Friday, July 3

विदेश

वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति स्थगन
अर्थ, विदेश, समाचार, स्वास्थ्य

वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति स्थगन

सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति तत्कालका लागि स्थगन गरेको छ। चीनबाट फैलिएको कोरोना भाइरस को संक्रमण विश्वव्यापी बनेसँगै सरकारले सो निर्णय गरेको जनाइएको छ। कोभिड–१९ को सन्त्रास कम नभएसम्म श्रम स्वीकृति प्रदानको कार्य हाललाई स्थगन गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले जानकारी दिए। अत्यावश्यकबाहेक अन्य कामका लागि विदेश नजान सरकारले आग्रह गरिसकेको अवस्थामा सो संक्रमण जोखिम रहेका मुलुकमा नेपाली कामदार नपठाउन लागिएको उनले बताए। ‘सरकारले पनि अत्यावश्यक काममा बाहेक विदेश नजान आग्रह गरेको छ, सर्वोच्च अदालतले पनि प्रभावित मुलुक सँगको हवाई उडान स्थगन गर्न आदेश दिएको छ’, मन्त्री यादवले भने, ‘त्यही कारण हामीले केही समयका लागि श्रम स्वीकृति प्रदान गर्न स्थगित गरेकै हो।’ कोरोनाको सन्त्रास हटेपछि श्रम स्वीकृति प्रदान गर्ने काम नियमित हुने उनले जा...
गोरखाबाट पक्राउ परेका चिनियाँ नागरिकलाई काठमाण्डौं लगियाे
प्रदेश ४, विदेश, समाचार, हाइलाइट-समाचार

गोरखाबाट पक्राउ परेका चिनियाँ नागरिकलाई काठमाण्डौं लगियाे

गोरखाबाट पक्राउ परेका आठ जना चिनियाँ नागरिकलाई काठमाण्डौं लगिएको छ । माथिल्लो बूढीगण्डकी जलविद्युत आयोजनामा काम गरिरहेका चिनियाँ नागरिकको साथमा आवश्यक कागज पत्र नभेटिएपछि उनिहरुलाई नियन्त्रणमा लिइएको हो । नौलो नेपाल हाइड्रोपावर कम्पनीले काम गर्न उनीहरूलाई नेपाल ल्याएको थियो। आरूघाट गाउँपालिका वडा नम्बर ३ स्थित सोतीबाट सोमबार नियन्त्रणमा लिइएका आठै जनालाई काठमाण्डौं पठाएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।...
नेपाल मेराे दाेस्राे देश : कतारी राजदुत (भिडियाे सहित)
प्रदेश ४, विदेश, समाचार, हाइलाइट-समाचार

नेपाल मेराे दाेस्राे देश : कतारी राजदुत (भिडियाे सहित)

गाेरखा । नेपालका लागि कतारका राजदुत युसूव विन मोहम्मद अल हैल नेपालमा लगानी गर्दा आत्मसन्तुष्टी मिलेको बताएका छन् । गोरखा नगरपालिका, कतार रेडकृसेन्ट र युएनडिपीको संयुक्त लगानीमा वडा नम्बर २, ४ र ६ मा बिभिन्न योजनाकाे उद्घाटन गर्न गोरखा आएका उनले कतारको विकासका लागि नेपालीहरुको योगदान महत्वपूर्ण रहेको बताउदै उनले नेपालमा कतारले लगानी गर्ने योजना बनाएको समेत सुनाए । ‘कतारपछि नेपाल मेरो दोस्रो देश हो, यहाँका युवाले हाम्रो देशमा पसिना बगाएको गुन अब हामी तिर्न चाहान्छौ’ राजदुत युसूफले भने ‘अब नेपालको विकासमा सरकारसंग सहकार्य गर्न कतार तयार छ ।’ सोही क्रममा राजदुत युसूफले वडा नम्बर २ का महिलाहरुसंग समेत छलफल गरेका छन् । छलफलका क्रममा उनले महिलाहरुलाई आत्मनिर्भर बन्ने बाटोमा लाग्न समेत आग्रह गरे । हेर्नुस भिडियाे https://www.youtube.com/watch?v=8qe6EorrEjg...
चार महिनादेखि दुबईमा अलपत्र यमकुमारी घर फर्किइन
प्रदेश ४, विदेश, समाचार, समाज, हाइलाइट-समाचार

चार महिनादेखि दुबईमा अलपत्र यमकुमारी घर फर्किइन

गोरखा । मानसिक सन्तुलन गुमाएर दुबईको अस्पतालमा अलपत्र परेकी गोरखा ८, आँपश्वाराकी यमकुमारी थापा नेपाल फर्केकी छिन् । ४ महिनाअघिदेखि दुबईको एक अस्पतालमा अलपत्र परेकी थापा बुधबार बिहान नेपाल आइपुगेकी हुन् । एक्कासी रक्तचापको समस्या आई त्याहाको रसिद अस्पतालमा शल्यक्रिया गरेकी उनको ४ महिनादेखि मानसिक सन्तुलनमा समस्या आएको थियो । उनी बुधबार बिहान १० बजे नेपाल एअरलाईन्सको उडानबाट नेपाल आइपुगेकी छोरी सृजना थापाले जानकारी दिइन् । उनलाई त्रिभुवन अन्तर्रािष्ट्रय विमानस्थलमा श्रीमान लालबहादुर थापा, छोराहरु सन्तोष, दिनेश, छोरी सिर्जना थापा, ज्वाई रोशन राना र भाइ अतुल थापाले स्वागत गरेका थिए । विगत चार महिनादेखि मानसिक सन्तुलन गुमाएर अस्पतालमा अलपत्र बनेको खबर केहि दिनअघि बिभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा आएका थिए । सो को आधारमा युएईमा रहेका सामजिक संघसंस्थाहरुले उनको उद्दारका लागि पहल गरेक...
इजिप्टका पूर्वशासक होस्नी मुबारकको मृत्यु
विदेश, समाचार

इजिप्टका पूर्वशासक होस्नी मुबारकको मृत्यु

३० वर्ष इजिप्टको शासन चलाएका पूर्व राष्ट्रपति होस्नी मुबारकको ९१ वर्षको उमेरमा मृत्यु भएको छ। मुबारक १९८१ देखि २०११ सम्म राष्ट्रपति थिए। राजनीतिमा प्रवेश गर्नुअघि उनी हवाइ सेनाको मार्सल थिए। अनवर सादतको हत्यापछि उनी राष्ट्रपति भएका थिए। सन् २०११ १८ दिने आन्दोलनले उनलाई सत्ताच्यूत गरेको थियो। उनीमाथि शान्तिपूर्ण प्रदर्शनकारीको हत्या गरेको आरोपमा मुद्दा चलाइएको थियो। सन् २०१२ मा अदालतले उनलाई जन्मकैदको सजाय दिएको थियो। तर अदालतले फैसला उल्ट्याएर उनलाई सन् २०१७ मा मुक्ति दिएको थियो। एजेन्सी...
कोरियामा कोरोना संक्रमण बढ्दै
विदेश, समाचार, हाइलाइट-समाचार

कोरियामा कोरोना संक्रमण बढ्दै

दक्षिण कोरियामा कोरोना संक्रमण हुने क्रम तीव्र बनेको छ। त्यहाँ एकैदिन डेढ सयभन्दा बढी संक्रमित भेटिएका हुन्। एएफपी न्युज एजेन्सीका अनुसार त्यहाँ आइतबार मात्रै थप १६१ जनामा कोरोना संक्रमण देखिएको हो। योसँगै आज (सोमबार) बिहानसम्म त्यहाँ कोरोना संक्रमितको संख्या ७ सय ६३ पुगेको छ। जसमध्ये ७ जनाको मृत्यु भएको छ।  संक्रमितको यो संख्या कोरोनाभाइरस उद्गमस्थल चीनबाहिरको मुलुकमा सबैभन्दा ठूलो हो। दक्षिण कोरियाले कोरोना भाइरस संक्रमण बढ्न थालेपछि उच्च सतर्कता अपनाएको छ। राष्ट्रपति मुन जाय-इनले कोरोना रोकथाम तथा नियन्त्रणका लागि ‘अभूतपूर्ण र शक्तिशाली कदम’ मा जोड दिँदै देशैभर उच्च सतर्कता बढाइएको घोषणा गरेका हुन् ।...
मेयर बनाइएको कुकुरले यसरी खायो सपथ
विदेश, समाचार

मेयर बनाइएको कुकुरले यसरी खायो सपथ

अमेरिकाको जर्जटाउन शहरमा पार्कर नामको कुकुरलाई मेयर बनाइएको छ । बुधबार जर्जटाउन सामुदायिक केन्द्रमा आयोजित विशेष समारोहका बीच पार्कर कुकुरलाई न्यायाधीशले सपथ ग्रहण समेत गराएका छन् । मेयरमा निर्वाचित कुकुरलाई न्यायाधीश लिनेट केल्सीले सपथ खुवाएका हुन् । कुकुरको सपथ ग्रहण समारोहमा स्थानीय बासिन्दाहरु तथा कुकुरप्रेमीहरु समेत सहभागी भएका थिए । सपथसँगै मेयरको पदभार ग्रहण गर्नका लागि पार्कर पूरा पहिरनमा समारोहस्थल पुगेको थियो । समारोहका क्रममा पार्करले टाई, क्याप र चश्मा लगाएको थियो । क्लीयर क्रिक काउन्टीले आफ्नो फेसबुक पेजमा उक्त समारोहका तस्वीर शेयर गरेको छ । त्यस्तै कतिपय तस्वीरहरु उक्त कुकुरको इन्स्टाग्राम पेजमा पनि शेयर गरिएका छन् । गत फेब्रुअरी ११ मा छनोट बोर्डका सदस्यहरुले मतदान मार्फत पार्करलाई सहरको मेयरमा निर्वाचित गरेको थियो ।...
बेलायती सांसदलाई भारतमा अपमान, विमानस्थलबाटै देश निकाला
विदेश, समाचार

बेलायती सांसदलाई भारतमा अपमान, विमानस्थलबाटै देश निकाला

काठमाडौं –  भारतले बेलायतकी एक महिला सांसदलाई दिल्ली एयरपोर्टबाटै देश निकाला गरेको छ । निजी भ्रमणका शिलशिलामा सोमबार दिल्ली आएकी बेलायतकी लेबर पार्टीकी संसद सदस्य डेबी अब्राहमलाई दिल्ली विमानस्थलबाटै प्रवेशआज्ञा नदिई बेलायत नै फर्काएको हो । कश्मीरबाट धारा ३७० हटाउने भारत सरकारको निर्णयको चर्को आलोचना गर्दै आएकी अब्राहमको कटु आलोचकका रुपमा चिनिन्छिन् । विमानस्थलमा रोकेसँगै भारतले उनको भिसा समेत रद्द गरिदिएको बीबीसीले जनाएको छ । सांसद अब्राहम कश्मीर सम्बन्धी बेलायती संसदीय समितिका अध्यक्ष पनि हुन् । उनी सोमबार एमिरेट्स फ्लाइटबाट दिल्ली एयरपोर्टमा आइपुगेपछि एयरपोर्टका अधिकारीहरूले उनको भिसा चेकजाँच गरेका थिए । त्यसलगत्तै उनको भिसा अस्वीकार गरिएको थियो ।...
क्यामरुनको हिंसामा गर्भवती र बालबालिकासहित २२ मारिए
विदेश, समाचार

क्यामरुनको हिंसामा गर्भवती र बालबालिकासहित २२ मारिए

अफ्रिकी मुलुक क्यामरुनमा भएको हिंसामा गर्भवती महिला र बालबालिकासहित कम्तीमा २२ जनाको ज्यान गएको छ । उत्तर–पश्चिमी क्यामरुनको न्टुम्बो गाउँमा हिंसा मच्चिएको हो । मृत्यु हुनेमा एकजना गर्भवती महिला र १४ जना बालबालिका छन् । तीमध्ये ९ जना ५ वर्ष मुनीका रहेको जनाइएको छ । हिंसाका क्रममा अरु दर्जनौं घाइते भएका छन् । समाचारमा जनाइएअनुसार ठूलो सङख्यामा आएका बन्दुकधारीले गाउँमा प्रवेश गरी जथाभावी गोली प्रहार गरेका थिए । त्यसपछि उनीहरुले गाउँमा नै आगो लगाइदिएको एएफपीले जनाएको छ । मारिनेमध्ये अधिकांशलाई जिउँदै जलाइएको थियो । आक्रमणको जिम्मा कुनै समूहले लिइसकेको छैन । यद्यपि विपक्षी दलले भने आक्रमणमा क्यामरुनका सेनाको हात रहेको आरोप लगाएको छ । क्यामरुनको सेनाले भने त्यहाँ भएको हिंसाबारे कुनै टिप्पणी गरिसकेको छैन ।...
चौधरी ग्रुपले किन्यो युरोपमा टेलिकम कम्पनी
अर्थ, प्रविधि, विदेश, समाचार, समाज, हाइलाइट-समाचार

चौधरी ग्रुपले किन्यो युरोपमा टेलिकम कम्पनी

काठमाडौं । चौधरी ग्रुप नेपालमा टेलिकम्युनिकेशन उद्योगका लागि लाइसेन्स नपाएपछि यूरोपमा यो व्यवसाय गर्नेगरी अगाडी बढेको छ। नेपालका एकमात्र बिलिनियर ब्यवसायी विनोद चौधरीले यूरोपको ‘मोल्डसेल’ टेलिकम्युनिकेशन कम्पनी किन्ने सम्झौता गरेका हुन्। विनोद चौधरीको स्वामित्व रहेको सिजी सेल टेक्नोलोजी र यूरोपको ‘मोल्डसेल’ टेलिकम कम्पनीबीच गत शुक्रबार खरिदविक्री सम्झौता भएको छ। सीजी टेलले नेपालमा कम्युनिकेशन व्यवसया गर्न सरकारसँग यूनिफाइड लाइसेन्स मागेको थियो। तर, सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले २० अर्व राजश्व बुझाए लाइसेन्स पाउने बताएका थिए। त्यसपछि चौधरी ग्रुपले पत्रकार सम्मेलन नै गरेर मन्त्रीले भनेको २० अर्व एकमुष्ट नभई नवीकरण शुल्क १० वर्षसम्म तिनुपर्ने कानूनी प्रावधान रहेको जनाएको थियो। यसरी सरकार र चौधरी ग्रुपबीच दोहोरी चलिरहेकै बेला सीजी टेलले यूरोपको मो...