Saturday, August 8

राजनीति

कांग्रेस तनहुँबाट ३९ उम्मेदवार सिफारिस
राजनीति, समाचार

कांग्रेस तनहुँबाट ३९ उम्मेदवार सिफारिस

नेपालअखबार, तनहुँ । नेपाली कांग्रेस तनहुँले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुवै क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको छ । पार्टीको शुक्रबार सम्पन्न जिल्ला कार्यसमितिको बैठकले क्षेत्र नम्बर १ र २ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवार, समानुपातिक उम्मेदवार र राष्ट्रियसभा सदस्य उम्मेदवार सिफारिस गरेको हो । क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ केन्द्रीय सदस्य गोविन्द भट्टराईसहित १० जना सिफारिस गरिएको पार्टीका सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए । यस्तै क्षेत्र नम्बर २ बाट केन्द्रीय सदस्य शङ्कर भण्डारीसहित सात जनाको नाम सिफारिस गरिएको छ । खनालका अनुसार राष्ट्रियसभाका लागि केन्द्रीय सदस्य ध्रुव वाग्लेसहित सात जनाको नाम सिफारिस गरिएको छ । क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ गोविन्द भट्टराई, रामचन्द्र पोख्रेल, सरिता गुरुङ, दीपक भट्टराई, डा जगदीश...
एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्रीको शुभकामना
राजनीति, समाचार

एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्रीको शुभकामना

नेपालअखबार, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधिका लागि फाइनल खेलमा प्रतिष्पर्धा गरिरहेका दुवै टिमलाई शुभकामना दिएकी छन् । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शनिबार उपाधिका लागि प्रतिष्पर्धा गरिरहेका लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सलाई उनले सोसल मिडिया प्लेटफर्म एक्समार्फत् शुभकामना दिएकी हुन् । ‘सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स दुवैलाई शुभकामना । यस उत्सवले सिंगो देशलाई जिताएको छ, जगाएको छ,’ प्रधानमन्त्री कार्कीले लेखेकी छन्, ‘सारा नेपालीलाई जोड्दै, सुरक्षा संशय चिर्दै नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश विश्वभर पुर्‍याएको छ ।’ लुम्बिनी लायन्स नेपालको राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलको कप्तानीमा रहेको छ भने सुदूरपश्चिमको नेतृत्व गरिरहेका दिपेन्द्रसिंह ऐरी राष्ट्रिय टोलीका उपकप्तान हुन् । लायन्स र रोयल्सबीचको खेल दिउँसो स...
आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह
राजनीति, समाचार

आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह

नेपालअखबार, रौतहट । भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास एवं ऊर्जामन्त्री कुलमान घिसिङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सही नेतृत्व चयन गर्न आग्रह गरेका छन्। रौतहटको चन्द्रपुर–८ मर्धरमा शुक्रबार ‘जन्मदिनलाई सतकर्ममा जोडौँ’ अभियान अन्तर्गत आयोजित वृक्षरोपण जन्मोत्सव कार्यक्रमको उद्घाटन गर्दै मन्त्री घिसिङले देशको परिवर्तनका लागि राजनीतिक नेतृत्व सही हुनुपर्ने बताएका हुन्। उनले देशले नयाँ र सक्षम नेतृत्व खोजिरहेको अवस्थामा आउँदो निर्वाचनमा देशलाई माया गर्ने र देशप्रति समर्पित नेतृत्व छान्नसमेत आग्रह गरे। जनताका आशा र अपेक्षा धेरै भएको बताउँदै मन्त्री घिसिङले भने, “तीन महिनाभित्र सक्ने किसिमको काम हामी गरेर देखाउँछौँ, तर तीन महिनापछि पनि धेरै काम गर्नुपर्ने हुँदा सही नेतृत्व छान्ने काम जनताको हो।” उनले काम गर्न नसक्ने निर्माण व्यवसायीलाई धमाधम कारबाही गरिरहेको उ...
साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली
राजनीति, समाचार

साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली

नेपालअखबार, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यले समाजको पथप्रदर्शक गर्नुपर्ने बताएका छन्। शुक्रबार पार्टी मुख्यालय च्यासलमा 'युगदुत' नामक पुस्तकको विमोचन गर्दै उनले साहित्य केवल आत्मसन्तुष्टिका लागि मात्रै हुन नहुने धारणा राखेका हुन्। अध्यक्ष ओलीले साहित्य समाज र मानव जीवनका लागि उद्देश्यमूलक अनुभूतिहरूको अभिव्यक्ति, अनुभवहरूको सङ्गालो, भावनाहरूको गहिराइ तथा चिन्तनको उडाइहरू मिसिएको हुनुपर्ने बताए। उनले विश्वका विभिन्न क्रान्तिको प्रेरणाको स्रोत साहित्य भएको कुरासमेत स्मरण गराए। ओलीले भने, "साहित्यलाई गन्तव्यविहीन साहित्य होइन, खाली आत्मसन्तुष्टिका लागि साहित्य होइन, साहित्य समाजका लागि, मानव जीवनका लागि उद्देश्यमूलक अनुभूतिहरूको अभिव्यक्ति, अनुभवहरूको सङ्गालो, भावनाहरूको गहिराइ, चिन्तनको उडाइ यी सबै कुराहरू मिसिएको हुनुपर्दछ।" ...
पार्टीका असन्तुष्ट पक्षलाई मिलाएर राख्न ओलीलाई पाण्डेको सुझाव
राजनीति, समाचार

पार्टीका असन्तुष्ट पक्षलाई मिलाएर राख्न ओलीलाई पाण्डेको सुझाव

नेपालअखबार, काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वमन्त्री राजेन्द्रप्रसाद पाण्डेले नेकपा एमाले भित्रका असन्तुष्ट पक्षलाई मिलाएर राख्न अध्यक्ष केपी ओलीलाई सुझाव दिएका छन् । शनिबारदेखि सुरु हुने एमालेको ११ औँ महाधिवेशनबारे प्रतिक्रिया दिँदै पाण्डेले ओलीलाई सुझाव दिएका हुन् । एकता सन्देश सभालाई सम्बोधन गर्न गोरखा पुगेका उनले भने– ‘हामीलाई त पेलेर पार्टीबाट निस्कन बाध्य बनाउनुभयो । तर बाँकी रहेकालाई पनि निस्कन बाध्य नपार्नोस् । सबैलाई मिलाएर राख्नोस् । यही सुझाव छ ।’ नयाँ नेतृत्वको लागि हुन लागेको यो महाधिवेशनबाट पुनः ओलीलाई नै अध्यक्ष बनाउने गरी विधान संशोधन गरेपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूह असन्तुष्ट देखिएका छन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण नभएपछि अन्तरविरोध चर्किएको छ । महाधिवेशनको पूर्व सन्ध्यामा दुवै पक्षले आ-आफ्ना तयारी थालेका छन् ।...
नवनियुक्त चार जना मन्त्रीहरूले पद तथा गोपनियताको शपथ ग्रहण गरे
राजनीति, समाचार

नवनियुक्त चार जना मन्त्रीहरूले पद तथा गोपनियताको शपथ ग्रहण गरे

नेपालअखबार,काठमाडौं । नवनियुक्त चार जना मन्त्रीहरूले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित सभाका बीचमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूको शपथ ग्रहण गराएका हुन् । प्रधानमन्त्री सुशीला कार्कीले गरेको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले उनीहरूलाई आजै मन्त्री नियुक्त गरेका थिए । लगत्तै शपथग्रहण गराइएको हो । मन्त्री बन्नेहरूमा श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नाम रहेका छन् । राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त चार मन्त्रीहरूमध्ये श्रद्धालाई महिला तथा बालबालिका, चौलागाईं वन, भण्डारीलाई श्रम र इङ्नाम भूमि मन्त्रालयको जिम्मेवारी दिइएको छ ।...
राजनीतिमा अब युवाहरुको दबदबा कायम हुनुपर्छ : सञ्चारमन्त्री खरेल
राजनीति, समाचार

राजनीतिमा अब युवाहरुको दबदबा कायम हुनुपर्छ : सञ्चारमन्त्री खरेल

नेपालअखबार,काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली राजनीतिमा अब युवाहरुको दबदबा कायम हुने बताएका छन् । शुक्रवार राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको सामाजिक जवाफदेहिताः मिडिया र युवा संवाद विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राजनीतिमा युवाहरुको उपस्थितिलाई कसैले रोकेर नरोकिने बताए ।  राजनीतिलाई नीतिहरुको राजा मान्ने हो भने समावेशिता, ३३ प्रतिशत महिला प्रतिनिधित्व कायम र युवाहरुको उपस्थिति अनिवार्य रहेको उनले बताए । घाटमा जाने बेलासम्म पनि आफैँ नेता बन्ने, आफैँ प्रमुख बन्ने, आफैँ प्रधानमन्त्री बन्ने, आफैँ अध्यक्ष बन्ने गरेकोमा उनले आपत्ति जनाए ।...
प्रतिनिधि सभाको चुनाव आगामी वैशाखसम्म सरे पनि फरक नपर्ने : विश्वप्रकाश शर्मा
राजनीति, समाचार

प्रतिनिधि सभाको चुनाव आगामी वैशाखसम्म सरे पनि फरक नपर्ने : विश्वप्रकाश शर्मा

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिनिधि सभाको चुनाव आगामी वैशाखसम्म सरे पनि फरक नपर्ने बताएका छन् । सरकारले आगामी फागुन २१ गते निर्वचनको मिति तोकेको छ । यो मिति सारेर वैशाखसम्म पुगे पनि स्वभाविक रुपमा स्वीकार गर्ने महामन्त्री शर्माको भनाइ छ । महामन्त्री शर्माले वैशाखमा निर्वाचनको मिति सार्दा स्वभाविकै हुनुका तीन कारण प्रस्तुत गरेका छन् । जेनजीलाई अपनत्व महसुस गराउन, निर्वाचन वातावरण विकसित गर्न र हिमाली क्षेत्रलाई सहज बनाउन वैशाखसम्म मिति सार्दा स्वभाविकै हुने उनको तर्क छ । शर्माले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘GenZ समूहहरुलाई अपनत्वमा गाँस्न, विश्वसनीय चुनावी वातावरण विकसित गर्न र हिमाली क्षेत्रलाई समेत सहज बनाउन निर्वाचन थोरै पर वैशाखमा पुग्नुपरे त्यसलाई स्वभाविक रुपमै स्वीकार गर्नुपर्ने हुन्छ । सहमति र सहकार्य मार्फत आगामी यात्राला...
राष्ट्रपति पौडेल भेट्न पुगिन् प्रधानमन्त्री कार्की
राजनीति, समाचार

राष्ट्रपति पौडेल भेट्न पुगिन् प्रधानमन्त्री कार्की

नेपालअखबार, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न पुगेकी छिन् । सुरक्षा स्रोतका अनुसार, सिंहदरबारमा मन्त्रिपरिषद् बैठकलगत्तै उनी राष्ट्रपति पौडेललाई भेट्न शीतलनिवास पुगेकी हुन् ।उनीहरूबीच अहिले छलफल भइरहेको स्रोतले बताएको छ ।
जेनजीसँगको सम्झौतालाई सरकारले गर्‍यो अनुमोदन
राजनीति, समाचार

जेनजीसँगको सम्झौतालाई सरकारले गर्‍यो अनुमोदन

नेपालअखबार,काठमाडौं ।  सरकारले जेनजीहरूसँग बुधबार भएको सम्झौतालाई अनुमोदन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त सम्झौता अनुमोदन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए । बुधबार साँझ प्रधानमन्त्री सुशीला कार्की र जेनजी समूहका प्रतिनिधिबीच सम्झौतामा हस्ताक्षर भएको थियो । उक्त सम्झौतालाई राजपत्रमा प्रकाशित गर्ने निर्णय पनि भएको उनले बताए । उक्त सम्झौता सम्बद्ध मन्त्रालयले उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने निर्णय समेत बैठकले गरेको पनि उनले बताए ।‘जेनजीसँग भएको सम्झौता अनुमोदन गर्ने  र राजपत्रमा प्रकाशन गर्ने निर्णय भएको छ,’ प्रवक्ता खरेलले भने, ‘उक्त सम्झौता सम्बद्ध मन्त्रालयले उच्च प्राथमिकता राखेर कार्यान्वयन गर्ने निर्णय पनि भएको छ ।’...