Thursday, September 3

विदेश

२५ विद्यार्थीलाई विष खुवाउने चिनियाँ शिक्षिकाले पाइन् मृत्युदण्डको सजाय
विदेश, समाचार

२५ विद्यार्थीलाई विष खुवाउने चिनियाँ शिक्षिकाले पाइन् मृत्युदण्डको सजाय

नेपालअखबार,एजेन्सि। नर्सरी कक्षामा पढ्ने २५ विद्यार्थीलाई विष खुवाएको आरोपमा चीनका एक शिक्षिकालाई मृत्युदण्डको सजाय दिइएको छ। गतवर्ष विष खुवाइएका २५ मध्ये एक विद्यार्थीको मृत्यु भएको थियो। शिक्षिका वाङ युन लाई गतवर्ष नै प्रहरीले पक्राउ गरेको थियो। अदालतका अनुसार वाङले जिआओजाओ शहरको किन्डरगार्टेनमा विद्यार्थीहरुलाई बिहानको खाजामा सोडियम नाइट्रेड मिसाएर दिएका थिए। सँगै कामगर्ने सहकर्मीसँग मनमुटाब भएपछि वाङले बदला लिन ती सहकर्मीका विद्यार्थीको खाजामा विष हालिदिएको बताइएको छ। एजेन्सी...
टिकटक प्रतिबन्ध गर्न ट्रम्पको आदेशमाथि अमेरिकी अदालतको रोक
प्रविधि, विदेश, समाचार

टिकटक प्रतिबन्ध गर्न ट्रम्पको आदेशमाथि अमेरिकी अदालतको रोक

नेपाल अखबार, एजेन्सि। अमेरिकामा एक न्यायाधिसले चीनको भिडियो सेयरिङ एप टिकटकबारे ट्रम्प प्रशासनको आदेशमाथि रोक लगाएको छ । ट्रम्पको आदेशपछि टिकटकको नयाँ डाउनलोडमाथि प्रतिबन्ध लगाइएको थियो । यो प्रतिबन्ध लागू हुने केही घण्टा पहिले वासिङ्टनका एक ‘डिस्ट्रिक्ट जज’ ले टिकटकको मालिक कम्पनी बाइटडान्सको अनुरोधमा अस्थायी रोक लगाउने आदेश जारी गरे । न्यायाधीशले आदेश जारी गर्नुको कुनै कारण बताएनन् तर यसबारे पछि निर्णय दिने जानकारी दिए । सुनुवाईको क्रममा बाइटडान्सका वकिलले प्रतिबन्धलाई अतार्किक बताउँदै भने, ‘आज रातीदेखि यो प्रतिबन्ध लागू गर्नुको अर्थ के हो जबकि यसमाथि अहिले पनि छलफल जारी छ ।’ अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले टिकटक राष्ट्रिय सुरक्षाका लागि खतरा बताउँदै त्यसमाथि प्रतिबन्ध लगाउन आदेश जारी गरेका थिए । कम्पनीले यो आरोप खण्डन गर्छ । टिकटकलाई बाइटडान्स नामको कम्पनीले सन् २०१७ मा लञ्च गरेको थि...
चर्चित भारतीय टेलिश्रृङ्खला ‘बालिका बधु’ का निर्देशक ठेलामा तरकारी बेच्दै
मनोरञ्जन, विदेश, समाचार

चर्चित भारतीय टेलिश्रृङ्खला ‘बालिका बधु’ का निर्देशक ठेलामा तरकारी बेच्दै

नेपालअखबार, एजेन्सि। कोरोनाभाइरसको कहर संसारभरी फैलिएको छ । यो महामारीका कारण लाखौं मानिसहरुको गाँस–बाँस–कपासमा संकट निम्तिएको छ । यसले कुनै क्षेत्र, व्यवसाय, जाती, वर्गलाई नछोएको भन्ने नै छैन । छिमेकी देश भारतको कुरा गर्नुपर्दा फिल्म र टिभी इन्डष्ट्रिलाई पनि कोरोना महामारीले असाध्यै धेरै प्रभावित पारेको छ । यो क्षेत्रसँग जोडिएका थुप्रै मानिसहरुको अगाडि आर्थिक संकट उत्पन्न भएको छ । थुप्रै टिभी सिरियल र फिल्मलाई निर्देशन गर्ने निर्देशक रामवृक्ष गौड ठेलामा तरकारी बेच्न बाध्य भएका छन् । निर्देशक रामवृक्ष हाल उत्तर प्रदेशको आजमगढमा आफ्नो घरमा छन् । रामवृक्षले आफ्नो परिवारको पेट पाल्नका लागि यस्तो काम गरिरहेको भारतीय सञ्चार माध्यमले बताएका छन् । निर्देशक रामवृक्ष गौडले रियल लाइफ र रिल लाइफ नितान्त रुपमा फरक हुने भारतीय सञ्चार माध्यमलाई बताएका छन् । उनी आफ्ना सन्तानलाई परीक्षा दिलाउनका लागि गृह ...
भारतका पूर्व रक्षामन्त्रीको निधन
विदेश, समाचार

भारतका पूर्व रक्षामन्त्रीको निधन

नेपाल अखबार, एजेन्सि। भारतका पूर्व केन्द्रीय मन्त्री जसवन्त सिंहको निधन भएको छ । उनी लामो समयदेखि बिरामी थिए । भाजपाका संस्थापक सदस्यसमेत रहेका जसवन्त सिंह ८२ वर्षका थिए । राजस्थानको बाडमेरका जसवन्त सिंहले विदेश र रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । उनी भारतीय सेनाका मेजर पनि थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गरेको उनको मृत्युमा गहिरो शोक व्यक्त गरेका छन् । मोदीले ट्वीटमा भने, ‘जसवन्त सिंहले हाम्रो राष्ट्रलाई पूरा लगनका साथ सेवा गरे, सुरुमा उनले सैनिकको रुपमा पछि राजनीतिसँग जोडिएर । अटलजीको सरकारमा असाध्यै महत्वपूर्ण विभाग सम्हाले र आर्थिक, रक्षा एवं विदेश मामिलामा संसारसामू एक बलियो छाप छोडे । उनको निधनले दुःखी छु ।’ त्यसपछि उनले अर्को ट्वीट गरे, जसमा उनले लेखे, ‘जसवन्त सिंहजीलाई उनको राजनीतिक र समाजिक मुद्दा मामिलामा अनौठो दृष्टिकोणका लागि स्मरण गरिनेछ । उनले बिज...
अनिल अम्बानीको बयानः ‘गहना बेचेर तिरेँ वकिलको शुल्क’
विदेश, समाचार

अनिल अम्बानीको बयानः ‘गहना बेचेर तिरेँ वकिलको शुल्क’

नेपाल अखबार, एजेन्सि। ऋणको बोझले थिचिएका रिलायन्स ग्रुपका अध्यक्ष अनिल अम्बानीले शुक्रबार लण्डन अदालतसमक्ष आफूले साझा जीवन बिताइरहेको जानकारी दिए । उनले आफूसँग एउटा मात्रै का र भएको र गहना बेचेर वकिलको शुल्क तिरिरहेको पनि बताए । चीनका तीन सरकारी बैंकसँग ऋण लिएको मामिलामा अनिल अम्बानीले पहिलो पटक भिडियो कन्फरेन्सिङमार्फत् लण्डनको उच्च अदालतमा पेश भएका थिए । ९.९ करोड भारुको गहना बेचेः अनिल अम्बानीले सन् २०२० को जनवरीदेखि जूनसम्म गहना बेचेर उनले ९.९ करोड भारु जुटाएका छन् । अब उनीसँग आफ्नो केही पनि छैन । कारको लाइनको प्रश्नमा अनिल अम्बानीले यसलाई मिडियाको आधारहीन खबर बताए । उनले भने, ‘मसँग कहिले पनि रोल्स रोयस कार थिएन । अहिलेको समयमा मसँग एउटा कारमात्रै छ । अब परिवारले नै मेरो सबै खर्च उठाइरहेका छन् ।’ अदालतमा आमा र छोराबाट लिएको ऋणबारे सोधियो प्रश्नः शुक्रबार सुनुवाईको क्रममा अदालतले विलासी ...
कोरोनाको कारण गायक एसपी बालासुब्रमण्यमको निधन
मनोरञ्जन, विदेश, समाचार, स्वास्थ्य

कोरोनाको कारण गायक एसपी बालासुब्रमण्यमको निधन

नेपाल अखबार, मुम्बई । दक्षिण भारतीय तथा हिन्दी फिल्मका चर्चित गायक एसपी बालासुब्रमण्यमको निधन भएको छ । ७४ वर्षीय बालासुब्रमण्यमले चेन्नइको एक अस्पतालमा अन्तिम श्वास फेरेका हुन् । कोरोना संक्रमित बालासुब्रमण्यमलाई गत ५ अगस्टमा अस्पताल भर्ना गरिएको थियो । उनको शुक्रबार १ बजेर ४ मिनेटमा निधन भएको भारतीय संचार माध्यमले जनाएका छन् । दक्षिण भारतीय फिल्ममा पहिचान बनाएपछि बालासुब्रमण्यमले १९८१मा हिन्दी फिल्मका गीत गायन सुरु गरेका थिए । कमल हसन अभिनित ‘एक दुजेके लिए’   फिल्मको ‘तेरे मेरे बीचमे’ बोलको गीतबाट उनले बलिउड गायन करियर सुरु गरेका थिए । यो फिल्मको गीतबाट उनलाई नेशनल अवार्ड समेत मिलेको थियो । यसपछि उनले कयौ राम्रा गीतहरु हिन्दी फिल्मका लागि दिएका छन् । दक्षिण भारतमा जन्मिएका बालासुब्रमण्यम धेरै भाषामा समेत गीत गाउथे । तर गीत गाउने प्रेरणा आफुलाई हिन्दी गीतबाट मिलेको बताउदै आएका थिए । हिन्दी...
शुक्रबार भारतमा चक्काजाम
विदेश, समाचार

शुक्रबार भारतमा चक्काजाम

नेपाल अखबार, एजेन्सि। भारतको संसदको दुबै सदनबाट पारित कृषि विधेयकविरुद्ध शुक्रबार किसान संगठनले भारतभरी चक्काजामको आह्वान गरेका छन् । सरकारले यी विधेयकलाई किसानको हितैषी बताउँदै यसले किसानको आय बढ्ने र बजार उनको उत्पादनका लागि खुल्ने जानकारी दिएको छ । यस्तै किसान संगठनले यो विधेयक कृषि क्षेत्रलाई व्यापारीको हातमा सुम्पिने कोसिसको हिस्सा भएको बताएको छ । यी विधेयकविरुद्ध सबैभन्दा व्यापक प्रदर्शन पंजाब र हरियाणामा भइरहेको छ । पंजाबमा त बिहिबार नै रेल रोक भन्ने अभियान चलाइएको छ । किसान संगठनका अनुसार शुक्रबार पूरा देशभरी यी विधेयकविरुद्ध प्रदर्शन हुनेछ । भारतीय किसान युनियन (बिकेयू) ले उत्तर प्रदेशमा शुक्रबार चक्का जाम गर्ने तयारी गरिरहेको छ । बिकेयूसँग सम्बन्धित किसान नेता धर्मेन्द्र सिंहले पश्चिमी उत्तर प्रदेशका सबै जिल्लामा शुक्रबार बिहान १० बजेदेखि बेलुका चार बजेसम्म चक्का जाम गरिने जानकार...
भारतमा बच्चाको लिङ्ग थाहा पाउन एक पुरुषले पत्नीको पेट चिरिदिए!
विदेश, समाचार

भारतमा बच्चाको लिङ्ग थाहा पाउन एक पुरुषले पत्नीको पेट चिरिदिए!

नेपाल अखबार, एजेन्सि। भारतमा बच्चाको लिङ्ग थाहा पाउनको लागि एक पुरुषले गर्भवती पत्नीको पेट चिरिदिएका छन्। ती पुरुषले धारिलो हतियारले पत्नीको पेट चिरिदिएपछि उनले मृत बच्चा जन्माएको अल्जाजिराले जनाएको छ। यस घटना उत्तर प्रदेशको बदायूँ जिल्लाको भएको बताइएको छ। हालसम्म यी दम्पतीको पाँच जना छोरी थिए। ती पुरुषले आफ्नी श्रीमतीलाई छोरा जन्माउन दबाब दिइरहन्थे। महिलाकी माइती पक्षले पनि ती पुरुषले छोरा जन्माउन दबाब दिने गरेको बताएका छन्। हाल पक्राउ परेका ती पुरुषले यस घटनालाई दुर्घटनाको सङ्ज्ञा दिँदै आफूले जानीजानी त्यस्तो कार्य नगरेको प्रहरीसँग बताएका छन्। यद्यपी पारिवारिक स्रोतले प्रहरीलाई छोरा पाउने विषयलाई लिएर यी दम्पतीबीच नियमित रूपमा झगडा हुने गरेको बताएका छन्।...
अस्ट्रेलियामा ९० ह्वेलको मृत्यु, अलपत्र १८० को उद्धारका लागि प्रयास जारी
विदेश, समाचार

अस्ट्रेलियामा ९० ह्वेलको मृत्यु, अलपत्र १८० को उद्धारका लागि प्रयास जारी

नेपाल अखबार, एजेन्सि। अस्ट्रेलियाको दक्षिणी क्षेत्रमा पर्ने एउटा खाडीमा कम्तीमा ९० ह्वेल माछाको सोमबार मृत्यु भएपछि खतरामा रहेका १८० भन्दा बढीको उद्धारका लागि मङ्गलबार उद्धारकार्य सुरु गरिएको छ। ह्वेलविद्हरूले तस्मिनियाको पश्चिमी तटमा पानीको सतह कम भएको स्थानमा ह्वेल पुगेपछि उनीहरूलाई अनुकुल वातावरण नहुँदा मरेको बताएका छन्। उनीहरूले ह्वेलको समूह अन्टार्कटिकातर्फ जानेक्रममा बाटो विराएर तस्मिनियातर्फ गएको र पानीको गहिराई नभएको स्थानमा पुगेपछि अनुकुल वातावरणको अभावमा ठूलो सङ्ख्यामा ह्वेलको मृत्यु भएको हुनसक्ने बताइएको छ। सरकारी जलचरविद् क्रिस कार्लियनका अनुसार सोमबार साँझसम्म झण्डै एक तिहाई ह्वेलको मृत्यु भएको र अन्यलाई सुरक्षित स्थलतर्फ लान उद्धारका लागि सवयम्सेवक तथा माछापालनमा काम गर्ने श्रमिकहरूको सहायतामा करिब ४० ह्वेलको उद्धार गरिएको छ। उनले उद्धार चुनौतीपूर्ण रहेको बताउँदै यसका लागि ...
भारतमा कोरोना संक्रमितको संख्या बढे पनि ताजमहल खुल्यो
विदेश, समाचार

भारतमा कोरोना संक्रमितको संख्या बढे पनि ताजमहल खुल्यो

नेपाल अखबार, आग्रा । भारतमा कोरोनाभाइरसका संक्रमितको संख्या बढे पनि उत्तर प्रदेशको आग्रास्थित ताजमहल र केही विद्यालयहरु स्थानीय प्रशासनले खुला गरेको छ ।  भारतमा कोभिड–१९ बाट संक्रमितको संख्या ५४ लाख नाघिसकेको छ । संयुक्तराज्य अमेरिकापछि भारतमा सबैभन्दा बढी मानिस कोभिड–१९ बाट संक्रमित भइसकेका छन् । गत मार्च महिनामा सरकारले गरेको कडा लकडाउनका कारण लाखौं मानिसको जीविकामै असर परेको छ । त्यहीकारण प्रधानमन्त्री नरेन्द्र मोदी पछिल्ला दिनहरुमा अरु मुलुकले अबलम्बन गरेझैं कडा नियमहरु लागू गर्न इच्छुक देखिएका छैनन् । सरकारले पछिल्ला महिनाहरुमा रेलसेवा, घरेलु विमान सेवा, बजार र रेष्टुराँ समेतका पेशा व्यवसायमा गरिएका प्रतिबन्धहरु खुकुलो बनाउन थालेको छ । सरकारले अब भारतकै विश्वप्रसिद्ध स्मारक ताजमहल सर्वसाधारणका लागि खुला गरेको छ । ताजमहल घुम्न परिवारसहित आइपुगेका बैंकका एक अधिकृत आयुब शेखले लकडाउनका का...