अमेरिका र टिकटकबिच कम्पनीको अमेरिकी कारोबार अलग्याउने सम्झौता
नेपालअखबार,वासिङ्टन डीसी । अमेरिकी प्रशासनसँग लामो समयदेखि चल्दै आएको वार्तापछि टिकटकले आफ्नो अमेरिकी कारोबारलाई विश्वव्यापी व्यवसायबाट अलग गर्ने सम्झौता टुङ्गोमा पुर्याएको छ।
टिकटकका अनुसार अमेरिकास्थित यसको सञ्चालनमा बहुमत हिस्सा अमेरिकी तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई बिक्री गरिएको छ। यसअनुसार सिल्भर लेक, ओराकल र एमजिएक्सले जनही १५ प्रतिशत सेयर लिने भएका छन्। यसबाहेक डेल फ्यामिली अफिस र भास्टेमेयर स्ट्राटेजिक इन्भेस्टमेन्ट्स पनि लगानीकर्ताका रूपमा सहभागी छन्।
टिकटकले जारी गरेको वक्तव्यमा यो सम्झौताले २० करोडभन्दा बढी अमेरिकी प्रयोगकर्ता र ७५ लाखभन्दा बढी व्यवसायलाई टिकटकको प्रयोग निरन्तर गर्न सहज बनाउने बताइएको छ। “यसले प्रयोगकर्तालाई टिकटकको जीवन्त विश्वव्यापी समुदायमा सामग्री खोज्न, सिर्जना गर्न र फस्टाउन मद्दत गर्नेछ,” कम्पनीले भनेको छ।
यो सम्झौताको मुख्य उद्देश्य टिकटकमा...










