Saturday, September 19

विचार

एकीकृत समाजवादीकाे विधान सम्बन्धि पार्टी प्रदेश अध्यक्षहरूले धारणा राखे
राजनीति, विचार, समाचार

एकीकृत समाजवादीकाे विधान सम्बन्धि पार्टी प्रदेश अध्यक्षहरूले धारणा राखे

नेपालअखबार, काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) को सातौं कमिटी वैठक जारी छ। ललितपुरको बालकुमारी स्थित कान्तिपुर गार्डेनमा जारी वठैकमा पार्टीका केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राखिरहनु भएको छ। वैठकको पहिलो दिन १५ जनाले आफ्ना धारणा राख्नु भएको थियो भने दोस्रो दिन ८० जना केन्द्रीय सदस्यले धारणा राख्नु भएको छ। वैठक बुधबारदेखि सुरू भएको हो। विधान संशोधन सम्बन्धि जारी छलफलमा भाग लिएका प्रदेश कमिटीका अध्यक्षहरूका धारणालाई यहाँ प्रस्तुत गरेका छौं: व्यक्ति केन्द्रीत विधान बन्नु हुँदैन: बलदेव चौधरी (अध्यक्ष-कोशी प्रदेश कमिटी)  पार्टीको कोशी प्रदेश कमिटी अध्यक्ष बलदेव चौधरीले उमेर हद कायम गर्नुपर्ने बताउनु भएको छ। उहाँले विधानबारे सोधिएका १० प्रश्न अपुग रहेको बताउँदै आफूले थप धारणा राखेको बताउनु भयो। उहाँले भन्नुभयो, ‘अहिलेको विधान नेताका निम्ति मेरो सिट कहाँ सुरक्षित कहाँ छ? भन्ने खालको छ...
क्रान्तिकारी पार्टी निर्माणमा जुट्न सम्मानित नेता खनालको आग्रह
राजनीति, विचार, समाचार

क्रान्तिकारी पार्टी निर्माणमा जुट्न सम्मानित नेता खनालको आग्रह

नेपालअखबार, काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीलाई वर्ग आधारित पार्टी बनाउनुपर्ने बताउनु भएको छ। बुधबार पार्टीको सातौं केन्द्रीय कमिटी वैठकलाई सम्बोधन गर्दै नेता खनालले उक्त कुरा बताउनु भएको हो। नेता खनालले पापार्टीलाई क्रान्तिकारी पार्टीका रुपमा विकास गर्न विधानमाथि बहस गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, ‘जीवन्त पार्टीभित्र छलफल हुन्छ। बहस हुन्छ। हामी पनि पार्टीलाई क्रान्तिकारी पार्टी बनाउनका निम्ति छलफल गर्दैछौं। मैले छैटौं केन्द्रीय कमिटी वैठकमा पनि भनेको थिएँ। आज पनि भन्छु, यो पार्टी अन्य पार्टी जस्तो पार्टी होइन, हाम्रो पार्टी क्रान्तिकारी पार्टी हो। यसलाई थप क्रान्तिकारी जनताको पार्टी बनाउनका निम्ति सातौं केन्द्रीय कमिटीको वैठकमा खुलेर छलफल गरौं। पदाधिकारीका बारेमा के गर्ने? केन्द्रीय कमिटीका बारेमा के गर्ने? भन्...
नेकपाको उत्तराधिकारी हामी हौँ : अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार

नेकपाको उत्तराधिकारी हामी हौँ : अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले २००६ सालमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीको उत्तराधिकारी आफूहरू भएको बताएका छन् । बुधवार पार्टीको सातौँ केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफू नेतृत्वको पार्टी चाँडै दसौँ महाधिवेशन गर्न गइरहेको बताए । ‘२००६ सालमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीको उत्तराधिकारी हामी हौँ । हामीले आफ्नै जीवनकालमा भइरहेको पार्टीमा विद्रोह गरेर नयाँ पार्टी बनाउनुपरेको थियो’, अध्यक्ष नेपालले भने, ‘पुष्पलालले पनि तत्कालीन अवस्थामा नेकपाबाट विद्रोह गर्नुभएको थियो ।’ नेता नेपालको अगुवाइमा २ वर्षअघि एमालेसँग विद्रोह गरेर नेकपा एकीकृत समाजवादी गठन गरेका थिए ।तत्कालीन पार्टीका महासचिव तुलसीलाल अमात्य भएका बेला पुष्पलालले विद्रोह गरेर नेपाल कम्युनिस्ट पार्टी गठन गरेका थिए ।...
देशमा सकारात्मक परिवर्तन र आशा जगाउन नसकेआफूले पनि पद ओगटिरहन जरूरी छैन: प्रधानमन्त्री प्रचण्ड (पूर्णपाठ)
राजनीति, विचार, समाचार

देशमा सकारात्मक परिवर्तन र आशा जगाउन नसकेआफूले पनि पद ओगटिरहन जरूरी छैन: प्रधानमन्त्री प्रचण्ड (पूर्णपाठ)

नेपालअखबार, काठमाडाैं। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले देशमा सकारात्मक परिवर्तन र आशा जगाउन नसके आफूले पनि पद ओगटिरहन जरूरी नभएको बताएका छन्। सरकार गठनको एक वर्ष पुगेका अवसरमा मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्दै दाहालले भने, ‘हामी सबै आ-आफ्नो भूमिकामाथि न्याय गर्नैपर्ने नैतिक दबाबमा छौं। कार्यक्षमता प्रमाणित गर्न सकेनौं भने कसैले पनि अब ठाउँ ओगटिरहनु हुँदैन, छाडिदिनुपर्छ। यो मैले अरूलाई दिएको उपदेश मात्र होइन, आफैंसँग गरेको बाचा पनि हो। देशमा  सकारात्मक परिवर्तन र आशा जगाउन नसके मैले पनि पद ओगटिरहन जरूरी छैन।’ उनले मन्त्रीहरूलाई असफल हुने छुट नभएको बताए। कार्यसम्पादन कमजोर भएको अवस्थामा कसैलाई पनि माफ गर्न सक्ने अवस्था र मनस्थितिमा आफू नभएको उनको भनाइ थियो। ‘म आज जनतालाई साक्षी राखेर मन्त्रीहरूलाई पनि भन्‍न चा...
जनताको अवस्था परिवर्तनकाे आवाज हामी बुलन्द गरि रहने छौं
राजनीति, विचार, साहित्य \कला

जनताको अवस्था परिवर्तनकाे आवाज हामी बुलन्द गरि रहने छौं

हस्त शाही। कुनै पनि राजनीति शक्ति आफुलाई सैद्धान्तिक एजेन्डामा कमजोर हुँदै गएकाे महसुस गर्छन। त्यस पछि भ्रम सिर्जना गर्न थाल्छन् । ३० काे दशक देखि नेपाली राजनीतिले जनताकाे विचमा व्यापक भ्रमकाे सिर्जना गर्ने प्रवृत्ति ८० काे दशक सम्म हटेको छैन । तत्कालीन पञ्चहरुले कम्युनिस्ट सकिए भन्दै व्यापक प्रचार गर्थे त्यसै समयमा रसिया विघटन भयाे साम्राज्यवादीहरुले विश्वमा कम्युनिस्ट समाप्त भयाे भन्दै  कुर्लदै हिडेका थिए । नेपाली जनतालाई भम्रमा पार्न  तत्कालिन अवस्थामा पञ्चहरुले नेपाली समाजमा अव कम्युनिस्ट विचार केबल शब्दमा मात्रै कायम रहेकाे भन्दै गफ चुटेकाे यथार्थ हामी माझ  तजानै रहेकाे छ । जव समुदायहरूमा भम्रकाे खेति हुन्छ । पक्कै पनि त्याे भम्रकाे जालाे ताेड्न समय लागेता पनि एक दिन जनताले यथार्थ बुझेर आफै सबै भम्रका जालामाला ताेडिएकाे इतिहास हाम्रै माझ आज पनि ताजै छ । इतिहासकाे त्याे काल खण्डमा...
विद्यार्थीलाई उत्पादनसँग जोड्न अध्यक्ष नेपालको आग्रह
राजनीति, विचार, समाचार

विद्यार्थीलाई उत्पादनसँग जोड्न अध्यक्ष नेपालको आग्रह

नेपालअखबार, काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षाका अतिरिक्त विद्यार्थीलाई उत्पादनसँग जोड्ने पाठ्यक्रम कार्यान्वयन गर्नुपर्ने बताउनु भएको छ। आइतबार काठमाडौँको शङ्खरापुर नगरपालिका–१ स्थित चाँपाबोट मावि भवनको अनुगमनका क्रममा अध्यक्ष नेपालले केही सामुदायिक विद्यालयले राम्रो पढाइ सञ्चालन गरेकाले भर्ना पाउन प्रतिस्पर्धा हुने गरेको बताउँदै व्यावसायिक शिक्षाले विद्यार्थीको सिर्जनशील कार्यमा आत्मविश्वास बढ्ने बताउनु भयो। उहाँले अब्बल जनशक्ति उत्पादन गर्ने शिक्षण संस्थाको स्तरोन्नतिमा सरकारले लगानी वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो। अध्यक्ष नेपालले विद्यालय संरचना विकास तथा भवन मर्मतका लागि सम्बन्धित निकायमा आफूले पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नु भएको छ। अध्यक्ष नेपाललाई विद्यालय प्रधानाध्याक हरिबहाद...
नीति नै फितलाे भयाे ?  राज्यका हरेक निकायमा फैलिएकाे भ्रम, डर, त्रतास, विभेदकाे निति कहिले अन्त्य हुने 
राजनीति, विचार, साहित्य \कला

नीति नै फितलाे भयाे ?  राज्यका हरेक निकायमा फैलिएकाे भ्रम, डर, त्रतास, विभेदकाे निति कहिले अन्त्य हुने 

धरणीधर जाेशी, अछाम ।यतिमात्र गर्न सके केही हुने गरि देखिन्छ कि सरकार ? सरकारले किसानलाई निसुल्क बीउ दिने,जग्गा बाँजाे राख्नेलाई कार्बाहि गर्ने वा भाेगचलन निस्चित बर्ष समय ताेकि बाँझाे राखेमा अर्काेलाई दिने हाे कि ? सिचाई र आबश्यक पुर्बाधार सरकारले अनिवार्य ब्यबस्थापन गर्ने शिक्षक र हरेक तहकका कर्मचारीकाे जागिर अबधिभर सरकारले पुर्ण जिम्मा लिई फाईल मिलायर गरिने भष्टचार राेक्ने त्यति गर्दानि गल्ति गरे ठाउकाे ठाउँ कार्बाहि गर्ने वा बाँजाे जग्गाकाे पुर्ण जिम्मा सरकारले लिने र सामुहिक खेति मा युवालाई लगाउने हाे कि ? हरेक बिबेधकाे अन्त्य गर्ने समान ,नीति बनाई निति कडाईका साथ कार्यन्वयन गर्ने गराउने, नितिगत भष्टचार पुर्णरुपमा राेक्नु पर्छ । डक्टर र स्वास्थ्यकर्मीकाे सुबिधा बढाउने,वा निशुल्क पढाएर नेपालमै अनिवार्य बस्ने नीति बनाउनु पर्छ । कर्मचारीहरूलाई उचित सेवा सुबिधा दिने, कृषिमा आधुनिकरण र उ...
देउवाले भने मिडियामा जहिल्यै खराब कुरामात्र चल्छ
राजनीति, विचार, समाचार

देउवाले भने मिडियामा जहिल्यै खराब कुरामात्र चल्छ

नेपालअखबार, पाेखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संचारमाध्यममा खराब समाचार मात्र चल्ने गरेको बताएका छन्। बुधबार पोखरामा पूर्व सांसद एवं उद्योगी सूर्यबहादुर केसीको स्मृतिमा स्थापना गरिएको ‘कीर्ति स्मृति पत्रकारिता वृत्ति सम्मान’ अर्पण समारोहमा बोल्दै उनले खराब समाचार संचारमाध्यमका लागि राम्रो समाचार हुने बताएका हुन्। ‘पत्रकारको सम्बन्धमा एउटा भनाइ छ, ब्याड न्युज इज गुड न्युज फर मिडिया,’ उनले भने, ‘मिडियाका लागि राम्रो हुँदै हुँदैन, जहिल्यै खराब कुरा मात्र चल्छ बढी। त्यसकारण ब्याड न्युज इज गुड न्युज फर मिडिया भन्छ हेर्नुस्।’ बेलायतमा पढ्न बस्दा आफूहरूले नेपालमा प्रजातन्त्रका लागि जुलुस निकाल्दा बिबिसीका पत्रकार आउन नमानेको पनि उनले बताए। ‘एक पटक के भयो भने बेलायतमा पढ्दै थिएँ, नेपाल एम्बेसीमा जुलुस निकाल्छौं आइदेउ भनेर बिबिसीलाई भनेको थिएँ,’ देउवाले भने, ‘बम पड्काउ...
सबै दल कूटनीतिक मर्यादाप्रति संवेदनशील हुनुपर्छ : अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार

सबै दल कूटनीतिक मर्यादाप्रति संवेदनशील हुनुपर्छ : अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वैदेशिक हस्तक्षेप भए राष्ट्रिय सुरक्षामा चुनौती आउने बताएका छन् पार्टी केन्द्रीय कार्यालय आलोकलनगरमा पार्टी निकट राष्ट्रिय हित सुरक्षा विभागका प्रमुख पुष्पाकुमारी कर्ण नेतृत्वको टोलीले बुझाएको सुरक्षासम्बन्धी अवधारणापत्रसहितको दस्तावेज बुझेपछि अध्यक्ष नेपालले देशको स्वतन्त्रता तथा अखण्डतामा आँच आउन नदिन सबै दल कूटनीतिक मर्यादाप्रति संवेदनशील हुनुपर्नेमा जोड दिए । राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर छिमेकी मुलुकसँग पारस्परिक हितका पक्षमा कार्य गर्नुपर्ने बताउँदै उनले असंलग्न पञ्चशीलका आधारमा कूटनीतिक सम्बन्ध विकास गर्नुपर्ने बताए । विभागले राष्ट्रहित तथा सुरक्षाका लागि अवलम्बन गर्नुपर्ने महत्त्वपूर्ण नीति तथा कार्यक्रमलाई विभिन्न बुँदामा समावेश गरेर अवधारणासहितको दस्तावेज तयार पारेको...
हामीले उठाएका मुद्धा कसैले नकार्न सक्दैन: महासचिव भुसाल
राजनीति, विचार, समाचार

हामीले उठाएका मुद्धा कसैले नकार्न सक्दैन: महासचिव भुसाल

नेपालअखबार, काठमाडौँ।नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले 'समाजवादी जागरण अभियान' ले उठाएका मुद्धाहरू राष्ट्रका मुद्धा भएको दाबी गर्नुभएको छ। गत असोज १४-२८ सम्म सम्पन्न ‘समाजवादी जागरण अभियान’ का क्रममा एकीकृत समाजवादीले उठाएका विषयहरू राष्ट्रका लागि अत्यन्तै महत्वप्रर्ण भएको दाबी गर्नुभएको हो। सोमबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा अभियानमा खटिएका स्वयंसेवकलाई आयोजना गरेको सम्मानार्थ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव भुसाले उक्त कुरा बताउनु भएको हो। महासचिव भुसालले भन्नुभयो, ‘पूर्व-पश्चिम राजमार्गलाई आधार बनाएर पार्टी विद्रोहपछि पहिलो पटक हामीले यस्तो महत्वपूर्ण अभियान सम्पन्न गरेका छौं। जसलाई कुनै पनि राजनीतिक दलहरू नकार्न सक्दैनन्। नेपाली जनता र देशको लागि हामीले उठाएका सवालहरू गम्भीर छन्। हामीले राष्ट्रका मुद्धा उठाएका छौं। जसको मूल्य निक्कैमाथि...