Sunday, August 9

राजनीति

बयान दिन जाने, नजाने मेरो कुरा हो : ओली
राजनीति, समाचार

बयान दिन जाने, नजाने मेरो कुरा हो : ओली

नेपालअखबार,काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ का घटनाको छानबिन गर्न गठन भएको जाँचबुझ आयोगमा बयान नदिने बताएका छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ओलीले बयान दिन जानुपर्ने बताएको अर्को दिन उनले सरकार नै असंवैधानिक भएको भन्दै त्यसका क्रियाकलाप अस्वीकार गर्ने बताए । ‘उपाध्यक्षज्यूलाईकिन सञ्चो भएन मलाई थाहा भएन । बयान दिन जाने, नजाने मेरो कुरा हो । कानुनी कुरा मलाई पनि थाहा छ । त्यसवापत सजाय भोग्ने कुरा मलाई थाहा छ,’ उनले भने, ‘प्रधानमन्त्री कार्कीको मनसाय र वरिष्ठ उपाध्यक्ष जीलगायत मित्रहरुको चाहना एउटै छ ।’ आफूलाई जति दबायो उति उफ्रिने भन्दै अध्यक्ष ओलीले फागुन २१ पछि आउने समयलाई ख्याल गर्न सरकारलाई चेतावनी दिए । ‘मलाई जनताले माया गरेका छन् । बिरोधीले लखेटेका छन् । म हावा भरेको भकुण्डाे जस्तो हो । जति पछार्‍यो त्यति माथि जान्छु,’ उनले भने,‘त्यसो नगरेको भए हुन्थ्यो ...
कांग्रेसको सदस्यता नवीकरण प्रणाली २९ पुसको मध्यरातमा ‘लक’ हुने
राजनीति, समाचार

कांग्रेसको सदस्यता नवीकरण प्रणाली २९ पुसको मध्यरातमा ‘लक’ हुने

नेपालअखबार,काठमाडौं। नेपाली कांग्रेसको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ले २९ मंसिरको मध्यरातमा सदस्यता नवीकरण प्रविष्ट गरिने प्रणाली ‘लक’ गर्ने भएको छ । महामन्त्री गगन थापा संयोजकत्वमा रहेको समितिको बिहीबार बसेको बैठकले २९ मंसिर राति १२ बजेदेखि क्रियाशील सदस्यता नवीकरण प्रविष्ट गरिने प्रणाली ‘लक’ गर्ने निर्णय गरेको हो। समिति सदस्य प्रकाश रसाइली ‘स्नेही’ ले भने, ‘पुस २९ गते राति १२ बजे सिस्टम लक हुन्छ । त्यसपछि जिल्लाले ईन्ट्री गर्न पाउँदैनन्।’ समितिले नवीकरणको ‘डाटा इन्ट्री’ का लागि ७७ वटै जिल्ला सभापतिहरूलाई ‘आईडी’ र ‘पासवर्ड’ उपलब्ध गराएर काम गरिरहेको छ । समितिले आगामी आइतबार बैठक बसेर पार्टीका विदेशस्थित जनसम्पर्क समितिका क्रियाशील सदस्यताको अवस्थालगायतको विषयमा निर्णय गर्ने सदस्य रसाइलीले जानकारी दिए । ‘आइतबार जनसम्पर्क समितिका क्रियाशील सदस्यताको अवस्था, तलबाट प्र...
उम्मेदवार हुन इच्छुकसँग उज्यालो नेपालले माग्यो आवेदन
राजनीति, समाचार

उम्मेदवार हुन इच्छुकसँग उज्यालो नेपालले माग्यो आवेदन

नेपालअखबार,काठमाडौं । उज्यालो नेपाली पार्टीले प्रतिनिधिसभाका उम्मेदवारका लागि आवेदन आह्वान गरेको छ । प्रत्यक्ष र समानुपातिक दुवैतर्फको उम्मेदवारका लागि आवेदन माग गरिएको छ । उज्यालो नेपालका प्रवक्ता डा. राजु थापाका अनुसार पुस ३ गतेभित्र पेश गर्ने गरी आवेदन माग गरिएको छ । आवेदकले राजनीतिक प्रतिबद्धता, पेशागत योग्यता, स्थानीय र राष्ट्रिय वस्तुस्थितिको बुझाई, पार्टीको सिद्धान्त र घोषणापत्रप्रति विश्वास, सार्वजनिक छविको आधारमा उम्मेदवार चयन हुने उज्यालो नेपालले जनाएको छ ।छनोट परेका उम्मेदवारलाई विशेष अभिमुखीकरण र क्षमता विकास गर्ने उज्यालो नेपालले जानकारी गराएको छ । उम्मेदवारका लागि आवेदनकर्ता संविधान र कानुनले तोके बमोजिमको योग्यता पुगेको, संवैधानिक र कानुनी रुपमा अयोग्य नभएको, आपराधिक कसूरदारमा दोषी ठहर नभएको व्यक्ति आवदेनका लागि योग्य हुने उज्यालो नेपालले जनाएको छ । साथै, कानुनले तोकेको ...
५ देशका राजदूतले राष्ट्रपतिलाई बुझाए ओहोदाको प्रमाणपत्र
राजनीति, समाचार

५ देशका राजदूतले राष्ट्रपतिलाई बुझाए ओहोदाको प्रमाणपत्र

नेपालअखबार,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पाँच देशका नवनियुक्त राजदूतले ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित छुट्टाछुट्टै समारोहका बीच पाँच देशका नवनियुक्त राजदूतले ओहोदाको प्रमाणपत्र बुझाएका हुन् । ओहोदाका प्रमाणपत्र बुझाउनेमा उज्वेकिस्तानका राजदूत सर्दोर मिर्जायुसुपोभिच रुस्तामबायेभ, रोमानियाकी राजदूत सेना लतिफ, ताजिकिस्तानका राजदूत लुक्मोर बोबोकालोन्जोदा, आइसल्याण्डका राजदूत बेनेडिक्ट हेओस्कुल्द्सन र क्युवाका राजदूत हुवान कार्लोस मार्सान अगुइलेराले ओहोदाको प्रमाणपत्र बुझाएका छन् । नवनियुक्त राजदूतहरूलाई लाजिम्पाटदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवारी गराइएको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए ।...
कांग्रेसको निर्देशन मापदण्डविपरीत उम्मेदवार सिफारिस नगर्न
राजनीति, समाचार

कांग्रेसको निर्देशन मापदण्डविपरीत उम्मेदवार सिफारिस नगर्न

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनका लागि अघिल्लो परिपत्रअनुसार उम्मेदवार सिफारिस गर्न मातहतलाई निर्देशन दिएको छ । प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले मापदण्डविपरीत उम्मेदवार सिफारिस गर्न लागेपछि कांग्रेसले बिहीबार तोकिएको मापदण्ड र तोकिएको संख्यामा उम्मेदवारको सिफारिस गर्न निर्देशन दिएको हो । ‘तोकिएको मापदण्ड र तोकिएको संख्यामा उम्मेदवारको सिफारिस गर्नका लागि निर्देश भएको सन्दर्भमा तोकिएको मापदण्ड र तोकिएको संख्यामा पार्टीको परिपत्र र नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) बमोजिम उम्मेदवारको सिफारिस गर्नुहुन पुन: गम्भीर ध्यानाकर्षण गराइन्छ,’ मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी परिपत्रमा भनिएको छ । कांग्रेसले यसअघि १५ मंसिर र १७ मंसिरमा परिपत्र गरेर प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ र समानुपातिकतर्फ तथा राष्ट्रियसभाका लागि उम्मेदवार सिफ...
सरकार र जेनजीबिच १० बुँदे सम्झौता
राजनीति, समाचार

सरकार र जेनजीबिच १० बुँदे सम्झौता

नेपालअखबार,काठमाडौँ  । गत भदौ २३ र २४ गते भएको ’जेनजी’ जनआन्दोलनका मागहरू सम्बोधन गर्ने भन्दै नेपाल सरकार र आन्दोलनकारी शक्तिबिच १० बुँदे विस्तृत सम्झौता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार आयोजित एक विशेष समारोहमा प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीहरू र आन्दोलनका प्रतिनिधिहरूको उपस्थितिमा उक्त समझदारीपत्रमा हस्ताक्षर भएको हो । यद्यपि हस्ताक्षर कार्यक्रममा केही जेनजीहरुले सहमतिको विरोध गरे । सहमतिअनुसार आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूलाई सरकारले सहिद घोषणा गर्नेछ । सहिद परिवार र घाइतेहरूको निःशुल्क उपचार, क्षतिपूर्ति, शिक्षा तथा रोजगारीको ग्यारेन्टी राज्यले गर्ने सहमति भएको छ । साथै, सहिदहरूको सम्मानमा ‘अर्थपूर्ण स्मृतिकरण’ पार्क वा स्मारक निर्माण गरिनेछ । आन्दोलनका क्रममा भएको दमन र मानवअधिकार उल्लङ्घनका घटनाको छानबिन गर्न एक उच्चस्तरीय आयोग गठन गरिने...
राजनीतिक भागबन्डामा नियुक्ति पाएकाहरूको सम्पत्ति छानबिन गर्ने आयोग गठन गरिने
राजनीति, समाचार

राजनीतिक भागबन्डामा नियुक्ति पाएकाहरूको सम्पत्ति छानबिन गर्ने आयोग गठन गरिने

नेपालअखबार,काठमाडौं । सरकार र जेनजीबीच सार्वजनिक संस्थाहरुमा भएको दलीय करण र दलीय भागबन्डाको नियुक्ति पाएका व्यक्तिहरूले सम्पत्ति छानबिन र नीतिगत सुधारका लागि एक उच्चस्तरीय आयोग गठन गर्ने सहमति भएको छ । बुधबार प्रधानमन्त्री र जेनजी प्रतिनिधिहरूबीच भएको सहमति अनुसार आयोगलाई चारवटा जिम्मेवारी हुनेछन् । सहमतिका अनुसार सम्पूर्ण सार्वजनिक पदमा नियुक्त, निर्वाचित वा मनोनित व्यक्तिको जीवनशैली, आयस्रोत र अकुत सम्पत्ति आर्जनका सम्बन्धमा दोषीलाई कानुनबमोजिमको कारबाही गर्ने प्रक्रिया अघि बढाइने छ । सार्वजनिक संस्थाहरूको दलीयकरण र भागबण्डाका आधारमा गरिने नियुक्तिको अभ्यास अन्त्य गर्न सम्बन्धित नीति र कानुनमा गर्नुपर्ने सुधार तथा मौजुदा कानुनको प्रभावकारी कार्यान्वयनबारे आयोगले काम गर्नेछ । विभिन्न सार्वजनिक पद धारण गरेका व्यक्ति तथा राजनीतिक दलले आफ्ना नेताहरूको नाउँमा सार्वजनिक जग्गा, सम्पत्ति र ब...
जाँचबुझ आयोगमा ओली बयान दिन जानुपर्छ : ईश्वर पोखरेल
राजनीति, विचार, समाचार

जाँचबुझ आयोगमा ओली बयान दिन जानुपर्छ : ईश्वर पोखरेल

नेपालअखबार,काठमाडौँ ।   एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगमा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बयानमा जानुपर्ने बताएका छन् । बुधबार ११औं महाधिवेशनका सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्षका प्रत्याशीसम्त रहेका पोखरेलले सरकारले बनाएको आयोगमा बयान दिने कार्य स्वभाविक भएको बताएका हुन् । आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार करिब डेढ सय जनासँग बयान सकिएको छ । अब तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री लेखक, तत्कालीन गृह सचिव गोकर्णमणि दुवाडी, प्रधानसेनापति अशोकराज सिग्देल र नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीको बयान लिन बाँकी छ । २४ भदौको बिहान कार्की प्रहरीको उपत्यका प्रमुखमा सरुवा भएका थिए । 'सरकारले बनाएको आयोगमा बयान दिन जानु स्वभाविक हो। म भए अगाडि नै गएर बयान दिन्थेँ। निष्पक्षतामा प्रश्न छ। अध्यक्ष जानुप...
सरकार र जेनजीबीच सम्झौतामा हस्ताक्षर हुँदै
राजनीति, समाचार

सरकार र जेनजीबीच सम्झौतामा हस्ताक्षर हुँदै

नेपालअखबार,काठमाडौं । सरकार र जेनजी प्रतिनिधिहरूबीच भएको सम्झौता हुने भएको छ । बुधबार (आज) साँझ ६ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सम्झौतामा हस्ताक्षर हुन लागेको हो । प्रधानमन्त्री कार्यालयको सगरमाथा हलमा हस्ताक्षर कार्यक्रम हुन लागेको सचिवालयले जनाएको छ । कार्यक्रममा प्रधानमन्त्री कार्की पनि उपस्थित रहनेछिन् ।...
मानव अधिकार आयोगको सिफारिस कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : कानुनमन्त्री
राजनीति, समाचार

मानव अधिकार आयोगको सिफारिस कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : कानुनमन्त्री

नेपालअखबार,काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले राष्ट्रिय मानव अधिकार आयोगले गरेका सिफारिसहरू कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । ७७औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर बुधबार सिंहदरबारमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । मन्त्री सिन्हाले संघ, प्रदेश तथा स्थानीय तह र सरोकारवालाहरूले मानव अधिकार संरक्षण र संवद्र्धनमा अतुलनीय योगदान दिएको उल्लेख गर्दै त्यसमा केही कमी देखिए सुधारका लागि सरकारलाई रचनात्मक सुझाव दिन पनि आग्रह गरे । उनले मानव अधिकारको संरक्षण र संवद्र्धनमा सरकारसँग सहकार्य गरेर अघि बढ्न पनि मानव अधिकारकर्मी र नागरिक समाजका अगुवालाई आग्रह गरे । मन्त्री सिन्हाले सरकारले मानव अधिकार आयोगको संस्थागत सुदृढिकरणमा पनि जोड दिएको बताए । उनले भने, ‘राष्ट्रिय मानव अधिकार आयोगले गरेको सिफारिसहरू कार...