Monday, June 1

विश्व

मोदीलाई भारतीय कांग्रेसको चेतावनी : नेपाल चीनसँग नजिकिँदैछ
राजनीति, विश्व, समाचार

मोदीलाई भारतीय कांग्रेसको चेतावनी : नेपाल चीनसँग नजिकिँदैछ

नेपालअखबार,काठमाडौं । भारतीय कांग्रेस पार्टीका नेता पवन खेडाले सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) सरकारमाथि नेपाल-चीन सम्बन्धलाई लिएर प्रश्न उठाएका छन् । उनले नेपाल चीनतिर थप नजिक भइरहेको जिकिर गरेका हुन् । नेता खेडाले पत्रकार सम्मेलनमा भने, ‘नेपालमा अहिले जुन भारतविरोधी भावना देखिन्छ, त्यो १० वर्ष पहिले थिएन । नेपालमा यति ठूलो भूकम्प आउँदा भारतले धेरै सहायता गरेको थियो ।’ उनले अगाडि थपे, ‘तर आज नेपाल चीनसँग नजिक भइसकेको छ । यदि यो आत्मसमर्पण नीति होइन भने के हो ?’ मोदी नेतृत्वको संघीय सरकारमाथि कटाक्ष गर्दै पवन खेडाले थपे, ‘पाकिस्तान र अन्य देशहरूसँग मिलेर चीनले जुन कोरिडोर (मार्ग) बनाइरहेको छ, तपाईंहरूले त्यसको विरुद्ध के गर्न सक्नुभयो ? यदि तपाईंहरूले आईएमएफ (अन्तर्राष्ट्रिय मुद्रा कोष) को ऋण रोक्न सक्नुभएको हो भने भन्नुस् ।’...
दक्षिण कोरियाको राष्ट्रपतिमा विपक्षी उम्मेदवार ली जे-म्युङ विजयी
राजनीति, विश्व, समाचार

दक्षिण कोरियाको राष्ट्रपतिमा विपक्षी उम्मेदवार ली जे-म्युङ विजयी

नेपालअखबार, काठमाडौं । दक्षिण कोरियाको राष्ट्रपति चुनावमा वामपन्थी झुकाव भएको लिबरल डेमोक्रेटिक पार्टी अफ कोरिया (डीपीके) का नेता ली जे–म्युङ विजयी भएका छन्। उनी सत्तारूढ पीपुल पावर पार्टी (पीपीपी) का उम्मेदवार किम मून–सूलाई पराजित गर्दै विजयी भएका हुन् । प्रारम्भिक मतगणनाका अनुसार लीले ४८.३१ प्रतिशत मत प्राप्त गर्दा किम ४२.९ प्रतिशतमा मात्र सीमित भए। जीतपछि लीले भने, ‘म मतदाताहरूसँग आभारी छु। म यो जिम्मेवारी कहिल्यै बिर्सिने छैन। म देशलाई एकताबद्ध गर्न, अर्थतन्त्र सुधार्न र उत्तर कोरियासँग शान्ति स्थापना गर्न काम गर्नेछु।’ त्यसैगरी, पराजित उम्मेदवार किम मून–सूले हार स्वीकार गर्दै भने, ‘म जनताको निर्णय विनम्रतापूर्वक स्वीकार गर्छु र ली जे–म्युङलाई जितको लागि बधाई दिन्छु।’ ७८ प्रतिशत भन्दा बढी मतदाता सहभागी यसपटकको राष्ट्रपति चुनावमा ७८.३ प्रतिशत मतदाताले मतदान गरे, जुन सन् १...
अमेरिकामा खतरनाक जैविक कीटाणु तस्करी : चिनियाँ नागरिक पक्राउ
विश्व, समाचार

अमेरिकामा खतरनाक जैविक कीटाणु तस्करी : चिनियाँ नागरिक पक्राउ

नेपालअखबार,वासिङ्टन डीसी ।  अमेरिकामा बाली नष्ट गर्ने र कृषि आतंकवाद फैलाउन खतरनाक जैविक कीटाणु तस्करीको घटना बाहिर आएको छ । अमेरिकाले एक चिनियाँ अनुसन्धानकर्ता जोडीलाई उक्त कीटाणु तस्करी गरेको आरोप लगाएको छ । एफबीआई निर्देशक काश पटेलले यो घटनापछि गम्भीर चेतावनी समेत दिएका छन् । उनले चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)ले अमेरिकी संस्थाहरूमा घुसपैठ गर्ने र खाद्य आपूर्तिलाई असर गर्न अनुसन्धानकर्ताको रूपमा आफ्ना मानिसहरूलाई तैनाथ गर्ने गरेको कुरा समेत गरेका छन् । जुलाई २०२४ मा चिनियाँ युवा जुन्योङ लिउ आफ्नो झोलामा विषालु फंग्स लिएर अमेरिका प्रवेश गरेको एफबीआई अधिकारीहरूले भनेका छन् । डेट्रोइट विमानस्थलमा उनको झोलाबाट रातो बिरुवाहरू बरामद भएको थियो । सोधपुछको क्रममा उनले यी बिरुवाहरू मिसिगन विश्वविद्यालयको प्रयोगशालामा काम गर्ने आफ्नी प्रेमिका युनकिङ जियानलाई दिन लागेको बताएका थिए । उन...
भारत भागेकी पूर्वप्रधानमन्त्री हसिनालाई बंगलादेशले चलायो मानवता विरूद्धको अपराधको मुद्दा
राजनीति, विश्व, समाचार

भारत भागेकी पूर्वप्रधानमन्त्री हसिनालाई बंगलादेशले चलायो मानवता विरूद्धको अपराधको मुद्दा

नेपालअखबार, काठमाडौं । बंगलादेशले पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवता विरूद्धको अपराधको मुद्दा चलाएको छ। गत वर्षको विद्यार्थी-नेतृत्वको विद्रोहको दौरान हिंसात्मक दमन गरेको भन्दै हसिना र दुई वरिष्ठ अधिकारीलाई सरकारी वकिलले आइतबार औपचारिक रूपमा मानवता विरूद्धको अपराधको अभियोग लगाएको भनेर ब्लुमबर्गले लेखेको छ। एउटा अनुसन्धान प्रतिवेदनले हसिनाले सुरक्षा निकायरू, उनको राजनीतिक दल अवामी लिग र सम्बद्ध समूहहरूलाई ठूलो संख्यामा हताहत हुने गरी दमन गर्न प्रत्यक्ष रूपमा आदेश दिएको पत्ता लगायो भनेर सरकारी वकिलहरूले दावी गरेका छन्। ‘यी हत्याहरू योजनाबद्ध थिए,’ मुख्य अभियोजक ताजुल इस्लामले टेलिभिजनमा प्रसारित सुनुवाइमा भने भनेर ब्लुमबर्गले जनाएको छ। सो समयमा सरकार प्रमुखको रूपमा हसिनाको सुरक्षा बलको कारबाहीको लागि ‘कमान्ड रेस्पोन्सिबिलिटी’ (आफू मातहतकाले गरेको अपराधको जिम्मेवारी) ठहरिने पन...
पाकिस्तानले ‘फाइटर जेट’ खसालिदिएको कुरा भारतले पहिलो पटक स्वीकार गर्‍यो
प्रशासन, राजनीति, विश्व, समाचार

पाकिस्तानले ‘फाइटर जेट’ खसालिदिएको कुरा भारतले पहिलो पटक स्वीकार गर्‍यो

नेपालअखबार, काठमाडौं । भारतले आफ्नो फाइटर जेट पाकिस्तानले खसालिदिएको कुरा पहिलोपटक स्वीकार गरेको छ। गत महिना पाकिस्तानसँगको संघर्षका क्रममा भारतको फाइटर जेट खसेको कुरा भारतीय सशस्त्र बलका रक्षा प्रमुख अनील चौहानले स्वीकार गरेका हुन्। चार दिनसम्म भएको भारत-पाकिस्तान संघर्षमा पाकिस्तानले भारतको ६ वटा लडाकू विमान खसालिदिएको दाबी गरेको थियो। त्यसमा भारतले लगातार अस्वीकार गर्दै आएको थियो। शनिबार चौहानले भने घुमाउरो पाराले पाकिस्तानले भारतको लडाकू विमान खसालिदिएको कुरा स्वीकार गरेका हुन्। शनिबार सिंगापुरमा एसियाली देशहरूका रक्षा प्रमुखकहरूको प्रमुख मञ्च शांग्रिला डायलगबीच अमेरिकी पत्रिका ब्लुमबर्गका पत्रकारले चौहानलाई भारतको लडाकू विमान खसालेको पाकिस्तानको दाबीबारे सोधेका थिए। जबाफमा चौहानले पाकिस्तानको उक्त दाबीलाई गलत भने। 'उनीहरूको दाबी हाम्रा लागि महत्त्व राख्दैन,' उनले भने, '...
अमेरिकाले राखेको युद्धविराम प्रस्तावमा हमासले राख्यो संशोधन
राजनीति, विश्व, समाचार

अमेरिकाले राखेको युद्धविराम प्रस्तावमा हमासले राख्यो संशोधन

नेपालअखबार,काठमाडौं । इजरायलसँग लडिरहेको हमासले अमेरिकाले राखेको ६० दिनको युद्धविराम प्रस्ताव संशोधन हुनुपर्ने माग राखेको छ । १० जना इजरायली बन्धकहरूलाई जिउँदै र १८ जना बन्धकहरूको शव फिर्ता गर्न तयार रहेको बताएको छ । तर त्यसको बदलामा केही प्यालेस्टिनी कैदीहरू रिहा हुनुपर्ने उसको माग छ । साथै आफ्ना पुराना मागहरू दोहोर्याउँदै हमासले भनेको छ– स्थायी युद्धविराम (युद्धको पूर्ण अन्त्य) हुनुपर्छ, सबै इजरायली सेना गाजाबाट फिर्ता हुनुपर्छ र निरन्तर मानवीय सहायता सुनिश्चित गर्नुपर्छ । यी मागहरू अमेरिकाले प्रस्तुत गरेको हालको युद्धविराम प्रस्तावमा समावेश छैनन् । हमासले अमेरिकी प्रस्तावलाई पूर्ण रूपमा अस्वीकार पनि नगरेको र स्पष्ट रूपमा स्वीकार पनि नगरेको बीबीसीले जनाएको छ । अमेरिकी अधिकारीले भने इजरायलले युद्धविराम प्रस्ताव स्वीकार गरिसकेकाले अब हमासले पनि स्वीकार गर्नुपर्ने बताएका छन् । ...
ट्रम्प प्रशासनले उल्टायो दर्जनौँ खानी सुरक्षा कार्यालय बन्द गर्ने ‘डज’ को निर्णय
विश्व, समाचार

ट्रम्प प्रशासनले उल्टायो दर्जनौँ खानी सुरक्षा कार्यालय बन्द गर्ने ‘डज’ को निर्णय

नेपालअखबार,वासिङटन डीसी । अमेरिकामा ३४ वटा खानी सुरक्षा कार्यालय अब बन्द गरिने छैनन् । खानी सुरक्षा कार्यालयहरू बन्द गर्ने र लीजहरू समाप्त गर्ने सरकारी दक्षता विभाग (डज)को निर्णयलाई ट्रम्प प्रशासनले अस्वीकार गरेको छ । श्रम विभागले खानी सुरक्षा र स्वास्थ्य प्रशासन (एमएसएचए)को ३४ कार्यालयको लीज समाप्त नहुने बताएको छ । एमएसएचए खानी सुरक्षा कानुन लागु गर्ने एजेन्सी हो । पदभार ग्रहण लगत्तै राष्ट्रपति डोनाल्ड ट्रम्पले खर्बपति व्यापारी एलन मस्कको नेतृत्वमा सरकारी दक्षता विभाग (डज) गठन गरेका थिए ।  यसको उद्देश्य सरकारी खर्च घटाउनु थियो । यस विभागले हालै तीन दर्जन एमएसएचए कार्यालयहरूको लीज अन्त्य गर्ने योजना बनाएको थियो । यीमध्ये सात कार्यालय केन्टकीमा थिए । लीज समाप्त गर्दा १ करोड ८० लाख डलर बचत हुने डजको अनुमान थियो । हालैमात्र मस्कले ट्रम्प प्रशासन छोडेको घोषणा गरेका थिए ।...
गाजामा खानाको खोजीमा भौँतारिँदैछन् मानिस
विश्व, समाचार, समाज

गाजामा खानाको खोजीमा भौँतारिँदैछन् मानिस

नेपालअखबार,गाजापट्टी । इजरायली आक्रमणको सामना गरिरहेको गाजाको उत्तरी भागको मुख्य सहरमा अराजकता र लुटपाटको अवस्था सिर्जना भएको छ  । विगत केही हप्तादेखि यस क्षेत्रमा आवश्यक सहयोग पुग्न सकेको छैन । यहाँ बसोबास गर्ने प्यालेस्टिनीहरू खानाको खोजीमा भौँतारिन थालेका छन् । हमासद्वारा सञ्चालित गृह मन्त्रालयले बिहीबार गाजा सहरको बजारमा तैनाथ आफ्ना सात प्रहरी अधिकारीहरू इजरायली हवाई आक्रमणमा मारिएको बताएको छ । हमासका अनुसार यी अधिकारी व्यवस्था कायम राख्न र लुटेराहरूको सामना गरिरहेका थिए । इजरायली सेनाले यस घटनामा कुनै टिप्पणी गरेको छैन । केही दिन यता गाजामा दर्जनौँ आतङ्कवादी लुकेका ठाउँहरूमा आफूले आक्रमण गरेको इजरायलको भनाइ छ । बिहीबार यस क्षेत्रभरि कम्तीमा ४४ जना मारिएको र यीमध्ये २३ जनाको मृत्यु केन्द्रीय बुरेइज शरणार्थी शिविरमा भएको स्थानीय डाक्टर र उद्धारकर्मीहरूले भनेका छन् । यसअघि संयुक...
स्पेसएक्सको सबैभन्दा ठूलो रकेट प्रक्षेपण लगत्तै दुर्घटनाग्रस्त
प्रविधि, विश्व, समाचार

स्पेसएक्सको सबैभन्दा ठूलो रकेट प्रक्षेपण लगत्तै दुर्घटनाग्रस्त

नेपालअखबार,काठमाडौं । स्पेसएक्सको विशाल स्टारशिप रकेटको पछिल्लो परीक्षण उडान पुनः असफल भएको छ। यो अन्तरिक्ष यान अहिलेसम्मकै सबैभन्दा ठूलो र शक्तिशाली रकेट मानिन्छ। यसलाई एलन मस्कको मंगल ग्रहमा बस्ती बसाल्ने महत्त्वाकांक्षासँग जोडिएको महत्वपूर्ण परियोजना मानिएको थियो। बीबीसीका अनुसार स्टारशिपको यो नवौं परीक्षण उडान थियो । यो मानवविहीन रकेट टेक्सासबाट सफलतापूर्वक प्रक्षेपण गरिएको थियो। तर, प्रक्षेपणको केही समयपछि नै केही समस्या देखियो र रकेट पृथ्वीको वायुमण्डलमा योजनाबद्ध रूपमा फर्किनु अघि नै अनियन्त्रित भएको हो । स्पेसएक्सको भनाइअनुसार, अन्तरिक्ष यान तीव्र गतिमा विखण्डित हुँदै हिन्द महासागरमा खस्नुअघि नै टुक्रा–टुक्रा भएको थियो । सामाजिक सञ्जाल एक्समा गरिएको पोस्टमार्फत कम्पनीले यो परीक्षणले स्टारशिपको विश्वसनीयता सुधार गर्न मद्दत गर्ने जनाएको छ ।...
गजामा इसराइलको हवाइ आक्रमण, पत्रकारसहित कम्तिमा ३० जना मारिए
राजनीति, विश्व, समाचार

गजामा इसराइलको हवाइ आक्रमण, पत्रकारसहित कम्तिमा ३० जना मारिए

नेपालअखबार,काठमाडौं । इसराइली हवाइ आक्रमणमा गजामा कम्तिमा ३० जनाको मृत्यु भएको छ। आइतबार गजापट्टिको जबालिया क्षेत्रमा इसराइलले गरेको हवाई आक्रमणमा परी कम्तिमा ३० जनाको मृत्यु भएको गजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मारिनेमा एक जना पत्रकार र उद्धारमा खटिएका वरिष्ठ अधिकारी पनि छन्। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार स्थानीय सञ्चारमाध्यममा कार्यरत पत्रकार हसन मज्दी अबु वार्दाको मृत्यु भएको छ। नुसेरातमा भएको अर्को हवाई आक्रमणमा त्यस क्षेत्रको नागरिक आपतकालीन सेवाका एक वरिष्ठ अधिकारी अशरफ अबु नार र उनकी श्रीमतीको मृत्यु भएको रोयटर्सले जनाएको छ। सन् २०२३ को अक्टोबर ७ यता गजामा २२० जना पत्रकारहरू इसराइली हमलामा मारिएको तथ्यांक छ। इसराइली सेनाका चिफ अफ स्टाफ इयाल जामिरले आइतबार खान युनिसमा इसराइली सैनिकहरूलाई भेटेर गजाको युद्ध अनन्त नभएको बताएका थिए। उनले हमासका कम...