Wednesday, July 15

राजनीति

गण्डकीका सांसदले लिए शपथ
प्रदेश ४, राजनीति, समाचार

गण्डकीका सांसदले लिए शपथ

नेपालअखबार, पाेखरा । गण्डकी प्रदेशका नवनिर्वाचित सांसदहरूले शपथ लिएका छन्। बिहीबार प्रदेश सभा भवनमा उनीहरूले शपथ लिएका हुन्। ज्येष्ठ सदस्य नेकपा एमालेका सांसद मित्रलाल बस्यालले सांसदहरूलाई शपथ खुवाएका हुन्। गण्डकी प्रदेश सभामा ६० जना सांसद छन्। जेष्ठ सदस्य मित्रलाललाई प्रदेश प्रमुख पृथ्वीमान गुरूङले शपथ खुवाएका थिए। ३ जना सांसदले भने मातृ भाषामा शपथ लिएका थिए भने अरू सांसदले नेपाली भाषामा शपथ लिएका छन्।...
राष्ट्रपतिमा मेरो नाम जोडियो, तर  सत्य होइन : माधव नेपाल
राजनीति, विचार, समाचार, हाइलाइट-समाचार

राष्ट्रपतिमा मेरो नाम जोडियो, तर सत्य होइन : माधव नेपाल

नेपालअखबार, काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूलाई राष्ट्रपति पदसँग जोडेर आएका पछिल्ला समाचारमा कुनै सत्यता नरहेको बताएका छन् ।  बिहीबार पार्टी जनवर्गीय संगठनका प्रतिनिधिसँगको जुम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कांग्रेससँगको गठबन्धन छोडेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेसँगै एमालेले आफूलाई राष्ट्रपति बनाउन खोजेको भनेर चलेका हल्ला र आएका समाचारमा सत्यता नभएको बताएका हुन् । यद्यपि उनले आफू कम्युनिष्ट एकताको विपक्षमा नरहेको भन्दै त्यसका लागि दुवै पक्ष तयार हुन जरुरी रहेको बताए । ‘अहिले एमालेसँग जोडेर बजारमा माधव नेपाललाई राष्ट्रपति बनाउने हल्ला चलेका छन् । ति बजार हल्लामा कुनै सत्यता छैन’,पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले भने, ‘यो सुनेर के हो ? कसो हो ? भनेर नेता कार्यकर्तामा जिज्ञासा पैदा भएको छ । तर बजार हल्लाको पछि लाग्नु ...
नेपालकाे क्बीनेटमा अमेरिकन प्रतिनिधि
राजनीति, विचार, समाचार, हाइलाइट-समाचार

नेपालकाे क्बीनेटमा अमेरिकन प्रतिनिधि

नेपालअखबार । वर्तमान अवस्थामा  नेपाल सरकारका उपप्रधानमन्त्री साथै  गृहमन्त्री  रवि लामिछानेकाे  नागरिकता पासपोर्ट माथि छानवीन प्रहरीले गर्दैछ । आशंकित व्यक्ति नै नेपाल सरकारले गृहमन्त्री  बनाइ दिएकाे छन् ।  नेपाली जनताले अबैध शरणार्थीलाई मन्त्रिमण्डलबाट तुरुन्त बर्खास्त गरियोस सरकार भन्दै माग गर्दैन्। नितिका कुरा गर्नेले आज यस्ता बेथितिका बिच गृहमन्त्री बनुका छन् । वर्तमान परिस्थितिमा सरकार गठ्न प्रकिया गतिशील देखिए पनि प्रगतिशीलता भेटिन्न  ?  देशको गृहमन्त्री नै अमेरिकन  हुन् वा नेपाली नागरिक हुन कि होइन भने बिषय सम्मानित अदालतमा मुद्दा चलिरहेको छ । नेपाल प्रहरीले अनुशन्धान गर्दैछ । जनताले हार्दिक बधाई एबं कार्यकाल सफलताको शुभकामना सहित अब  रविको नागरिकता पासपोर्ट छान्बिन प्रभावित होला कि नहोला गृहमन्त्रि ज्यु भन्दै प्रश्नका पहाड खडा गर्दैछन् । तर गृहमन्त्रि ज्यु जनचासाे र कानुनी प्रकृ...
७ दलबीच ‘भागबन्डा मिलाउन’ बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै
राजनीति, समाचार

७ दलबीच ‘भागबन्डा मिलाउन’ बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै

नेपालअखबार, काठमाडाैं । सरकारलाई समर्थन गरेका ७ दलका नेताहरू आज बालुवाटारमा छलफलमा जुट्ने भएका छन्। प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन बैठक बिहीबार बस्ने गरी बोलाएका छन्। यसअघि बुधबार प्रचण्ड निवास खुमलटारमा सत्ता साझेदार दल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रधानमन्त्री प्रचण्डले कुराकानी गरेका थिए। गत पुस १० गते ७ दलको समर्थन जुटाएर प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए। पुस ११ मा प्रधानमन्त्री प्रचण्ड र ८ जना मन्त्रीले शपथ लिएका छन्। तीमध्ये ४ जना मन्त्रीलाई मन्त्रालयको जिम्मेवारीसमेत दिइसकिएको छैन। माओवादी केन्द्र, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीले प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गरेका थिए। यी दलहरूका शीर्ष नेता सहभागी हुने गरी आज गठबन्धन बैठक बस...
आज गण्डकीका प्रदेश सभा सदस्यहरुको शपथ ग्रहण
राजनीति, समाचार

आज गण्डकीका प्रदेश सभा सदस्यहरुको शपथ ग्रहण

नेपालअखबार, पोखरा । गण्डकीका प्रदेश सभा सदस्यहरुले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । शपथ ग्रहण दिउँसो १ बजे हुनेछ । प्रदेश सभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले शपथ ग्रहण गराउने छन् । नेकपा एमालेका ६५ वर्षीय बस्याल पर्वतको प्रदेश सभा २ बाट निर्वाचित भएका थिए । उनलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बुधबारै शपथ ग्रहण गराएका थिए । ६० सदस्यीय प्रदेश सभामा कांग्रेसको २७, नेकपा एमालेको २२, नेकपा माओवादी केन्द्रको ८, राप्रपाको २ र एकीकृत समाजवादीको एक सिट छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस १८ गते प्रदेश अधिवेशन आह्वान गरेका छन् । प्रदेश सभा सचिवालयले शपथ ग्रहण समारोहमा राष्ट्रिय पोशाक वा जातीय पहिचान झल्किने पोशाक लगाएर ११ बजे नै उपस्थित हुन सांसदहरुलाई आह्वान गरेको छ । प्रदेश सांसदहरुलाई निर्वाचन आयोगले दिएको निर्वाचित भएको प्रमाणपत्र साथमै लिएर आउन पनि भनिएको छ ।...
स्वतन्त्र सांसद कुशवाहा माओवादी केन्द्र प्रवेश
राजनीति, समाचार

स्वतन्त्र सांसद कुशवाहा माओवादी केन्द्र प्रवेश

नेपालअखबार, काठमाडाैं । मधेस प्रदेश सभामा सर्लाही ३ (क) बाट  निर्वाचित स्वतन्त्र सांसद् जवाहरलाल कुशवाहा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । माओवादीबाट बागी उम्मेदवारी दिएर विजयी कुसहवा पुनः पार्टीमै फकिएका हुन् । बुधबार साँझ प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुशवाहालाई पार्टी प्रवेश गराएका हुन् । यससँगै मधेस प्रदेशसभामा माओवादी केन्द्रका सांसदको संख्या ९ पुगेको छ । माओवादीबाट बागी उम्मेदवारी दिई विजयी भएका प्रदेश सांसद दिपेन्द्र पुन, सरुल पुन मगर, खड्ग बस्नेत भने स्वतन्त्र सासदकै हैसियतमै छ्न् ।...
बागमती प्रदेश सभा बैठक आह्वान गर्न सिफारिस
राजनीति, समाचार

बागमती प्रदेश सभा बैठक आह्वान गर्न सिफारिस

नेपालअखबार, काठमाडाैं । बागमती प्रदेशमा प्रदेश सभा बैठक आह्वान गर्न मन्त्रिपरिषदले सिफारिस गरेको छ। प्रदेश मन्त्रिपरिषदले बुधबार प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई पुस १८ गते प्रदेश सभा बैठक आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता कृष्णप्रसाद शर्मा खनालले प्रदेश सभा बैठक आह्वान गर्न सिफारिस गरिएको बताए। बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि गृहकार्य पनि भइरहेको छ। सत्ता गठबन्धन दलहरूसँग यहाँ नयाँ सरकार बनाउन आवश्यक बहुमत छ।...
जसपा संसदीय दलको नेतामा रामसहाय यादव
राजनीति, समाचार

जसपा संसदीय दलको नेतामा रामसहाय यादव

नेपालअखबार, काठमाडाैं । जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य रामसहाय यादव संसदीय दलको नेतामा सर्वसम्मत् चयन भएका छन् । यसअघि जसपा संघीय परिषद्का अध्यक्ष अशोक राई नै संसदीय दलको नेता बन्ने चर्चा थियो । राईले संसदीय दलको नेतामा चाहना पनि गरेका थिए तर उम्मेदवारी दिने बेला उनले रामसहाय यादवलाई नै समर्थन गरे । स्रोतका अनुसार मंगलबार बसेको संसदीय दलको बैठकमा पनि उनले आफू संसदीय दलको नेताका लागि मरिहत्ते गर्ने होइन तर पार्टीले जिम्मेवारी दिए आफू त्यसका लागि तयार रहेको धारणा राखेका थिए । संसदीय दलको नेता बन्ने चाहना राजकिशोर यादव र नवलकिशोर साहले गरेका थिए तर उनीहरू पनि चुनाव गराउने मनस्थितिमा थिएनन् । बुधबार चुनावी प्रकृया सुरु हुँदा रामसहाय यादवको मात्र उम्मेदवारी परेपछि उनी सर्वसम्मत् रुपमा संसदीय दलको नेतामा चयन भएका हुन् । १३ हजारभन्दा बढी मत ल्याएर बारा–२ बाट प्रतिनिधिसभा सदस...
कांग्रेस गण्डकी प्रदेश दल नेतामा सुरेन्द्र पाण्डे विजयी
राजनीति, समाचार

कांग्रेस गण्डकी प्रदेश दल नेतामा सुरेन्द्र पाण्डे विजयी

नेपालअखबार, पाेखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे विजयी भएका छन्। गत मंसिरमा भएको चुनावमा पाण्डे गोरखा २ को प्रदेश सभा क्षेत्र २ बाट निर्वाचित भएका थिए। पाण्डे कांग्रेस केन्द्रीय सदस्य पनि हुन्। उनी सभापति शेरबहादुर देउवानिकट मानिन्छन्। गण्डकी प्रदेशमा कांग्रेसका २७ जना सांसद छन्। दल नेताका लागि आज भएको चुनावमा पाण्डेले १८ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी भोजराज अर्यालले ८ मत मात्रै ल्याएका छन् भने एक मत बदर भएको छ। अर्याल संस्थापनइतर समूहका हुन्। उनी स्याङ्जा क्षेत्र नम्बर १ को १ बाट प्रदेश सभा सांसद भएका थिए।  ...
प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच भेटवार्ता
राजनीति, समाचार

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच भेटवार्ता

नेपालअखबार, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । बुधबार बिहान ललितपुरको एक घरमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच भेटवार्ता भएको हो । भेटवार्तामा नेकपा एकीकृत समाजवादीलाई सरकारमा आउन प्रधानमन्त्रीले आग्रह गरेको बुझिएको छ । यसअघि मंगलबार बेलुका एमाले उपाध्यक्ष तथा उपप्रधानमन्त्री समेत रहेका विष्णु पौडेलले अध्यक्ष नेपाललाई भेटेर सरकारमा सहभागी हुन आग्रह गरेका थिए । एमाले अध्यक्ष ओली समेत नेता नेपालको पार्टीलाई सरकारमा सहभागी गराउनुपर्ने पक्षमा देखिएपछि नेताहरुबीच चरणचरणका भेटवार्ता भइरहेका छन् ।  ...