Saturday, September 5

विदेश

सार्वजनिक यातायातमा गलत नियतले महिलालाई छुने पुरुषलाई एक दिन जेल
अपराध, विदेश, समाचार, समाज

सार्वजनिक यातायातमा गलत नियतले महिलालाई छुने पुरुषलाई एक दिन जेल

नेपालअखबार, काठमाडौँ । सार्वजनिक यातायातमा गलत नियतले महिलाका अङ्ग छोएको आरोपमा एक पुरुषलाई भारतको एउटा अदालतले एक दिनको जेल सजाय सुनाएको छ । मुम्बईको लोकल रेलमा महिलालाई गलत नियतले छोएको आरोपमा अदालतले एक जना पुरुषलाई एक दिनका लागि जेल सजाय तोकेको हो । भारतीय सञ्चारमाध्यमका अनुसार उक्त घटना १३ अगस्ट २०१९ मा भएको थियो । स्थानीय समयानुसार बिहान ९ः२४ बजेदेखि ९ः२८ बजेभित्र बान्द्रा रेलवे स्टेशनमा उक्त घटना भएको थियो । घटना भएको दिन पीडित महिला आफ्नो भाइसँग चर्चगेट फास्ट लोकल ट्रेनमा यात्रा गर्दै थिइन् । दादर रेलवे स्टेशनमा उत्रिनका लागि ढोका छेउमा उभिएको समयमा आरोपितले ती महिलाको अङ्गमा छोएका थिए । महिलाले विरोध गरेपछि ती पुरुषले माफी मागेको तर केहीबेरमा फेरि उनले त्यस्तै हरकत गरेका थिए । त्यसपछि आरोपितलाई ती महिला र उनका भाइले समातेर प्रहरीसमक्ष बुझाएर उजुरी गरेका थिए ।...
उत्तराखण्डमा सुरुङभित्र फसेका मजदुरको १७ औं दिनसम्म पनि भएन उद्धार
विदेश, समाचार, समाज

उत्तराखण्डमा सुरुङभित्र फसेका मजदुरको १७ औं दिनसम्म पनि भएन उद्धार

नेपालअखबार,काठमाडौं । भारतको उत्तराखण्डको सिलक्यारा सुरुङमा मजदुरहरु फसेको आज १७ औं दिन पुगिसक्दा पनि अझै उद्धार हुन सकेको छैन । मेसिनबाट उद्धारको काम प्रभावित भएपछि अहिले हातैले खनेर उद्धारको प्रयास भइरहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । सिलक्यारामा सुरुङ निर्माण खन्ने क्रममा १२ नोभेम्बरको दिन एक भाग भत्किएर त्यहाँ भित्र काम गरिरहेका ४१ जना मजदुर फसिरहेका छन् । उनीहरुलाई सानो पाइपको माध्यमबाट खाना, पानी र औषधि भने पठाइएको छ । उनीहरुलाई बाहिर निकाल्न ठाडो र तेर्सो खनेर पाइप घुसाउने काम भइरहेको छ । यसअघि मजदुरहरुलाई उद्धारका लागि जमिनभित्र पाइप पुर्याउन ओगर मेसिनले डि्रल गर्न सुरु गरिएको थियो । तर जमिन खन्ने मेसिन नै भाँचिएपछि उद्धारकार्य प्रभावित भएको थियो । भाँचिएको भाग काटेर निकालेपछि अहिले हातैले खनेर मान्छे छिर्ने पाइप सुरुङभित्र घुसाउने प्रयास भइरहेको छ । भारतीय मिड...
भारतमा चट्याङ लागेर १८ जनाको मृत्यु
विदेश, समाचार, समाज

भारतमा चट्याङ लागेर १८ जनाको मृत्यु

नेपालअखबार, अहमदावाद । भारतको पश्चिमी राज्य गुजरातमा आइतबार बेमौसमी भीषण आँधीसँगै परेको चट्याङका कारण कम्तीमा १८ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । जाडो याममा गुजरातमा यति ठूलो आँधीबेहरी आउने अपेक्षा गरिएको थिएन । भीषण वर्षाले धेरैलाई तर्साएको छ । भारतमा हरेक वर्ष बाढी र चट्याङका कारण दर्जनौँ मानिसको मृत्यु हुने गरेको भए तापनि वैज्ञानिकहरूले बढ्दो विश्वव्यापी तापक्रम वृद्धिले अकल्पनीय मौसमी घटनाहरू निम्त्याइरहेको बताएका छन् । भारी वर्षाका कारण कम्तीमा २० जनाको मृत्यु भएको र तीमध्ये १८ जना चट्याङका कारण मृत्यु भएको गुजरात राज्यका अधिकारीहरूले आइतबार एक विज्ञप्ति जारी गरी जानकारी दिएका छन् । वर्षा र चट्याङका कारण कम्तीमा ४० वटा जनावर पनि मारिएका छन् । गृहमन्त्री अमित शाहले सामाजिक सञ्जाल एक्समा एक पोस्ट लेख्दै मृत्युबाट आफू निकै दुःखी भएको बताएका छन् ।-(रासस/एएफप...
दिल्लीमा वायु स्वच्छताका लागि ४० वर्षदेखि सक्रिय छ सर्वोच्च अदालत
प्रशासन, विदेश, समाचार

दिल्लीमा वायु स्वच्छताका लागि ४० वर्षदेखि सक्रिय छ सर्वोच्च अदालत

नेपालअखबार, काठमाडाैं। हालैका वर्षहरुमा दिल्लीको प्रदूषण विश्वव्यापी रुपमा सञ्चार माध्यमको हेडलाइन बनिरहेको छ । खासमा वायु प्रदूषण दिल्लीका निम्ति नयाँ समस्या होइन । पुरानै समस्या भएकै कारण भारतको सर्वोच्च अदालतले पनि दिल्लीको जनजीवनलाई सहज बनाउनका लागि पटक पटक आदेश दिँदै आएको छ । यही महिना सर्वोच्च अदालतले वायु प्रदूषण नियन्त्रणका निम्ति तत्कालै प्रभावकारी कदम चाल्न सरकारलाई आदेश दिएको थियो । सरकारले प्रदूषण नियन्त्रणका निम्ति पञ्जाब र हरियानाका खेतहरुमा आगो नलगाउन निर्देशन दिएको र जोर बिजोर प्रणालीमा गाडी चलाउने योजना बनाएको भनी दिएको जवाफ अदालतले निरन्तर सुन्दै आएको छ । सरकारको योजना सुदेर वायु प्रदूषण कम गर्ने नीतिको पालना गराउला भन्ने प्रतीक्षामा सर्वोच्चले लामो समय बिताइसकेको छ । गत साता भने सर्वोच्चले सरकारका प्रतिनिधिलाई बोलाएर दिल्ली, हरियाना र पञ्जाब जोड्ने द्रुत रेलमार्ग स...
इटालीको टापुमा आप्रवासी डुङ्गा पल्टिँदा २ वर्षीय बालकको मृत्यु, ८ बेपत्ता
दुर्घटना, विदेश, विश्व, समाचार

इटालीको टापुमा आप्रवासी डुङ्गा पल्टिँदा २ वर्षीय बालकको मृत्यु, ८ बेपत्ता

नेपालअखबार, एजेन्सि। इटालीको लाम्पेडुसा टापु नजिकै एक आप्रवासी जहाज दुर्घटनामा एक दुई वर्षीय बालकको मृत्यु भएको छ भने अन्य ८ जना बेपत्ता भएका छन् । साथै ४२ जनाको उद्धार गरिएको छ । ५० भन्दा बढी आप्रवासी बोकेको डुङ्गा ट्युनिसियाको बन्दरगाह सहर स्फ्याक्सबाट गएको थियो । जहाजमा रहेका केही व्यक्ति पौडी खेलेर किनारमा पुग्न सफल भएका थिए भने अन्यलाई तटरक्षक र स्थानीय माछा मार्नेहरूले उद्धार गरेका थिए । बेपत्ता हुनेमा दुई साना बालबालिका पनि रहेका छन् । स्थानीय रिपोर्टका अनुसार डुङ्गाले आइभरी कोस्ट, बुर्किना फासो, गिनी–बिसाउ र मालीबाट आप्रवासीहरू बोकेको थियो । ८ सय भन्दा बढी मानिसहरू बोकेका ११ डुङ्गाहरू ल्याम्पेडुसामा अवतरण गरेका थिए । जसको आवास केन्द्रको क्षमता ४ सय भन्दा बढी छ । डुंगामा सवार आप्रवासीहरु सिरिया, इराक, इजिप्ट, मोरक्को, पाकिस्तान र बंगलादेशका नागरिक थिए । लाम्पेडुसा इटालीको दक्ष...
भारतको बेरोजगारी दर २ वर्ष यताकै उच्च बिन्दुमा
अर्थ, विदेश, समाचार

भारतको बेरोजगारी दर २ वर्ष यताकै उच्च बिन्दुमा

नेपालअखबार, नयाँ दिल्ली । भारतको बेरोजगारी दर २ वर्ष यताकै उच्च बिन्दुमा पुगेको छ । सेन्टर फर मोनिटरिङ इण्डियन इकोनोमीले जारी गरेको पछिल्लो तथ्यांकअनुसार भारतको बेरोजगारी दर दुई वर्ष यताकै उच्च बिन्दुमा पुगेको हो । भारतमा समग्र बेरोजगारी दर अक्टोबरमा बढेर १०.०५ प्रतिशत पुगेको छ । जुन सेप्टेम्बरमा ७.०९ प्रतिशतको तुलनामा उल्लेख्य वृद्धि हो । जुन सन् २०२१ को मे यताकै उच्चस्तर हो । ग्रामिण क्षेत्रहरु यसबाट बढी प्रभावित भएका छन् । अक्टोबरमा ग्रामिण बेरोजगारी दर १०.८२ प्रतिशतमा पुगेको छ । ५ वर्षमा कमजोर मनसुन वर्षा हुनु बेरोजगारीको एउटा प्रमुख कारण रहेको बताइएको छ । जसले कृषि उत्पादनमा कमी ल्याएको छ ।...
भारतमा रेल दुर्घटना, कम्तीमा १३ जनाको मृत्यु
दुर्घटना, विदेश, समाचार

भारतमा रेल दुर्घटना, कम्तीमा १३ जनाको मृत्यु

नेपालअखबार, काठमाडौँ । भारतको आन्ध्र प्रदेशमा रेल दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा ५० जनाभन्दा बढी घाइते भएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार आन्ध्र प्रदेशको विजयनगरमा आइतबार राति विशाखापट्टनम–पालासा यात्रुवाहक रेल र विशाखामट्टनम–रायगढा यात्रुवाहक रेल आपसमा ठोक्किएर दुर्घटना भएको हो । रेलमन्त्री अश्विनी वैष्णवका अनुसार उद्धार कार्य जारी छ । घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको उनले बताए । दुवै रेल एउटै लिकमा हिँडेका कारण दुर्घटना भएको बताइएको छ ।...
कात्तिक तेस्रो साता कतारी अमिर नेपाल आउने
राजनीति, विदेश, समाचार

कात्तिक तेस्रो साता कतारी अमिर नेपाल आउने

नेपालअखबार,  काठमाडौं । कतारी अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आउने भएका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार दुई दिने भ्रमणका क्रममा उनी कात्तिक २० गते नेपाल आइपुग्ने छन् । उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्ने तय भएपनि अरु भेट टुंगो लाग्न बाँकी छ ।
भारतको बिहारमा रेल दुर्घटना हुँदा ६ जनाको मृत्यु, १०० जना घाइते
दुर्घटना, विदेश, समाचार

भारतको बिहारमा रेल दुर्घटना हुँदा ६ जनाको मृत्यु, १०० जना घाइते

नेपालअखबार, काठमाडौं । भारतको बिहारमा रेल दुर्घटना भएको छ । बुधबार राति भएको दुर्घटनामा एक बालिकासहित ६ जनाको मृत्यु भएको र १०० जना घाइते भएको पुष्टि भएको छ । दिल्लीको आनन्द बिहारबाट कामाख्या जाँदै गरेको रेल स्थानीय समय अनुसार बुधबार राति ९ः५३ बजे दुर्घटना भएको थियो । भारतीय सञ्चार माध्यमहरुका अनुसार रेलका १२ वटा डिब्बा लिकबाट उछिटि्टएका छन् । यो दुर्घटनामा एक महिला, उनकी आठ वर्षीया छोरी र अन्य दुई युवाको मृत्यु भएको पुष्टि भएको बिहार प्रहरीले जनाएको छ । घाइतेहरुमध्ये केहीको अवस्था गम्भीर छ । उनीहरुको अस्पतालमा उपचार जारी छ । सकुशल रहेका यात्रुहरुलाई भने अर्को रेल पठाएर गन्तव्यसम्म पुर्‍याइएको थियो ।...
आमा र छोरीको एउटै प्रेमी, बिहेको कुरा निस्किएपछि निम्तियो संकट
विदेश, समाचार, समाज

आमा र छोरीको एउटै प्रेमी, बिहेको कुरा निस्किएपछि निम्तियो संकट

नेपालअखबार, एजेन्सि । भारतको उत्तर प्रदेश राज्यको गोरखपुरमा एउटा अनौठो घटना प्रकाशमा आएको छ । केही दिनअघि एक युवकले नावालिग किशोरीको हत्या गरे । घाँटी थिचेर हत्या गरेका उनले घटनालाई आत्महत्या देखाउनका लागि शवलाई झुण्ड्याइदिएका थिए । उत्तर प्रदेश प्रहरीका अनुसार १५ वर्षीय ती किशोरी र उनकी आमाको प्रेमी एकै व्यक्ति थिए । किशोरीले आफ्नी आमासँग पनि ती पुरुषको सम्बन्ध रहेको थाहा पाएपछि विवाहका लागि दबाब दिन थालिन् । प्रेमीले विवाहको प्रस्ताव अस्वीकार गरे । किशोरीले विवाहका लागि लगातार दबाब दिएपछि ती पुरुषले उनको हत्याको योजना बनाएर २६ सेप्टेम्बरका दिन घाँटी थिचेर हत्या गरेको प्रहरीको भनाइ छ । प्रहरीले सुनिल गौड नाम गरेका आरोपित पुरुष र उनको साथीलाई नियन्त्रणमा लिइसकेको छ । प्रहरीका अनुसार शव परीक्षणका क्रममा ती किशोरीको मृत्यु झुण्डिएर नभई घाँटी थिचेका कारण भएको खुलास...