कास्की २(१) मा एमालेका कार्की फराकिलो मतान्तरले विजयी
नेपालअखबार, पाेखरा। प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ अन्तर्गत कास्की क्षेत्र नं २ को प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा नेपाल कम्युनिष्ट पार्टी(एमाले)का उम्मेदवार भीमबहादुर कार्की विजयी हुनुभएको छ ।
पोखरा सभागृहमा आज विहान सम्पन्न मतगणनामा एमालेका कार्कीले १० हजार ५३१ मत ल्याएर गण्डकी प्रदेशसभामा विजयी हुनुभएको हो ।
उहाँका निकटतम प्रत्याशी राष्ट्रिय प्रजातन्त्र पार्टीका विजयबहादुर भण्डारीले पाँच हजार ८९३ मत ल्याउनुभयो । कार्कीले चार हजार ६३८ मतान्तरले भण्डारीलाई पछि पार्नुभएको हो ।
नेकपा(माओवादी केन्द्र)का विश्वप्रकाश लामिछानेले पाँच हजार ५४० हाम्रो नेपाली पार्टीका चेतबहादुर महतले दुई हजार ५९२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यसैगरी मंगोल नेशनल अर्गनाइजेशनका पदमबहादुर गुरुङले ४९३, स्वतन्त्र उम्मेदवारहरु दीपक प्रसाद पौडेल ७२, दुर्गाक...










