नेपालको नयाँ नक्सा: निशान छापमा कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा राख्ने प्रस्ताव प्रतिनिधि सभाबाट पारित
संसद्को तल्लो सदन प्रतिनिधि सभाले निशान छापमा नेपालको नयाँ नक्साको आकृति राख्न दर्ता गरिएको विधेयक पारित गरेको छ।
शनिवार भएको मतदानमा विधेयकको पक्षमा उपस्थित सबै २५८ सांसदको मत खस्यो भने विपक्षमा कुनै मत खसेन।
नेपालको संविधानलाई संशोधन गर्न बनेको विधेयक कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले जेठ ९ गते दर्ता गरेको थियो।
सो विधेयकमा सरकारले जेठ ७ गते जारी गरेको नेपालको नयाँ नक्सा अनुसार निशान छाप परिमार्जन गर्ने प्रस्ताव गरिएको छ।
संविधान संशोधन कार्यान्वयन हुनका लागि अब यो विधेयक राष्ट्रिय सभामा दुई तिहाइ बहुमतले पारित हुनुपर्छ।
माथिल्लो सदनबाट विधेयक पारित भएमा संविधानको अनुसूची तीनमा रहेको निशान छाप फेरिनेछ।
नेपालको कुल क्षेत्रफल नै परिवर्तन भएको नयाँ नक्सामा दार्चुला जिल्लासँग जोडिएको पश्चिमपट्टिको भागमा लामो चुच्चो देखिन्छ।
शनिवार भएको मतदानमा संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीति...
