हाम्रा वैरीहरू, नेपाल राष्ट्र र नेपाली जनताका वैरीहरू भने रणनीतितिर लागेछन् : संयोजक प्रचण्ड
नेपालअखबार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कम्युनिस्टहरू सत्ता र सरकारमा अल्झिँदा वैरीहरूले २० बर्से रणनीति बनाउन सकाउन लागेको टिप्पणी गरेका छन् । शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले कम्युनिस्टले परम्परागत शैलीमा वैचारिक स्कुलिङमा नलाग्दा अहिलेको क्षति बेहोर्नुपरेको बताएका हुन् ।
‘हाम्रा वैरीहरू, नेपाल राष्ट्र र नेपाली जनताका वैरीहरू भने रणनीतितिर लागेछन्,’ प्रचण्डले भने, ‘नेपालमा यी कम्युनिस्ट बढी भएका छन् । यीनलाई ठिक पार्नुपर्छ भनेर २० बर्से योजना बनाएछन् ।’ वैरीहरू लागेको कुरा अलिअलि थाहा पाइएपनि यही स्तरमा एकैदिनमा नेपाललाई विध्वंश पार्नेगरी लागेको नलागेको उनले बताए ।
‘यो स्तरमा आउँदैनन् होला भन्ने भ्रम पालिएछ, हामीले,’ प्रचण्डले भने ।
नेपालका कम्युनिस्ट शक्ति शान्ति सम्झौतापछि काठमाडौंमा सत्ता र सर...








