Wednesday, September 23

विदेश

मृत्युदण्ड दिनुअघि कैदीले मगाएका अन्तिम खाना
विदेश, समाचार, हाइलाइट-समाचार

मृत्युदण्ड दिनुअघि कैदीले मगाएका अन्तिम खाना

नेपाल अखबार, एजेन्सि। अमेरिकामा मृत्युदण्डको सजायको प्रक्रियालाई गहिरोसँग बुझ्नका लागि फोटोग्राफर ज्याकी ब्ल्याकले मृत्युदण्ड दिनुअघि कैदीले मगाएको अन्तिम खानाको काल्पनिक चित्र बनाएका छन् । अमेरिकी फोटोग्राफरले यो प्रोजेक्टको एक आर्ट स्टेटमेन्टमा भने, ‘कुनै अवस्थामा आफूले गर्दै नगरेको कामका लागि मृत्युदण्ड पाउनुअघि आफ्नो अन्तिम खानाको अनुरोध गर्नु कस्तो महसुस होला ?’ ‘यदि हामीले आफूलाई त्यो खानाको अगाडि राख्यौं भने हामीले सायद त्यसबारे थोरै भएपनि अनुमान लगाउन सक्नेछौं ।’ ‘सायद हामी न्याय तन्त्रसँग आफ्नो उद्देश्य र अपराधमा सहभागिताको विषयमा प्रश्न उठाउन सक्नेछौं ।’ ‘हामी घृणा गरिने व्यक्तिसँग सहानुभूति प्रकट गर्न सक्नेछौं ।’ ब्ल्याकले कैदीको पृष्ठभूमिबारे पनि कुरा गरेका छन् । यसमा उनीहरुको पढाई, कामकाज र उनीहरुको अन्तिम बयानबारे जानकारी दिइएका छन् । डेविड वायन स्टोकर मृत्युदण्ड दिइएको मितिः...
ती व्यक्ति जसले खतरनाक शार्कसँग भिडेर श्रीमतीको ज्यान बचाए
विदेश, समाचार

ती व्यक्ति जसले खतरनाक शार्कसँग भिडेर श्रीमतीको ज्यान बचाए

नेपाल अखबार, एजेन्सि। अष्ट्रेलियामा एक व्यक्तिले आफ्नी श्रीमतीलाई मृत्युको मुखबाट निकालेपछि चर्चामा आएका छन् । स्थानीय रिपोर्टका अनुसार एक शार्कले उनकी श्रीमतीमाथि हमला गरेको थियो । त्यतिबेला उनी आफ्नो सर्फ बोर्डबाट र्शाकमाथि बर्सिए र श्रीमतीलाई नछोडेसम्म शार्कलाई मुक्का हानिरहे । घटना त्यतिबेला भयो जब ३५ वर्षकी शानटेल डायल न्यू साउथ वेल्समा पोर्ट मेकवोरीको शेली बीचमा सर्फिङ गरिरहेको बेला शार्कले उनीमाथि हमला गरेको थियो । शानटेललाई शार्कको मुखबाट बचाएपछि श्रीमानले उनलाई किनारासम्म पुर्याए । त्यसपछि उनकी श्रीमतीलाई एयर एम्बुलेन्समार्फत् अस्पताल पुर्याइयो । उनको दाहिने खुट्टामा गम्भीर चोट लागेको छ । पोर्ट मेकवोरी न्यूजसँगको कुराकानीमा विशेषज्ञले डायलस्थित एक शार्कको बच्चाले हमला गरेको हुनसक्ने अनुमान गरेका छन् । उक्त शार्कको बच्चाको लम्बाई ३ मिटर (१० फिट) हुनसक्ने पनि विशेषज्ञले अनुमान गरेक...
धोनीले आफ्नो विवाहको कसैलाई छनकसमेत दिएका थिएनन्, यस्तो छ प्रेम कथा
खेलकुद, विदेश, समाचार

धोनीले आफ्नो विवाहको कसैलाई छनकसमेत दिएका थिएनन्, यस्तो छ प्रेम कथा

नेपाल अखबार, एजेन्सि। भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनीले अन्तरराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । महेन्द्र सिंह धोनीले इन्स्टाग्राम पोस्ट गरेर अन्तरराष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका हुन् । आफ्नो इन्स्टाग्राम पोस्टमा धोनीले प्रशंसकलाई धन्यवाद दिँदै आज बेलुका ७ बजेर २९ मिनेटपछि मलाई अवकाशप्राप्त बुझ्नुहोस् । धोनीले यसअघि पनि ठूलो मौनताबीच आफ्नो जीवनको महत्वपूर्ण निर्णय लिँदै मानिसहरुलाई चकित पार्दै आएका छन् । वनडे र टी–२० को कप्तानी छोड्नु होस् वा टेस्टबाट सन्सास लिनु होस्, धोनीले यस्ता थुप्रै निर्णयले मानिसहरुलाई छक्का पारेका छन् । धोनीको नीजि जीवन पनि यसको अपवाद होइन । भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनीले सन् २०१० को जुलाई ४ मा साक्षी सिंह रावतसँग चुपचाप विवाह गरे र आफ्ना सबै प्रशंसकलाई सरप्राइज दिए । धोनी र साक्षीले देशरादूनमा ...
यूपीः १३ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि आँखा फुटाइयो, जिब्रो काटियो
विदेश, समाचार

यूपीः १३ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि आँखा फुटाइयो, जिब्रो काटियो

नेपाल अखबार, एजेन्सि। भारतको उत्तर प्रदेशको लखिमपुर खिरीस्थिती गाउँको एउटा निकै भयानक घटना सार्वजनिक भएको छ । यहाँ १३ वर्षीया एक बालिकामाथि सामूहिक बलात्कारपछि उनको आँखा फुटाइएको छ । यतिमात्रै होइन, उनको जिब्रो काटियो र उनलाई घाँटीमा डोरीले बाँधेर खेतमा घिसारिएको भारतीय सञ्चार माध्यम आजतकले बताएको छ । स्रोतका अनुसार लखिमपुर खिरी जिल्लामा इसानगर थाना क्षेत्रको पकरिया गाउँमा बस्ने १३ वर्षकी बालिका आफ्नो घरबाट शौचका लागि खेतमा गएकी थिइन् । त्यति बेला गाउँकै स्थानीय दुई युवकले बालिकामाथि बलात्कार गरे र उनको हत्या गरिदिए । हत्या गर्नुअघि बालिकामाथि क्रुर व्यवहार गरियो । उनको आँखा फुटाइयो । जिब्रो काटियो र उनको घाँटीमा डोरीले बाँधेर उनलाई घिसारियो । पछि आरोपीले शवलाई घटनास्थलमा फ्याँकेर फरार भए । भारतीय सञ्चार माध्यम आजतकले भन्यो, ‘१३ वर्षकी यी बालिका शुक्रबार करिब एक बजे आफ्नो घरबाट शौचका लागि ...
भारतको विमान दुर्घटनाको उद्धारकार्यमा संलग्न २२ अधिकारी कोरोना पोजेटिभ
विदेश, समाचार

भारतको विमान दुर्घटनाको उद्धारकार्यमा संलग्न २२ अधिकारी कोरोना पोजेटिभ

नेपाल अखबार, एजेन्सि। भारतको केरल विमान दुर्घटनाको उद्धारकार्यमा समावेश २२ जना अधिकारीको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । यसमा कलेक्टरदेखि स्थानीय अधिकारी समावेश छन् । भारतीय मिडियाका अनुसार यो जानकारी मलाप्पुरमको स्वास्थ्य अधिकारीले दिएका हुन् । उक्त विमान दुर्घटना ७ अगस्टमा कोझिकोड एयरपोर्टमा भएको थियो । विमान रनवेबाट चिप्लिएपछि ३५ फिट गहिरो खाल्डोमा खसेको थियो र दुई टुक्रा भएको थियो । यसमा १८ जनाको मृत्यु भएको थियो भने १ सय ४९ यात्री घाइते भएका थिए । दुर्घटनामा मारिएका एक यात्रीको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि उद्धारकार्यमा संलग्न सिआईएसएफका जवान, स्थानीय र अधिकारीलाई क्वारेन्टिनमा बस्न भनिएको थियो । केरलकी स्वास्थ्यमन्त्री केके शैलजाले भनेकी थिइन्, ‘उद्धारकार्यमा समावेश सबै मानिसहरुलाई होम आइसोलेशनमा बस्नुपर्छ । राज्य सरकारले उनीहरुको कोभिड परीक्षण गर्नेछ ।’...
भारतीय पूर्वराष्ट्रपति मुखर्जीको स्वास्थ्य अवस्थाबारे बोल्यो उनको परिवार
विदेश, समाचार

भारतीय पूर्वराष्ट्रपति मुखर्जीको स्वास्थ्य अवस्थाबारे बोल्यो उनको परिवार

नेपाल अखबार, एजेन्सी । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था खराब नरहेको उनको परिवारजनले दाबी गरेका छन् ।  उनको अवस्था अन्त्यन्त नाजुक रहेको हल्ला चलिरहेका बेला उनकी छोरी शर्मिस्था मुखर्जीले अवस्था जटिन नरहेको शुक्रबार दाबी गरेकी हुन् । उनका अनुसार पूर्वराष्ट्रपति मुखर्जीको अवस्थामा सामान्य सुधार भएको छ र आँखाको तेज र प्रतिक्रिया बढेको छ । उनले आफ्ना पिताको स्वास्थ्य लाभको कामना गर्नेहरुप्रति कृतज्ञतापनि व्यक्त गरेकी छिन् ।“पछिल्लो दुई दिनदेखि मेरा पिताको स्वास्थ्य अवस्थाका बारेमा गलत हल्ला चलाइएको छ, पर्याप्त सुचना तथा जानकारी विना चलाइएका त्यस्ता हल्लामा कुनै सत्यता छैन, त्यस्तो भ्रममा नपर्न आग्रह गर्दछु,” उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छिन् । धेरै जनाले गहिरो प्रार्थना गरेकाले त्यसैको शक्तिमा आफ्ना पिताको अवस्थामा सुधार हुदै आएको उनको भनाई छ । उनले भगवानसँग अझै प्...
सञ्जयका लागि प्रार्थना गर्नुहोस्, अफवाह नफैलाउनुहोस् : मान्यता दत्त
विदेश

सञ्जयका लागि प्रार्थना गर्नुहोस्, अफवाह नफैलाउनुहोस् : मान्यता दत्त

नेपाल अखबार, एजेन्सि। बलिउड अभिनेता सञ्जय दत्त बिरामी भएको खबर बाहिर आएपछि उनको पत्नी मान्यता दत्तले यसबारे बयान जारी गरेकी छिन् । बुधबार जारी गरिएको बयानमा सञ्जयको शीघ्र स्वास्थ्य लाभका लागि कामना गर्ने सबैलाई धन्यवाद दिएकी छन् । मान्यताले भनेकी छन्, ‘म सञ्जुका फ्यानहरुलाई आग्रह गर्न चाहन्छु कि कुनै अफवाह र समाचारमा विश्वास नगर्नुहोला । म चाहन्छु कि तपाईंहरु मात्र यसरी नै माया र साथ दिइराख्नुहोला । पछिल्लो कयौँ वर्षमा हाम्रो परिवारले कयौँ अप्ठ्याराहरु झेलेको छ र मलाई विश्वास छ कि यो समय पनि गुज्रने छ । सञ्जु र हाम्रो परिवार जहिले पनि योद्धा रहेको छ । भगवानले फेरि एक पटक हाम्रो सामु चुनौति खडा गरेर हाम्रो परीक्षा लिने फैसला गरेको छ ।’ ‘यो समय हामीलाई तपाईंको आर्शिवाद र प्रार्थनाको आवश्यकता छ । तपाईंको मद्दतले हामी यसअघि जस्तै विजेता बनेर आउनेछौँ । यस अवसरको प्रयोग सकारात्मकता फैलाउन प्रयोग...
गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले फेरि निशुल्क खाधन्न वितरण
विदेश, समाचार

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले फेरि निशुल्क खाधन्न वितरण

नेपाल अखबार, एजेन्सि।  गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले कोभिड १९ को महामारी सुरु भए लगत्तै समुदायलाई स्वस्थ र पोषिलो खानामा पहुँच दिलाउने उद्धेश्यले आफै वितरण गर्दै आएको निशुल्क खाधन्न वितरण कार्यक्रम बाह्रौँ र अन्तिम पटक जुन २३, २०२० बेलुका भव्यताका साथ सम्पन्न गरेको हामी सबैलाई थाहा नै छ। तर यस फाउण्डेशनको कृयाकलाब अथवा गतिविधिहरु न्युयोर्क शहरको मेयर कार्यालय, ब्रुक्लीनबोरो प्रेसिडेन्टको कार्यालय, क्वीन्सबोरो प्रेसिडेन्टको कार्यालय, न्युयोर्क राज्यका सेनेटरहरु, न्युयोर्क राज्यका ऐसेमब्लीमेम्बरहरु र न्युयोर्क शहरका सिटी काउन्सील मेम्बरहरुले प्रत्यक्ष अवलोकन गर्नु भएको जानकारीका साथ वहाँहरुकै अनुरोधमा फाउण्डेशनले फेरि निशुल्क खाधन्न वितरण कार्यक्रम अगस्ट ११, २०२० वाट फेरि सुरु गरेको छ। सेवा नै धर्म हो भन्ने नारा का साथ फाउण्डेशन ले विभिन्न समुदायका ६००० जना भन्दा बढी मा सेवा पुरा...
युएईमा ५ महिनाभित्र १ सय १० नेपालीको ज्यान गयो
विदेश, समाचार, हाइलाइट-समाचार

युएईमा ५ महिनाभित्र १ सय १० नेपालीको ज्यान गयो

नेपाल अखबार, एजेन्सि । संयुक्त अरब एमिरेट्स (युएई) मा गत पाँच महिनाभित्र विविध कारणले १ सय १० जना नेपालीको ज्यान गएको छ। गएको पाँच महिनामा विभिन्न कारणले १ सय १० जना नेपालीको ज्यान गएको युएईस्थित नेपाली दूतावासले जनाएको हो । मृत्यु हुनेमा ५ महिला र १ सय ५ जना पुरुष रहेका छन् । त्यसमध्ये ३६ जनाको कोरोनाका कारणले ज्यान गएको छ । कोरोनाका कारण मृत्यु हुनेमध्ये १ महिला र बाँकी पुरुष छन् । कोरोनाको कारण मृत्यु भएका ३६ जनासहित ६९ जनाको शव यूएईमै अन्त्येष्टि गरिएको नेपाली दूतावास आबुधावीले जनाएको छ ।  शवको अन्त्येष्टि गर्न दूतावासले ‘नो अब्जेक्सन’ जारी गरेको थियो । बाँकी ४१ जनामध्ये २६ जनाको शव चार्टर उडान मार्फत नेपाल पठाइएको छ । ४ जनाको शव नेपाल फर्काउने तयारी छ भने ११ जनाको शव अनुसन्धानका लागि विभिन्न अस्पतालका शवगृहमा राखिएको दूतावासको भनाई छ । हवाई उडान समयमा नहुँदा युएईमा ज्यान गुमाउनेको शव ...
भारतमा सामाजिक सञ्जालमा लेखेकोबारे विवाद, प्रहरीको गोली लागेर तीन जनाको मृत्यु
विदेश, समाचार

भारतमा सामाजिक सञ्जालमा लेखेकोबारे विवाद, प्रहरीको गोली लागेर तीन जनाको मृत्यु

नेपाल अखबार, एजेन्सि। सामाजिक सञ्जालमा आपत्तिजनक कुरा लेखेको भन्दै भारतको बेंगलुरुमा मंगलबार साँझ भएको स्थानीयको विरोध प्रदर्शनमा प्रहरीले हानेको गाली लागेर तीन जनाको मृत्यु भएको छ। प्रहरी कमिस्नर कमल पन्तले बीबीसी हिन्दीसँग भनेका छ, ‘प्रहरीले गरेको फायरिङमा घाइते भएका तेस्रा व्यक्तिको राति अबेर मृत्यु भएको छ। राति १२ः३० बजे स्थिति नियन्त्रणमा आएको छ।’ यसअघि दुई जनाको मृत्यु भइसकेको छ। उग्र भीडले प्रहरी कार्यालय र कांग्रेसका विधायकको घरमा हमला गरेपछि बाध्य भएर गोली चलाउनुपरेको स्थानीय प्रहरीले दाबी गरेको छ। सामाजिक सञ्जालमा एक आपत्तिजनक स्टाटस गरिएको विरोधमा उत्रिएका प्रदर्शनकारी प्रहरी कार्यालय पुगेका थिए। बेंगलुरुका प्रहरी कमिस्नर कमल पन्तका अनुसार डिगे हल्ली र केजी हल्ली क्षेत्रमा अहिलो कर्फ्यु लगाइएको छ भने पूरै सहरमा १४४ धारा लागू गरिएको छ। समाचार एजेन्सी एएनआईका अनुसार बेंगलुरु ज्वाइ...