कोरोनाले निम्त्याएको पीडाका १० तस्बिर जसमा स्थान फरक छन् तर भावना उस्तै
नेपाल अखबार, एजेन्सि। कोरोनाभाइरसका कारण ज्यान गुमाउने आफन्तले चाहँदा चाहँदै पनि आफ्ना प्रियजनलाई अन्तिम विदाई दिन नसक्ने अवस्था छ । स्थिती यस्तो छ कि न त उनीहरुले आफन्तलाई अन्तिम दर्शन गर्न सक्छन् न राम्रोसँग अन्तिम संस्कार नै ।
कोरोनाका कारण संसारभरी ४ लाख ३२ हजार बढीले ज्यान गुमाइसकेका छन् । यसका कारण संसारभरी शव गाड्ने स्थानको कमी भइरहेको छ । ल्याटिन अमेरिकी देश ब्राजिलको स्थिती पनि त्यस्तै छ । यहाँको शहर साओ पाउलोमा तीन वर्ष पुरानो चिहान खनेर हड्डी निकालिनेछ र नयाँ शव गाडिनेछ ।
संसारभरीबाट लिइएका अन्तिम बिदाईका १० तस्बिर जसले बताउँछ कि आफन्त गुमाउनुको पीडा संसारभरी उस्तै छ ।
‘कोभिड–१९ चिहान’
सन् २०२० जून ७ मा खिचिएको यो तस्बिर त्रिनिदादको हो । यहाँ यस्तो चिहान पनि छ जहाँ कोभिड–१९ का कारण ज्यान गुमाएकाहरुलाई गाडिन्छ । यसलाई ‘कोभिड–१९ चिहान’ नाम दिइएको छ । आफन्तको बिदाईको अन्तिम समयमा...
