधानमन्त्रीलाई आग्रह गरे ।  भेटमा प्रधानमन्त्री प्रचण्डले आफू मुलुकका लागि केही नयाँ गर्ने सङ्कल्पसहित प्रधानमन्त्रीको जिम्मेवारी लिएको बताउँदै आफ्नो कार्यकालमा कुनै पनि नराम्रो काम हुन नदिन सचेत रहेको बताए । प्रधानमन्त्रीले वर्तमा...
अर्थतन्त्र सुधारको प्रमुख आधार कृषि क्षेत्र हुनुपर्छ : राष्ट्रिय सभा अध्यक्ष तिमल्सिना
राजनीति, समाचार

अर्थतन्त्र सुधारको प्रमुख आधार कृषि क्षेत्र हुनुपर्छ : राष्ट्रिय सभा अध्यक्ष तिमल्सिना

नेपालअखबार, काठमाडाैं । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले अहिलेको आर्थिक अवस्था सुधारका लागि कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ । नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. को १५ औं वार्षिक साधारण सभामा बोल्नुहुँदै अध्यक्ष तिमल्सिनाले कृषि र पशुपालनलाई आर्थिक रुपान्तरणसंग जोड्न सके मात्र देशको वर्तमान आर्थिक अवस्था सुधार गर्न सकिने बताउनुभएको छ । उहाँले अर्थतन्त्र सुधारका लागि सरकार, सहकारी र निजी क्षेत्रलाई तीनखम्बे नीतिका रुपमा स्वीकार गरिसकेकोले अब आर्थिक समृद्धि मार्फत ग्रामीण क्षेत्रको अर्थतन्त्र सुधार सहित समग्र देशको आर्थिक अवस्था सुधारमा कृषिलाई उच्च महत्वकासाथ सरकारले अगाडि बढाएको बताउनुभयो । नेपाल कृषि प्रदान देश भएपनि कृषिको आयत प्रतिस्थापन हुन नसक्नुको कारण पहिल्याउँदै सुधारका कामहरुलाई सकारले पनि उच्च महत्वका साथ अगाडि बढाउने बताउनुभयो । कार्यक्रममा ...
गृहमन्त्री रविको नागरिकता विवाद: जिल्ला प्रशासन कार्यालय काठमाडौंले रिट बदर गर्न माग
प्रशासन, राजनीति, समाचार

गृहमन्त्री रविको नागरिकता विवाद: जिल्ला प्रशासन कार्यालय काठमाडौंले रिट बदर गर्न माग

नेपालअखबार, काठमाडाैं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवाद उठाएर अदालतमा दर्ता भएको रिट बदर गर्न माग गरेको छ। लामिछानेले निष्क्रिय रहेको नागरिकता पेश गरेर संसदीय निर्वाचनमा उम्मेदवारी दिएको भन्दै रवि बसौला लगायतले उनको शपथ रोक्न सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट दिएका थिए। उक्त इजलासले विपक्षीलाई लिखित जवाफ पेश गर्न भनेको थियो। अदालतलाई लिखित जवाफ दिँदै जिल्ला प्रशासन कार्यालय काठमाडौंले लामिछानेको नागरिकता विवाद झिकेर रिट दिने निवेदकहरूको कुनै पनि हक आफूले हनन् नगरेको जिकिर गर्दै उसले रिट खारेज हुनुपर्ने माग गरेको हो। ‘निवेदकहरूले निवेदनसाथ पेश गरेको कागजातबाट विगत चार वर्षदेखि रवि लामिछानेको नागरिकता विवाद उठेको अवस्थामा उक्त नागरिकता विवाद अदालत प्रवेश गर्न के कारणले विलम्ब भएको हो भन्ने कुराको मनासिव आधार र कारण खुल...
आजकाे मन्त्रिपरिषद बैठकले ७ जना सचिव सरुवा
राजनीति, समाचार

आजकाे मन्त्रिपरिषद बैठकले ७ जना सचिव सरुवा

नेपालअखबार, काठमाडौं । सरकारले ७ जना सचिवहरुको सरुवा गरेको छ । विहीबारको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, अर्थ, उद्योग वाणिज्य तथा आपूर्ति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिवहरु सरुवा गरेको हो । अर्थसचिव कृष्णहरि पुष्कर कर्णलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा गरिएको छ । राजस्व सचिव रामेश्वर दंगाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएका छन् । गृह प्रशासनमा रहेर अख्तियारको महाशाखा प्रमुख भइसकेका उनलाई अख्तियारकै पदाधिकारीको रोजाइमा सरुवा गरिएको स्रोतले बतायो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा रहेका कानून सचिव धनराज ज्ञवालीलाई कानून मन्त्रालयमा सरुवा गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका एक सचिवले बताए । कानुन सचिव उदयराज सापकोटा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा भएका छन् । अघिल्लो सरकारको अन्...
उपप्रधानसहित ४ मन्त्रालय राप्रपाले माग्यो
राजनीति, समाचार

उपप्रधानसहित ४ मन्त्रालय राप्रपाले माग्यो

नेपालअखबार, काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारमा सहभागी हुन पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनुपर्नेलगायत सर्त राखेको छ। पुस २७ मा बिदा दिनुपर्ने माग सरकारले न्यूनतम साझा कार्यक्रममै समावेश गर्नुपर्ने माग राप्रपाको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अहिलेको सरकारलाई समर्थन गर्ने बताइरहेका छन्। तर सरकारमा सहभागीताबारे आफूहरूका एजेन्डा न्यूनतम साझा कार्यक्रममा समावेश गर्नुपर्ने अडानमा राप्रपा छ। राप्रपा अध्यक्ष लिङ्देन सत्ता साझेदार दलका शीर्ष नेताका बैठकमा सहभागी हुने गरेका छन्। सत्ता साझेदार दलहरूले गत पुस १४ मा एक समिति गठन गर्दै ५ दिनभित्र न्यूनतम साझा कार्यक्रम ल्याउने बताएका थिए। तर उक्त कार्यक्रम ल्याउन ढिलाइ भइरहेको छ। प्रधानमन्त्री प्रचण्डले पुस २६ गते प्रतिनिधि सभाबाट विश्वा...
गण्डकीमा २५ पुसभित्र मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान
प्रदेश ४, राजनीति, समाचार

गण्डकीमा २५ पुसभित्र मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान

काठमाडौं । गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले दुई वा दुई भन्दा बढी दलको समर्थनमा सरकार बनाउनका लागि दलहरुलाई आह्वान गरेका छन् । प्रदेशमा सरकार बनाउनका लागि दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सकने प्रदेश सभा सदस्यले पुस २५ गते सोमबार ४ बजेभित्र दाबी पेश गर्नु पर्ने छ । गण्डकी प्रदेशमा कुनै पनि दलको बहुमत नआएकाले दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमतको सरकार बनाउन आह्वान भएको हो । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले निकालेको विज्ञप्तिमा लेखिएको छ, ‘नेपालको संविधान, २०७२ को धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्नसकने प्रदेश सभा सदस्यलाई गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्ती गर्नका लागि पुस २५ गते ४ बजेभित्र दाबी पेश गर्न प्रदेश प्रमुखबाट आह्वान गर्नुभएको व्यहो...
एकीकृत समाजवादीले बनायो वाम एकताका लागि कार्यदल
राजनीति, समाचार

एकीकृत समाजवादीले बनायो वाम एकताका लागि कार्यदल

नेपालअखबार, काठमाडौं । नेकपा एकीकृत समाजवादीले वाम एकताको प्रक्रिया अघि बढाउन चार सदस्यीय कार्यदल गठन गरेको छ । बिहीबार बसेको सो पार्टीको केन्द्रीय सचिवालय बैठकले महासचिव बेदुराम भुसालको संयोजकत्वमा चार सदस्यीय कार्यदल बनाएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । उनका अनुसार कार्यदलको सदस्यहरूमा नेताहरू गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल रहेका छन् । उक्त कार्यदलले वाम एकताका लागि वार्ता, संवाद, छलफल र पहलको अगुवाइ गर्नेछ ।...
प्रधानमन्त्रीले विश्वासको मत लिने यस्तो छ प्रक्रिया
राजनीति, समाचार

प्रधानमन्त्रीले विश्वासको मत लिने यस्तो छ प्रक्रिया

नेपालअखबार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही पुस २६ गते मंगलबार विश्वासको मत लिंदैछन् । नेकपा एमालेसहित सरकारमा सहभागी दलहरुले विश्वासको मत दिने बताइसकेका छन् भने सरकारमा सहभागी नभएको एकीकृत समाजवादीले २६ गतेमात्रै निर्णय गर्ने बताएको छ । प्रधानमन्त्रीले विश्वासको मत लिने निश्चित प्रकि्रया छ । विश्वासको मतका लागि प्रधानमन्त्री कार्यालयबाट संघीय संसदलाई विश्वासको मत लिनको लागि सूचना दिनुपर्छ । सूचनापछि विश्वासको मतका लागि संसद सचिवालयले तयारी थाल्छ । प्रधानमन्त्री कार्यालयबाट विश्वासको मत लिने सूचना संसद सचिवालयलाई पुगिसकेको छ । सोही अनुसार संसद सचिवालयले पनि विश्वासको मतका लागि कार्य थालनी गरेको छ । विश्वासको मत लिनेबारे सूचना पढेर सुनाउने प्रधानमन्त्रीले विश्वासको मत लिने सम्बन्धी सूचना प्रतिनिधि सभाको बैठक -२५ गते बस्दै)मा सभामुख (सभामुख नभएको बेला ज्य...