Thursday, July 16

राजनीति

कांग्रेस संसदीय दलको बैठक बस्दै
राजनीति, समाचार

कांग्रेस संसदीय दलको बैठक बस्दै

नेपालअखबार, काठमाडौँ । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । दिउँसो १ बजे सिंहदरबारमा संसदीय दलको बैठक बोलाइएको सांसद सन्तोष चालिसेले जानकारी दिए ।  दलको बैठकमा प्रतिनिधि सभाको पहिलो बैठकमा कसरी प्रस्तुत हुने, संसदमा प्रधानमन्त्रीलाई विश्वासको मतको कार्यक्रममा कांग्रेसले खेल्ने भूमिका लगायतबारेमा छलफलका लागि बैठक बोलाइएको सांसद चालिसेले जानकारी दिए । यही पुस २५ गते प्रतिनिधि सभाको पहिलो बैठक बस्दैछ भने पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा विश्वासको मत लिने कार्यक्रम रहेको छ ।...
एउटै पालिकाबाट ६ जना संसद, देशकै नमुना पालिका बन्ने अपेक्षा
राजनीति, समाचार

एउटै पालिकाबाट ६ जना संसद, देशकै नमुना पालिका बन्ने अपेक्षा

नेपालअखबार, महोत्तरी । महोत्तरीको मनरा शिसवा नगरपालिकाको यतिबेला निकै चर्चामा छ । पालिकाबाट ६ जना संसद निर्वाचित भएपछि यहाँको चर्चा चुलिएको हो । पहिलो हुने निर्वाचित हुने प्रणाली र समानुपातिकबाट ६ जना सांसदमा निर्वाचित भएपछि मनरा शिसवा चर्चामा रहेको हो । निर्वाचित हुनेहरुमा ४ जना महिला र दुई पुरुष छन । एउटै पालिकाबाट ६ जना सासंद निर्वाचित भएपछि पालिकाकै विकास र समृद्धि हुने जनताको अपेक्षा र विश्वास बढेको छ । ६ जना सांसद पाएको मनरा शिसवा नमुना नगरपालिका हुने धेरैले आशा राखेका छन् । ‘मनरा सिशवाका जनताको सर्वाङ्गीण विकाशमा हाम्रा ६ जना सांसदले अविस्मरणीय,  उदाहरणीय प्रतिनिधित्व गर्नु हुनेमा हामी विश्वस्त छौँ,’ नगरप्रमुख मोहन पाण्डेले भने, ‘६ संसदका कारण हाम्रो पालिका देशकै नमुना पालिका बन्नेमा ढुक्क पनि छु ।’  मनरा शिसवा–८ सहसरामकी लोसपा कि नेतृ रानीकुमारी तिवारी र वडा नं ७ सरपल्लोका जसपाक...
तीन दिनको ११ औं मतदानबाट पनि अमेरिकी संसदले सभामुख पाएन
राजनीति, विश्व, समाचार

तीन दिनको ११ औं मतदानबाट पनि अमेरिकी संसदले सभामुख पाएन

नेपालअखबार, काठमाडौं । अमेरिकामा तीन दिनमा लगातार ११ पटक मतदान गर्दा पनि प्रतिनिधिसभाको अध्यक्ष चुन्न सकिएन । अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा बिहीबार भएको मतदानमा रिपब्लिकन सांसद केभिन म्याकक्याथी सभामुखमा पुन: निर्वाचित हुन नसकेका हुन् । बीबीसीका अनुसार उनले आफ्नै दलका सांसदको समर्थन पाउन सकेनन् । नोभेम्बरमा भएको निर्वाचनको परिणामपछि प्रतिनिधिसभामा रिपब्लिकन पार्टीलाई सभामुख पद पाउन सहज मानिएको थियो । क्यालिफोर्नियाका सांसद रहेका केभिन म्याकाथीलाई जित्नका लागि २१८ मत चाहिनेमा उनी आबद्ध रिपब्लिकन पार्टीसँग २२२ सिट छ । तर पनि पार्टीका करिब २० चरम दक्षिणपन्थी नेताहरु उनको विपक्षमा उभिएका छन् । रिपब्लिकन सांसद राल्फ नर्मनले केभिन म्याकक्याथीलाई विश्वास गर्न नसक्ने भएकोले मत नदिएको बताए । लगातारको मतदानबाट पनि सभामुख चयन हुन नसकेपछि सदन शुक्रबारसम्मका लागि स...
अध्यक्ष नेपाल : विश्लेषण गरेर मात्रै सरकारलाई विश्वासको मित दिने बारेमा निर्णय लिने
राजनीति, विचार, समाचार, हाइलाइट-समाचार

अध्यक्ष नेपाल : विश्लेषण गरेर मात्रै सरकारलाई विश्वासको मित दिने बारेमा निर्णय लिने

नेपालअखबार, काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले धेरै विश्लेषण गरेर मात्रै सरकारलाई विश्वासको मित दिने बारेमा निर्णय लिनुपर्ने अवस्था रहेको बताएका छन्। सरकार कुन ढंगले अगाडि बढ्छ? त्यसलाई हेरेर मात्रै उसलाई विश्वासको मत दिनेबारेमा निर्णय लिन सकिने अध्यक्ष नेपालको भनाई थियो। शुक्रबार सर्वदलीय बैठकपछि नयाँबानेश्वरस्थित संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले व्यक्तिगत रुपमा आफू प्रधानमन्त्री पुष्पकमल दाहालप्रति सकारात्मक रहेको धारणा समेत राखे। ‘विश्वासको मतको बारेमा हामीले जम्मै पक्षहरुको विषयमा विश्लेषण गर्नेछौं। व्यक्तिगत रुपमा प्रचण्डजीप्रति मेरो पोजेटिभ नै धारणा छ। जहाँसम्म सरकार कुन ढंगले अगाडि बढछ, त्यो हेरिकन हामी टुंगो गर्छौं । सरकारलाई विश्वासको मत दिन हामीले त धेरै विश्लेषण गर्नुपर्छ । विश्ल...
एमाले–माओवादी गठबन्धन भत्काउन कांग्रेसका केही नेताको दौडधुप
राजनीति, समाचार

एमाले–माओवादी गठबन्धन भत्काउन कांग्रेसका केही नेताको दौडधुप

नेपालअखबार, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका केही नेताले एमाले–माओवादी इतरको गठबन्धन बनाउने प्रयास थालेका छन् । राप्रपाले साथ दिएको अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाउने र नयाँ समीकरण बन्नसक्ने सम्भावना पनि रहेको यसमा संलग्न नेताहरुको दाबी छ । १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले २६ पुसमा विश्वासको मत लिने तय भएको छ । कांग्रेसका केही नेताहरुले प्रचण्डलाई विश्वासको मत पाउनबाट रोक्न प्रयास थालेका छन् । एक नेताका अनुसार प्रधानमन्त्री प्रचण्डले शपथ लिएकै दिन ११ पुसमा कांग्रेसका केही केन्द्रीय सदस्यहरुबीच लोकतान्त्रिक शक्तिहरुलाई एक ठाउँमा ल्याउन पहल गर्ने छलफल भएको थियो । त्यही छलफलका क्रममा गैरवामपन्थी सरकार बन्न सक्ने हिसाब देखाएपछि नेताहरुले त्यो सन्देश देउवासम्म पनि पुर्याएका छन् । एक केन्द्रीय सदस्य भन्छन्, ‘पाँच दलको गठबन्धन त...
सभामुखको निर्वाचन ७ माघमा गर्ने तयारी
राजनीति, समाचार

सभामुखको निर्वाचन ७ माघमा गर्ने तयारी

नेपालअखबार, काठमाडौं । प्रतिनिधिसभाका सभामुखको निर्वाचन माघ ७ गते गर्ने तयारी भएको छ । प्रतिनिधिसभाको अधिवेशन २५ गते बोलाइएको छ । त्यसअघि शुक्रबार बसेको सर्बसदलीय बैठकमा माघ ७ गते सभामुखको निर्वाचन गर्ने प्रस्ताव गरिएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । उनले भने, ‘यसमा लगभग सहमति भएको छ ।’...
अमेरिकी राजदूतले भौतिक पूर्वाधारमन्त्री श्रेष्ठलाई भेटे
राजनीति, समाचार

अमेरिकी राजदूतले भौतिक पूर्वाधारमन्त्री श्रेष्ठलाई भेटे

नेपालअखबार, काठमाडौं । नेपालका लागि अमेरिकाका राजदूत डीन आर थम्पसनले उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारयाणकाजी श्रेष्ठसँग शिष्टाचार भेट गरेका छन्। शुक्रबार राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता भएको हो। दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा केन्द्रित रहेको सचिवालयले जनाएको छ। भेटमा अमेरिका र नेपालको ७५ वर्ष लामो मित्रतालाई उजागर गरेका थिए । राजदूत थम्पसनले नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा नियुक्त भएकोमा श्रेष्ठलाई बधाई दिँदै सफल कार्यकालको कामना समेत गरे।...
आज गृहमन्त्री लामिछानेको नागरिकता विवादबारे  सुनुवाइ हुँदै
प्रशासन, राजनीति, समाचार

आज गृहमन्त्री लामिछानेको नागरिकता विवादबारे सुनुवाइ हुँदै

नेपालअखबार, काठमाडाैं। उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता र राहदानी विवादबारे शुक्रबार सर्वोच्च अदालतमा छलफल हुने भएको छ। सर्वोच्चको संवैधानिक इजलासमा आज सांसदसमेत रहेका लामिछानेको नागरिकता र राहदानीमा देखिएका विवादबारे सुनुवाइ हुन लागेको हो। सर्वोच्चबाट लामिछानेविरूद्ध अन्तरिम आदेश आए उनी सांसद र मन्त्री हुन पाउँदैनन्। अमेरिकी नागरिकता त्याग नगरी झुटा विवरण पेश गर्दै नेपाली राहदानी बनाएको आरोपमा प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको थियो। तर उनी गत पुस ११ मा उपप्रधान र गृहमन्त्री नियुक्त भएका थिए। कसैले झुटा विवरण दिएर राहदानी वा यात्रा अनुमति लिने वा लिने प्रयत्न गरेमा पनि कानुनले सजाय तोकेको छ। यसलाई फौजदारी कसुर मानिन्छ। राहदानी ऐन २०७६ को दफा २१ (क) मा झुटा विवरण दिई राहदानी लिन नहुने उल्लेख छ। यदी लिएमा भने दफा २...
पाल्पा बस दुर्घटनाप्रति प्रचण्डद्वारा दु:ख व्यक्त, सार्वजनिक यातायात सुरक्षित तुल्याउन अपिल
राजनीति, समाचार

पाल्पा बस दुर्घटनाप्रति प्रचण्डद्वारा दु:ख व्यक्त, सार्वजनिक यातायात सुरक्षित तुल्याउन अपिल

नेपालअखबार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाल्पामा भएकाे बस दुर्घनामा मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै सार्वजनिक यातायात सुरक्षित र मर्यादित तुल्याउन अपिल गरेका छन् । प्रधानमन्त्री प्रचण्डले आज बिहान ट्वीट गर्दै उक्त अपिल गरेका हुन् । रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर खुसार्ने जाँदै गरेको यात्रुबाहक बस रैनादेवी छहरा गाउँपालिका वडा नं. ८ मधुवन टारीफाँट नजिकै गएराति दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो । दुर्घटनामा १६ जना घाइते भएका छन् । प्रचण्डले मृतकका आफन्तहरुप्रति समवेदना र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । साथै उनले भनेका छन्, ‘सार्वजनिक यातायात सुरक्षित र मर्यादित तुल्याउन भूमिका खेल्न सबैमा हार्दिक अपिल गर्दछु ।’...
एमाले नेता सेराज फारूकीलाई मन्त्री बनाउन माग
राजनीति, समाचार

एमाले नेता सेराज फारूकीलाई मन्त्री बनाउन माग

नेपालअखबार, काठमाडाैं । एमालेका नेता सेराज फारूकीलाई मन्त्री  बनाउन पार्टीसंग मुस्लिम समुदायले माग गरेकाछन् । कविलवस्तु जिल्लावाट नेकपा एमालेकाे तर्फबाट समानुपातिक प्रतिनिधि संसद बनेका हुन् । विधार्थी राजनितिवाट सुरू  वि.स २०४० सालवाट राजनिति सुरू गरेका फारूकीले २०५५ साल देखि पूर्णकालीन पार्टीकाे  राजनितिमा लागेकाे बताएका छन् । जनवर्गिय संगठन नेपाल मुस्लिम इत्तेहाद संगठन केन्द्रिय अध्यक्ष तथा इन्चार्ज नेकपा एमाले केन्द्रिय सदस्य माननीय सेराज अहमद फारुकीले दावी गरे नेपालभरका मुस्लिम समुदायकाे ७० देखि ७५ प्रतिशत पार्टीमा ल्याउन आफैले पहल गरेकाे बताए । नेकपा एमाले नेतृत्वकाे सरकारमा पार्टीकाे तर्फवाट मन्त्रीमणडलमा समावेश नगरेकाे स्मरण गर्दै यस पटक मुस्लिम समुदायका प्रतिनिधित्व पार्टीले गराउन पर्ने फारूकीले बताए  ।  यस समुदायका हक हित र संरक्षणका लागि सरकारमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।...