पूर्वी इन्डोनेसियाको भूकम्पमा परेर मर्नेको संख्या ५१ पुग्यो
नेपालअखबार,काठमाडौं । । पूर्वी इन्डोनेसियामा शनिबार बिहान गएको ७ दशमलव ७ म्याग्निच्युडको भूकम्पमा परेर हालसम्म ५१ जनाको मृत्यु भएको छ । भूकम्पपछि सडक अवरुद्ध हुनुका साथै पहिरो गएपछि करिब ५ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले बताएका छन् ।
शनिबार बिहान पूर्वी नुसा तेङ्गारा प्रान्तमा भूकम्प गएको थियो । यसमा अरु ३६ जना गम्भीर घाइते भएको र ७७ जनालाई सामान्य चोट लागेको बताइएको छ । भूकम्पपछि करिब ३४१ वटा परकम्प पनि गइसकेको छ ।
यो इन्डोनेसियामा आएको २०२२ यताकै शक्तिशाली भूकम्प हो । सबैभन्दा बढी प्रभावित सिक्का क्षेत्रमा ३ हजार ३०० भन्दा बढी मानिसले घर छाडेर खेलकुद मैदान वा अन्य खुला स्थानमा आश्रय लिन बाध्य भएका छन् ।
धेरै घर भत्किएकोले मानिसहरू पाल र त्रिपालमुनि रात बिताउन बाध्य भएका छन् । भूकम्पपछि गएको पहिरोले माउमेरेलगायतका क्षेत्रमा सडक अवरुद्ध गरेको थियो। उद्धारकर्मीह...









