Thursday, July 16

राजनीति

आज सरकारको न्यूनमत साझा कार्यक्रमलाई अन्तिम रूप दिने तयारी
राजनीति, समाचार

आज सरकारको न्यूनमत साझा कार्यक्रमलाई अन्तिम रूप दिने तयारी

नेपालअखबार, काठमाडौं । सत्ता साझेदार दलहरूले आज सरकारको साझा कार्यक्रमको मस्यौदालाई अन्तिम रूप दिने तयारी गरेका छन् । यसअघि  बुधबार बसेको गठबन्धनको बैठकले न्यूनतम साझा कार्यक्रम आज टुंगो लगाउने निर्णय गरेको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहलाई चुस्त बनाउने विषयलाई प्राथमिकता दिएर न्यूनमत साझा कार्यक्रमलाई बिहीबारसम्म अन्तिम रुप दिने सहमति भएको उप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले जानकारी दिए । गठबन्धनको बैठकमा केन्द्र र प्रदेश सरकारको मन्त्रालय बाँडफाँटबारेसमेत छलफल भएको थियो । भागवण्डा मिलाउन मन्त्रालय फुटाउने पक्षमा सरकार नरहेको पनि गृहमन्त्री लामिछानेले स्पष्ट पारेका थिए ।...
एकीकृत ट्रेड युनियन महासंघ बैशाख १८ देखि २० मा राष्ट्रिय महाधिवेशन गर्ने
राजनीति, समाचार

एकीकृत ट्रेड युनियन महासंघ बैशाख १८ देखि २० मा राष्ट्रिय महाधिवेशन गर्ने

नेपालअखबार, काठमाडौं । एकीकृत ट्रेड युनियन महासंघ नेपाल आईसिटीयूको बैठक सम्पन्न भएको छ ।  सोमवार काठमाडौं स्थित गार्डेन होम ठमेलमा सम्पन्न भएको  छैटौँ राष्ट्रिय कमिटी बैठकले आगामी २०८० बैशाख १८ देखि २० सम्म राष्ट्रिय महाधिवेशन गर्ने  निर्णय गरेको छ ।  एकीकृत ट्रेड युनियन महासंघ नेपाल आईसिटीयूका अध्यक्ष विष्णु लम्सालको अध्यक्षतामा बसेको बैठकले आगामी कार्ययोजना समेत पारित गरेको छ । एकीकृत ट्रेड युनियन महासंघ नेपालका महासचिव  दीपक पौडेलले सञ्चालन गरेको कार्यक्रम  औपचारिक अनौपचारिक श्रमको बारेमा श्रम विभागका निर्देशक लगायतबाट प्रशिक्षण लगायत प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको समीक्षा गरिएको थियो ।...
जनताको मत र समर्थन हुँदाहुँदै पनि बाकसमा मत खसाल्न सकिएन -अध्यक्ष नेपाल
राजनीति, समाचार

जनताको मत र समर्थन हुँदाहुँदै पनि बाकसमा मत खसाल्न सकिएन -अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौँ ।  युवा संघ नेपालले एकीकृत समाजवादीका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई सम्मान गरेको छ । युवा संघ नेपाल काठमाडौँले  आफ्नो पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई सम्मान गरेको छ । बुधबार भएको सम्मान कार्यक्रममा बोल्दै पार्टी अध्यक्ष माधवकुमार नेपालले  हामीले थ्रेसहोल्ड पार गरेको भए कसैले हवाईजहाज दिन्थ्यो, रकम दिन्थ्यो भन्ने प्रश्न गर्नुभएको थियो । अध्यक्ष माधवकुमार नेपालले भन्नुभयो  ‘जनताको मत र समर्थन हुँदाहुँदै पनि बाकसमा मत खसाल्न सकिएन र थ्रेसहोल्ड पार भएन,’ , ‘हाम्रा नेता कार्यकर्ता जसरी खट्नुपर्थ्यो त्यसरी भएन।’ थ्रेसहोल्ड पार गर्न नसके पनि केही नहुने भन्दै अध्यक्ष नेपालले  ‘थ्रेसहोल्ड पार गरेको भए हामीलाई एउटा हेलिकप्टर वा हवाईजहाज दिन्थ्यो कि केही दिनेवाला थिएन। कुनै पार्टी अफिस दिन्थ्यो कि, कुनै रकम दिन्थ्यो कि केही दिन्थेन ,’  ‘कतिपय द...
प्रधानमन्त्री प्रचण्डसँग एकीकृत समाजवादीका अध्यक्ष नेपालको भेट
राजनीति, समाचार

प्रधानमन्त्री प्रचण्डसँग एकीकृत समाजवादीका अध्यक्ष नेपालको भेट

नेपालअखबार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बीच भेटवार्ता भएको छ । उनीहरुबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भेटवार्ता भएको हो ।
आज नेपाली कांग्रेसले पत्रकार सम्मेलन गर्दै समसामयिक राजनीतिलगायत विषयमा धारणा सार्वजनिक गर्ने
राजनीति, समाचार

आज नेपाली कांग्रेसले पत्रकार सम्मेलन गर्दै समसामयिक राजनीतिलगायत विषयमा धारणा सार्वजनिक गर्ने

नेपालअखबार, काठमाडाैं । नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गरेर समसामयिक राजनीतिलगायत विषयमा धारणा सार्वजनिक गर्ने भएको छ। प्रवक्ता प्रकाशशरण महतले बुधबार अपरान्ह ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी पार्टीको धारणा सार्वजनिक गर्न लागेका छन्। नेकपा माओवादी केन्द्रलगायत ५ दलसँग मिलेर कांग्रेस गत मंसिरको चुनावमा सहभागी भएको थियो। तर त्यसबेला गठबन्धनमा रहेको दल माओवादीले चुनावपपछि नयाँ गठबन्धन गरेको छ भने कांग्रेस प्रतिपक्षमा पुगेको छ। कांग्रेसले आज निर्वाचन परिचालन तथा प्रचारप्रसारमा खटिएका पार्टीका नेता/कार्यकर्ता लगायतलाई पनि धन्यवाद दिने कार्यक्रम छ। चुनावअघि गठबन्धन गरिएको र चुनावपछि उक्त गठबन्धनलाई सभापति शेरबहादुर देउवाले जोगाउन नसकेको भन्दै कांग्रेसभित्र आलोचनासमेत भइरहेका छन्। साथै कांग्रेसले चुनावी समीक्षा पुस २२ गते केन्द्रीय समिति बैठकबाट गर...
सरोज यादव मधेश प्रदेशमा एमाले संसदीय दलको नेता चयन
राजनीति, समाचार

सरोज यादव मधेश प्रदेशमा एमाले संसदीय दलको नेता चयन

नेपालअखबार, जनकपुर । नेकपा एमाले मधेश प्रदेशको संसदीय दलका नेतामा सरोज यादव सर्वसम्मत चयन भएका छन्। मंगलवार जनकपुरधाममा बसेको एमाले मधेश संसदीय दलको बैठकले यादवलाई दलका नेता छानेको हो। आकांक्षीहरु बढी भएपछि दलको नेता चयन गर्ने जिम्मा प्रदेश कमिटीलाई दिइएको थियो। प्रदेश कमिटीले यादवको नाम चयन गरेको हो। एमाले केन्द्रीय सदस्य समेत रहेका यादव महोत्तरी क्षेत्र नं. ४ (क) बाट निर्वाचित भएका थिए । मंसिर ४ मा सम्पन्न संसदीय निर्वाचनमा एमालेले मधेश प्रदेशमा २३ सांसद जितेर ठूलो दल बनेको छ ‌।...
नेकपा एकीकृत समाजवादीको पोलिटव्यूरो बैठकले के गर्‍यो निर्णय
राजनीति, विचार, समाचार

नेकपा एकीकृत समाजवादीको पोलिटव्यूरो बैठकले के गर्‍यो निर्णय

नेपालअखबार, काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) ले सरकारले जाने/नजानेबारे निर्णय लिने जिम्मेवारी पार्टीको केन्द्रिय सचिवालयलाई दिएको छ। मंगलबार सम्पन्न पार्टी पोलिटव्यूरो बैठकले थप अध्ययन, छलफल, विचार विमर्श गर्नुपर्ने भएकाले सरकारमा पार्टीको सहभागिताबारे निर्णय गर्ने अधिकार केन्द्रिय समितिलाई दिने निर्णय गरिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए। बैठकमा धेरैजसो नेताले सरकारले देश र जनताको हितमा ल्याउने कार्यक्रमलाई हेरेर मात्रै सरकारमा जानेबारे आवश्यक निर्णय लिन पनि पार्टी नेतृत्वलाई सुझाव दिएका थिए। बैठकले दुई वटा मुख्य निर्णय गरेको प्रवक्ता खतिवडाले बताए। पहिलो निर्णय,  हाम्रो पार्टी सदैव वामपन्थीको बीचमा एकता गर्ने,  सहकार्य गर्ने, मोर्चा बनाउने र वामपन्थी जनमतहरुलाई एक ठाउँमा ल्याउने कुरामा केन्द्र भागमा रहेर काम गर्ने कुरामा सधैंभरी प्रतिवद्ध छ। विगतमा पनि थियो, आज प...
एकीकृत समाजवादी अझै पर्ख र हेरको अवस्थामा
राजनीति, समाचार

एकीकृत समाजवादी अझै पर्ख र हेरको अवस्थामा

नेपालअखबार, काठमाडाैं । माधवकुमार नेपाल नेतृत्वमा रहेको नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी र पोलिटब्यूरो गरी लगातार ४ दिन बैठक गर्दा पनि नयाँ सरकारप्रति पार्टीको धारणा के हो निर्णयमा पुग्न सकेको छैन। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा रहेको सरकारलाई समर्थन गर्ने कि नगर्नेबारे एकीकृत समाजवादी अझै पर्ख र हेरको अवस्थामा छ। शनिबार र आइतबार स्थायी कमिटी बैठक, सोमबार र मंगलबार पोलिटब्यूरो बैठक गरे पनि एकीकृत समाजवादीले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने वा नगर्नेबारे कुनै ठोस निर्णय गर्न सकेन। यो विषय अब सचिवालय बैठकमा छलफल गरी निर्णय गरिने भएको छ। केही दिनअघि प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई भेटेर आफ्नो नेतृत्वको सरकारलाई समर्थन गर्न माग गरेका थिए। एकीकृत समाजवादीले भने सरकारले समर्थनका लागि औपचारिक पत्र नै नपठाएको दाबी गर्दै आएको छ। एकीकृत ...
प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे ओली
राजनीति, समाचार

प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे ओली

नेपालअखबार, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। बालुवाटारमा आज अपरान्ह प्रधानमन्त्री प्रचण्डलाई भेट्न अध्यक्ष ओली पुगेका हुन्। प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच समसामयिक राजनीति, नयाँ सत्ता गठबन्धन, सरकारको प्रभावकारितालगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। सत्ता साझेदार दलले एमाले अध्यक्ष ओलीलाई संयोजक समेत बनाएका थिए। सत्ता गठबन्धनले न्यूनतम साझा कार्यक्रम पनि ल्याउने तयारी गरेको छ। प्रधानमन्त्री प्रचण्डले पुस २६ मा विश्वासको मतसमेत लिने कार्यक्रम छ। गत पुस १० मा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले ८ जना मन्त्री बनाए पनि बाँकी मन्त्रीहरू बनाएका छैनन्। सत्ता साझेदार दलभित्र भागबन्डा मिल्न बाँकी छ। विश्वासको मत लिएपछि मात्रै मन्त्रिमण्डल विस्तार गर्ने तयारीमा प्रधा...
लेखक कांग्रेसको मुख्य सचेतक पदमा मनोनित
राजनीति, समाचार

लेखक कांग्रेसको मुख्य सचेतक पदमा मनोनित

नेपालअखबार, काठमाडाैं । नेपाली कांग्रेसका सांसद् रमेश लेखक पार्टीबाट प्रतिनिधि सभाको मुख्य सचेतक पदमा मनोनित भएका छन् । नेपाली कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४ ) को धारा १३ को उपधारा (१) बमोजिम लेखकलाई प्रतिनिधि सभाको मुख्य सचेतक पदमा मनोनयन गरेका हुन् ।...