मेरो देशको एक मुठी माटोको असाद्धै माया छ !
नवीन क्षेत्री
गोरखा नगरपालिका २ कोखे आहाले
भर्खरै मात्र भारतले नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी लाई समेटेर आफ्नो नया नक्सामा मज्जैले सजायको छ । यति खेर हिमाल पहाड तराई लगायत सम्पुर्ण ठाउमा बसोबास गर्ने नेपाली दाजुभाइ तथा दिदीबहिनीको रगत उम्लियको छ । हुन पनि किन नउम्लियोस त आफ्नै पल्ला घरे ठुला बा ले बारिको साध (सिमा) मिच्दा त खुन तातेर आउँछ भने यहाँ त आफ्नै देशको सिमानाको कुरो छ । दिन दिनै भारतिय बिस्तारबादको नारा लगाउदै Go back india भन्दै हजारौ युवा पुस्ता ,वृद्ध बृद्दा ,देखि सम्पुर्ण नेपाली आन्दोलन गरिरहेका छन ।
मुख्य त काठमाडौ केन्द्रीकृत गरि भारतिय दुताबास घेराउ गर्न दिन दिनै नेपाली युवा युबतिको ठुलै जमात देखिन्छ । भारतले आज मात्र हैन हाम्रो नेपालको माटो लाई गिद्दे नजर लगायको ,आज भन्दा कयौ अघि राजा महाराजा, पन्चेको पाला देखिनै हाम्रो नेपालको सिमा लाई आफ्नो पन्जामा पार्न हर दिन...
