Thursday, July 16

राजनीति

प्रतिनिधि सभा सदस्यमा निर्वाचित प्रेम आले र माया राईले शपथ लिए
राजनीति, समाचार

प्रतिनिधि सभा सदस्यमा निर्वाचित प्रेम आले र माया राईले शपथ लिए

नेपालअखबार, काठमाडौं । प्रतिनिधि सभा सदस्यमा निर्वाचित प्रेम आले र माया राईले पद तथा गोपनीयताको शपथ लिएका छन्।  आले र राईले प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपति शमशेर जबरासँग शपथ लिएका हुन् । गत पुस ७ गते प्रतिनिधि सभाका सदस्यहरूको शपथ ग्रहण समारोहमा आले र राई छुटेका थिए । आले पारिवारिक शोक र राई अस्पताल भर्ना भएकाले पुस ७ गते शपथ लिन सकेका थिएनन् । पुस ७ मा शपथ ग्रहण गर्न छुटेका अन्य दुई जना सांसद महिन्द्र राय यादव र रामकुमार राईले पुस ८ गते नै शपथ लिइसकेका छन् ।...
पाँच उपप्रधानमन्त्री र २५ मन्त्रालय बनाउने तयारी
राजनीति, समाचार

पाँच उपप्रधानमन्त्री र २५ मन्त्रालय बनाउने तयारी

नेपालअखबार, काठमाडाैं । सरकारमा सहभागी पार्टीहरुबीच भागबन्डा मिलाउन प्रधानमन्त्री पुष्पकमल दाहालले पाँच उपप्रधानमन्त्री हुने व्यवस्था गर्दै मन्त्रालयको सङ्ख्या २५ पुर्‍याउने गृहकार्य थालेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालले सरकारलाई समर्थन गरेका दलका नेतालाई चित्त बुझाउन पाँच राजनीतिक दलका नेतालाई उपप्रधानमन्त्री भाग पुर्याउन त्यस्तो तयारी थालेका हुन् । प्रधानमन्त्री दाहालले आफ्नै पार्टी माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठका साथै नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उपप्रधानमन्त्रीको जिम्मेवारीमा सरकारमा सहभागी गराइसकेका छन् । अब राप्रपा र जसपालाई पनि उपप्रधानमन्त्रीको जिम्मेवारीसहित सरकारमा सहभागी गराउने तयारी उनले गरेका हुन् । पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिएपछि मात्र दुई दललाई उपप्र...
रौतहट-२ बाट निर्वाचित स्वतन्त्र सांसद साह एमाले प्रवेश
राजनीति, समाचार

रौतहट-२ बाट निर्वाचित स्वतन्त्र सांसद साह एमाले प्रवेश

नेपालअखबार, काठमाडौं । रौतहट-२ बाट निर्वाचित स्वतन्त्र सांसद किरण साह नेकपा एमालेमा प्रवेश गरेका छन् । आज बिहान एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर साह एमाले प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्न बालकोट पुगेका साहलाई एमाले अध्यक्ष ओलीले खादा र टीका लगाएर स्वागत गरेका छन् । साहले आफू यसअघि नै अनौपचारिक रुपमा एमाले प्रवेश गरिसकेको र आज त्यसैलाई औपचारिकता दिएको बताए । ‘अनौपचारिक रुपमा त म एमाले प्रवेश गरेको थिएँ । आज औपचारिक रूपमा प्रवेश गरेको हो,’ साहले भने, ‘एमाले अध्यक्ष र मेरो हस्ताक्षरसहितको सहमति हुन्छ।’सांसद साहले धर्मान्तरण र धार्मिक अतिवादसम्बन्धी मुद्दा उठाउने गरेका छन् ।ती विषयमा सहमति भएको उनको भनाइ छ ।...
आज पनि एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्दै
राजनीति, समाचार

आज पनि एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्दै

नेपालअखबार, काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो बैठक आज पनि बस्दैछ । बैठकमा सरकारमा सहभागी हुने नहुने भन्नेबारेमा छलफल चलिरहेको छ । पोलिटब्युरो सदस्यहरुले सुझाव दिने काम नसकिएकाले आज पनि बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रिय कार्यालयमा बस्नेछ । पार्टीले सरकारमा कसैले औपचारिक रुपमा सहभागी हुन नभने सहभागी नबन्ने धारणा राखिसकेको छ ।...
एकीकृत समाजवादीको पोलिटब्युरो  बैठक जारी , वामपन्थी  एकता र संगठन सुदृढीकरणमा जोड
राजनीति, समाचार

एकीकृत समाजवादीको पोलिटब्युरो बैठक जारी , वामपन्थी एकता र संगठन सुदृढीकरणमा जोड

नेपालअखबार, काठमाडौं । नेकपा ( एकीकृत समाजवादी ) को तेस्रो पोलिटब्युरो बैठक  जारी छ । पोलिटब्युरो सदस्यहरूले वामपन्थी शक्तिहरूका बीचमा एकता गर्नुपर्नेमा जोड दिएका छन् । सोमबारबाट सुरु भएको पार्टीको पोलिटब्युरो बैठकमा आफ्नो धारणा राख्दै पोलिटब्युरो सदस्यहरूले वामपन्थी शक्तिहरूका बीचमा एकता गर्नुपर्नेमा जोड दिएका हुन् । बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बैठकमा बोल्ने सदस्यहरूले वामपन्थीहरूलाई एकताबद्ध बनाउन पहल गर्नुपर्ने धारणा राखेको बताउनु भयो  । वामपन्थीहरूको एकताको सम्बन्धमा सबैको एकमत रहेको साथै संगठन सुदृढीकरण गर्न आगामी पाँच वर्ष पार्टी निर्माणको अभियानमा लाग्नुपर्नेमा पनि सम्पूर्ण सदस्यहरू एकमत रहेको उल्लेख गर्नुभयो  । बैठकमा करिब ३० जना सदस्यले आफ्नो धारणा राखेका छन् ।  वर्तमान सरकारमा जाने सन्दर्भम...
राप्रपाले पुस २७ गते मनाउँदै छ पृथ्वीजयन्ती
राजनीति, समाचार

राप्रपाले पुस २७ गते मनाउँदै छ पृथ्वीजयन्ती

नेपालअखबार, काठमाडौँ । राप्रपाले ३०१ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विविध कार्यक्रम गरी मनाउने भएको छ। पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकले निर्णय गरे बमोजिम आज पार्टी केन्द्रीय कार्यालयमा पृथ्वी जयन्ती तयारी समितिको बैठक बसेको छ । केन्द्रीय सचिवालयद्वारा आयोजित बैठक अध्यक्ष राजेन्द्र लिङ्देनको उपस्थितिमा भएको थियो । बैठकले देशका सबै जिल्लामा विविध कार्यक्रम गरि पृथ्वी जयन्ती मनाउने र काठमाडौंमा भृकुटीमण्डपमा भेला भइ सिंहदरबार अगाडिको पृथ्वी शालिकमा माल्यार्पण गर्ने र दिउँसो भृकुटीमण्डप परिसरमा चियापान समारोहको आयोजना गर्ने निर्णय गरेको छ। पृथ्वी जयन्ती समारोहका लागि राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देनको संयोजकत्वमा १,१११ सदस्यीय मुल समिति र विभिन्न ११ उपसमिति गठन गरेको छ। नेपाली नाम र नेपाली पहिचान दिने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सम्मानमा राज्यको तर्फबाट कु...
प्रधानमन्त्रीले २६ गते विश्वासको मत लिने
राजनीति, समाचार

प्रधानमन्त्रीले २६ गते विश्वासको मत लिने

नेपालअखबार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिने भएका छन् संसद्का महासचिवलाई सम्बोधन गर्द २६ गते व्यवस्था मिलाउन प्रधानमन्त्रीले आग्रह गरेका छन् । नेपालको संविधानको ६७ को उपधार (२) बमोजिम नियुक्त भएपछि तीस दिनमा विश्वासको मत लिनुपर्ने व्यवस्था छ। नेकपा एमालेसहित ७ दलको समर्थनमा प्रचण्डले १० गते प्रधानमन्त्री नियुक्त भएका थिए। प्रतिनिधिसभामा विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रधानमन्त्रीको तयारी छ।...
माघ २५ भित्र राष्ट्रिय सभा सदस्यको उपचुनाव गर्न सिफारिस
राजनीति, समाचार

माघ २५ भित्र राष्ट्रिय सभा सदस्यको उपचुनाव गर्न सिफारिस

नेपालअखबार, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन माघ २५ गतेभित्र तोक्न सिफारिस गरेको छ । नेकपा एमालेका खिमलाल भट्टराईले राजीनामा दिएपछि राष्ट्रिय सभामा एक सदस्य पद रिक्त छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर निर्वाचन आयोगका पदाधिकारीहरुले पद रिक्त भएको ३५ दिनभित्र उपनिर्वाचन गर्नुपर्ने व्यवस्था रहेको स्मरण गराएका छन् । निर्वाचनको मिति तोक्न आयोगले सरकारलाई लिखित परामर्श दिने व्यवस्थाअनुसार २५ माघभित्र उपनिर्वाचन गर्ने गरी मिति तोक्न परामर्श दिइएको आयोगले जनाएको छ ।राष्ट्रियसभा सदस्य राष्ट्रपति÷उपराष्ट्रपतिको मतदाता समेत हुन् । त्यसैले राष्ट्रपति÷उपराष्ट्रपतिको निर्वाचन अघि नै उपचुनाव गर्न लागिएको एक आयुक्तले जानकारी दिए ।...
आजदेखि लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशन सुरु हुँदै
राजनीति, समाचार

आजदेखि लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशन सुरु हुँदै

नेपालअखबार, बुटवल । लुम्बिनी प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन प्रदेश राजधानी दाङको देउखुरीमा सोमबार (आज) बस्दैछ । प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसका आधारमा प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभा सदस्यहरुले शपथ लिएको भोलिपल्ट प्रदेश सभाको अधिवेशन आह्वान गरिएको हो ।  प्रदेश सभाको नवनिर्मित भवनमा दिउँसो १ बजे सुरु हुने अधिवेशनमा सोमबार दुईवटा बैठक बस्ने कार्यसूची सार्वजनिक भएको छ । प्रदेश सभा सचिव दुर्लभकुमार पुनका अनुसार पहिलो बैठकमा प्रदेश सभाको अधिवेशन आह्वानसम्बन्धी पत्र ज्येष्ठ सदस्य डिल्लीराज भुसालले पढेर सुनाउने र प्रदेश प्रमुख अमिक शेचरनले प्रदेश सभा बैठकलाई सम्वोधन गर्ने कार्यसूची रहेको छ । दोस्रो बैठकमा ज्येष्ठ सदस्य भुसालले ‘लुम्बिनी प्रदेश सभा नियमावली, २०७९’ पारित गर्न प्रस्ताव गर्ने कार्यसूची रहेको सचिव पुनल...
यतिबेला कुनै पार्टीमा विलय नहुने सम्मानित नेता  खनाल
राजनीति, विचार, समाचार

यतिबेला कुनै पार्टीमा विलय नहुने सम्मानित नेता खनाल

नेपालअखबार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफूहरु यतिबेला कुनै पार्टीमा विलय नहुने प्रष्ट्याएका छन् । शनिबार जारी पार्टी स्थायी कमिटीको बैठकमा पेश गरेको प्रतिवेदनमा आफूहरु कसैसँग पार्टी एकता गरिहाल्ने स्थितिमा नरहेको बताएका छन् । उनको प्रतिवेदनमा भनिएको छ, ‘हामी कहिल्यै कसैसँग पनि एकता गर्दै गर्दैनौँ भन्दैनौँ । कम्युनिष्ट आन्दोलनको एकता, पार्टी एकता, एउटै एकिकृत कम्युनिष्ट पार्टी निर्माण गर्नुपर्ने आवश्यकता आजको युगको आवश्यकता हो । नेपालको समाजवादी क्रान्तिको आवश्यकता हो । हामी सधै कम्यूनिष्ट एकताका पक्षमा छौं । तर कम्यूनिष्टहरु बीच एकता टाउको जोडेर हुँदैन, अङ्कमाल गरेर पनि हुँदैन, हात मिलाएर मात्र पनि हुँदैन, कुनै खास खास नेताहरुले चाहेर मात्र पनि हुँदैन ।’ कम्युनिष्ट एकताको नाममा आफूहरुले पहिला नै धेरै तिता नमिठा अनुभवहरु भोगिसकेको उल्लेख गरेका छन्...