Wednesday, May 13

राजनीति

प्रदेशसभा कास्की–१ (ख) मा एमालेका वेदबहादुर गुरुङ निर्वाचित
राजनीति, समाचार

प्रदेशसभा कास्की–१ (ख) मा एमालेका वेदबहादुर गुरुङ निर्वाचित

नेपालअखबार, पाेखरा । कास्की क्षेत्र नम्बर १ को प्रदेशसभा (ख) मा एमाले उम्मेदवार वेदबहादुर गुरुङ विजयी भएका छन् । उनले नेपाली कांग्रेसका दीपक गुरुङ ‘माइला’लाई पराजित गरेका हुन् । वेदबहादुरले १२ हजार ६ सय ६१ मत ल्याएर निर्वाचित हुँदा दीपक ८६७ मतले पराजित भएका हुन् । दीपकले ११ हजार ७ सय ९४ मत प्राप्त गरे ।
नवलपरासी पश्चिमबाट प्रदेशसभामा माओवादीका बागी बस्नेत विजयी
राजनीति, समाचार

नवलपरासी पश्चिमबाट प्रदेशसभामा माओवादीका बागी बस्नेत विजयी

नेपालअखबार, नवलपरासी । नवलपरासी पश्चिम क्षेत्र नम्बर २ को प्रदेशसभा १ मा स्वतन्त्र उम्मेदवार खड्क बस्नेत विजयी भएका छन् । नेकपा माओवादी केन्द्रका बागी उनले १२ हजार ४४९ मत ल्याउँदै राष्ट्रिय प्रजातन्त्र पार्टीका आशिष प्रधानलाई पराजित गरे । प्रधानले १२ हजार ३७८ मत ल्याए भने नेकपा एमालेका थानप्रसाद गैरे ९ हजार ९७६ मत ल्याउँदै तेस्रो स्थानमा रहे ।...
गोरखा-२ मा प्रचण्डको जित निश्चित
राजनीति, समाचार

गोरखा-२ मा प्रचण्डको जित निश्चित

नेपालअखबार, गोरखा । गोरखा क्षेत्र नम्वर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जित निश्चित भएको छ । २१ हजार ७५ मत ल्याएर अग्रस्थानमा रहेका प्रचण्डले निकटतम प्रतिस्पर्धीलाई १२ हजार ६ सय १२ मतले पछि पारेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले ८ हजार ४६३ मत पाएका छन् । गोरखा-२ मा अब १२ हजार ५७१ मत गणना हुन बाँकी छ । नेकपा एमालेका उम्मेदवार अब्दुस मियाले ५ हजार ६३७ मत ल्याएका छन् । उनी सुरुदेखि नै तेस्रो स्थानमा रहेका छन् । यो निर्वाचन क्षेत्रमा ५३ हजार ९७८ मत खसेको छ ।...
झापा क्षेत्र नम्बर ५ बाट नेकपा एमालेका अध्यक्ष ओली प्रतिनिधि सभा सदस्य विजयी
राजनीति, समाचार

झापा क्षेत्र नम्बर ५ बाट नेकपा एमालेका अध्यक्ष ओली प्रतिनिधि सभा सदस्य विजयी

नेपालअखबार, झापा। झापा क्षेत्र नम्बर ५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिनिधि सभा सदस्य विजयी भएका छन् । ओली फराकिलो मत अन्तर (२८ हजार ३८८ मत) सहित विजयी भएका हुन्। राष्ट्रिय प्रजातन्त्र पार्टीकोसमेत साथ लिँदा उनी ५१ हजार ६१९ मतसहित विजयी भएका हुन् । ओलीका प्रतिस्पर्धि नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र पाण्डव अधिकारीले २३ हजार २३१ मत ल्याए । ओली निर्वाचित यस क्षेत्रमा १ लाख ५४ हजार २८९ मतदाता थिए। यहाँ ९८ हजार ६३१ मत खसेको थियो। जसमा ५११७ मत बदर भएको छ।...
गुल्मी–१ मा प्रदीप ज्ञवाली पछि परे
राजनीति, समाचार

गुल्मी–१ मा प्रदीप ज्ञवाली पछि परे

नेपालअखबार, गुल्मी। प्रतिनिधिसभा अन्तर्गत प्रत्यक्षतर्फ गुल्मी क्षेत्र नम्बर १ मा ५ हजारभन्दा बढी मत गणना हुँदा नेकपा एमालेका नेता प्रदीप ज्ञवाली पछाडि परेका छन् । सो क्षेत्रमा नेपाली कांग्रेसका चन्द्रकान्त भण्डारी २ हजार ४८२ मतसहित अग्रस्थानमा छन् । एमाले उम्मेदवार ज्ञवाली भने २ हजार २९१ मतसहित दोस्रो स्थानमा छन् । यी दुई उम्मेदवारबीच १९१ मतको अन्तर छ । सो क्षेत्रमा राप्रपाका गणेश पाण्डेले १०१ मत पाएका छन् ।...
झापा-१ बाट विश्वप्रकाश शर्मा भारी मतान्तरले विजयी
राजनीति, समाचार

झापा-१ बाट विश्वप्रकाश शर्मा भारी मतान्तरले विजयी

नेपालअखबार, झापा। झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्मा भारी मतान्तरले विजयी भएका छन्। कांग्रेसका महामन्त्रीसमेत रहेका शर्मा १४ हजार २ सय ७५ मतान्तरले चुनाव जितेका हुन्। यहाँ नेकपा एमालेका उम्मेदवार अग्नि खरेल पराजित भए। खरेलले २५ हजार ३ सय ४९ मत ल्याएका छन्। कांग्रेसका शर्माले भने ३९ हजार ६ सय २४ मत ल्याएका छन्। झापा १ मा ८१ हजार ७ सय ६४ मत खसेको थियो।...
देउवाको गृह प्रदेशमा कांग्रेसका अधिकांश उम्मेदवार अगाडि
राजनीति, समाचार

देउवाको गृह प्रदेशमा कांग्रेसका अधिकांश उम्मेदवार अगाडि

नेपालअखबार,। सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका अधिकांश उम्मेदवारले अग्रता लिएका छन् । प्रतिनिधिसभातर्फ सुदूरपश्चिमका १६ मध्ये कांग्रेसले ९ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको हो । त्यस मध्ये डडेल्धुराबाट कांग्रेस सभापति शेरबहादुर देउवा निर्वाचित भइसकेका छन् भने बाजुरामा मत गणना सुरु भएको छैन । मत गणना भइरहका कैलालीका ४ निर्वाचन मध्ये कांग्रेसले २ ठाउँमा अग्रता लिएको छ । कैलाली– ४  मा कांग्रेसका वीबहादुर बलायरले एमालेका लेखराज भट्टलाई पछि पारेका छन् । बलायरले १९ हजार १७२ मत ल्याउँदा भट्टले १६ हजार ९०२ मत पाएका छन् । यस्तै कैलाली ५ मा कांग्रेसका डिल्लीराज पन्त पनि अगाडि लागेका छन् । एमालेका नारदमुनी रानालाई ४७४ मतले पछि पारेका हुन् । पन्तले ४ हजार ९३३ मत ल्याउँदा रानाले ४४५७ मत प्राप्त गरे । कञ्चनपुर २ र ३ मा पनि कांग्रेस भारी मतान्तरले अगाडि छ । २ नम्बर क्षेत्रमा कांग्रेसका एन...
डोटी-१ मा प्रेम आले भारी मतसहित अगाडि
राजनीति, समाचार

डोटी-१ मा प्रेम आले भारी मतसहित अगाडि

नेपालअखबार, डोटी । डोटी–१ मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार प्रेमबहादुर आलेले अग्रता लिइरहेका छन् । पछिल्लो मतगणनाअनुसार पूर्वमन्त्रीसमेत रहेका आलेले १५ हजार ९४८ मत पाएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेकी गौरीकुमारी ओलीले १२ हजार ३५२ मत पाएकी छन् । ओलीभन्दा आले तीन हजार ५९६ मतले अगाडि छन् । यस्तै, स्वतन्त्र उम्मेदवार नरेन्द्रबहादुर खड्काले २ हजार ५२५ मत पाएका छन् । यहाँ मतणना जारी छ ।...
सर्लाहीबाट प्रदेशसभामा एकीकृत समाजवादीकी वेची निर्वाचित
राजनीति, समाचार, हाइलाइट-समाचार

सर्लाहीबाट प्रदेशसभामा एकीकृत समाजवादीकी वेची निर्वाचित

नेपालअखबार, सर्लाही । मधेश प्रदेशसभा अन्तर्गत सर्लाही क्षेत्र नम्बर १ (ख) मा नेकपा एकीकृत समाजवादीकी वेची लुंगेली विजयी भएकी छन् । उनले ६ हजार ६९९ मतान्तरले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी शान्ति लामालाई पराजित गरिन् । लुंगेलीले १३ हजार ६७६ मत ल्याउँदा लामाले ६ हजार ९७७ मत पाइन् ।स्वतन्त्र उम्मेदवार राजन श्रेष्ठ ५ हजार ९४५ मत ल्याउँदै तेस्रो स्थानमा रहे ।...
गोरखाबाट प्रदेशसभामा नेपाल समाजवादीका देवकोटा विजयी
राजनीति, समाचार

गोरखाबाट प्रदेशसभामा नेपाल समाजवादीका देवकोटा विजयी

नेपालअखबार, गोरखा । गोरखा क्षेत्र नम्बर २ प्रदेश सभा (१) मा नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा विजयी भएका छन् । सत्ता गठबन्धनबाट हँसिया हतौडा चुनाव चिन्ह लिएर चुनाव लडेका देवकोटाले नेकपा एमालेका राजु रानालाई पराजित गरेका हुन् ।देवकोटाले १२ हजार ४११ मत ल्याउँदा रानाले ५ हजार ४१० मत प्राप्त गरे ।...