अनिल अम्बानीको बयानः ‘गहना बेचेर तिरेँ वकिलको शुल्क’
नेपाल अखबार, एजेन्सि। ऋणको बोझले थिचिएका रिलायन्स ग्रुपका अध्यक्ष अनिल अम्बानीले शुक्रबार लण्डन अदालतसमक्ष आफूले साझा जीवन बिताइरहेको जानकारी दिए । उनले आफूसँग एउटा मात्रै का र भएको र गहना बेचेर वकिलको शुल्क तिरिरहेको पनि बताए । चीनका तीन सरकारी बैंकसँग ऋण लिएको मामिलामा अनिल अम्बानीले पहिलो पटक भिडियो कन्फरेन्सिङमार्फत् लण्डनको उच्च अदालतमा पेश भएका थिए ।
९.९ करोड भारुको गहना बेचेः
अनिल अम्बानीले सन् २०२० को जनवरीदेखि जूनसम्म गहना बेचेर उनले ९.९ करोड भारु जुटाएका छन् । अब उनीसँग आफ्नो केही पनि छैन । कारको लाइनको प्रश्नमा अनिल अम्बानीले यसलाई मिडियाको आधारहीन खबर बताए । उनले भने, ‘मसँग कहिले पनि रोल्स रोयस कार थिएन । अहिलेको समयमा मसँग एउटा कारमात्रै छ । अब परिवारले नै मेरो सबै खर्च उठाइरहेका छन् ।’
अदालतमा आमा र छोराबाट लिएको ऋणबारे सोधियो प्रश्नः
शुक्रबार सुनुवाईको क्रममा अदालतले विलासी ...
