Saturday, September 19

विचार

जनताको समस्याप्रति सचेत छौँ : राष्ट्रियसभा बिधान सभाकाे सभापति राई
राजनीति, विचार, समाचार

जनताको समस्याप्रति सचेत छौँ : राष्ट्रियसभा बिधान सभाकाे सभापति राई

नेपालअखबार, काठमाडौँ । राष्ट्रियसभा  बिधान सभाकाे सभापति  जयन्तिदेवि राईले  जनताको समस्याप्रति सचेत भएकाे बताएकि छिन् ।  हामीकहाँ संसदीय अभ्यासको सस्थागत विकास भइसकेको छैन । नयाँ विषय सदनमा प्रवेश गर्यो भने प्रमुख प्रतिपक्षी दलले सदन चल्न नदिने परिपाटी पछिल्लो समय विकसित हुन थालेको छ । यसले गर्दा सदनमा आएका जनसरोकारका विषयलाई चाँडो सम्बोधन गर्न कठिन भइरहेको छ । एक वर्षका अभ्यासमा यो धेरै चल्यो सोही कारण विधेयक निर्माण ओझेलमा पर्यो । राष्ट्रियसभाको मुख्य दायित्व विधेयक बनाउने र पारित गर्ने नै हो । जनजीविका र राष्ट्रिय सवाललाई पनि उठाउनुपर्ने बाध्यता छ । समग्ररूपमा सोचेअनुरुप गर्न नसकिए पनि केही न केही काम त भएकै छ । तर सदन सञ्चालन प्रक्रिया ठीक ढङ्गले भइरहेको छैन । गर्नसक्ने कुरा धेरै गरिएको छैन तर, पनि काम हुँदै नभएको भने होइन । प्रतिनिधिसभाले भन्दा राष्ट्रियसभाले धेरै कानुन उत्पत्ति भए...
नेपाल र चीन नजिकका छिमेकी र विश्वासिला मित्र : प्रधानमन्त्री
राजनीति, विचार, समाचार

नेपाल र चीन नजिकका छिमेकी र विश्वासिला मित्र : प्रधानमन्त्री

नेपालअखबार, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड" ले नेपाल र चीन नजिकका छिमेकी र विश्वासिला मित्र भएको बताउनुभएको छ । चिनियाँ नयाँ वर्षको आज यहाँ उद्घाटन गर्दै उहाँले शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा हाम्रो सम्बन्ध प्रगाढ रहेकोे बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो,"हामीले असल मित्रका रुपमा एकअर्काको संवेदशनीलतालाई नजिकबाट बझेका छौँ । शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा हाम्रो सम्बन्ध रहिआएको छ ।" नेपाल एक चीन सिद्धान्तप्रति दृढ रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भन्नुभयो,"यससम्बन्धमा हाम्रो प्रतिबद्धता स्पष्ट र दृढ छ । आन्तरिक तथा बाह्य मामिलामा आएको परिवर्तनबाट हाम्रो प्रतिबद्धतामा कुनै हालतमा प्रभावित हुँदैन ।" आफ्नो चीन भ्रमणको बेला जारी भएको संयुक्त वक्तव्य स्मरण गर्दै प्रधानमन्त्रीले भन्नुभयो, "ताइवान चीनकै अभिन्न अङ्ग हो । ‘त...
स्वतन्त्रता, स्वाधिनता, राष्ट्रिय एकता, शान्ति, अग्रगति र समृद्धिका निम्ति हार्दिक शुभकामना :पूर्वप्रधानमन्त्री खनाल
राजनीति, विचार, समाचार

स्वतन्त्रता, स्वाधिनता, राष्ट्रिय एकता, शान्ति, अग्रगति र समृद्धिका निम्ति हार्दिक शुभकामना :पूर्वप्रधानमन्त्री खनाल

नेपालअखबार, काठमाडाैं । राष्ट्रिय एकता दिवसको अवसरमा हार्दिक शुभकामना पूर्वप्रधानमन्त्री सम्मानित नेता तथा विदेश विभाग प्रमुख नेकपा (एकीकृत समाजवादी)झलनाथ खनालले व्यत्त गरेका छन् । पूर्वप्रधानमन्त्री खनालले हाम्रो प्रिय मातृभूमि नेपाल राज्यका निर्माता तथा नेपाल एकिकरणका अभियन्ता श्री पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्ति तथा राष्ट्रिय एकता दिवसको ऐतिहासिक दिन हो । यस दिनको सुखद अवसरमा म देश र विदेशमा समेत रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरूमा स्वतन्त्रता, स्वाधिनता, राष्ट्रिय एकता, शान्ति, अग्रगति र समृद्धिका निम्ति हार्दिक शुभकामना व्यक्त गरेका छन्  । तत्कालिन राजा पृथ्वीनारायण शाहको नेतृत्वमा शुरु भएको राज्य विस्तारको प्रक्रियाले उपत्यका एकिकृत भएपछि नेपालको ऐतिहासिक एकिकरणको अभियानको रूप लिएको कुरा सर्वविदित कुरा हो । त्यहि क्रममा नेपालका पूर्व पश्चिम, हिमाल, पहाड र तराईम...
समृद्धिका निम्ति समाजवादी व्यवस्था आवश्यक छ: अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार

समृद्धिका निम्ति समाजवादी व्यवस्था आवश्यक छ: अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले समानता र समतामुलक समाज निर्माणका निम्ति समाजवाद आवश्यक रहेको बताउनु भएको छ। शुक्रबार पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन (समाजवादी) को तेस्रो वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले उक्त कुरा बताउनु भएको हो। संगठनका अध्यक्ष धनबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्रीसमेत रहनु भएका नेपालले भन्नुभयो, ‘समानता र समतामुलक समाज निर्माणका निम्ति समाजवादी व्यवस्था आवश्यक छ। देशलाई समृद्ध बनाउने हो भने, जनताको जीवनलाई समृद्ध बनाउने हो भने मुलुकमा समाजवादी व्यवस्था स्थापना गर्नुपर्छ। जसको कार्यभार हामीले बोकेर हिडि रहेका छौं। तपाईंहरूले पार्टीको यस कार्यभारलाई पूरा गर्नेगरी जनस्तरमा काम गर्नुहोस्।’ पर्ट...
इतिहास भइसकेको राजतन्त्र फर्किने कुनै सम्भव छैन: अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार

इतिहास भइसकेको राजतन्त्र फर्किने कुनै सम्भव छैन: अध्यक्ष नेपाल

नेपालअखबार, टीकापुर । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले इतिहास भइसकेको राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको बताएका छन् । टिकापुरमा नागरिक उन्मुक्ति पार्टीको महाधिवेशनमा बोल्दै नेपालले राजतन्त्र फर्काउन केही व्यक्तिले खुट्टा उचालिरहेको बताउँछदै त्यो सम्भव नभएको दाबी गरेका हुन् । ‘गणतन्त्रका विरुद्धमा, हराइसकेको, बितिसकेको कामै नलाग्ने अवस्थामा पुगेको संस्थाको विषयमा आवाज उठ्न थालेको छ ’ नेपालले भने, ‘केही मान्छेले खुट्टा उचालिरहेका छन् । राजतन्त्र इतिहास भइसकेको छ अब त्यो सम्भव छैन । ’ नेपालले फेरि दास बनाउने कुरा स्वीकार नहुने बताउदै बरू अहिलेकै व्यवस्थामा रहेर विकल्प खोज्न सकिने बताए । “एउटा पार्टी ठीक छैन भने अर्को आउँछ एउटा नेता ठीक छैन भने अर्को नेता आउँछ तर फेरि दास बनाउने कुरा स्वीकार्य हुदैन् ।’ उनले भने । नेपालले रेशम...
जस्तो सुकै हतकण्डा अपनाउने व्यक्तिको नाम हो केपी ओली: महासचिव घनश्याम भुसाल
राजनीति, विचार, समाचार

जस्तो सुकै हतकण्डा अपनाउने व्यक्तिको नाम हो केपी ओली: महासचिव घनश्याम भुसाल

नेपालअखबार, काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले एमाले अध्यक्ष केपी ओली आफ्नो स्वार्थका निम्ति जस्तो सुकै कार्य गर्ने नेता भएको टिप्पणी गर्नु भएको छ। बुधबार पार्टी निकट विद्यार्थी विशेष जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव भुसालले उक्त कुरा बताउनु भएको हो। सदस्यता विस्तार तथा अभिमुखिकरण कार्यक्रममा बोल्दै महासचिव भुसालले भन्नुभयो, ‘आफ्नो स्वार्थका लागि मर्न, मार्न, संसद विघटन गर्न, पार्टी विभाजन गर्न, सबै हथकण्डा अपनाउने प्रवृत्तिको नाम हो केपी ओली।’ उहाँले अगाडि भन्नुभयो, ‘गरिबको नाम धनबहादुर, निरिहको नाम बलबहादुर भए जस्तै आज एमालेको हालत यस्तै नाम मात्र छ। आज एमाले ओलीतिर गयो। ओलीको मनमौजी, स्वछन्दतामा एमाले चलिरहेको छ। ओली आफ्नो स्वार्थका निम्ति सबै जायज ठान्छन्।’ महासचिव भुसालले एमाले भित्र ज्ञान र चिन्तनको संस्कृति हराएको बताउनु भएको ...
प्रधानमन्त्री “प्रचण्ड” र सभामुख घिमिरेलाई ज्ञापन पत्र सभापति खानले बुझाए
राजनीति, विचार, समाचार

प्रधानमन्त्री “प्रचण्ड” र सभामुख घिमिरेलाई ज्ञापन पत्र सभापति खानले बुझाए

नेपालअखबार, काठमाडाैं । प्रधानमन्त्री "प्रचण्ड" र सभामुख घिमिरेलाई ज्ञापन पत्र सभापति खानले बुझाएका छन् । उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिका सभापति तथा जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष माननीय अब्दुल खानले  जनमत पार्टीले  राष्ट्रिय पोशाक दिवस मनाउन गएकाे त्रममा संघीय  सहित प्रतिनिधी सभा सदस्यहरुलाई अकारण प्रहरीले धरपकड गरी पक्राउ गरेको विषयमा दुख व्यत्त गर्दै सरकारकाे ध्यानाकर्षण गराएका छन् । सभापति खानले  स्वायम् तपाइलाई  नै यस्ताे विभेद प्रहरी प्रशासनकाे तर्फबाट भएकाे भए के हुन्थ्याे भनि प्रश्न गरेका थिए । मधेसी भएका कारण नै विभेद गर्न नहुने सभापति खानले भने छन् ।...
सम्झनामा जलेका यि अनन्त वेथा
विचार, साहित्य \कला

सम्झनामा जलेका यि अनन्त वेथा

कविता सम्झनामा जलेका यि अनन्त वेथा, बुजि दिने को छ र? ! विरहमा बगेका यि आशुका थोपा, रुजि दिने को छ र? ! अनन्त र अन्धा प्रेम गर्ने ,प्रेमी म उस्कै नाममा जीवन जिए। पराईकै आगनमा बाधिएको तिमी विरहका पिडन मेैले लिए। जब खुल्ला आखाले देखेका ति सपनाका घर जल्यो, तिम्रा स्मृतिमा बाच्ने यि हिर्दयमा आगोका ज्वाला बल्यो। तर अफसोस त्यो आगोमा म आफै जले रहयो त केवल अवशेष रहयो, अब त ति सम्झनाका अवशेश पनि आशु का थोपा सँगै बहयो। सन्जु आले , पाेखरा...
भारतीय दूतावासलाई २० करोड खर्च गर्न दिने सम्झौता राष्ट्रियता विरोधी : झलनाथ खनाल
राजनीति, विचार, समाचार

भारतीय दूतावासलाई २० करोड खर्च गर्न दिने सम्झौता राष्ट्रियता विरोधी : झलनाथ खनाल

नेपालअखबार, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपालस्थित भारतीय राजदूतावासलाई सोझै २० करोडका योजना लागू गर्न दिने सम्झौताको विरोध गरेका छन् । यो सम्झौता नेपाली जनताको सार्वभौमिकता र सार्वभौम अधिकार माथिको खेलवाड भएको पूर्वप्रधानमन्त्री खनालको ठहर छ । भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणको क्रममा बिहीबार काठमाडौंस्थित भारतीय दूतावासले सिधै २० करोडका योजनामा खर्च गर्न पाउने सम्झौता भएको थियो । त्यसप्रति असहमत खनालले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘विदेशी राजदूतावासलाई सोझै २० करोडका योजनाहरू लागू गर्न दिने अकल्पनीय राष्ट्रियता विरोधी सम्झौता गर्न पुगेको छ । यो लापरवाहीपूर्ण र राष्ट्रहित विरोधी सम्झौता मात्र होइन, यो नेपाल र नेपाली जनताको सार्वभौमिकता र सार्वभौम अधिकार माथि नै खेलबाड समेत हो । म यस सम्झौताको सम्पूर्ण देशभक्त ने...
मौलिक संस्कृतिको संरक्षणबाट सामाजिक एकता अभिवृद्धिका साथै राष्ट्रिय एकता थप बलियो बन्नेछ : अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार

मौलिक संस्कृतिको संरक्षणबाट सामाजिक एकता अभिवृद्धिका साथै राष्ट्रिय एकता थप बलियो बन्नेछ : अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सबै समुदायका मौलिक संस्कृतिको संरक्षणबाट सामाजिक एकता अभिवृद्धिका साथै राष्ट्रिय एकतालाई थप बलियो बनाउन सहयोग पुग्ने बताएका छन् । तमु ल्होसारका अवसरमा आज एक विज्ञप्ति जारी गर्दै पूर्वप्रधानमन्त्रीले विभिन्न जातजातिकाले परम्परागत रुपमा मनाउँदै आएका पर्वको जगेर्नाबाट नेपाली समाजलाई एकापसमा एकताबद्ध गरी  सुसंस्कृत समाज निर्माणमा सहयोग पुग्ने बताए । बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुकमा विभिन्न समुदायले आफ्ना मौलिक चाडपर्व संस्कृतिको संरक्षण गर्नुपर्नेमा उनले  विज्ञप्तिमा जोड दिएका छन् । स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि एवं प्रगतिको शुभकामना व्यक्त गर्दै अध्यक्ष नेपालले समाजमा विद्यमान सबै प्रकारका विभेद, विकृति र विसङ्गतिलाई अन्त्य गरी समतामूलक एवं सुसंस्कृत समाजको निर्...