Friday, May 22

विदेश

आमाको नजरमा कस्ता छन्, ८ प्रहरीको हत्या गर्ने विकास दुबे ?
विदेश, समाचार

आमाको नजरमा कस्ता छन्, ८ प्रहरीको हत्या गर्ने विकास दुबे ?

नेपाल अखबार, एजेन्सि। भारतको कानपुर बिकरु गाउँमा बिहिबार राती ८ प्रहरीको हत्या भयो । यो हत्याकाण्ड विकास दुवेको संलग्नतामा रह्यो । विकास अहिले पनि फरार छन् । लखनउमा बस्ने विकासकी आमा सरलाले ६ बिघा जमिन नै सबैको काल बनेको बताउँछिन् । अब विकासको के होला ? उनलाई यसबारे थाहा छैन । उनी भन्छिन्, ‘प्रहरीले जे गर्लान्, मलाई त्यसमा कुनै अफसोस हुनेछैन ।’ ६ विघा जमिन र विवादको कहानीः जुन ६ विघा जमिनका लागि सबै घटना भए, त्यो विकासका आफन्त लल्लन शुक्लाको थियो । लल्लनकी तीन छोरी छन् । सुनिता, प्रतिभा र सरिता । लल्लनले दुई छोरीको विवाह गरिदिए । कोही छोरा नभएकोले उनले मृत्युअघि आफ्ना भाञ्जा सुनिल शुक्लालाई धर्मपुत्र बनाए र जग्गा उनको नाममा गरिदिए । सुनिलको विवाह विकासकी बहिनी समिक्षासँग भयो । विवाद त्यतिबेला सुरु भयो जब लल्लनकी छोरी प्रतिभाका श्रीमान् राहुल तिवारीले आफ्नो ससुरालीको यही जमिन बेच्ने कोसि...
भारतका यी मानिस लगाउँछन् सुनको मास्क !
विदेश, समाचार

भारतका यी मानिस लगाउँछन् सुनको मास्क !

नेपाल अखबार, पोखरा । कोरोना महामारीले मानिसको जिन्दगीमा समस्या त ल्याएकै छ तर मानिसमा नौला नौला सौख र प्रयोगको समेत सिर्जना गरेको छ । यसैबीच भारतका एक व्यक्ति सुनको मास्क लगाएर चर्चामा आएका छन् । भारतको पुने जिल्लाका शंकर कुराडे नाम गरेका ती व्यक्तिले २ लाख ९० हजार भारु खर्चेर आफ्नोलाई सुनको मास्क तयार गरेका हुन् । मास्क सुनको भए पनि पातलो भएको र ससाना प्वालसमेत भएकाले सास फेर्न कुनै कठिनाई नभएको कुराडेको भनाई छ । मास्कले आफूलाई कोरोनाबाट समेत बचाउने कुराडेले विश्वास लिएका छन् । उनी पहिले देखि नै सुनका गरगहनाको पारखी रहेको जनाइएको छ । उनले सुनको मास्क लगाउने उपाय भने सामाजिक सञ्जालबाट पाएका हुन् । भारतकै अर्का एक व्यक्तिले चाँदीको मास्क लगाएको देखेपछि उनलाई पनि सुनको मास्क बनाएर लगाउने विचार फुरेको उनको भनाई छ ।...
कोरोना अपडेटः १८ हजार ६५५ भारतीयको मृत्यु, कूल सङ्क्रमित ६ लाख ४८ हजारभन्दा बढी
विदेश, समाचार

कोरोना अपडेटः १८ हजार ६५५ भारतीयको मृत्यु, कूल सङ्क्रमित ६ लाख ४८ हजारभन्दा बढी

नेपाल अखबार, एजेन्सी । भारतमा शनिबारसम्म कोभिड–१९ सङ्क्रमित १८ हजार ६५५ भारतीयको मृत्यु भएको भारतको संघीय मन्त्रालयले जानकारी गराएको छ । भारतमा छ लाख ४८ हजार ३१५ व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । विगत २४ घण्टामा भारतमा थप २२ हजार ७७१ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको र ४४२ सङ्क्रमितको मृत्यु भएको मन्त्रालयद्वारा सार्वजनिक प्रेस विज्ञप्तिमा जानकारी गराइएको छ । विज्ञप्तिअनुसार “शनिबार विहान ८ बजेसम्म १८ हजार ६५५ सङ्क्रमितको मृत्यु भएको र छ लाख ४८ हजार ३१५ जनामा सङ्क्रमण देखिएको छ । त्यस्तै अहिलेसम्म तीन लाख ९४ हजार २२७ सङ्क्रमित निको भई अस्पतालबाट घर फर्किएका छन् ।” शुक्रबार विहानसम्म सङ्क्रमितको सङ्ख्या छ लाख २५ हजार ५४४ रहेको थियो भने मृत्यु सङ्ख्या १८ हजार २१३ रहेको थियो । शनिबारसम्मको विवरण अनुसार भारतमा अझै दुई लाख ३५ हजार ४३३ व्यक्तिले सङ्क्रमित रहेका छन् भने उनीहरूलाई देशभरक...
पाकिस्तानका विदेशमन्त्रीमा कोरोना संक्रमण पुष्टि
विदेश, स्वास्थ्य

पाकिस्तानका विदेशमन्त्रीमा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, एजेन्सि। पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशी कोरोना संक्रमित भएका छन् । कुरैशी स्वयंले ट्वीटरमा यो जानकारी दिएका हुन् । उनले लेखेका छन्, ‘दिउँसो मलाई हल्का ज्वरो आएको महसुस भयो । त्यसपछि तुरुन्तै म होम क्वारेन्टिनमा बसेँ । ममा कोरोना पोजेटिभ पाइएको छ ।’ विदेशमन्त्री कुरैशीले लेखेका छन्, ‘अल्लाहको कृपाले म मजबुत र ऊर्जावान महसुस गरिरहेको छु । कृपया मेरो लागि प्रार्थना गर्नुहोला ।’ उनले घरमै बसेर आफ्नो जिम्मेवारी पूरा गरिरहेको जानकारी पनि दिएका छन् । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार पाकिस्तानमा २ लाख २१ हजार ८ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४ हजार ५ सय ५१ जनाको मृत्यु भएको छ । पाकिस्तानमा कोरोनाबाट हालसम्म १ लाख १३ हजार ६२३ जना निको पनि भएका छन् ।...
फ्रान्सका प्रधानमन्त्रीले दिए राजीनामा
विदेश

फ्रान्सका प्रधानमन्त्रीले दिए राजीनामा

नेपाल अखबार, एजेन्सि । फ्रान्सका प्रधानमन्त्री एडुवार्ड फिलिपले राजीनामा दिएका छन् । शुक्रबार सार्वजनिक गरिएको एक विज्ञप्तिअनुसार एडुवार्डले राष्ट्रपति इम्यानुअल म्याक्रोँसमक्ष राजीनामा दिएका हुन् । राष्ट्रपतिले उनको राजीनामा स्वीकृत गरेको बताइएको छ । राजीनामा दिए पनि के कारण राजीनामा दिइएको हो भन्नेबारेमा भने केही बताइएको छैन । यद्यपि राष्ट्रपति म्याक्रोँले आफ्नो कार्यकालको अन्तिम दुई वर्षको लागि अघि सारेको योजनाको कारण प्रधानमन्त्री र सरकारको राजीनामा आएको हुन सक्ने बताइएको छ । राजीनामा दिए पनि नयाँ सरकार नबनुञ्जेलसम्म यो सरकारले नै आफ्नो काम गर्नेछ । यद्यपि राष्ट्रपतिले छिटै नै नयाँ सरकार बनाउन विश्वास लिइएको छ । यद्यपि राजीनामा दिएका प्रधानमन्त्री पुनः सोही पदमा दोहोरिन सक्ने बताइएको छ । फ्रान्सका राष्ट्रपति म्याक्रोँ अबको २१ महिनापछि हुने राष्ट्रपतीय निर्वाचनमा आफ्नो जित सुनिश्चित गर्...
गिरिजा प्रसाद कोइराला फाउण्डेशनले संघ-सस्थाहरु मार्फत निशुल्क शुद्व दुध वितरण गर्यो।
विदेश, समाचार

गिरिजा प्रसाद कोइराला फाउण्डेशनले संघ-सस्थाहरु मार्फत निशुल्क शुद्व दुध वितरण गर्यो।

नेपाल अखबार,   काठमाडाैं।  गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले कोभिड १९ को महामारी सुरु भए लगत्तै समुदायलाई स्वस्थ र पोषिलो खानामा पहुँच दिलाउने उद्धेश्यले आफै वितरण गर्दै आएको निशुल्क खाधन्न वितरण कार्यक्रम बाह्रौँ र अन्तिम पटक जुन २३, २०२० बेलुका भव्यताका साथ सम्पन्न गरेको हामी सबैलाई थाहा नै छ। अबका दिनहरु मा यसै फाउण्डेशनले निशुल्क खाधन्न वितरण कार्यक्रम न्युयोर्क शहरको क्वीन्स बोरो स्थित विभिन्न संघ-सस्थाहरु मार्फत गर्ने जमर्को गर्दै आज सोमवार, जुन २९, २०२० वाट सुरु गर्दै ६ प्यालेट्स शुद्व दुध वितरण गरेको जानकारी यसै फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले दिए। रिभर फण्ड का मुख्य उत्पादन अधिकारी डा. ओट्टो स्टार्जमेन सँग सहकार्य गरी निशुल्क शुद्व दुध वितरण गरिएको हो। वहाँ ले यसै फाउण्डेशन लाई ६ प्यालेट्स शुद्व दुध, प्रतेक प्यालेट मा १९२ ग्यालन गरि जम्मा १,१५२ ग्यालन अर्थात् ४३६० लिटर...
टिकटकमा बेली डान्स पोस्ट गर्दा ३ वर्षको जेल, २२ लाख जरिवाना
भिडिओ, मनोरञ्जन, विदेश

टिकटकमा बेली डान्स पोस्ट गर्दा ३ वर्षको जेल, २२ लाख जरिवाना

नेपाल अखबार, एजेन्सि। इजिप्टकी एक हाई प्रोफाइल बेली डान्सर सामा एल–मैसीलाई सोसल मिडियामा अनैतिक र उत्तेजित भिडियो पोस्ट गरेको भन्दै जेल सजाय तोकिएको छ । काहिरलाई अदालतले उनीमाथि मानिसहरुलाई दुर्व्यवहार र अनैतिकताका लागि उक्साएको आरोपमा तीन वर्षको जेल सजाय र १८ हजार ६ सय डलर (२२ लाख रुपैयाँ) जरिवाना तोकेको छ । अल–मैसीलाई अप्रिलमा सोसल मिडियामा भिडियो र तस्बिरको अनुसन्धानको क्रममा पक्राउ गरिएको थियो । उनले आफ्नो भिडियो लोकप्रिय भिडियो सेयरिङ प्लेटफर्म टिकटकमा सेयर गरेकी थिइन् जसमा उनीमाथि सार्वजनिक रुपमा मानिसहरुलाई उत्तेजना बढाएको आरोप लगाइएको थियो । यस्तै ४२ वर्षे बेली डान्सरले यी आरोप अस्विकार गर्दै आफूलाई निर्दोष बताइन् । उनले उक्त भिडियो आफ्नो फोनबाट चोरिएको र उनको सहमति बिना नै साझा गरिएको बताइन् । काहिरालाई अदालतले शनिबार निर्णय सुनाउँदै उनले ‘अनैतिकता’ फैलाउने उद्देश्यले सोसल मिडियाम...
नेपालसँगको सीमा विवाद भारतलाई महँगो पर्दै
अर्थ, कृषि, विदेश, समाचार

नेपालसँगको सीमा विवाद भारतलाई महँगो पर्दै

नेपाल अखबार, एजेन्सि । नेपालसँगको सीमा विवाद भारतलाई महँगो पर्न थालेको छ । भारतका व्यवसायी तथा कृषकहरु सीमा विवादको मारमा पर्न थालेको समाचार प्रकाशमा आएको हो । भारतको हिमाचल प्रदेश स्याउका लागि प्रख्यात छ । हिमाचल प्रदेशको स्याउ भारतका सबैजसो मुख्य बजारमा पुग्ने गर्दछ । स्याउको सिजन सुरु हुन थालेको छ । करिब एक महिनामा हिमाचल प्रदेशका स्याउ बजारमा जान तयार हुन्छन् । स्याउ किसान तथा व्यवसायीहरु भने यतिबेला छट्पटीमा परेका छन् । यो सिजनको स्याउ बजारमा कसरी पु-याउने भन्ने चिन्तामा उनीहरु छट्पटिन थालेका हुन् । करिब पाँच लाख नेपाली मजदूर हिमाचल प्रदेशमा स्याउको अर्थव्यवस्थाका मेरुदण्ड मानिन्छन् । अप्रिल यता नेपाली मजदूर स्याउ बगानमा फर्किएका छैनन् । सुरुमा कोरोना महामारी र लकडाउनले उनीहरु बगानमा पुग्न सकेका थिएनन् भने अहिले भारत–नेपाल सम्बन्ध बिग्रिएका कारण उनीहरु बगानमा फर्कने अनिश्चित बनेको हो...
दिल्लीमा ३१ जुलाईसम्म विद्यालय बन्द गर्ने निर्णय
विदेश, शिक्षा

दिल्लीमा ३१ जुलाईसम्म विद्यालय बन्द गर्ने निर्णय

नेपाल अखबार, एजेन्सी । भारतीय राजधानी नयाँ दिल्लीका सबै विद्यालय तथा शैक्षिक संस्थाहरु ३१ जुलाईसम्म बन्द हुने भएका छन् । कोरोना संक्रमण बढ्दै गएपछि दिल्ली सरकारले सबै विद्यालयहरु ३१ जुलाईसम्म बन्द गर्ने निर्णय दोहोर्याएको हो । लकडाउन सुरु भएदेखि सरकारले त्यहाँ पटक पटक शिक्षण संस्था बन्द गर्ने निर्णय गर्दै आएको छ । शुक्रबार साँझ उपमुख्यमन्त्री तथा शिक्षामन्त्री मनिष सिसोदियाले ३१ जुलाईम्म सबै शिक्षण संस्थाहरु बन्द गरिने निर्णय गरिएको बताए । राजधानीमा कोरोना संक्रमण बढिरहेका बेला सोही परिवेशलाई ध्यानमा राखेर जुलाई ३१ सम्म सबै निजी र सरकारी विद्यालयहरु बन्द गर्ने निर्ण गरिएको मन्त्री सिसोदियाले बताए ।...
आज विभिन्न मुलुकबाट १२ सय नेपाली आउँदै
विदेश, समाचार

आज विभिन्न मुलुकबाट १२ सय नेपाली आउँदै

नेपाल अखबार, काठमाडौं । विदेशमा अलपत्र नेपाली नागरिकको उद्दार गर्ने क्रममा शुक्रबार एक हजार दुई सय नेपाली काठमाडौं आउँदैछन् । बहराइन, युएई, कुवेत र मलेसियामा समस्यामा परेका नेपाली आउन लागेका हुन् । क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) का एक अधिकृतका अनुसार कुवेतबाहेक सबै मुलुकबाट शुक्रबार दुई/दुई वटा उडान हुँदैछन् । बहराइनको दुवै र मलेसियाको एउटा उडान नेपाल एयरलाइन्सको जहाजमार्फत हुँदैछ । युएईको हिमालयन र एयर अरेविया, कुवेतको जजिरा एयरलाइन्स र मलेसियाको एउटा उडान हिमालय एयरलाइन्सबाट हुँदैछ । उनीहरुलाई नेपाल ल्याएर काठमाडौं, भक्तपुर र ललितपुरमा राखिएका होल्डिङ सेन्टरमा लगिनेछ । त्यहाँ सेनाको व्यवस्थापनमा उनीहरुको सामान्य स्वाथ्य जाँच र विवरण लिने कार्य हुनेछ । त्यसपछि सम्बन्धित प्रदेशमा क्वारेन्टिनमा बस्ने गरी पठाइनेछ । विदेशबाट आउने नागरिकले पीसीआर रिपोर्ट ल्याएको खण्डमा उनीहरुले होम क...