Wednesday, July 15

राजनीति

राष्ट्रिय राजनीति र स्ववियू निर्वाचन
राजनीति, विचार, साहित्य \कला

राष्ट्रिय राजनीति र स्ववियू निर्वाचन

राजनीति बास्तबमै बुझे जस्तो अनि बुझ्न एकदमै अफ्ट्यारो बिषयबस्तु हो जस्तो लाग्छ । आज म जे जती यस बिषयमा लेख्दै छु त्यो सबै भाबनात्मक रूपमा बुझेको राजनीति रहने छ । राज्यको नीति वा राज गर्ने नीति जुनसुकै रूपबाट लिनुहोस आखिर कुरा उही नै हो । राजनीति बुझ्दिन र जान्दिन भन्ने छुट कोही पनि जनतालाई छैन जस्तो लाग्छ । गोपाल बंश देखी बिभिन्न कालखण्ड पार गर्दै बाईसे चौबिसे राज्यको एकिकरण पश्चात नै नेपाल आधुनिक राजनीतिमा प्रबेश गर्यो । त्यपश्चात पनि राणा शासन, पंचायत लोकतन्त्र , गणतन्त्र को प्रतिफल स्वरूप “नेपालको संबिधान “२०७२ मा जारी भयो । नेपाली जनताले ७० बर्ष देखि आशा गरे अनुरूपको विश्वकै उत्कृष्ट संबिधान कार्यन्वयनमा आयो । त्यो क्षण नेपाली जनताको लागी राजनैतिक रूपमा महान चाड स्वरूप थियो । नेपाली जनताको आशा थियो अब देशमा यूवा पिढिले शासन संचालन गर्ने छन र समृद्द नेपाल सुखी नेपाली को नारालाई सर...
प्रधानमन्त्री प्रचण्डलाई अमेरिकाको बधाई
राजनीति, समाचार

प्रधानमन्त्री प्रचण्डलाई अमेरिकाको बधाई

नेपालअखबार, काठमाडाैं । संयुक्त राज्य अमेरिकाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बधाई दिएको छ । अमेरिकाले नेपालसँग सुदृढ र लामो समयदेखिको सम्बन्ध भएकामा गर्व गर्दै दीगो आर्थिक वृद्धि हासिल गर्न र लोकतन्त्र तथा मानवाधिकारको सुदृढीकरणजस्ता द्विपक्षीय, क्षेत्रीय र विश्वव्यापी महत्वका मुद्दाको प्रवद्र्धन गर्न नेपाल सरकारसँगै रहेको उल्लेख गरेको छ । नेपालको लोकतन्त्रप्रतिको प्रतिबद्धता विश्वभरका लागि उदाहरण भएको उल्लेख गर्दै अमेरिकाले यसको प्रशंसा गरेको यहाँस्थित अमेरिकी दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । साथै नेपालले आफ्नो लोकतान्त्रिक परम्परालाई अझ गहिरो बनाउन जारी राख्ने उल्लेख गर्दै अमेरिकाले सहयोग गर्न तत्पर रहेको जनाएको छ । रासस...
राष्ट्रिय राजनीतिले  नाटकीय मोड लिएको छ आत्तिनुपर्ने अवस्था भने छैन -अध्यक्ष नेपाल
राजनीति, समाचार, हाइलाइट-समाचार

राष्ट्रिय राजनीतिले नाटकीय मोड लिएको छ आत्तिनुपर्ने अवस्था भने छैन -अध्यक्ष नेपाल

नेपालअखार, काठमाडौं ।  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय राजनीतिक घटना क्रमले नाटकीय मोड लिएको बताउनु भएको छ । नेकपा एकीकृत समाजवादी सुदूर पश्चिम प्रदेशले पार्टीको केन्द्रीय कार्यालयमा आयोजना गरेको प्रतिनिधि तथा प्रदेश सभामा निर्वाचित सभासद्हरूलाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले नेपाली राजनीतिमा हठात् परवर्तन आएको भएपनि के के न होला भनेर आतिनु पर्ने अवस्था भने नभएको बताउनु भयो । अध्यक्ष नेपालले नेपाली राष्ट्रिय राजनीतिमा हाम्रो पार्टीको सक्रिय हस्तक्षेप जरुरी भएको भन्दै त्यसको लागि सत्ता लोलुपतालाई त्यागेर शक्ति आर्जन गर्नुको विकल्प नभएको बताउनु भयो । उहाँले पार्टीका सबै तह र तप्काकाका नेता कार्यकर्ताहरुलाई पार्टी र संगठन निर्माणमा निरन्तर लागेर संगठनको आधार तय गरेपछि मात्र जनजनमा स्थापित हुने भएकोले त्यस तर्फ लाग्न  निर्देशन ...
गण्डकीको प्रदेश सभा अधिवेशन १८ पुसमा
प्रदेश ४, राजनीति, समाचार

गण्डकीको प्रदेश सभा अधिवेशन १८ पुसमा

नेपालअखबार, पोखरा । गण्डकी प्रदेश सभाको अधिवेशन पुस १८ गते तय भएको छ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १८३ को उपधारा (१) बमोजिम १८ गते सोमबारका लागि प्रदेश अधिवेशन बोलाएका हुन् । गण्डकी प्रदेश सभाका ज्येष्ठ सदस्य मित्रलाल बस्याललाई बुधबार शपथ खुवाउने र बिहीबार बस्यालले अरु सांसदलाई शपथ खुवाउने कार्यक्रम तय भइसकेको छ । पर्वतबाट चुनाव जितेका एमालेका बस्यालले बुधबार प्रदेश प्रमुखबाट सपथ लिनेछन् । त्यसको भोलिपल्टै अरु सांसदलाई शपथ खुवाउने कार्यक्रम छ । बस्यालकै अध्यक्षमा १८ गतेको बैठक बस्ने छ । प्रदेश सभा अधिवेशन सुरु भएलगत्तै प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान गर्ने तयारी गरेका छन् । ‘१८ गतेबाट अधिवेशन सुरु हुन्छ । त्यसलगत्तै सरकार गठनको लागि आह्वान गर्ने तयारीमा प्रदेश प्रमुख छन्’, प्रदेश प्रमुख स्रोतले भन्यो, ‘नयाँ सरकार गठनका लागि २० गते कट्दैन ।’ ...
यी हुन् मन्त्रिपरिषद‍्का कान्छो मन्त्री
राजनीति, समाचार

यी हुन् मन्त्रिपरिषद‍्का कान्छो मन्त्री

नेपाल अखबार, काठमाडाैं । सोमबार गठित मन्त्रिपरिषद‍्मा ८ सदस्य रहेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको हालको सुरुवाती मन्त्रिपरिषदमा उनीसहित ८ सदस्य रहेका हुन्  । मन्त्रिपरिषदमा हाल सवैभन्दा कान्छा मन्त्रीका रुपमा अब्दुल खान देखिएका छन् । जनमत पार्टीबाट समानुपातिक सांसद रहेका उनको उमेर ३५ वर्ष रहेको छ । आइ.एस्सी अध्ययन गरेर फार्मेसीमा स्नातक गरेका उनले  राजनीतिक शास्त्रमा एम.ए. गरेका छन् । बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ११ स्थायीबासी रहेका खान २०६८ सालदेखि राजनीतिमा लागेका हुन् । सिके राउतले नेतृत्व गरेको स्वतन्त्र मधेश अभियानमा लागेका उनी पटक पटक जेल समेत परेका थिए । ३ दाजुभाइ मध्ये कान्छो रहेका उनको परिवार कृषि पेशामा आवद्ध छ। विनाविभागीय मन्त्री रहेका खानले आफूले उद्योग मन्त्री पाउने निश्चित भएको बताए । आफूले कृषि मन्त्रालय मागेपनि सो नपाएपनि उद्य...
नेपाल भारत सम्बन्ध अझ मजबुत हुने प्रधानमन्त्री प्रचण्डको विश्वास
राजनीति, समाचार

नेपाल भारत सम्बन्ध अझ मजबुत हुने प्रधानमन्त्री प्रचण्डको विश्वास

नेपालअखबार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी दिनमा नेपाल भारत सम्बन्ध अझ मजबुत हुने विश्वास व्यक्त गरेका छन् । भारतीय सञ्चारमाध्यम एबीपी न्यूजसँग कुरा गर्दै प्रचण्डले आफ्नो पछिल्लो भारत भ्रमणमा खुला मनका साथ सम्वाद भएको सम्झिए । उनले भनेका छन्, ‘मलाई लाग्छ, अन्तिम पटक जब म भारत भ्रमणमा गएको थिएँ, खुला मनका साथ कुराकानी भएको थियो । नेपाल भारत सम्बन्ध अगाडि बढाउन एकआपसमा मिलेर अघि बण्नुपर्छ भन्ने प्रतिवद्धता गरेका थियौं ।’ अब पनि त्यही विश्वासका साथ अघि बढ्ने उनले बताए । प्रधानमन्त्री नियुक्त भएर राष्ट्रपति निवासबाट निस्किँदै गर्दा भारतीय राजदूतले फोन गरेर बधाई दिएको र लगतै भारतीय प्रधानमन्त्री मोदीले ट्वीट गरेर बधाई दिएको समेत प्रचण्डले सुनाए ।...
श्रम मन्त्री कुँवरको ५ महिना २८ दिन : अनलाइनबाटै श्रम स्वीकृतिदेखि वैदेशिक रोजगारीमा रहेकालाई सामाजिक सुरक्षासम्म
राजनीति, समाचार

श्रम मन्त्री कुँवरको ५ महिना २८ दिन : अनलाइनबाटै श्रम स्वीकृतिदेखि वैदेशिक रोजगारीमा रहेकालाई सामाजिक सुरक्षासम्म

नेपालअखबार, काठमाण्डौ । पाँच महिना २८ दिन श्रम मन्त्रालयको जिम्मेवारी सम्हालेर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर बिदा हुनुभएको छ । सोमबार श्रम मन्त्रालयमा एक औपचारिक कार्यक्रमको आयोजनासहित मन्त्री कुँवरको बिदाइ गरिएको छ । कार्यक्रममा मन्त्री कुँवरले आफूले यो अवधिमा गरेको महत्त्वपूर्ण कामहरू पनि सार्वजनिक गर्नुभएको छ । २०७९ साल असार १३ गते मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका मन्त्री कुँवरले योबीचमा केही महत्त्वपूर्ण कामहरू गर्नुभएको छ । वैदेशिक रोजगारीमा गएका श्रमिक, स्वरोजगार र अनौपचारिक क्षेत्रका श्रमिकलाई समेत सामाजिक सुरक्षा कोषको दायरामा समेट्ने काम मन्त्री कुँवरकै नेतृत्वमा भयो । यस्तै वैदेशिक रोजगारीबाट फर्किएकाको पुनः एकीकरण कार्यक्रमका साथै आन्तरिक रोजगारी सिर्जना, श्रमिकका गुनासा सिधै आफैँ सुन्नका लागि श्रम मन्त्रीसँग श्रमिक कार्यक्रम सञ्चालनदेखि श...
अर्थतन्त्रको पुनरूत्थान सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री प्रचण्ड
अर्थ, राजनीति, समाचार

अर्थतन्त्रको पुनरूत्थान सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री प्रचण्ड

नेपालअखबार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रको पुनरुत्थान सरकारको पहिलो प्राथमिकता हुने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी प्रतिनिधिमण्डलसँग आज बिहान भएको भेटमा प्रचण्डले सो कुरा बताएका हुन् । महासंघको पदाधिकारीहरु आज बिहान प्रचण्डको निजी निवास खुमलटार गएर भेटवार्ता गरेका थिए । सो अवसरमा अध्यक्ष प्रचण्डले अर्थतन्त्रको पुनरूत्थान आफ्नो पहिलो प्राथमिकता रहेको र मन्त्रिपरिषदको पहिलो बैठकबाट यस सम्बन्धमा निर्णय समेत भैसकेको जानकारी गराएका थिए । अर्थतन्त्रको संवेदनशील अवस्थाका सम्बन्धमा निजी क्षेत्रको चासो र चिन्तालाई आफूले सम्मान गर्ने पनि उनले बताए । ‘महासंघ अर्थतन्त्र जोगाऔं भन्ने अभियानमा लागेको छ, यति बिहानै भेटघाटका लागि आउनुु भयो’ प्रचण्डले भनेका थिए, ‘समस्या समाधानका लागि भनिरहनुु भएको छ, सरकारले यसलाई गम्भीर रुपमा लिन्छ ।’ प्रधानमन्त्...
रेशम चौधरीले कारागारमै बोलाए नागरिक उन्मुक्तिको बैठक
राजनीति, समाचार

रेशम चौधरीले कारागारमै बोलाए नागरिक उन्मुक्तिको बैठक

नेपालअखबार, धनगढी । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले सरकारमा सहभागी हुने विषयमा छलफल गर्न पार्टीका शीर्ष नेताहरुलाई कारागार बोलाएका छन् । चौधरीले सोमबार पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठसहितका शीर्ष नेताहरूलाई डिल्लीबजारस्थित कारागारमा छलफलका लागि बोलाएका हुन् । आइतबार मात्र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा भएको सात दलीय छलफलमा रेशम संस्थापक रहेको उन्मुक्ति पार्टी पनि सहभागी थियो । उक्त छलफलपछि सरकारमा सहभागी हुन सहमति दिएको उन्मुक्ति पार्टीले प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई समर्थन गरेको छ। पार्टीका प्रवक्ता दामोदर पण्डितले संघीय सरकार र प्रदेश सरकारमा पार्टीको सहभागिताका विषयमा छलफल गर्न आफूहरू डिल्लीबजार कारागार गइरहेको पुष्टि गरेका छन्  । ‘हाम्रो पार्टीको संस्थापक एवंम् अभिभावक उहाँ (रेशम चौधरी) ले कारागार बोलाउन...
प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्ने निर्णयप्रति रास्वपाका गणेश कार्कीको असहमति
राजनीति, विचार, समाचार

प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्ने निर्णयप्रति रास्वपाका गणेश कार्कीको असहमति

नेपालअखबार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य गणेश कार्कीले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन वा सरकारमा जाने पार्टीको निर्णयमा असहमति जनाएका छन् । रास्वपा पनि सत्ता स्वार्थमा लागेको भन्दै उनले असहमति जनाएका हुन् । रास्वपाको समेत समर्थनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आइतबार प्रधानमन्त्री नियुक्त भएका थिए । प्रचण्ड नेतृत्वको सरकारमा रास्वपा पनि सहभागी हुने गरी दलहरुबीच छलफल चलिरहेको छ । तर केन्द्रीय सदस्य कार्कीले भने चुनावमा आफूहरुले ‘हामी अलग छौं, अलग रहनेछौं र अलग गर्नेछौं’ भनेर मत मागेको तर अहिले त्यसअनुसार नभएको भन्दै असन्तुष्टि जनाएका छन् । ‘आम नागरिकहरुको निराश मनस्थितिमा हामी अलग छौं, अलग रहनेछौं र अलग गर्नेछौं भनेर मत मागेका थियौं, चुनावको परणाम आउँदै गर्दा हतारमा हामी पनि उनीहरु जस्तै छौं भन्न आफ्नै कान आफैंले चिर्न थाल्यौं ?’ उनले प्र...