शान्ति सम्झौता उल्लंघन गर्दै अमेरिका, तालिबानमाथि थाल्यो आक्रमण
सन् २००१ यता जारी युद्ध अन्त्य गर्ने शान्ति सम्झौतामा हस्ताक्षर गरेको केही दिनमै अमेरिका र तालिबानबीचको लडाइँ सुरु भएको छ।
बुधबार अमेरिकी सेनाले तालिबान लडाकुमाथि हवाई आक्रमण गरेको अमेरिकाले पुष्टि गरेको छ।
अमेरिकी सेनाका प्रवक्ताले आफूहरुले तालिबानमाथि आक्रमण गरेको बताएका हुन्।
तालिबानको आक्रमणमा परेर २० अफगानी सेनाको मृत्यु भएपछि अमेरिकाले तालिबानमाथि आक्रमण गरेको बताइएको छ।
तालिबानको आक्रमणले शान्ति सम्झौता उल्लंघन भएको अमेरिकी भनाइ छ।
गत शनिबार भएको सम्झौताअनुसार आगामी मार्च १० सम्ममा झन्डै ५,००० तालिबान कैदी र १,००० अफगान सुरक्षाकर्मी आदानप्रदान गरिनेछ।
सोही मितिमा तालिबान र अफगान सरकारबीच वार्ता सुरु हुन लागेको छ।
तर अफगानिस्तानका राष्ट्रपति अशरफ गनीले आइतबार आफ्नो सरकार त्यसमा सहमत नभएको बताएका थिए। तालिबान रिहाई गर्ने विषय अफगान सरकारको नितान्त व्यक्तिगत विषय भएको उनल...
