Monday, August 24

विचार

पहिचान र अधिकारका लागि मुक्ति अभियान आवश्यक छः राजेन्द्र महतो
राजनीति, विचार, समाचार

पहिचान र अधिकारका लागि मुक्ति अभियान आवश्यक छः राजेन्द्र महतो

नेपालअखबार, अत्तरिया । राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक राजेन्द्र महतोले पहिचान र अधिकारका लागि मुक्ति अभियान आवश्यक भएको बताएका छन् । आज धनगढीमा आयोजित पत्रकार भेटमा उनले पहिचान र अधिकारका लागि एकीकृत आन्दोलनको आवश्यकता भएको दोहोर्याए । “थारू, मधेसी, आदिवासी जनजातिका छुट्टाछुट्टै सङ्घर्षले जनताले दुःख मात्रै पाए । अधिकार र पहिचान पाएनौँ ।  अब सबै पहिचानवादी मिल्नुको विकल्प छैन्,” उनले भने, “यो देश सबै नेपालीको हो । सबै मिलेर देशको समस्या समाधान गर्नुपर्छ ।”...
नेकपा एमाले विभिन्न राजनीतिक दल परित्याग गरि सयौं युवा एकीकृत समाजवादीमा प्रवेश
राजनीति, विचार, समाचार, हाइलाइट-समाचार

नेकपा एमाले विभिन्न राजनीतिक दल परित्याग गरि सयौं युवा एकीकृत समाजवादीमा प्रवेश

नेपालअखबार, मकवानपुर। नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी मकवानपुरमा सयजना भन्दा बढी युवा प्रवेश गरेका छन्। विगतमा नेकपा एमाले, माओवादी केन्द्र, केन्द्रजस्ता राजनीतिक दलमा रही आफ्नो भूमिका निर्वाह गरिरहेका युवाहरु गत मंगलबार हेटौंडामा आयोजित एक विशेष समारोहमा पार्टी प्रवेश गरेको एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष विष्णुप्रसाद दाहालले जानकारी दिए। विगतमा एमालेको अभियानमा साथ दिँदै आएका मकवानपुर मनहरी ३ का युवा रोशन बलको नेतृत्वमा युवाहरुको ठूलो समूह समाजवादीमा आबद्घ भएको हो। देश र जनताको भविष्य निर्माण अब एकीकृत समाजवादीले मात्रै सम्भव हुने बुझेर आफू नेतृत्वमा संयौंको संख्यामा युवाहरु प्रवेश गरेको बलले बताए। ‘हामी युवा देशका लागि लड्ने शक्ति भएकाले हाम्रा लागि उपयुक्त पार्टी एकीकृत समाजवादी हो भन्ने बुझेरै हामी यो पार्टीमा प्रवेश गरेका छौं।’ बलले भने,‘ हामी युवाहरुको भावना बुझ्...
एमालेलाई एकीकृत समाजवादी बास्ना आउने भएको छ: अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार, हाइलाइट-समाचार

एमालेलाई एकीकृत समाजवादी बास्ना आउने भएको छ: अध्यक्ष नेपाल

नेपालअखबार, काभ्रेपलान्चोक। पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमालेलाई (एकीकृत समाजवादी) बास्ना आउन थालेको बताउनु भएको छ। शनिबार काभ्रेको बनेपामा १०औं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले समय र परिस्थितिले एमालेका नेताहरूलाई एकीकृत समाजवादी बास्ना आउने अवस्थामा ल्याइपुर्‍याएको बताउनु भएको छ। माओवादीसहितको नयाँ गठबन्धनमा सहभागी भएको समाजवादीलाई सरकारमा आउन  एमाले अध्यक्ष केपी ओलिले नै आग्रह गरेको बताउदै उहाँले राजनीतिमा स्थायी शत्रु र मित्र नहुने उल्लेख गर्दै देशको राजनीतिक अस्थिरता जोगाउन (एकीकृत समाजवादी) ले भूमिका खेलेको धारणा राख्नुभयो। अध्यक्ष नेपालले कुनै बेला केपी ओलिले माधव नेपालसँग बोल्दा मुख कुल्ला गर्नुपर्ने भनाइलाई इंकित गर्दै अरूले हल्ला गरे जस्तो (एकीकृत समाजवादी) र एमालेको एकता सम्भव नहुने प्रष्ट पार्नु भएको छ। ...
नियम कानुन पालना गर्ने व्यवसायी त्रसित हुनुपर्दैन : प्रचण्ड
राजनीति, विचार, समाचार

नियम कानुन पालना गर्ने व्यवसायी त्रसित हुनुपर्दैन : प्रचण्ड

नेपालअखबार, पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार छिटोछिटो परिवर्तन भइरहे पनि विकास निर्माणको काम प्रभावित हुन नहुने बताएका छन् । पोखरामा शनिबार आयोजित कार्यक्रममा उनले विकास र समृद्धिको यात्रामा सरकार परिवर्तनले अवरोध हुन नहुने बताएका हुन् । नयाँ सत्ता समीकरण बनेपछि आफूले गृहमन्त्री र अर्थमन्त्रीलाई राखेर व्यवसायीलाई काम गर्ने वातावरण बनाउन, निजी क्षेत्रलाई प्रोत्साहित गर्न र व्यवसायीलाई कुनै खाले अनावश्यक दु:ख नदिन निर्देशन दिएको पनि प्रचण्डले बताए । नियम र कानुन पालना गरेर काम गरिरहेको कुनै पनि व्यवसायीले त्रसित हुन नपर्ने उनको भनाइ छ । देशका विभिन्न स्थानबाट सिधै पोखरा आउनका लागि हवाइमार्ग पहिलेभन्दा सहज भएको उल्लेख गर्दै प्रधानमन्त्रीले अब पोखराबाट झापा, विराटनगर, चितवन, भैरहवा, नेपालगञ्ज र धनगढीमा पनि नियमित उडानको वातावरण बनाउने बताए । पोखरा अन्तर्राष्ट्...
सत्ता गठबन्धन कायमै रहने दाबी : शेरबहादुर देउवा
राजनीति, विचार, समाचार

सत्ता गठबन्धन कायमै रहने दाबी : शेरबहादुर देउवा

नेपालअखबार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन कायमै रहने दाबी गरेका छन् । राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने माओवादी निर्णयसँगै सत्ता गठबन्धनबारे प्रश्न उठेको छ । तर, देउवाले भने गठबन्धन केही नहुने बताएका छन् । भरतपुर भ्रमण वर्षको उद्घाटन समारोहमा सहभागी हुन चितवन पुगेका देउवाले भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग अलग-अलग पार्टी भएकाले निर्णय गर्नु स्वभाविक भएको बताए । उनले भने, ‘अलग अलग पार्टी हो, निर्णय गर्यो त के भयो ? हामी पनि गर्छौं । तर गठबन्न्धन केही हुँदैन ।’ कृष्ण सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउने सहमति के हुन्छ त भन्ने प्रश्नमा उनले भने, ‘सरसल्लाह गरेर दिने हो । सल्लाह भइसकेको छ, फेरि हुन्छ ।’...
सन्तुलन र नियमनका लागि राष्ट्रियसभाको महत्व छ : अध्यक्ष तिमिल्सिना
राजनीति, विचार, समाचार

सन्तुलन र नियमनका लागि राष्ट्रियसभाको महत्व छ : अध्यक्ष तिमिल्सिना

नेपालअखबार, काठमाडौँ । विधि निर्माणका लागि राष्ट्रियसभा प्रतिनिधिसभासँगसँगै जिम्मेवार र सक्रिय रहँदै आएको छ । प्रतिनिधिसभा विघटन भएका बखत पनि बन्द नहुने प्रकृतिको राष्ट्रियसभा प्रबुद्ध व्यक्तिहरूको सहभागितामा शालिन प्रस्तुति दिने माथिल्लो सभाका रूपमा रहेको छ । दुई सदनात्मक संवैधानिक व्यवस्था रहेको नेपालको संविधान कार्यान्वयनका क्रममा सरकार बनाउने र ढाल्ने सवालमा प्रतिनिधिसभाको भूमिका हुने भएकाले होला राजनीतिका खेलाडी र आम सञ्चारमाध्यमका लागि राष्ट्रियसभा अलि ओझेलमा परेको देखिन्छ । यस प्रकारको अनुभूति छवर्षे कार्यकाल सकाएर यही फागुन २० गते बिदा हुन लागेका उक्त सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनामा पनि रहेको छ । अध्यक्ष तिमिल्सिनाका कार्यकालका उपलब्धि र अनुभवका सन्दर्भमा उनीसँग गरिएको कुराकानीको सम्पादित अंश : राष्ट्रियसभाको छवर्षे कार्यकाल सकिँदैछ । आफ्नो नेतृत्वमा यी काम भए वा यी ह...
नेकपा एसले तनहुँमा पार्टी जागरण अभियान चलाउने
राजनीति, विचार, समाचार

नेकपा एसले तनहुँमा पार्टी जागरण अभियान चलाउने

नेपालअखबार, तनहुँ। नेकपा (एकीकृत समाजवादी) तनहुँले दुईमहिने पार्टी जागरण अभियान चलाउने निर्णय गरेको छ। सो पार्टीको सोमबार दमौलीमा सम्पन्न दसौं पूर्ण बैठकले आगामी चैतदेखि दुई महिना पार्टी जागरण अभियान चलाउने निर्णय गरेको हो। पार्टीका कार्यकर्तालाई सङ्गठित गर्दै पार्टीलाई बलियो बनाउन जागरण अभियान चलाउने निर्णय भएको प्रचार विभाग प्रमुख गजिन्द्रराज पन्थले  जानकारी दिए। उनले भने, ‘जागरण अभियानका क्रममा जिल्लाका ८५ वटै वडामा पुगेर विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ। यसले पार्टीलाई चलायमान र पार्टी कार्यकर्तालाई एकढिक्का बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।’ बैठकमा पार्टीका स्थायी कमिटी सदस्य तुलबहादुर गुरुङले देशको वर्तमान राजनीतिक अवस्था र पार्टीको सिद्धान्तका बारेमा प्रष्ट पारेका थिए। वर्तमान गठबन्धनलाई बलियो बनाउँदै सरकारका गतिविधिलाई जनउत्तरदायी बनाउन पार्टीले केन्द्रमा भूमिका खेलिरहेको ...
दोस्रो गणतन्त्र आन्दोलन जनमत पार्टीले  गर्‍यो घोषणा
राजनीति, विचार, समाचार

दोस्रो गणतन्त्र आन्दोलन जनमत पार्टीले गर्‍यो घोषणा

नेपालअखबार, काठमाडौं । विद्यमान गणतन्त्रले देशको समस्या समाधान नभएको भन्दै सीके राउत नेतृत्वको जनमत पार्टीले दोस्रो गणतन्त्रका लागि जनआन्दोलन गर्ने घोषणा गरेको छ । जनमतले राजनीतिक दल र नेताहरूको स्वेच्छाचारी र तानाशाही प्रवृत्ति, भ्रष्टाचार र अर्कमण्यताले देश असफल बन्ने ठाउँमा पुगेको भन्दै आन्दोलन आह्वान गरेको छ । शीर्ष नेताहरूको संलगन्नतामा बालुवाटार काण्ड, भूटानी शरणार्थी शिविर काण्ड, यति काण्ड, ओम्नी काण्ड, सुन तस्करी जस्ता भ्रष्टाचार काण्डहरू निरन्तर हुदै आए पनि छानबिन र कारवाही नभएको उल्लेख छ । ‘सरकार आफ्नो पार्टी र कार्यकर्तालाई पोस्ने थलो मात्रै बनेको छ । जहिले पनि कुर्सीको लडाइ छ’, जनमतले जारी गरेको विज्ञप्तिमा भनेको छ, ‘देशको अलिकति पनि चिन्ता सरकार चलाउनेलाई छैन । शिक्षा र स्वास्थ्य क्षेत्र धराशायी भएको अवस्था छ । चलिरहेको उद्योगधन्धाहरू पनि सरकारले बन्द गर्दैछन् भने आर्थिक...
गठबन्धन सरकारप्रति पार्टीमा ठुलो असन्तुष्टि छ : झलनाथ खनाल
राजनीति, विचार, समाचार

गठबन्धन सरकारप्रति पार्टीमा ठुलो असन्तुष्टि छ : झलनाथ खनाल

नेपालअखबार, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले गठबन्धन सरकारप्रति पार्टीभित्र उनकै शव्दमा वृहत असन्तुष्टि रहेको बताएका छन् । बुधवार झापामा आयोजित एक कार्यक्रममा बोल्दै नेता खनालले यस्तो बताएका हुन् । खनालले सरकारमा आफ्नो पार्टी निमित्तमा सहभागी बनेको जिकिर गर्दै गठबन्धन चल्नुपर्ने जसरी चल्न नसकेको बताए । उनले देशले नयाँ कोर्षको माग गरिरहेको भन्दै आम जनता र राष्ट्रका मागहरुलाई सम्बोधन गर्ने किसिमको सोंचविचार, नीति कार्यक्रमबजेट र योजनाका साथमा नयाँ ढंगले सरकार आउनुपर्ने उल्लेख गरे । गठबन्धन सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटले जनतालाई छुन नसकेको भन्दै खनालले मुलुकको अर्थतन्त्र संकटपूर्ण रहेको बताए । उद्योगबाट आउने राजश्व देशमा विक्रमसम्बत १९९५ को भन्दा कम रहेको भन्दै उनले त्यसवेला नेपालको जिडिपीमा औद्योगिक क्षेत्रले १...
आगामी राष्ट्रिय महाधिवेशनले पार्टीलाई सही बाटोमा ल्याउनुपर्ने : वरिष्ठ नेता  खनाल
राजनीति, विचार, समाचार

आगामी राष्ट्रिय महाधिवेशनले पार्टीलाई सही बाटोमा ल्याउनुपर्ने : वरिष्ठ नेता खनाल

नेपालअखबार, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का  वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले आगामी राष्ट्रिय महाधिवेशनले पार्टीलाई सही बाटोमा ल्याउनुपर्ने बताएका छन् । पार्टीले वर्ग आत्मसमर्पणवादको बाटो लिएकाले आगामी राष्ट्रिय महाधिवेशनबाट त्यसलाई सच्याउनुपर्ने  वरिष्ठ नेता खनालको भनाई थियो । समाजवाद अध्ययन तथा अनुसन्धान केन्द्रले शुक्रबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पार्टीबाट श्रमजीवी वर्गबाट टाढा पुर्‍याउने काम विद्यमान मोचावन्दीले गरिरहेकाले त्यसलाई सच्याउने कुरालाई ध्यानमा राखेर पार्टीले आगामी महाधिवेशनको तयारी गर्नुपर्ने बताए । वरिष्ठ नेता खनालले वर्ग समन्वयको बाटोबाट मुलुकमा श्रमजीवी वर्गको हित हुनै नसक्ने बताए । उनले भने, ‘प्रधान प्रतिद्वन्दीसँग कुनै मोर्चा बन्दैन । यदि बनाइयो भने त्यो गलत हुन्छ । त्यो वर्ग समन्वय हुन्छ । त्यसले वर्ग संघर्ष गर्न...