Friday, September 4

विदेश

नाइजेरियामा बाढी, कम्तीमा ५०० जनाको मृत्यु
विदेश, समाचार

नाइजेरियामा बाढी, कम्तीमा ५०० जनाको मृत्यु

नेपालअखबार, एजेन्सि। नाइजेरियामा एक दशकमा आएको सबैभन्दा खराब बाढीमा परेर करिब ५०० जनाको मृत्यु भएको छ । वर्षा मौसममा आएको बाढीपहिरोमा अन्य १४ लाख मानिस आफ्नो घरबाट विस्थापित भएका छन् । प्रचुर वर्षा र कमजोर पूर्वाधारको कारणले गर्दा आएको बाढीले अफ्रिकाको सबैभन्दा धेरै जनसंख्या भएको देश स्पार्किनको ठूलो भागलाई असर गरेको छ । जारी संकटले  खाद्य असुरक्षा र मुद्रास्फीतिलाई अझ खराब बनाउने अनुमान गरिएको छ । नाइजेरियाको मानवीय मामिला मन्त्रालयले भनेको छ, ‘वर्षापछिको बाढीपहिरोको कारण १४ लाख मानिस विस्थापित भएका छन भने करिब ५०० व्यक्तिको मृत्यु भएको रिपोर्ट गरिएको छ । बाढी पहिरोमा । र १,५४६ व्यक्ति घाइते भएका छन ।’राष्ट्रिय आपत्कालीन व्यवस्थापन निकायका प्रवक्ता मान्जो इजेकिएलको भनाइ उदृत गर्दै एएफपीले उक्त जानकारी दिएको हो ।...
सभामुख सापकोटासँग चिनियाँ राजदूत होउले बिदाई भेट
विदेश, समाचार

सभामुख सापकोटासँग चिनियाँ राजदूत होउले बिदाई भेट

नेपालअखबार,२२ असोज, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बिदाई भेट गरेकी छन् । राजदूत यान्छीले शनिबार बिहान सभामुखसँग सभामुखको सरकारी निवास लैनचौरमा बिदाई भेट गरेकी हुन् ।भेटमा सभामुख सापकोटाले राजदूत होउको कार्यकालमा चीनबाट महत्वपूर्ण भ्रमणहरु भएको स्मरण गर्दै सफल रुपमा कार्यकाल सम्पन्न गरेको भन्दै बधाई दिए । सभामुख सापकोटाले राजदूत होउलाई नयाँ जिम्मेवारीको सफलताको शुभकामना व्यक्त गरेका थिए ।बिदाई भेटमा राजदूत होउ यान्छीले आफ्नो कार्यकालमा संघीय संसदबाट भएको सहयोगका लागि आभार प्रकट गरेकी थिइन् ।...
पाकिस्तानमा बाढीका कारण एक हजार ७ सयको मृत्यु, २० लाख घर ध्वस्त
विदेश, समाचार

पाकिस्तानमा बाढीका कारण एक हजार ७ सयको मृत्यु, २० लाख घर ध्वस्त

नेपालअखबार, एजेन्सि। पाकिस्तानमा यस वर्षको मनसुनी वर्षा र बाढीका कारण मृत्यु हुनेको संख्या एक हजार सात सय पुगेको छ। यस प्रकोपको कारण पाकिस्तानमा १२ हजार आठ सय ६७ घाइते भएका राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडिएमए) ले बिहीबार राति जनाएको छ। एनडिएमएले जारी गरेको प्रतिवेदनअनुसार देशमा छुट्टाछुट्टै वर्षा वा बाढीजन्य दुर्घटनामा ज्यान गुमाउनेमा छ सय ३२ बालबालिका र तीन सय ४० महिला छन्। देशको दक्षिणी सिन्ध प्रान्त सबैभन्दा बढी प्रभावित क्षेत्र हो। यहाँ सात सय ६३ व्यक्तिको मृत्यु भएको छ। त्यसपछि दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा तीन सय ३६ जनाको मृत्यु भएको छ। उत्तरपश्चिम खैबर पख्तुनख्वा र पूर्वी पञ्जाब प्रान्तमा क्रमशः तीन सय आठ र दुई सय २१ जनाको मृत्यु भएको छ। वर्षाका कारण देशभर २० लाख ४८ हजार  सात ८९ घर ध्वस्त भएका छन् भने एक लाख ६३ हजार दुई सय ३७ गाईवस्तु मर्ने अनुमान गरिएक...
आज अमेरिकी सहायक विदेशमन्त्री ट्रडो  नेपाल आउँदै
राजनीति, विदेश, समाचार

आज अमेरिकी सहायक विदेशमन्त्री ट्रडो नेपाल आउँदै

नेपालअखबार, एजेन्सि । अमेरिकी उच्च अधिकारीहरुले नेपाल भ्रमण गर्ने शिलशिला पछिल्लो समय बढेको छ । यसै क्रममा अमेरिकी कार्यवाहक सहायक विदेशमन्त्री एलिजावेथ केनेडी ट्रडो आज  नेपाल भ्रमणमा आउँदै छिन् । उनी विश्वव्यापी सार्वजनिक मामिला हेर्ने सहायक विदेशमन्त्री हुन् । चीनको नेशनल पिपुल्स कंग्रेसका स्थायी समिति अध्यक्ष ली चान्सु नेपाल भ्रमण सकेर फर्किएलगत्तै अमेरिकी सहायक विदेशमन्त्री ट्रडो नेपाल भ्रमणमा आउनुलाई अर्थपूर्ण मानिएको छ । अमेरिकी विदेशी मन्त्रालयले विज्ञप्ति जारी गर्दै ‘हाल विभिन्न देशमा फैलिरहेको मिथ्या सूचना भ्रम चिर्न र लोकतान्त्रिक सञ्चारको भूमिका विषय अन्तरक्रियाका लागि ट्रडो नेपाल आउन लागेको’ उल्लेख गरेको छ । नेपालमा रहँदा ट्रडोले राजनीतिक दलका शीर्ष नेता र विभिन्न व्यक्तिसँग अन्तक्र्रिया गर्ने कार्यक्रम छ । नेपालमा मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास भएपछि अमेरिक...
मध्य जापानमा टालास आँधीका कारण २ जनाको मृत्यु
विदेश, समाचार

मध्य जापानमा टालास आँधीका कारण २ जनाको मृत्यु

नेपालअखबार, एजेन्सि। जापानको शिजुओका प्रिफेक्चरमा शनिबार भारी वर्षासँगै आएको आँधी टालासका कारण दुई जनाको मृत्यु भएको छ भने हजारौँ घरपरिवार विहीन भएका छन् । धेरै ठाउँमा विद्युत्  विच्छेद भएका छन् । काकेगावा, शिजुओका प्रिफेक्चरमा आफ्नो घर पहिरोमा परेर ४० वर्षका एक व्यक्तिको मृत्यु भएको छ भने अर्का २९ वर्षीय पुरुष आफ्नो कार जलाशयमा खसेपछि मृत अवस्थामा फेला परेको क्योडो न्यूजले उल्लेख गरेको छ । शिजुओका प्रिफेक्चरको हमामात्सुमा पनि छुट्टै पहिरोमा परी नौ वर्षीय बालकसहित तीन जनालाई सामान्य चोटपटक लागेको स्थानीय प्रसारक एनएचकेले जनाएको छ । जापानी आपूर्तिकर्ता चुबु इलेक्ट्रिक पावर ग्रिडका अनुसार करिब एक लाख २० हजार घरधुरीमा बिजुली अवरुद्ध भएको र पहिरोले दुईवटा बिजुलीका खम्बा लडाएको छ । ।  एजेन्सीले टोकियोसहित मध्य, पूर्वी र उत्तरी जापानमा उच्च छाल, भारी वर्षा, पहिरो र बाढीको बारेमा चेतावनी जा...
दिल्लीको सडक किनारामा सुतिरहेका मानिसमाथि चढ्यो ट्रक, चारको मृत्यु
दुर्घटना, विदेश, समाचार

दिल्लीको सडक किनारामा सुतिरहेका मानिसमाथि चढ्यो ट्रक, चारको मृत्यु

नेपालअखबार, एजेन्सि। एक अज्ञात तीब्र गतिको ट्रकले दिल्लीमा अबेर राती स्थानीय समयानुसार १ बजेर ५१ मिनेटमा डिभाइडरमा सुतिरहेका चारजनालाई किचेको छ ।यो दुर्घटनामा चारजनाको मृत्यु हुनुका साथै दुई अन्य गम्भीर रुपमा घाइते भएका छन् । ट्रकको ठक्करपछि दुईजनाको घटनास्थलमा नै मृत्यु भएको हो भने अन्य दुईको उपचारको क्रममा मृत्यु भएको हो ।तीब्र गतिको ट्रक दिल्लीको सीमापुरीको डिटिसी डिपोट रेड लाइटलाई पार गर्ने कोसिस गरिरहेका बेला दुर्घटना भएको प्रहरीले जनाएको छ ।  ...
एकीकृत समाजवादी प्रवासी नेपाली एकता मञ्च अमेरिकाको अधिवेशन सम्पन्न
राजनीति, विदेश, समाचार

एकीकृत समाजवादी प्रवासी नेपाली एकता मञ्च अमेरिकाको अधिवेशन सम्पन्न

नेपालअखबार, काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)ले प्रवासमा आफ्नो संगठनलाई बिस्तार गर्दै लगेको छ । यसै क्रममा एकीकृत समाजवादीको प्रवासको संगठन प्रवासी नेपाली एकता मञ्च अमेरिकाको प्रथम अधिवेशन अमेरिकास्थित न्युयोर्कमा सम्पन्न भएको छ। अधिवेशनलाई पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अनलाइन जुममार्फत सम्बोधन गरेका थिए । अधिवेशनले शंकर पन्तको अध्यक्षतामा २५ सदस्यीय अमेरिका राष्ट्रिय कमिटी सर्वसम्मत गठन गरेको हो। कमिटीको वरिष्ठ उपाध्यक्ष बनिता कतिला र क्षेत्रीय संयोजकहरूमा क्रमशः दक्षिण पश्चिम उद्धव खनाल, डिसी मेट्रो टंक कुँवर, मध्यपश्चिम सरस्वती मुखिया, उत्तरपूर्व सोमेन्द्र रन्जित रहेका छन् । त्यसैगरी अधिवेशनले महासचिवमा युवराज खनाल, सचिवमा कृष्ण पौडेल, कोषाध्यक्षमा शुसिला पौडेललाई सर्वसम्मत चयन गरेको छ । त्यसैगरी सदस्यहरूमा शम्भु कटुवाल ,खगराज पौडेल, डा प्र...
एक महिनामा युएईमा २४ जना नेपालीको मृत्यु
विदेश, समाचार

एक महिनामा युएईमा २४ जना नेपालीको मृत्यु

नेपालअखबार । एक महिनाको अवधिमा युनाइटेड अरब इमिरेट्स (युएई)मा २४ जना नेपालीको मृत्यु भएको छ । गत साउन महिनामा उनीहरुको मृत्यु भएको युएई स्थित नेपाली दूतावासले जनाएको छ ।  मृत्यु हुनेहरु वैदेशिक रोजगारीको सिलसिलामा युएई जानेहरू हुन् । गत आर्थिक वर्ष २०७८/७९ मा वैदेशिक रोजगारीको सिलसिलामा युएई गएकामध्ये १७४ जनाले ज्यान गुमाएका थिए । ज्यान गुमाउनेमध्ये १६७ जनाको शव नेपाल ल्याइएको थियो भने ७ जनाको अन्तिम संस्कार युएईमा नै गरिएको थियो । गत आर्थिक वर्ष युएईमा मृत्यु भएकाको परिवारलाई सम्बन्धित कम्पनीले क्षतिपूर्ति स्वरुप ३२ लाख ७५ हजार ७६३ युएई दिराम प्रदान गरेका थिए ।...
बङ्गलादेश सडक दुर्घटना : नौ जनाको मृत्यु, त्रिसट्ठी घाइते
दुर्घटना, विदेश, समाचार

बङ्गलादेश सडक दुर्घटना : नौ जनाको मृत्यु, त्रिसट्ठी घाइते

नेपालअखबार, एजेन्सि। बङ्गलादेशको राजधानी ढाकाबाट तीन सय चार किलोमिटर उत्तरपश्चिममा अवस्थित रङपुर जिल्लामा सोमबार अपराह्न भएको सवारी दुर्घटनामा परी नौ जनाको मृत्यु भएको छ भने अन्य ६३ जना घाइते भएका छन् । यात्रुबाहक दुईवटा बस एकआपसमा ठोक्किँदा उक्त हताहति भएको हो । घटनास्थलमा पाँच जनाको ज्यान गएको रङपुर जिल्लाको तारापुञ्ज क्षेत्रका उपप्रमुख मोहम्मद रसेलले बताए । अन्य चार जनाको उपचारको क्रममा अस्पतालमा निधन भएको हो । दुर्घटनामा केही यात्री गम्भीर घाइते भएका छन् । उनीहरूको स्थानीय अस्पताल र स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको पनि उनले बताएका छन् ।  ...
९ सेकेण्डमा ढले भारत नोयडाका ट्वीन टावर
विदेश, समाचार

९ सेकेण्डमा ढले भारत नोयडाका ट्वीन टावर

नेपालअखबार,एजेन्सि। भारतको नोयडामा कानुन विपरीत निर्माण गरिएका दुईवटा टावर (अग्ला भवन) सुरक्षित रुपमा भत्काइएको छ । सुपरटेक बिल्डरले निर्माण गरेका यी टावर एपेक्स र केयन नामबाट चिनिएका थिए । टावर भत्काउन ३ हजार ७ सय किलो विस्फोटक पदार्थ प्रयोग गरिएको छ । भवन भत्केपछि धुलो उड्ने भएकाले आसपासका ठाउँ खालि गरिएको थियो । आसपासको सडक पनि बन्द गरिएको थियो । सुपरटेकले भवन आचारसंहिताको गम्भीर उल्लंघन गरेको भन्दै भारतको सर्वोच्च अदालतले टावर भत्काउन आदेश दिएको थियो । भवन भत्काउन र भत्काएपछिको सफाइमा लाग्ने सबै खर्च कम्पनीले व्यहोरेको छ ।...