कम्युनिस्ट पार्टी अब अगाडि बढ्न सक्दैन : भट्टराई
नेपालअखबार,काठमाडौँ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले कम्युनिस्ट पार्टी अब अगाडि बढ्न नसक्ने बताएका छन् । आइतबार राष्ट्रियसभा गृहमा प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा सभा कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले कम्युनिस्ट पार्टी अगाडि बढ्न नसकेकाले नै आफूले नयाँ वैकल्पिक अभियान सुरु गरेको जिकिर गरे ।
‘हामीले माओवादी छोडेर गएको होइन । माओवादीको कार्यभार पुरा गरेको हो । २००७ सालदेखि २०७२ साल सम्मको कार्यभार पुरा भएको हो । अब पार्टी र दल मात्र होइन राजनीतिकै पुनर्संरचना गर्नुपर्नेछ । यो पार्टीको योजना जेनजी पुस्ताको चेतनासँग सहकार्य गर्दै युवाले नेतृत्व गर्नुपर्छ । युवाले पनि काम गर्न सकेन भने पुरानै पार्टीतर्फ ढल्किने खतरा हुन्छ । दुई चार सिट जित्नका लागि हामीले नयाँ दोकान थाप्न खोजेका होइनौँ’, उनले भने ।
भट्टराईले कम्युनिस्ट पार्टीमा चोरी खाने ठग प्रवृत्ति हाबी भएको आरोप लगाए ।...










