Friday, June 26

विश्व

ग्रिसमा बारीमा खस्यो कार्गो जहाज, पाइलटसहित ८ जनाको मृत्यु
दुर्घटना, विश्व, समाचार

ग्रिसमा बारीमा खस्यो कार्गो जहाज, पाइलटसहित ८ जनाको मृत्यु

नेपालअखबार, एजेन्सि। ग्रिसमा एउटा कार्गो जहाज दुर्घटना हुँदा पाइलटसहित ८ जनाको मृत्यु भएको छ। समाचार संस्था रोयटर्सका अनुसार सर्वियाबाट जोर्डन गइरहेको उक्त एएन-१२ जहाज शनिबार साँझ उत्तरी ग्रिसको एउटा गाउँमा दुर्घटनामा परेको हो। मकैबारीमा खस्नुभन्दा अघि जहाजमा आगोको मुस्लो देखिएको थियो। जहाजको इन्जिनमा समस्या देखिएपछि पाइलट आपतकालीन अवतरणका लागि खबर गरेका थिए तर केहीबेर जहाजको सम्पर्क टुट्यो। हतियारसहित अति संवेदनशील सामान बोकेको जहाजमा केहीबेरपछि बिस्फोट भएको थियो। जहाजले उक्त सामान बंगलादेश ल्याउन लागेको अलजजिराले जनाएको छ।...
जातीय दङ्गाका क्रममा सुडानमा ३१ को मृत्यु
विश्व, समाचार

जातीय दङ्गाका क्रममा सुडानमा ३१ को मृत्यु

नेपालअखबार, एजेन्सि। सुडानमा भएको जातिय दङ्गाका क्रममा शुक्रबार कम्तीमा ३१ जनाको मृत्यु भएको छ । देशको ब्लु नाइल प्रदेशमा घटना भएको सरकारी अधिकारीहरूले जनाएका छन्। देशका केही ठाउँमा जातीय दङ्गा भएका छन्, ती घटनामा परी कम्तीमा ३१ जनाको मृत्यु भएको छ भने अरु ३९ जना घाइते भएका छन्, सुरक्षा समितिले जारी गरेको वक्तव्यमा लेखिएको छ । झडपका क्रममा १६ पसल क्षतिग्रस्त भएको पनि अधिकारीहरूले जानकारी दिएका छन् ।  सुरक्षाकर्मीहरूले परिस्थिति नियन्त्रणमा लिइसकेका छन भने केही शंकास्पद व्यक्तिहरूलाई पक्राउ गरेका छन् । सुरक्षा समितिले घटनास्थलमा कर्फ्यु आदेश जारी गरेको छ । कर्फ्यु लगाइएको क्षेत्रमा हिँड्डुल गर्न, भिडभाड गर्न निषेध गरिएको छ । ब्लु नाइल प्रदेश अन्तर्गत पर्ने अल डामाजिन र अल रुसाइरिजमा स्थानीय समय अनुसार बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको हो । स्थानीय बेर्टी ...
इरानमा कुकुर र बिरालो पाल्दा जेल जानुपर्ने हुनसक्छ
विश्व, समाचार

इरानमा कुकुर र बिरालो पाल्दा जेल जानुपर्ने हुनसक्छ

नेपालअखबार, एजेन्सि।’उसले मलाई आफ्नो निर्दोष र सुन्दर आँखाले हेर्छ। उसले मलाई बाहिर घुम्न लैजान आग्रह गरिरहेको छ, तर मसँग त्यसो गर्ने साहस छैन। हामी गिरफ्तार हुनेछौं ।’ तेहरानमा आफ्नो घरमा कुकुर पाल्ने महसाले घरपालुवा जनावरहरू समात्न र तिनीहरूका मालिकहरूलाई गिरफ्तार गर्नका लागि जारी शहरको नयाँ आदेशलाई संकेत गर्दै यसो भनिरहेकी थिइन् । इरानको राजधानी तेहरानमा प्रहरीले भर्खरै त्यहाँका पार्कमा कुकुरहरू घुमाउनु ‘अपराध’ भएको घोषणा गरेको छ। यो प्रतिबन्ध ‘जनताको सुरक्षा’ को दृष्टिकोणबाट आवश्यक भएको घोषणा गरिएको हो । यति नै बेला महिनौंको बहस पछि इरानको संसदले चाँडै ‘जनावरहरूविरुद्धको मानव अधिकारको संरक्षण’ नामक विधेयकलाई अनुमोदन गर्न लागेको छ। यसो गरेपछि देशभरका घरमा कुकुर, बिरालो जस्ता घरपालुवा जनावर राख्नु एउटा अपराध हुनेछ । चर्को जरिवानाको व्यवस्था प्रस्तावित कानूनी प्रावधान अनुसा...
श्रीलंकाको राष्ट्रपति भवनमा प्रदर्शनकारी प्रवेश, कोलम्बोमा तनाव
विश्व, समाचार

श्रीलंकाको राष्ट्रपति भवनमा प्रदर्शनकारी प्रवेश, कोलम्बोमा तनाव

नेपालअखबार, एजेन्सि। श्रीलंकाको राजधानी कोलम्बोमा सरकार विरोधी प्रदर्शनकारीहरू शनिबार राष्ट्रपति गोटाबाया राजापाक्षेको सरकारी निवासमा प्रवेश गरेका छन् । प्रदर्शनकारीले ‘गोटाबाया घर जाउ’ को नारा लगाएका थिए । समाचारअनुसार राष्ट्रपति राजापाक्षे सुरक्षित स्थानमा सरेका छन् । यद्यपि, राष्ट्रपति कहाँ छन् भन्ने पुष्टि भएको छैन । कोलम्बोमा तनाव छ। आन्दोलनकारीलाई रोक्न सेना परिचालन गरिएको छ । सडकमा उत्रिएका आन्दोलनकारीलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै हावामा फायर समेत गरेको थियो । यसैबीच, प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले पार्टी नेताहरूको आकस्मिक बैठक बोलाएका छन् । प्रहरीको कारबाहीमा कैयौं व्यक्ति घाइते भएका र उनीहरूलाई अस्पतालमा भर्ना गरिएको समाचारमा जनाइएको छ । सार्वजनिक भएको भिडियो फुटेजहरूमा प्रदर्शनकारीहरू राष्ट्रपति भवनमा कुर्सीमा बसेर स्विमिङ पुलमा नुहाउँदै गरेको ...
बेलायती प्रधानमन्त्री जोन्सनले कन्जरभेटिभ पार्टीको नेताबाट राजीनामा दिने
राजनीति, विश्व, समाचार

बेलायती प्रधानमन्त्री जोन्सनले कन्जरभेटिभ पार्टीको नेताबाट राजीनामा दिने

नेपालअखबार , एजेन्सि । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कन्जरभेटिभ पार्टीको नेताबाट राजीनामा दिने भएका छन् । शरद ऋतुसम्म प्रधानमन्त्रीमा भने रहिरहने उनले बताए । पछिल्लो समय एकपछि अर्को मन्त्रीले राजीनामा दिएपछि जोन्सनमाथि सरकार छाड्नुपर्ने दबाव बढेको थियो । तर उनले प्रधानमन्त्रीको साटो पार्टी नेताबाट राजीनामा दिने तयारी गरेका हुन् । यौन दुर्व्यवहारमा संलग्न रहेका व्यक्तिलाई उनको विगतबारे जानकारी हुँदा हुँदै पनि नियुक्ति दिएको पाइएपछि जोन्सनको कार्यक्षमतामाथि प्रश्न उठाउँदै केही मन्त्री र सरकारका सहयोगीहरुले राजीनामा दिएका थिए ।...
अविरल वर्षपछि भारतको वित्तीय राजधानी मुम्बईका धेरै क्षेत्र जलमग्न
विश्व, समाचार

अविरल वर्षपछि भारतको वित्तीय राजधानी मुम्बईका धेरै क्षेत्र जलमग्न

नेपालअखबार, एजेन्सि। भारी वर्षाका कारण मुम्बई र वरपरको क्षेत्रको जनजीवन अस्तव्यस्त बनेको छ । अविरल वर्षाले देशकै वित्तीय राजधानी मुम्बईका धेरै भाग जलमग्न हुनुका साथै विभिन्न स्थानमा बाढी आएको छ । भारतको मौसम विभागले शहर र यसका छिमेकी जिल्लाहरूका लागि ‘अरेन्ज अलर्ट’ जारी गर्दै आगामी पाँच दिनसम्म भारी वर्षा हुने प्रक्षेपण गरेको छ । राष्ट्रिय प्रकोप प्रतिक्रिया फोर्सका टोलीलाई पूर्वसावधानी उपायको रूपमा सहरमा तैनाथ गरिएको छ । महाराष्ट्र राज्यमा मनसुन वर्षा सामान्य हो । वर्षाले लाखौं किसानको भाग्यलाई मार्गनिर्देशनसमेत गर्छ । अधिकांश किसान आफ्नो उत्पादनका लागि वर्षामा निर्भर छन् । विज्ञहरूका अनुसार पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनले वर्षालाई  कम अनुमान गर्न नसकिने बताएकाे छ । अनियन्त्रित सहरी विकासले सामान्यतया सडक तथा घरहरूमा पहिरो निम्त्याएको छ । हजारौँ मानिसहरू रोजगारीको खोजीमा हरेक दि...
बेलायतका अर्थमन्त्रीले दिए राजीनामा
राजनीति, विश्व, समाचार

बेलायतका अर्थमन्त्रीले दिए राजीनामा

नेपालअखबार, एजेन्सि। बेलायतका अर्थमन्त्री ऋषि सुनकले राजीनामा दिएका छन्। बिबिसीका अनुसार प्रधानमन्त्री बोरिस जोनसनसँग असहमति राख्दै सुनकले मंगलबार राजीनामा दिएका हुन्। सामाजिक सञ्जाल ट्विटरमा उनले आफ्नो राजीनामा पत्र राख्दै आमनागरिकले सरकार पूर्ण क्षमतामा ठीक तरिकाले गम्भीरतापूर्वक चलोस भन्ने चाहना राख्नु जायज भएको बताएका छन्। यी मान्यताका लागि लड्नु पर्छ भन्ने लागेकाले आफूले राजीनामा दिएको उनको भनाइ छ। कोरोना भाइरसको महामारी, युक्रेनमाथि रूसी आक्रमण र अरू विभिन्न कारणले विश्व नै आर्थिक समस्याबाट गुज्रिरहेका बेला आफूले बेलायतको अर्थमन्त्रीबाट राजीनामा दिने निर्णय निकै सोचविचार गरेर लिएको सुनकले उल्लेख गरेका छन्। सुनक र प्रधानमन्त्री जोनसनबीच सार्वजनिक खर्च कसरी गर्ने भन्नेबारे मतभेद रहेको बताइन्छ। तर पछिल्लो समय जोनसनले एक जना विवादित सांसदलाई महत्वपूर्ण नियुक्ति दिएपछि उनको...
ओमिक्रोनकाे सवभेरियन्टबाट जोगिन चीनको सियान सहरमा फेरि लकडाउन
विश्व, समाचार, स्वास्थ्य

ओमिक्रोनकाे सवभेरियन्टबाट जोगिन चीनको सियान सहरमा फेरि लकडाउन

नेपालअखबार, एजेन्सि। कोभिडको ओमिक्रोन सवभेरियन्टबाट जोगिन चीनको पुरानो सहर सियानका केही भागमा फेरि लकडाउन गरिएको छ । १ करोड ३० लाख जनसंख्या भएको सियानका व्यापारिक गृह, विद्यालय र रेस्टुरेन्ट एक साताका लागि बन्द हुने भएका  हुन् । गत वर्षको अन्त्यमा ऐतिहासिक सहर सियानमा एक महिना लामो तालाबन्दी गरिएको थियो । शनिबारदेखि सहरमा १८ ओटा नयाँ केस भेटिएका थिए । आधिकारिक सूचनाअनुसार द्रुत रूपमा फैलिरहेको ओमिक्रोन सबभेरियन्टका कारण कोभिड संक्रमण बढेका हुन् । यो भेरियन्ट यसअघि अमेरिका र बेलायतमा देखिएको थियो । सियानमा सात दिन अस्थायी नियन्त्रणको विधि लागू गरिएको उक्त सहरका अधिकार झाङ सिउदोङले जानकारी दिए । उक्त कदमले ‘समाजलाई सकेसम्म शान्त हुन, गतिशीलता कम गर्न र क्रस–संक्रमणको जोखिम घटाउन अनुमति दिने’ बताइएको छ । सरकारको सूचनाअनुसार, पब, क्याफे र बारलगायतका सार्वजनिक मनोरञ्जन स्थल बन्द हुनेछन...
श्रीलंकाको संकट अझै एक वर्ष रहन्छ : प्रधानमन्त्री विक्रमासिंघे
विश्व, समाचार

श्रीलंकाको संकट अझै एक वर्ष रहन्छ : प्रधानमन्त्री विक्रमासिंघे

नेपालअखबार, एजेन्सि। श्रीलंका टाट पल्टिएको र यहाँको  आर्थिक संकट कम्तीमा आगामी एक वर्षसम्म रहने प्रधानमन्त्री रनिल विक्रमासिंघेले बताएका छन् । संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री विक्रमासिंघले सो जानकारी दिएका हुन् । सरकारले अत्यावश्यक वस्तुहरू आयात गर्न विदेशी मुद्रा सकिन थालेपछि टापु देशका २ करोड २० लाख नागरिक महिनौंसम्म चलेको मुद्रास्फीति र लामो विद्युत कटौती झेलिरहेका छन् । कुनै बेलाको समृद्ध देश श्रीलंका यस वर्ष गहिरो मन्दीमा जाने र खाद्यान्न, इन्धन र औषधिको चरम अभाव हुने उनले बताए । ‘हामीले सन २०२३ मा पनि कठिनाइहरूको सामना गर्नुपर्नेछ’ प्रधानमन्त्रीले भने,  ‘सत्य यही हो ।’ श्रीलंका टाट पल्टिएको देशको रुपमा अन्तर्राष्ट्रिय मुद्रा कोषसँग वार्ता गरिरहेको जानकारी दिए । विदेशी मुद्रा संञ्चितको अभावमा श्रीलंकामा अत्यावश्यकीय वस्तुको आयात हुन सकेको छैन् । अहिले देशमा पेट्रोलको चरम ...
इन्धन अभावले श्रीलङ्कामा विद्यालय बन्दको घोषणा
अर्थ, विश्व, समाचार

इन्धन अभावले श्रीलङ्कामा विद्यालय बन्दको घोषणा

नेपालअखबार, एजेन्सि। इन्धन अभावका कारण श्रीलङ्कामा विद्यालय बन्दको घोषणा गरिएको छ। पहिलो चरणमा जुलाई ४ देखि एक साता बन्द गर्ने घोषणा गरिएको हो। शिक्षा मन्त्रालयले सरकारको स्वामित्वमा रहेका र सरकारको स्वीकृतिमा सञ्चालन भएका सबै निजी विद्यालयहरू बन्द गर्ने निर्णय गरिएको जनाएको छ। विद्यालयहरू बन्द गरिएपछि इन्धनको खपत कम हुने विश्वासका साथ विद्यालय बन्द गर्ने निर्णय गरिएको सरकारी अधिकारीहरूले जनाएका छन्। देशका ऊर्जा मन्त्रीले आइतबार एक दिनका लागि मात्र इन्धनको सञ्चय रहेको जानकारी दिएका थिए। देशमा आर्थिक सङ्कट थप जटिल बन्दै जाँदा सरकारले इन्धन आयात गर्न नसकेकाले सार्वजनिक यातायात ठप्प जस्तै भएको छ। श्रीलङ्काका अधिकांश पेट्रोल पम्पहरूमा निकै लामो लाइन देखिने गरेको छ। श्रीलङ्काले पेट्रोल र डिजेल बचत गर्न भन्दै अत्यावश्यक सेवाबाहेक सबै क्षेत्रका लागि इन्धन बिक्री दुई साता रोक्...