स्वीडेनमा भएको चीन-अमेरिका वार्ता निष्कर्षविहीन
नेपालअखबार,काठमाडौं । अमेरिका र चीनबीच भन्सार युद्धविरामका लागि स्वीडेनमा भएको वार्ता बिना कुनै निष्कर्ष टुंगिएको छ।
विश्वका सबभन्दा ठूला अर्थतन्त्र भएका यी दुई देशले एकअर्कालाई लगाएको उच्च भन्सार ९० दिनका लागि थाँती राखेका छन्। सो समय अगस्ट १२ मा सकिँदैछ। त्यसअघि नै त्यसलाई लम्ब्याउन दुई देशले वार्ता गरिरहेका छन्। यस क्रममा स्वीडेनको राजधानी स्टकहोममा दुई दिनसम्म चलेको वार्ता बिना कुनै निष्कर्ष टुंगिएको हो।
दुई देश युद्धविराम लम्ब्याउन सहमत भए पनि कति समयका लागि लम्ब्याउने भन्नेमा सहमति हुन नसकेको हङकङबाट प्रकाशित हुने साउथ चाइना मर्निङ पोस्टले लेखेको छ।
अमेरिकी वार्ता टोलीको नेतृत्व गरेका अर्थमन्त्री स्कट बेसेन्टले वार्ता रचनात्मक भएको बताएको द न्युयोर्क टाइम्सले उल्लेख गरेको छ। यद्यपि, युद्धविराम तन्काउने अन्तिम निर्णय भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्ने उनले जानकारी ...









