को हुन् असदले देश छोडेपछि सिरियाका राष्ट्रपति बनेका अहमद अल-शारा?
नेपालअखबार .काठमाडौँ । सिरियाको बशर अल-असदको सत्ता पल्टाउन प्रमुख भूमिका खेलेका अहमद अल-शाराले भर्खरै आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका छन्।
असदको विरूद्ध लडेका विद्रोहीमध्ये सबैभन्दा बलियो हयात तहरिर अल-शामको नेतृत्व गरेका ४२ वर्षीय शाराको विद्रोही नेता हुँदाको उपनाम अबु मोहम्मद अल जोलानी थियो। उनले सर्वपक्षीय सरकारको नेतृत्व सम्हालेका छन्।
सिरियामा सत्ता कब्जा गरेपछि उनले आफू सरकार प्रमुख नबनेर इद्लिब सहरमा उनको समूहले चलाएको सरकारका प्रमुख मोहम्मद अल-बशिरलाई सिरियाको प्रधानमन्त्री बनाएका थिए। कुनै पनि आधिकारिक सरकारी पदमा नभए पनि पछिल्लो केही हप्ता उनी नै सिरियाको राष्ट्रप्रमुख सरहको हैसियतमा थिए। बुधबारदेखि भने आधिकारिक रूपमा उनले आफूलाई संक्रमणकालीन राष्ट्रपति घोषणा गरेका हुन्।
करिब १५ हजार लडाकू भएको उनको समूहको नेतृत्वमा असदलाई देशबाट धपाएपछि सर्वस्वीकार्य नेताका रूपमा ...










