इजरायलको आक्रमणमा घाइते भएका थिए इरानका राष्ट्रपति
नेपालअखबार,काठमाडौँ । गत महिना इसराइलले गरेको आक्रमणमा परी इरानका राष्ट्रपति मसउद पेजेस्कियन घाइते भएको खुलेको छ।
इरानको रिभोलुसनरी गार्ड कोरनिकट फार्स न्युजले १६ जुनमा इसराइलले गरेको हवाई आक्रमणमा राष्ट्रपति पेजेस्कियन घाइते भएको उल्लेख गरेको छ।
इसराइलले इरानमाथि १३ जुनमा आक्रमण सुरू गरेको थियो।
बिबिसीका अनुसार त्यतिबेला तेहरानको एउटा भूमिगत संरचनामा राष्ट्रपति पेजेस्कियनले सैन्य अधिकारीहरूसहित राष्ट्रिय सुरक्षा परिषदको बैठक सञ्चालन गर्दै थिए।
इसराइलले उक्त भूमिगत संरचनाको प्रवेशद्वार र बाहिरिने ठाउँ दुवै तर्फ ६ वटा बम खसालेको थियो भनेर फार्स न्युजलाई उद्धृत गर्दै बिबिसीले लेखेको छ।
त्यसपछि राष्ट्रपति पेजेस्कियनसहित त्यहाँ सहभागीहरू आपतकालीन सुरूङमार्गबाट बाहिरिएका थिए।
त्यहाँ विद्युत आपूर्तिसमेत बन्द भएका थिए। यद्यपि राष्ट्रपति पेजेस्कियन ज्यान जोगाउन सफल भएका थिए भनेर ...










