Tuesday, July 14

राजनीति

आज संसदीय दल नेता छान्न  बिहान ८ बजेदेखि मतदान
राजनीति, समाचार

आज संसदीय दल नेता छान्न बिहान ८ बजेदेखि मतदान

नेपालअखबार, काठमाडाैं । नेपाली कांग्रेसले आज निर्वाचनबाट संसदीय दलको नेता चयन गर्ने भएको छ। आज बिहान ८ बजेदेखि १० बजेसम्म मतदान गर्न समय दिइएको छ। मतदान कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा हुनेछ। संसदीय दल नेताका लागि दुई जनाले मनोनयन दर्ता गरेका छन्। प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दिएका हुन्। संस्थापन पक्षबाट देउवा र संस्थापनइतर समूहबाट थापाले उम्मेदवारी दिएका छन्। कांग्रेसबाट प्रतिनिधि सभामा ८९ जना सांसद छन्। उनीहरू नै मतदाता हुन्। महामन्त्री थापाका पक्षमा अर्का महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेललगायत समर्थक छन्। उनीहरूले पार्टीभित्र रूपान्तरण र परिवर्तन जरूरी रहेको बताएका छन्। सभापति देउवा पक्षले भने गठबन्धन गरेर चुनाव गरिएको र अब पनि गठबन्धनकै सरकार बन्ने भएकोले दल नेतामा देउवा हुनुपर्ने बताइरहेका छन्...
आज ज्येष्ठ सांसद जबराले  राष्ट्रपतिबाट  शपथ लिने
राजनीति, समाचार

आज ज्येष्ठ सांसद जबराले राष्ट्रपतिबाट शपथ लिने

नेपालअखबार, काठमाडाैं । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य ८१ वर्षीय पशुपति शमशेर जबराले आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिने भएका छन् । राष्ट्रपति कार्यालयले जबरालाई आज दिउँसो १ बजे शपथ ग्रहण गराउने कार्यक्रम तय गरेको छ । संसद् सचिवालयले प्रतिनिधि सभाका नवनिर्वाचित सांसदको शपथ ग्रहण गर्न ज्येष्ठ सदस्य छनोट गरेको थियो । संघीय संसद सचिवालयका अनुसार राणा ८१ वर्ष १० दिनको रहेको ठहर भएको हो । नागरिकता अनुसार माओवादीका महिन्द्र राय यादव देखिएपनि उनको नागरिकतामा त्रुटी रहेको भन्दै सपथ खुवाउन यादवले अनिच्छा गरेपछि राणा ज्येष्ठ सदस्य ठहर भएका हुन् । यादवले नागरिकतामा जन्म मिति सच्चाउन निवेदन दिए पनि नसच्चिएको बताउँदै आएका छन् । सांसदहरुको जन्म मितिका आधारमा जबराको नाम राष्ट्रपति कार्यालयमा सोमबार पठाएपछि सोही अनुसार आज शपथको मिति तोकिएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डाक्टर भेषराज अधिका...
बन्चरे डाँडाका जनतामाथि अन्याय हुने छैन : सहरी मन्त्री चौधरी
राजनीति, समाचार

बन्चरे डाँडाका जनतामाथि अन्याय हुने छैन : सहरी मन्त्री चौधरी

नेपालअखबार, काठमाडौँ । शहरी विकास मन्त्री मेटमणि चाधरीले बन्चरे डाँडाका जनतामाथि अन्याय नहुने धारणा राखेका छन् काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको बन्चरे डाँडाको मंगलबार स्थलगत निरिक्षणका क्रममा मन्त्री चौधरीले स्थानीय बासीसँग संवाद गर्दै भने, ‘यत्रो फोहोर जम्मा भइराछ । गन्ध निस्कन्छ । तपाईंहरुकै कारण काठमाडौँ सफा भएको छ । त्यसकारण तपाईंहरुका जायज माग सम्बोधन हुने छन् । अधिकांस माग पुरा हुने चरणमा पनि छन् ।’ ‘पहुँच भएकाहरुले बन्चरे डाँडाबाट लाभ लिइरहेका छन् । तर यहाँका गरिब, सोझा मान्छेहरु वास्तवमै मारमा परेका छन् हजुर । यसमा पनि ध्यान दिनुपर्याे ।’ स्थानीयबासीको भनाइमा गम्भीर हुँदै मन्त्री चौधरीले थपे, ‘हरेक ठाँउमा बदमासी गर्नेहरु हुन्छन् । त्यस्तालाई तपाईंहरु पनि पहिचान गर्नुस् । तपाईंहरुमाथि सरकारले अन्याय हुन दिन्न ।’ शहरी विकास तथा भवन निर्माण विभाग, बन्चरे डाँडा स्यानिट...
एमाले संसदीय दलको नेतामा ओली निर्विरोध चयन
राजनीति, समाचार

एमाले संसदीय दलको नेतामा ओली निर्विरोध चयन

नेपालअखबार, काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा अध्यक्ष केपी शर्मा ओली निर्विरोध चयन भएका छन् । मंगलबार बसेको संसदीय दलको बैठकले ओलीलाई निर्विरोध दलको नेता चयन गरेको सांसद ठाकुर गैरेले बताए । उपाध्यक्ष विष्णुप्रसाद पौडेलको प्रस्ताव र अर्का उपाध्यक्ष सुवास नेम्वाङको समर्थनमा अध्यक्ष ओली दलको नेता चयन भएका हुन् । दलको उपनेता, प्रमुख सचेतक र सचेतक भने अर्को बैठकबाट चयन हुने अध्यक्ष ओलीले सांसदहरुलाई जानकारी दिएका छन् ।...
श्रमिकहरूका पिडामा असल मित्र बन्ने छु : श्रममन्त्री कुँवर
राजनीति, समाचार, हाइलाइट-समाचार

श्रमिकहरूका पिडामा असल मित्र बन्ने छु : श्रममन्त्री कुँवर

नेपाल अखबार,  काठमाडाैं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा हुने विकृति र विसंगतिलाई रोक्न रोजगार व्यवासायीलाई निर्देशन दिएका छन् । पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपाली ठगिने र सम्झौता अनुसारको काम नपाउने गुनासो बढ्न थालेको बताउदै यसको व्यवस्थापन गर्न मन्त्री कुँवरले व्यवसायीलाई निर्देशन दिएका छन् । वैदेशिक रोजगारीमा भइरहेको विकृतिलाई न्युनिकरण गरी मर्यादित रोजगारी बनाउका लागि सबैले सुधारको बटोमा अगाडी बढ्नु पर्ने बताएका छन् । श्रम मन्त्री कुँवर भन्छन् श्रमिकका पिडा मर्कामा असल मित्र बन्ने छु । मन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीलाई मर्यादित र सुरक्षित बनाउन सरकार लागि पर्ने बताएका छन् । मलेसियमा फ्रि भिसा फ्रि टिकट भएपनि कामदारबाट चर्को रकम असुलेका खबर बाहिर आइरहेकाले यसको जिम्मेवार म्यानपावर व्यसायी नै भएको बताएका छन् । मन्त्री क...
शपथपछि मात्रै माओवादीले संसदीय दलको नेता चयन गर्ने
राजनीति, समाचार

शपथपछि मात्रै माओवादीले संसदीय दलको नेता चयन गर्ने

नेपालअखबार, काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाका सांसदको शपथ ग्रहणपछि मात्रै संसदीय दलको नेता चयन गर्ने भएको छ । नवनिर्वाचित सांसदले शपथ लिएपछि मात्रै दलको नेता चयन र सरकार गठनका बारेमा निर्णय लिइने सांसद एवं माओवादीका युवा नेता माधव सापकोटाले जानकारी दिए। शपथपछि संसदीय दलको बैठक बस्ने उनको भनाइ छ । माओवादीको संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै चयन हुने उनको दाबी छ ।’दलको नेतालाई लिएर हाम्रो पार्टीमा विवाद छैन, शपथ मात्र कुरिएको हो’, उनले भने, ‘संसदीय दलको नेता प्रचण्ड नै हो ।’ संघीय संसद् सचिवालयले यही पुस ७ गते प्रतिनिधिसभाका सदस्यलाई शपथ ग्रहण गराउने तयारी गरेको छ । प्रतिनिधिसभामा माओवादीको १८ प्रत्यक्ष र १४ समानुपातिक गरी कूल ३२ सांसद् छन् ।केही दिनअघि बसेको माओवादीको केन्द्रीय पदाधिकारी बैठकले प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण गरेपछि मात्रै सरकार ...
कांग्रेस संसदीय दलको नेतामा देउवाको समर्थक रामचन्द्र पौडेल
राजनीति, समाचार

कांग्रेस संसदीय दलको नेतामा देउवाको समर्थक रामचन्द्र पौडेल

नेपालअखबार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको नेतामा उम्मेदवारी दिने भएका छन् । त्यसका लागि उनी सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पुगेका छन् । देउवाको समर्थकमा वरिष्ठ नेता रामचन्द्र पौडेल छन् । उनी आफैं संसदीय दलको नेताका आकांक्षी थिए र देशको नेतृत्व गर्छु भन्दै चुनावमा भोट मागेका थिए । तर देउवाले नछाडेपछि उनी समर्थक बसेका छन् । डा. शेखर कोइराला समूहले भने महामन्त्री गगनकुमार थापालाई दलको नेताको उम्मेदवार बनाएको छ ।...
आज कांग्रेस संसदीय दल निर्वाचन उम्मेदवारी दर्ता
राजनीति, समाचार

आज कांग्रेस संसदीय दल निर्वाचन उम्मेदवारी दर्ता

नेपालअखबार, काठमाडाैं । नेपाली कांग्रेसले संसदीय दलको नेताका लागि आज उम्मेदवारी दर्ता गर्ने निर्वाचन कार्यतालिका छ । आज बिहान ८ देखि १० बजेसम्म उम्मेदवारको लागि दरखास्त दिने समय तोकिएको हाे । साथै, दिउँसो ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने संयोजक भीष्मराज खाङ्देम्बेले जानकारी दिए। उम्मेदवारी दर्ता शुल्क ५१ हजार तोकेको छ । संसदीय दलको नेता चयनको लागि बुधबार मतदान हुँदै छ । बुधबार बिहान ८ देखि १० बजेसम्म मतदान तालिका छ । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचन प्रत्यक्ष र समानुपातिकतर्फको नतिजापछि कांग्रेसले विधानअनुसार दल नेता चयन प्रक्रिया थालेको हो । कांग्रेसले प्रतिनिधिसभामा ८९ सिट जितेको छ । उनीहरू ‘दलको नेता छान्ने प्रक्रिया’मा सहभागी हुन पाउनेछन् भने उनीहरूको नाम मतदाता सूचीमा प्रकाशित भइसकेको छ । संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा संसदीय दलको नेताको उम...
मजदुरको पसिनाबाट हामी गाडी चढिरहेका छौं, उनीहरू नै हेपिएका छन्-श्रममन्त्री कुँवर
राजनीति, समाचार

मजदुरको पसिनाबाट हामी गाडी चढिरहेका छौं, उनीहरू नै हेपिएका छन्-श्रममन्त्री कुँवर

नेपालअखबार, काठमाडाैं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीका लागि पुगेका श्रमिकहरू विभिन्न समस्यामा परेका गुनासाहरू आइरहेको बताएका छन्। सोमबार काठमाडौंमा प्रवासी नेपाली समन्वय समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री कुँवरले वैदेशिक रोजारीमा पुगेका श्रमिकहरूको हकहित सुनिश्चितताका लागि सरकार र सबै सरोकारवाला निकाय संवेदनशील भएर लाग्नुपर्ने बताए। श्रमिक घरबाट निस्किएदेखि नै ठगीमा पर्नुपर्ने दुःखद् अवस्था रहेको उनले बताए। सरकारले शून्य लागतमा पठाउने नीति ल्याए पनि कार्यान्वयन गर्न नसकेको पनि उनले स्वीकार गरे। 'मजदुरको पसिनाबाट हामी गाडी चढिरहेका छौं, उनीहरू नै हेपिएका छन्, चेपिएका छन्,' उनले भने। सरकारले वैदेशिक रोजगारमा सीपयुक्त श्रमिक पठाउन पहल गर्ने पनि उनले बताए। 'बरु थोरै श्रमिक पठाउने तर सीपयुक्त पठाउने भन्ने सरकारको नीति ह...
सांसदहरूले ७ पुसमा शपथ लिने
राजनीति, समाचार

सांसदहरूले ७ पुसमा शपथ लिने

नेपालअखबार, काठमाडौं । संघीय संसद सचिवालयले सांसदहरुको शपथ ग्रहण कार्यक्रम ७ पुसमा राखेको छ । सोमबार दिउँसो संसद सचिवालयले ७ पुसको दिउँसो १ बजे सांसदहरुको शपथ ग्रहण आयोजना गर्ने निर्णय गरेको हो । सांसदहरुले प्रतिनिधिसभाका ज्येष्ठ सदस्यबाट शपथ लिनेछन् । त्यसअघि ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट शपथ लिनेछन् । निर्वाचन आयायेगले संसद सचिवालयलाई निर्वाचित सांसदहरुको उमेर (जन्ममिति) समेतको विवरण उपलब्ध गराएको छ । निर्वाचन आयोगले उपलब्ध गराएको सांसदहरुको विवरणलाई मात्रै आधार नमानेर संसद सचिवालयले सम्भावित ज्येष्ठ सदस्यहरुको नागरिकता नै मगाएर अध्ययन गरिरहेको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डे बताउँछन् । सांसदहरुको शपथ भने नयाँ वानेश्नर स्थित संसद भवनमै हुनेछ । शपथ लिएपछि सांसदहरुले सांसद भएवापत प्राप्त गर्ने सेवा सुविधा पाउनेछन् । हेर्नुहोस् संघीय संसद सचिवालयको सूचना...