Monday, June 22

विचार

निन्द्रा लागेन ? सुत्ने कोठाबाट हटाउनुस् यी ५ सामान
विचार, स्वास्थ्य, हाइलाइट-समाचार

निन्द्रा लागेन ? सुत्ने कोठाबाट हटाउनुस् यी ५ सामान

दिनभरी थकान र कामको व्यस्तता पछि हरेक मानिसलाई पर्याप्त निन्द्रा आवश्यक हुन्छ । तर गलेको शरीर लिएर ओच्छ्यानमा पुगेपनि कतिपय अवस्थामा राम्रोसं निन्द्रा पर्दैन । शारीरिक तथा मानसिक दुवै कारणले रातमा निन्द्रा पर्न ग्राहो हुन्छ । तर, यसका लागी वास्तुशास्त्रले भने केहि कारणलाई लाई दोषि मानेको छ । वास्तु अनुसार निन्द्रा नपर्नुको कारण मानिसका केहि गल्तीहरु हुन् । अर्थात हामीले सुत्ने ओच्छ्यान नजिकै राखिने केहि वस्तुहरुको कारणले हामीलाई निन्द्रा पर्दैन । १. जुत्ता–चप्पलअधिकाशं मानिस सुत्ने ओच्छ्यानसम्म रुम स्लिपर लगाउछन् । साथै केहिले अन्यत्र लगाउने जुत्ता–चप्पल पनि बेडरुमसम्मै पुर्याउँछन् । वास्तुअनुसार यसरी जुत्ताचप्पललाई ओच्छ्यानमा पुर्याउँदा यसले नकारात्मक उर्जा पैदा गर्छ र निन्द्रा पर्दैन । २. पानीको जग/गिलासकेहि मानिस राति उठ्दा तिर्खा लागेमा पानी चाहिने भन्दै सिरानी छेउमा पानीको जग वा...
तनावले झर्छ कपाल
विचार, स्वास्थ्य

तनावले झर्छ कपाल

वैज्ञानिहरुले तनावले किन कपाल झर्छ ? र किन यो पुरै सकिने बेलासम्म झर्छ भन्ने कुरा पत्ता लगाएका छन्। छालामा हुने स्टिम कोष हुन्छ। यो कोष तनावको कारणले नष्ट हुन्छ। जुन कोषले  छाला र कपालको रंगको नियन्त्रण गर्छ। यो पनि पत्ता लागेको छ कि तनावले कालो चम्किलो कपाल समेत  एक सातामै सेतो हुन्छ। अमेरिका र ब्राजिलका अनुसन्धानकर्ताहरुले  कपालको रंगले मान्छेको उमेर रोक्ने कुरा कमजोर झुट साविवत भइसकेको बताएका छन्। महिला तथा पुरुषहरु ३० वर्षदेखि नै फुल्न थालेको कुरा वीच–वीचमा फुल्ने सेतो कपालको रंगले नै संकेत गरिसकेको हुन्छ। यद्यपि यसले प्राकृतिक रुपमा बुढो हुनु भन्दा अघि नै जिनमा परिवर्तन ल्याइदिन्छ। यसको पछि तनावको भूमिका हुन्छ। तर वैज्ञानिकहरु तनावले कसरी कपाल र टाउकोमा असर गर्छ भन्ने कुरामा प्रष्ट थिएनन। साव पाउलो तथा हार्भड बिश्वबिद्यालयको नेचर जर्नलमा प्रकाशित यो अध्ययनले छालाको ...
भगिनी सम्बन्धले बेलायतमा बस्ने नेपालीकाे शिर उच्च बनायो (भिडियो सहित)
Uncategorized, विचार, विदेश, समाचार, हाइलाइट-समाचार

भगिनी सम्बन्धले बेलायतमा बस्ने नेपालीकाे शिर उच्च बनायो (भिडियो सहित)

गोरखा । गोरखा नगरपालिका र बेलायत स्थित रश्मोर बरो काउन्सिलबिच स्थापना भएको भगिनी सम्बन्धले भावनालाई उच्च बनाएको मेयर राजनराज पन्तले बताएका छन् । मंगलबार बेलायत स्थित लण्डन नेपाल न्यूजसंगको अन्तरवार्तामा पन्तले गोरखा र रश्मोरबिचको सम्बन्धले दुई देशबिचको भावनात्मक सम्बन्धलाई समेत उचाईमा पु¥याएको बताएका हुन् । देशभर रहेका ७ सय ५३ स्थानीय तहमध्ये गोरखा नगरपालिकासंग रश्मोर बरो काउन्सिलले भगिनी सम्बन्धका लागि प्रस्ताव गर्नु गौरबको बिषय रहेको भन्दै मेयर पन्तले यो सम्बन्धले दुर्व पक्षबिचको भावना प्रगाढ बन्ने बताए । आधुनिक नेपाल निर्माणको जग गोरखासंग रश्मोर काउन्सिलले स्थापना गरेको भगिनी सम्बन्धले बेलायतमा बस्ने गोर्खाली लगायत सारा नेपालीकै शिर उच्च भएको उनले बताए । त्यस्तै संसारभर नेपाललाई गोरखा भनेर चिनिने भएकाले यो सम्बन्धले बेलायतमा नेपालीले गरेको योगदानको समेत सम्मान भएको उनको तर्क छ...
माधव नेपाल, विष्णु पौडेलहरु निर्दोष भए गच्छादार कसरी दाेषी ? : कांग्रेस नेता सत्तार
राजनीति, विचार, हाइलाइट-समाचार

माधव नेपाल, विष्णु पौडेलहरु निर्दोष भए गच्छादार कसरी दाेषी ? : कांग्रेस नेता सत्तार

नेपाली कांग्रेसको आन्दोलन आफ्ना नेता बचाउन नभई भ्रष्ट्राचारीलाई कारबाहीका लागि भएको कांग्रेस नेता अब्दुल सत्तारले बताएका छन् । ललिता निवास जग्गा प्रकरणमा मुख्य दोषीलाई उन्मुक्ति दिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारको दुरुपयोग गरेको भन्दै उनले आक्रोश ब्यक्त गरे । ‘वालुवाटार जग्गा विवादमा हाम्रो आन्दोलन गच्छदारलाई बचाउन हुदैहोइन, हाम्रो माग त दोषीलाई उन्मुक्ति दिएको बिरोधमा हो’ सिभिलखबरसंगको कुराकानीमा नेता सत्तारले भने ‘एउटै केश र एउटै प्रकृयामा संलग्न हुने माधव नेपाल, विष्णु पौडेलहरु निर्दोष हुने अनि विजयकुमार गच्छादार कसरी भ्रष्ट्राचारी ? वालुवाटारमा ५० हजार रुपैयामा जग्गा खरिद गरेको देखाएर विष्णु पौडेलले सरकारलाई कर समेत छली गरेकाले उनलाई दोहोरो कारबाही गर्नुपर्ने उनको माग छ । ‘वालुवाटारमा ५० हजारमा जग्गा पाइन्छ ? सस्तो मुल्य राखेर विष्णु पौडेलले सरकारलाई कर छलेका छन्’ उ...
छाउपडि : गोठ भत्काउने कि प्रथा ?
धर्म/संस्कृति, विचार, हाइलाइट-समाचार

छाउपडि : गोठ भत्काउने कि प्रथा ?

उत्तम निरौला संचार माध्ययमा अहिले सुदुर पश्चिममा छाउपडिको गोठ भत्काउने कार्यमा सामाजिक संस्था र राजनीतिक दलको होडबाजि चलेको खबर छापिएका छन् । प्रदेश सरकार र नेपाल प्रहरी समेत छाउपडि गोठ भत्काउन लागि परेका तस्बिरहरु संचार माध्ययममा छापिएका छन् । एकजना उपल्लो महिला नेतृलाई फोन गरेर समय माँग्दा उनले समेत छाउगोठ भत्काउन जान लागेकाले फर्केपछि भेटौँ है भनेपनि छाउपडि जस्ता कुरीतिविरुद्ध लामो समय कार्य गरेका हिसाबले यस बिषयमा नलेखि रहन सकिन । महिनाबारी हुनु भनेको पाप हो र यो बेला महिला अछुत हुन्छन् भन्ने मानसिकताबाट छाउपडि प्रथा मानिदै आईएको छ । यो बेला महिला अपवित्र हुन्छन् भन्ने आम हिन्दु मानसिकता छ । त्यसैले महिनाबारी भएका समयमा महिलाले अरुलाई नछुने, घरमा अलग्गै कोठामा अछुत झै भएर बस्ने, घरको पानी, खाना लगायत अन्य सामग्री नछुने र धार्मिक कार्यमा सहभागि नहुँने सँस्कार छ । यो सँस्कार मे...
यसरी बच्न सकिन्छ कोरोना भाइरसबाट !
विचार, स्वास्थ्य, हाइलाइट-समाचार

यसरी बच्न सकिन्छ कोरोना भाइरसबाट !

चीनसहित १३ मुलुकमा कोरोना भाइरसको प्रकोप फैलिएको छ। यसबाट हालसम्म ८१ जनाको मृत्यु भएको छ। मृतकमध्ये ४ जना बाहेक सबै हुबेई प्रान्तका छन्, जहाँबाट यो भाइरस उत्पन्न भएको थियो। हालसम्म २७ सय जना यसबाट संक्रमित भएको चीनले पुष्टि गरेको छ। यद्यपि विज्ञहरुले यो संख्या करिब एक लाख हाराहारी हुनसक्ने चेतावनी दिइरहेका छन्। संयुक्त राष्ट्रसंघ अन्तर्गतको विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमण हुन नदिन तथा संक्रमण फैलिन नदिन विभिन्न उपाय अपनाउन आग्रह गरेको छ। यो रोगको अहिलेसम्म कुनै उपचार वा खोप पत्ता लागिसकेको छैन। विश्व स्वास्थ्य संगठनले दिएका सुझाव यसप्रकार छन्ः –स्पिरिट वा तातो पानी र साबुनले नियमित हात धुनुहोस्। –हाच्छ्युँ गर्दा वा खोक्दा रुमाल वा टिस्यु पेपरले मुख छोप्नुहोस् –ज्वरो र खोकी लागेका मानिससँग निकट सम्पर्क नराख्नुहोस् –ज्वरो, खोकी वा श्वासप्रश्वासमा समस्या देखिए त...
यस्तो छ माघे संक्रान्ति पर्वको धार्मिक महिमा
धर्म/संस्कृति, विचार

यस्तो छ माघे संक्रान्ति पर्वको धार्मिक महिमा

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटो हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशुली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ । तराईवासीले माघ १ लाई नहान अर्थात नुहाउने पर्वका रुपमा मनाउँछन् । वर्षभर ननुहाउने तराईवासीले आज भने अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन् । बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । धर्मसिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर...
कसरी बितेकाे थियाे पृथ्वी नारायण शाहको जीवनकाल ?
धर्म/संस्कृति, पर्यटन, विचार

कसरी बितेकाे थियाे पृथ्वी नारायण शाहको जीवनकाल ?

श्री ५ बडामहाराजाधिराज  पृथ्वी नारायण शाह नेपाल भित्रको सानो पहाडी राज्य गोरखाका राजा नरभुपाल शाह तथा रानी कौसल्यावतीका छोरा थिए । वि.सं. १७७९ मा यिनको जन्म भएको थियो । वि.सं. १७९९ मा बिस बर्षको उमेरमा पृथ्वी नारायण शाह गोरखाका राजा भएका थिए । पृथ्वीनारायण शाह (वि.सं.१७७९-१८३१) शाहबंशीय राजा थिए। स-साना राज्य रजौटामा बाँडिएको बाईसे तथा चौबिसे राज्यहरुलाई एकत्रित गरी एउटै देशको सृजना गर्ने यिनी आधुनिक नेपालको राष्ट्रनिर्माताको रूपमा चिनिन्छन्। यिनको सम्झनामा पुष २७ गते नेपालमा राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ। पृथ्वी नारायण शाह अगाडी पनि उपत्यकाका राजा यक्ष मल्ल पाल्पाका राजा मणीमकुन्द सेन तथा जुम्लाका राजा जितारी मल्लका पालमा एकीकरण भएको थियो तर एकीकृत नेपाललाई माथी उल्लेखित राजाहरूले लामो समय बचाइ राख्न सकेनन अथवा आफ्ना भाइ छोरा हरूमा आफ्नै जीवनकालका बाडेर गए । तर पृथ्वी ना...
ब्यक्ती हैन पार्टी बलियो बन्ने गुटबन्दी हुनुपर्छ ः काँग्रेस नेता सत्तार
राजनीति, विचार

ब्यक्ती हैन पार्टी बलियो बन्ने गुटबन्दी हुनुपर्छ ः काँग्रेस नेता सत्तार

नेपाली काँग्रेसका नेता अब्दुल सत्तारले पछिल्लो समय पार्टीभित्र देखिएको गुट उपगुटले कसैलाई फाइदा नपु¥याउने बताएका छन् । शिर्ष नेताहरु नै गुट–उपगुटमा विभाजित हुनुले कार्यकर्ता र जनतामाझ सकरात्मक सन्देश प्रवाह नभएको टिप्पणी गर्दै नेता सत्तारले यसले पार्टीलाई कमजोर बनाउनेमा चिन्ता ब्यक्त गरे । पार्टीका सभापतिलाई कमजोर बनाएर काँग्रेस बलियो बन्न नसक्ने उनको भनाई छ । ‘अहिले कम्युनिष्ट बहुमतको सरकार छ, यो बेला त काँग्रेसले सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्नु जरुरी छ’ सिभिलखबरसंगको कुराकानीमा उनले भने ‘पार्टीभित्रै आफु–आफुबिच लडेर, गुट बनाएर कसैलाई फाइदा गर्दैन, यसले पार्टीलाई कमजोर बनाउछ ।’ नेपाली काँग्रेसमा एकताको खाँचो रहेको औँल्याउदै सत्तारले पार्टीलाई बलियो बनाउने तर्फ नेताहरु गम्भिर हुनुपर्नेमा जोड दिए । ‘काँग्रेस गुटबन्दीले जकडिएको छ, गुटबन्दीले पार्टीलाई कमजोर बनाउछ, अवको गुटबन्दी...
प्रकाशकीय : सुशासन प्रवद्र्धन हाम्रो अठोट
विचार, हाइलाइट-समाचार

प्रकाशकीय : सुशासन प्रवद्र्धन हाम्रो अठोट

लोकतन्त्र, राष्ट्रियता, प्रेस र अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्दै निष्पक्ष ढंगबाट सत्य–तथ्य सूचना सम्प्रेषण गरी समाजलाई सुसुचित गर्नु हाम्रो प्रमुख दायित्व हो । त्यसका साथै हरेक क्षेत्र र निकायमा सुशासन वर्तमान अपरिहार्य आवस्यकता हो । सामाजिक उत्तरदायित्व, न्यायपूर्ण शासन प्रणाली, पारदर्शिता र जनसहभागिता सुशासनका आधारभुत सुचकहरु हुन् । आमनागरिकले शासन व्यवस्थामै आफ्नो प्रतिनिधित्व महसुस गर्ने भएकाले सुशासन लोकतन्त्रको एउटा सुन्दर पक्ष पनि मानिन्छ । जनताले आफ्नो अभिमत तथा चाहना सजिलै व्यक्त गर्न सक्ने तथा राज्य त्यसप्रति उत्तरदायी हुने हुँदा ‘सुशासन’ सामाजिक विकासको महत्वपूर्ण खम्बा पनि हो । लामो संघर्ष पश्चात देशले संघिय लोकतान्त्रिक गणतन्त्रको पाएको छ । सिंहदरबारलाई अब गाउँगाउँमा पु¥याईएको छ । राजनीतिक उपब्धि हाँसिल गरिसकेपछिको अबको चुनौति भनेको सुशासन युक्त सरकार र सभ्य समाजको निर...