ट्रम्पद्वारा क्यानडासँगको व्यापार वार्ता अन्त्यको घोषणा
नेपालअखबार,वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडासँगको व्यापार वार्ता 'तुरुन्तै' अन्त्य गर्ने बताएका छन्। अमेरिका र क्यानडा जुलाईको मध्यसम्ममा व्यापार सम्झौतामा सहमति जुटाउने दिशामा काम गरिरहेका बेला राष्ट्रपति ट्रम्पले यो कदम चालेका हुन्।
क्यानडाले अमेरिकी प्रविधि कम्पनीहरूलाई लक्षित गरेर कर लगाउने तयारी गरिरहेको ट्रम्पको भनाई छ । यस वर्षको सुरुमा अमेरिकी राष्ट्रपतिको पदभार ग्रहण गरेदेखि नै ट्रम्पले 'व्यापार युद्ध' सुरु गर्दै आएका छन्। त्यस बेलादेखि दुवै देशले एक अर्काको सामानमा कर लगाएका छन्।
अमेरिकी राष्ट्रपतिले शुक्रबार प्राविधिक कम्पनीहरूमाथि उच्च करको बारेमा वार्ता समाप्त गर्ने बताए । उनले अर्को हप्ता नयाँ शुल्क घोषणा गर्ने पनि जानकारी दिए । ट्रम्पले ट्रुथ सोसलमा लेखे, ‘हामी क्यानडासँगको व्यापार सम्बन्धी सबै छलफलहरू तत्काल प्रभावबाट समाप्त गर्दैछौँ। हामी क...









