अमेरिकी आक्रमणपछि राष्ट्रसंघका महासचिवले भने, ‘म धेरै चिन्तित छु’
नेपालअखबार,न्युयोर्क । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इरानको आणविक स्थलहरूमा अमेरिकी आक्रमणप्रति चिन्ता व्यक्त गरेका छन्।
उनले आफ्नो एक्स अकाउन्टमा लेखेका छन् , ‘आज अमेरिकाले इरानविरुद्ध गरेको सैन्य कारबाहीप्रति म धेरै चिन्तित छु। यो कदमले यस क्षेत्रमा तनाव अझ बढाउन सक्छ, जुन पहिले नै धेरै नाजुक अवस्थामा छ । यो अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको लागि प्रत्यक्ष खतरा हो।’
उनले थपे, ‘यो द्वन्द्व चाँडै नियन्त्रण बाहिर जान सक्ने र नागरिक, क्षेत्र र विश्वलाई ठुलो क्षति पुग्ने डर बढ्दो छ।’
गुटेरेसले संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरूलाई परिस्थितिलाई अझ बिग्रनबाट रोक्न र संयुक्त राष्ट्र संघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनको पालना गर्न अपिल गरेका छन्। उनले लेखे, ‘यस सङ्कटको कुनै सैन्य समाधान छैन। कूटनीति नै अगाडि बढ्ने एक मात्र बाटो हो र शान्ति नै एक मात्र आशा हो।...










