‘गाउँमै रोजगारी र आम्दानी पहिलो प्राथमिकता’–एमाले उम्मेदवार गुरुङ
नेपालअखबार, पोखरा ।सिर ४ गते हुने निर्वाचनमा प्रतिनिधि सभा सदस्यका लागि कास्की क्षेत्र नम्वर १ का एमाले उम्मेदवार मनबहादुर गुरुङले गाउँमै रोजगारी र आम्दानी दिने कार्य आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् ।
उनले शुक्रवार रूपा गाउँपालिकाको वडा नम्वर ४ मा घरदैलो कार्यक्रम गर्दै आफ्नो निर्वाचन क्षेत्रमा रोजगारी र आम्दानी दिनको लागि आफु चुनावको मैदानमा आएको बताए । ‘युवालाई विदेशिन नपर्ने, यही रोजगारीको सिर्जना गर्नु मेरो पहिलो प्राथमिकता हो ।’ गुरुङले भने–‘अबको बाटो भनेकै विकास र समृद्धिको हो । तपाईहरुको मत खेर जान दिने छैन ।’
निर्वाचन क्षेत्रका जनतालाई आफूले उत्साह दिलाउने गरी काम गर्ने उनको प्रतिवद्धता छ । ‘विकास निर्माणको काम गर्दा राजनीति पुर्वाग्रह राख्दिन् ।’उनले भने–‘हाम्रो उम्मेदवारी गठबन्धनको विरुद्ध होइन् । यहाँको अशिक्षा र पछौँटेपन अन्त्य गर्न हो । विकास गर्न हो । कसलाई भोट दिने ...










