Saturday, July 11

विदेश

गर्मीका कारण जर्मनीमा यो वर्ष पाँच हजार बढीको मृत्यु!
विदेश, समाचार, समाज

गर्मीका कारण जर्मनीमा यो वर्ष पाँच हजार बढीको मृत्यु!

नेपालअखबार, काठमाडौं । जर्मनीमा यस वर्ष अहिलेसम्म गर्मीका कारण अनुमानित ५,१२० जनाको मृत्यु भइसकेको छ। त्यसमध्ये अधिकांशको मृत्यु जुन महिनाको अन्त्यतिर भएको समाचार संस्था रोयटर्सले जनाएको छ। चिसो हावापानी भएको जर्मनीमा औसत तापक्रम २० डिग्री सेल्सियसभन्दा धेरै माथि पुगेको भनेर सार्वजनिक स्वास्थ्यका लागि रोबर्ट कोच इन्स्टिच्युटले बिहीबार बताएको छ। इन्स्टिच्युटले आफ्नो साप्ताहिक प्रतिवेदनमा जनाए अनुसार मृत्यु हुनेमध्ये करिब ४ हजार २७० जना ७५ वर्ष र सोभन्दा माथिका थिए। पुरुषको तुलनामा महिलाको बढी मृत्यु भएको छ। त्यसको मुख्य कारण वृद्ध जनसंख्यामा महिलाहरूको हिस्सा बढी हुनु हो। जर्मनीमा मात्रै नभएर युरोपभरि नै गर्मीका कारण भयावह स्थिति छ। युरोपेली संघ (इयु) को कोपरनिकस क्लाइमेट चेन्ज सर्भिसले बिहीबार एक बुलेटिन निकालेर पश्चिमी युरोपमा यस वर्षको जुन महिना इतिहासकै सबैभन्दा तातो र...
चीनको गान्सुमा पहिरो, कम्तीमा १६ जना पुरिए
विदेश, समाचार, हाइलाइट-समाचार

चीनको गान्सुमा पहिरो, कम्तीमा १६ जना पुरिए

नेपालअखबार, बेइजिङ । चीनको पश्चिमी प्रान्त गान्सुको पहाडी क्षेत्रमा गएको पहिरोपछि कम्तीमा १६ जना अझै पनि पुरिएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएको छ । सरकारी टेलिभिजन सीसीटीभीका अनुसार प्रारम्भमा ३३ जना पहिरोमा फसेका थिए । तीमध्ये १७ जनाको सफल उद्धार गरिएको छ भने बाँकी १६ जनाको खोजी तथा उद्धार कार्य तीव्र रूपमा जारी छ । चीनका राष्ट्रपति सिन जिनपिङले प्रभावितहरूको उद्धारका लागि सबै सम्भावित प्रयास गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । मंगलबार गएको उक्त पहिरोको कारण अझै खुलेको छैन । यद्यपि पछिल्ला केही दिनयता चीनका विभिन्न क्षेत्रमा भीषण वर्षा र आँधीका कारण प्राकृतिक विपद्का घटना बढिरहेका छन् । यसैबिच, सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार सोमबार राति मध्य चीनको हुबेई प्रान्तको पूर्वी क्षेत्रमा आएको भीषण आँधीका कारण कम्तीमा आठ जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन् ।...
गुआम पुग्यो सुपर टाइफुन ‘बाभी’ : २५० किलोमिटर प्रतिघण्टाभन्दा बढीको गतिको आँधी र वर्षा सुरु
विदेश, समाचार, समाज

गुआम पुग्यो सुपर टाइफुन ‘बाभी’ : २५० किलोमिटर प्रतिघण्टाभन्दा बढीको गतिको आँधी र वर्षा सुरु

नेपालअखबार,गुआम । सुपर टाइफुन ‘बाभी’ टापुमा ठोक्किएसँगै गुआम र उत्तरी मारियाना टापुहरूमा शक्तिशाली हावाहुरी र भारी वर्षा सुरु भएको छ। अमेरिकी राष्ट्रिय मौसम सेवा (एनडब्ल्यूएस) का अनुसार बाभीको पश्चिमी केन्द्र भाग (आई) प्रशान्त महासागरीय टापुहरूमाथिबाट अघि बढिरहेको छ। यस आँधीमा हावाको गति प्रतिघण्टा २९० किलोमिटर र झोक्काको गति प्रतिघण्टा ३५० किलोमिटरसम्म रहेको छ। मौसम सेवाले यो ‘अत्यन्तै खतरनाक’ आँधीका कारण ११ मिटरसम्म अग्ला छालहरू आउन सक्ने र यसले ‘विनाशकारी’ क्षति पुर्‍याउन सक्ने चेतावनी दिएको छ। पश्चिमी प्रशान्त महासागरीय क्षेत्र उष्णकटिबंधीय चक्रवातका लागि बढी संवेदनशील मानिन्छ। अमेरिकी टापुहरूका लागि यति धेरै शक्तिशाली आँधी आउनु असामान्य भए पनि जलवायु परिवर्तनका कारण यस्ता शक्तिशाली टाइफुनहरू आउने क्रम बढेको वैज्ञानिकहरूले बताएका छन्। यस क्षेत्रका बासिन्दाहरू सुपर टाइफुनको आगम...
भुइँचालो गएको झन्डै ४० घन्टापछि १८ दिनको बच्चा र आमाको जीवित उद्धार
विदेश, समाचार, समाज, हाइलाइट-समाचार

भुइँचालो गएको झन्डै ४० घन्टापछि १८ दिनको बच्चा र आमाको जीवित उद्धार

नेपालअखबार,काठमाडौँ ।  भेनेजुएलामा शक्तिशाली भुइँचालो गएको करिब ४० घन्टापछि १८ दिनका एक बालकलाई उनकी आमासहित जीवित उद्धार गरिएको छ। उद्धार गरिएकी आमाले नवजात छोराको मायाले आफूलाई जीवित राख्न मद्दत गरेको अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीलाई बताएकी छन्। 'मलाई मेरो छोरा (जुआन डेभिड) ले भग्नावशेषको बीचमा रातभर जाग्राम बस्न र सतर्क रहन प्रेरणा दियो,' आमा दयाना पातिनोलाई उद्धृत गर्दै बिबिसीले लेखेको छ, 'जबसम्म ऊ जीवित थियो, म पनि जीवित रहने थिएँ। ऊ अझै सास फेर्दैछ कि छैन भनेर थाहा पाउन म समय समयमा उसको नाक छुने गर्थेँ।' १८ वर्षको बालक र उनकी आमालाई भग्नावशेषबाट जीवित उद्धार गरिएको भिडिओ अहिले संसारभर भाइरल भइरहेको छ। यो भिडिओ सार्वजनिक भएपछि जुआन डेभिड अहिले भुइँचालोले तहसनहस पारेको भेनेजुएलामा आशाको प्रतीक बनेका छन्। बुधबार बिहान गएका ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भु...
भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या १५०० पुग्यो
विदेश, समाचार, समाज

भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या १५०० पुग्यो

नेपालअखबार,काठमाडौँ । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या १५ सय पुगेको छ। गत बुधबार ७.२ र ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या सोमबारसम्म १५ पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। अझै करिब ५० हजार मानिसको अवस्था अज्ञात रहेको बताइएको छ। त्यस्तै ३ हजार १५० जना घाइते भएका छन् भने १२ हजार ७२१ जना विस्थापित भएका छन्। साथै ७७४ वटा भवन पूर्ण रूपमा भत्किएका छन्। सबैभन्दा बढी प्रभावित तटीय राज्य ला ग्वाइरामा विदेशी उद्धार टोलीहरू समेत परिचालन गरिएका छन्। उद्धार अभियानका क्रममा आइतबार पनि केही व्यक्तिलाई जीवितै बाहिर निकालिएको छ। कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले उद्धार र पुनःस्थापना अभियान जारी रहको बताइन्। 'आज पनि केही मानिसलाई जीवितै उद्धार गरिएको छ, त्यसैले अभियान रोकिएको छैन। हामी सधैं आशा कायम राख्छौं,' उनले भनिन्। ...
भेनेजुएलाको राजधानीमा दुईचोटि गयो ७ म्याग्निच्युडभन्दा ठूलो भुइँचालो, व्यापक जनधन क्षतिको आशंका
विदेश, समाचार, समाज

भेनेजुएलाको राजधानीमा दुईचोटि गयो ७ म्याग्निच्युडभन्दा ठूलो भुइँचालो, व्यापक जनधन क्षतिको आशंका

नेपालअखबार,काठमाडौँ । भेनेजुएलाको राजधानी काराकासमा केही सेकेन्डको अन्तरालमा दुई शक्तिशाली भुइँचालो गएका छन्। पहिलो भुइँचालो ७.२ र दोस्रो ७.५ म्याग्निच्युडको थियो। भुइँचालोका कारण थुप्रै भवन भत्किएका छन्। त्रसित स्थानीयवासीहरू सडकमा निस्किएका छन्। भेनेजुएलाका आन्तरिक मामिला मन्त्रीले नागरिकहरूलाई घरबाहिर सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन्। भूकम्पबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको आशंका गरिएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार प्रभावित संख्या १० हजारभन्दा बढी पुग्ने सम्भावना ४४ प्रतिशत छ। स्थानीय समय अनुसार साँझ ६:०४ बजे भुइँचालो गएको हो। उक्त समयमा भेनेजुएलामा राष्ट्रिय बिदा परेकाले धेरै मानिस घरमै रहेको अनुमान गरिएको छ। भुइँचालोको केन्द्रबिन्दु काराकासको पश्चिममा रहेको मोन्टाल्बान क्षेत्र रहेको जनाइएको छ। यसको धक्का छिमेकी देश कोलम्बियाको राजधानी बोगोटासम्म...
जापानले जुलाईदेखि भिसा शुल्क पाँच गुणा वृद्धि गर्ने
विदेश, समाचार

जापानले जुलाईदेखि भिसा शुल्क पाँच गुणा वृद्धि गर्ने

नेपालअखबार, टाेकियाे । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क तीन हजार येनबाट पाँच गुणा बढाएर १५ हजार येन (लगभग ९० अमेरिकी डलर) पुर्याउने निर्णय गरेको छ । मुद्रास्फीति र येनको अवमूल्यनको बीचमा १९७८ पछि पहिलो पटक वृद्धि भएको उक्त निर्णयको घोषणा विदेशमन्त्री मोटेगी तोशिमित्सुले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा गरेका हुन् ।यसैगरी बहु–प्रवेश भिसाको जारी शुल्क छ हजार येनबाट बढेर ३० तीस हजार येन हुनेछ । “हामी यो कदमले आन्तरिक पर्यटनमा तत्काल प्रभाव पार्ने अपेक्षा गर्दैनौँ”, मोटेगीले भने ।...
मासु खान चोरिएका सयौँ बिरालोको उद्धार
विदेश, समाचार, समाज

मासु खान चोरिएका सयौँ बिरालोको उद्धार

नेपालअखबार, हो ची मिन्ह । भियतनाममा मासुका लागि वध गर्न लगिँदै गरेका ४०० भन्दा बढी बिरालोलाई प्रहरीले उद्धार गरेको छ । पशु कल्याणसम्बन्धी संस्था ह्युमेन वर्ल्ड फर एनिमल्सका अनुसार अधिकारीहरूले बिरालो चोरी गर्ने एक सङ्गठित गिरोहको पर्दाफास गरेका छन् । गएको हप्ता ताय निन्ह प्रान्त र हो ची मिन्ह सहरमा गरिएको छापामारीका क्रममा प्रहरीले ४०० भन्दा बढी जीवित बिरालो तथा बरफमा राखिएका करिब ८० मृत बिरालो फेला पारेको थियो । अर्को एक स्थानबाट थप २१ बिरालो पनि बरामद गरिएको थियो । यस घटनामा संलग्न रहेको आरोपमा नौ जनालाई पक्राउ गरिएको छ । हो ची मिन्ह सहर प्रहरीको आधिकारिक पत्रिकाका अनुसार उक्त समूह बिरालो चोरी र संकलनमा विशेषज्ञ आपराधिक गिरोहका रूपमा सक्रिय थियो । भियतनाममा कुकुर र बिरालोको मासु उपभोग कानुनी भए पनि व्यापारीहरूले जनावरको स्रोत पुष्टि गर्ने अनुमति पत्र राख्नुपर्छ । हो ची मिन्ह सहरमा ...
क्यालिफोर्नियामा अमेरिकी वायु सेनाको विमान दुर्घटना, ८ जनाको मृत्यु
दुर्घटना, विदेश, समाचार

क्यालिफोर्नियामा अमेरिकी वायु सेनाको विमान दुर्घटना, ८ जनाको मृत्यु

नेपालअखबार,  काठमाडौं । अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा वायु सेनाको विमान दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । एडवर्ड्स एयर फोर्स बेसबाट सोमबार बिहान उडान भरेलगत्तै विमान दुर्घटनामा परेको हो । ‘रूटिन टेस्ट मिशन’ रहेको बेला विमान दुर्घटनामा परेको बीबीसीले जनाएको छ । वायु सेनाका कर्णेल जेम्स हेजले विमान दुर्घटनामा सैनिक, सरकारी कर्मचारी र सरकारी ठेकेदार गरी आठ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । यसअघि एयर बेसले दुर्घटनामा परेको कोही पनि बच्ने सम्भावना नरहेको सुरुवाती संकेत मिलेको जनाएको थियो ।कर्णेल हेजले मृतकका परिवारलाई सूचना दिइएको र २४ घण्टा पछि मृतकको पहिचान सार्वजनिक गरिने बताएका छन् ।...
भारतीय वायुसेनाको विमान दुर्घटना
विदेश, समाचार, समाज

भारतीय वायुसेनाको विमान दुर्घटना

नेपालअखबार, काठमाडौं । भारतको असममा भारतीय वायु सेनाको मालवाहक विमान (ट्रान्सपोर्ट एयरक्राफ्ट) दुर्घटनामा परेको छ । असममा अवस्थित जोरहाट एयर फोर्स स्टेशनमा शनिबार वायु सेनाको एएन–३२ ट्रान्सपोर्ट एयरक्राफ्ट दुर्घटनामा परेको हो । वायु सेनाका प्रवक्ता विंग कमान्डर जयदीपलाई उद्धृत गर्दै बीबीसी हिन्दीले समाचारमा लेखेको छ, ‘जोरहाट एयर फोर्स स्टेशनमा एएन–३२ दुर्घटनाग्रस्त भएको छ । तर, अहिले घटनाको जानकारी लिइरहेका छौं ।’ दुर्घटनाबारे भारतीय वायु सेनाले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जोरहाटमा अवतरणका क्रममा विमान दुर्घटनामा परेको र कारण पता लगाउनका लागि ‘कोर्ट अफ इन्क्वायरी’ गठन गरिने बताएको छ ।अवतरणका क्रममा दुर्घटनामा परेको विमानमा आगो लागेको छ । दुर्घटनामा भएको हताहतीबारे जानकारी नआएको बीबीसीले जनाएको छ ।...