Sunday, July 12

राजनीति

रामजी र प्रकाशले लान्द्रुकमा पुरा गर्नेछन यी योजनाहरु
राजनीति, समाचार

रामजी र प्रकाशले लान्द्रुकमा पुरा गर्नेछन यी योजनाहरु

पोखरा २५ कात्तिक कास्कीको अन्नपूर्ण ७ लान्द्रुक लगायतको क्षेत्रमा पाँच दलीय गठबन्धनका साझा उमेदवार रामजी प्रसाद बराल जीवन र प्रकाश बरालले विभन्नि योजनाहरु पुरा गर्न आफ्नो तर्फबाट बिषेश पहल गर्ने बताएका छन् । कास्की निर्वाचन क्षेत्र ३ का प्रतिनिधि सभा सदस्यका उमेदवार जीवन र प्रदेश सभा सदस्यका उमेदवार प्रकाशले केही दिन अघि आफ्नो चुनावी अभियान अन्र्तगत घर दैलो कार्यक्रममा अन्नपूर्ण ७ का स्थानिय समक्ष उक्त कुरा बताएका हुन् । अन्नपूर्ण ७ को तानचोक कोटमा रहेको श्री कान्छी बराह मन्दिरलाई पर्यटनको हर्व बनाउन, अन्नपूर्ण ७ को रिङरोड ५ बर्ष भित्र कालोपत्रे बनाउन, मोदीखोला पुलमा मोटरेवल पुलको निर्माण गरी यातायात संचालन गर्ने अभियानमा उमेदवारहरुले बिषेश पहल गर्ने बताएका हुन् । त्यसै गरी लान्द्रुक र घान्द्रुकमा नेपालकै अग्लो र लामो झोलुङगे पुल निर्माण गर्ने, अन्नपूर्ण ७ मा ग्रामिण कृषि सहकार...
सत्ता गठबन्धनका उम्मेदवार भन्छन, सरकारमा हुदाँ जनताका समस्या सम्बोधन गर्न सक्छौ
राजनीति, समाचार

सत्ता गठबन्धनका उम्मेदवार भन्छन, सरकारमा हुदाँ जनताका समस्या सम्बोधन गर्न सक्छौ

कार्तिक २५,आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिदै गर्दा उम्मेदवारहरु घरदैलो कार्यक्रममा व्यस्त छन् । सत्तारुढ गठबन्धनका साझा उम्मेदवार यतिबेला मत माग्न घरदैलो गरिरहेका छन् । कास्की निर्वाचन क्षेत्र नम्बर दुईका साझा उम्मेदवारले आफूहरु सरकारमा भएपछि जनताका समस्या समाधान गर्न सकिने बताएका छन् । शुक्रबार विहान घरदैलो कार्यक्रममा मतदातासँग भेटघाट गर्दै उम्मेदवारहरुले जनताका माग साना (खानेपानी, विजुली लगायत) भए पनि समस्या भने ठूलो रहेको बताउँदै ती समस्या पुरा गर्नको लागि मतदाताको साथ र सहयोग चाहिने बताएका थिए । ‘हामीलाई तपाईहरु साथ दिनुस तपाईका समस्या हामी पुरा गर्छौ’ उम्मेदवारहरुले भने । कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका उम्मेदवार एकीकृत समाजवादीका श्रीनाथ बराल र २ को १ का उम्मेदवार माओवादी केन्द्रका विश्वप्रकाश लामिछाने पोखरा महानगरपालिका–१७ छोरेपाटनमा घरदैलो गरिरहेका छन् भ...
गठबन्धनले स्थिर सरकार दिएर सुशासन कायम गर्दै आर्थिक क्रान्तिको नेतृत्व गर्छ : सभापति शर्मा
राजनीति, समाचार

गठबन्धनले स्थिर सरकार दिएर सुशासन कायम गर्दै आर्थिक क्रान्तिको नेतृत्व गर्छ : सभापति शर्मा

नेपालअखबार, बागलुङ। नेपाली कांग्रेस गण्डकी प्रदेशको बुधबार भएको पर्वत र बागलुङ जिल्ला भ्रमण तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले स्थिर सरकार विना विकासको असम्भव भएको हुँदा गठबन्धन आवश्यक रहेको जानकारी गराए । सभापति शर्माले नेपाली कांग्रेस लगायतको गठबन्धनले स्थिर सरकार दिएर सुशासन कायम गर्दै आर्थिक क्रान्तिको नेतृत्व गर्ने भएको हुँदा गण्डकी प्रदेशवासीहरुले गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्न अनुरोध गरेका थिए। उनले भने “निर्वाचन मुलुकमा सधै अस्थिरता निम्त्याउने, संविधान विरोधी, जनताको अधिकार कटौती चाहने, राज्यका सबै अङ्गलाई तहसनहस बनाई मुलकमा भय–त्रासको वातावरण निर्माण गरी मनपरि तन्त्र मच्चाउने प्रतिगमनकारी अधिनायकबादीहरु र संविधानको रक्षा गर्न चाहने, स्थायित्व, शान्ति र विकासको पैरवी गर्ने प्रजातन्त्रको आधारमा विकाश अगाडि बढाउने ...
विश्वप्रकाश भन्छन्, ‘पोखराको सम्बृद्धि र निर्माणका लागि निर्वाचनमा आएको हुँ’
राजनीति, समाचार

विश्वप्रकाश भन्छन्, ‘पोखराको सम्बृद्धि र निर्माणका लागि निर्वाचनमा आएको हुँ’

नेपालअखबार, पोखरा । आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनमा ५ दलीय गठबन्धनको तर्फबाट कास्की २ ९१० का उम्मेदवार विश्वप्रकाश लामिछानेले आफु पोखराको विकासको लागि र पोखराको सम्बृद्धिको लागि निर्वाचनमा आएको बताएका छन् । उनले पोखराका प्राकृतिक सम्पदाको संरक्षण प्रवद्र्धन र मानविय विकास मिलाएर मात्र पर्यटन क्षेत्रको विकास हुनसक्ने बताए । निर्वाचन अभियान अन्तरगत पोखराको ड्याम साईट क्षेत्रमा मतदाताहरुसँग अन्तरक्रिया गर्दै लामिछानेले पोखराका सबै ताललाई रामसार सुचीमा सुचिकृत गरेपछि, अब विश्व सम्पदा सुचीमा सुचीकृत गर्नुपर्ने बताए । ‘पोखराको फेवातलमा जसरी फुटट्रयाक बनायांै त्यसरी नै विकास गर्ने योजना छ ।’ उनले भने । फुटट्रयाक विस्तार गरेर १६ किलोमिटर बनाउने योजना रहेको उनले जानकारी दिए । पोखराको पर्यटन बढाउन लेकसाइट बाट पातले हुँदै फुस्रे खोलामा जाने पैदल मार्ग बनाउने आश्वासन पनि उनले दिए...
पोखरालाई पर्यटन र कृषिको हब बनाउँछौं : गठबन्धन
राजनीति, समाचार

पोखरालाई पर्यटन र कृषिको हब बनाउँछौं : गठबन्धन

नेपालअखबार, पोखरा । कास्की २ बाट उम्मेद्वार बनेका नेताहरुले पोखरालाई पर्यटन र कृषिको हब बनाउने बताएका छन् । बिहीबार पोखरा १६ अर्मलाकोटमा पाँच दलीय गठबन्धनले आयोजना गरेको चुनावी अभियानमा कास्कीका उम्मेदवार श्रीनाथ बरालले १६ का कृषि पर्यटन क्षेत्रको विकासमा लाग्ने बताए । उनले सो क्षेत्रलाई पर्यटन र कृषिको हब बनाउन पहल गर्ने बताएका हुन् । कृषि र पर्यटन क्षेत्रमा राम्रो संभावना रहेकाले त्यसको विकासका लागि पूर्वाधारमा ध्यान दिने उनको भनाई थियो । गठबन्धनका उम्मेदवारलाई निर्वाचित गराएमा धेरै कुरा सम्भव हुने उनले बताए । आफू जितेपछी नफर्किने मान्छे नभएको प्रष्ट पारे । एकपटक जितेपछि सधैं जनताको दुखदुखमा रहने उनको प्रतिवद्धता थियो । विगतमा पटक पटक अवसर पाएकाहरुले काम नगर्दा र प्राप्त उपलब्धिलाई समेत भत्काउने प्रयत्न गर्दा समस्या आएको उनले सुनाए । त्यही भएरै आफूहरु विद्रोह गरेर नयाँ पार्टी निर्माण ग...
विन्दु थापाको प्रतिबद्धताः पोखरामा अन्तराष्ट्रिय सम्मेलन केन्द्र, मौजामा हाइ अल्टिच्युड खेल मैदान
राजनीति, समाचार

विन्दु थापाको प्रतिबद्धताः पोखरामा अन्तराष्ट्रिय सम्मेलन केन्द्र, मौजामा हाइ अल्टिच्युड खेल मैदान

नेपालअखबार, पोखरा । कास्की क्षेत्र नम्बर २ (ख) का कांग्रेस उम्मेद्वार विन्दुकुमार थापाले पोखरामा अन्तराष्ट्रिय स्तरको सम्मेलन केन्द्र निर्माणको पहल गर्ने प्रतिबद्धता जनाएका छन् । यसअघि प्रदेश सरकारले हरेक बजेटमा रकम राखेर पनि काम अघि बढाउन नसकेको सम्मेलन केन्द्र आगामी ५ वर्षभित्र निर्माण गर्न आफुले पहल गर्ने थापाले बताए । ‘गण्डकी प्रदेशको राजधानी पोखरामा अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्र निर्माण गर्न योजनालाई मूर्त रुप दिने काम गर्छु,’ उनले भने, ‘यसबाट पोखराको नयाँ गन्तव्य थपिने छ । सम्मेलन र सभाका लागि आउने पर्यटक बढ्ने छन् ।’ थापाले गण्डकीमा बाह्य लगानी भित्र्याउन र पर्यटनको विकास गर्नका लागि लगानी सम्मेलन गर्ने प्रतिबद्धता जनाए । यस्तै, पोखराको मुख्य बजार र वरपरका क्षेत्रलाई समेटने गरी चक्रपथको निर्माणमा जोड दिने उनको भनाइ छ । ‘सहरी क्षेत्रमा ट्राफिक जाम अत्याधिक बढेको छ । काँठका ...
देउवाको अपील : गठबन्धनका उम्मेदवारलाई निर्वाचित गराउन आह्वान
राजनीति, समाचार

देउवाको अपील : गठबन्धनका उम्मेदवारलाई निर्वाचित गराउन आह्वान

नेपालअखबार, काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न निर्वाचनमा गठबन्धनका उम्मेदवार जिताउन सक्रिय भएर लाग्न पार्टीका सबै नेता कार्यकर्ताहरूलाई आह्वान गरेका छन् । बिहीबार अपील जारी गर्दै प्रधानमन्त्री समेत रहेका सभापति देउवाले कांग्रेसका प्रत्येक सदस्यको जिम्मेवारी आफ्नो पार्टी र गठबन्धन दलका उम्मेदवारलाई जिताउन केन्द्रित हुनु आवश्यकता रहेको बताएका हुन् । ‘अहिले कतिवटा सिट संख्यामा कांग्रेस आफैले प्रतिस्पर्धा गर्ने अवसर पायो वा पाएन भन्ने भन्दा पनि निर्वाचन लडेका सबै ठाउँमा पार्टी र गठबन्धनका उम्मेदवारहरूलाई अत्यधिक बहुमतले निर्वाचित गराउन समान सक्रियताका साथ क्रियाशील हुन म पार्टीका सबै तहका साथीहरूलाई हार्दिक अपील गर्दछु’, देउवाले भनेका छन् । साथै उनले सम्पूर्ण मतदाता नेपाली दिदी बहिनी दाजुभाइहरुलाई पनि गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन अपील गरेका छन् ।...
विप्लव नेतृत्वको नेकपाका ७५ नेता कार्यकर्ता नेकपा एकीकृत समाजवादीमा समाहित
राजनीति, समाचार

विप्लव नेतृत्वको नेकपाका ७५ नेता कार्यकर्ता नेकपा एकीकृत समाजवादीमा समाहित

नेपालअखबार, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ७५ जना नेता कार्यकर्ताहरू नेकपा एकीकृत समाजवादी ) मा समाहित भएका छन् । विहीबार नेकपा ( एकीकृत समाजवादी ) को केन्द्रीय कार्यालय आलोकनगरमा समाहित भएका नेता कार्यकर्ताहरूलाई पार्टी अध्यक्ष माधवकुमार नेपालले टीका र खादा लगाएर स्वागत गर्नुभयो । कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले पार्टीमा समाहित भएका नेता कार्यकर्ताहरुलाई उचित भूमिका दिइने भन्दै आसन्न निर्वाचन लक्षित कार्यक्रममा लाग्न र पार्टीका प्रत्यक्ष तथा समानुपातिक सहित बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूलाई जिताउन लाग्न निर्देशन दिनुभयो । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य डिकेश लामा, हरी खड्का सहित ७५ वढी नेता कार्यकर्ताहरु एकीकृत समाजवादीमा समाहित भएका हुन् । कार्यक्रममा बोल्दै लामाले कम्युनिष...
सत्ता च्युत भएपछि ओली  बर्बराउँदै हिँडेका छन् – अध्यक्ष नेपाल
राजनीति, समाचार

सत्ता च्युत भएपछि ओली बर्बराउँदै हिँडेका छन् – अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौं । नेकपा ( एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपालले नेकपा ( एमाले )का अध्यक्ष केपी शर्मा ओली सत्ताच्युत भएपछि   बर्बराउँदै हिँडेको टिप्पणी गर्नुभएको छ  । बिहीबार नेत्रविक्रम चन्द विप्लव नेतृत्वका ७५ जना कार्यकर्ताहरुलाई एकीकृत समाजवादीमा पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा स्वागत गदै उहाँले केपी ओलीको सरकार ढालेर आफूले टक्कर दिएपछि अहिले ओली बर्बराउँदै हिँडेको बताउनु भयो । केपी ओलीलाई कसैले टक्कर दिन सक्दैन भन्ने सोचिरहेको बेलामा आफूले टक्कर दिएर सरकार ढालिदिएको भन्दै  सरकार ढलेपछि अहिले ओली उट्पट्याङ कुरा गरिरहेका भन्दै ओलीका उट्पट्याङ कुरा सँगै झुटा आक्रोश र बदलाभाव  पोखिएको बताउनु भयो । अरुलाई अपमान गरी आफूलाई सर्वश्रेष्ठ ठान्ने प्रवृत्ति हावी भएपछि आफूले विद्रोह गर्नुपरेको भन्दै अध्यक्ष नेपालले नेकपा एमालेले अहिलेको निर्वाचनमा पैसाको खोलो बगाइरहेको ब...
जनकवि केशरी धर्मराज प्रतिष्ठानलाई सांस्कृतिक घर बनाउनुपर्ने : नेता थापा
राजनीति, समाचार

जनकवि केशरी धर्मराज प्रतिष्ठानलाई सांस्कृतिक घर बनाउनुपर्ने : नेता थापा

नेपालअखबार, पोखरा । जनकवि केशरी धर्मराज प्रतिष्ठानलाई सांस्कृतिक घर बनाउनुपर्ने कांग्रेस नेता बिन्दुकुमार थापाले बताएका छन । गण्डकीकै एक कलाका धरोहर धर्मराज थापाको प्रतिष्ठान बनाएर कला, साहित्य र संगीतमा पोखराले सन्देश दिनुपर्ने र थापाको पथमा पोखराका कलाकर्मी लाग्नुपर्ने उनले बताए । जनकवि केशरी धर्मराज सावित्री थापाका माइला छोरा प्रा.डा. कुञ्जराज थापाले प्रतिष्ठानलाई सांस्कृतिक घरको रुपमा विकास गर्न सुझावपनि दिएका छन । पोखरा महानगरपालिका १६ मा घरदैलो कार्यक्रम गर्न पुगेका गण्डकी प्रदेश सभा सदस्यका उम्मेदवार विन्दुकुमार थापा जनकवि केशरी धर्मराज सावित्री थापा प्रतिष्ठानको अवलोकन गर्न पुगेको समयमा उक्त कुरा बताएका हुन् । ‘म के अपेक्षा गर्छु भने उहाँ कुशल र सक्षम उम्मेदवार हुनुहुन्छ । उम्मेदवारहरुले के गरिदिनुप¥यो भने यो क्षेत्रका पर्यटकीय क्षेत्रहरुको विकास गरिदिन प¥यो । म त्यो भन्छु ’ उनले...