आजदेखि गजामा युद्धविराम कार्यान्वयन
नेपालअखबार,काठमाडौँ ।। इसराइल हमासबीचको युद्धविराम सम्झौता आजदेखि कार्यान्वयन हुँदैछ।
एक सातादेखिको प्रयासपछि शुक्रबार इसराइलले हमासमा युद्धविराम गर्न सहमति गरी मन्त्रिपरिषदबाट अनुमोदन गरेको थियो।
समाचार संस्था रोयटर्सका अनुसार आइतबार मध्याह्न हमासले तीन बन्धक छाड्ने छ। बन्धकमुक्त हुने तीनै जना इसराइली महिलाहरू रहने पनि रोयटर्सले जनाएको छ।
हमासले तीन बन्धक छाड्दा इसराइली जेलमा रहेका ९० जना कैदी रिहा हुनेछन्। सम्झौतामा एक महिला बन्धक हमासले छाडेबापत इसराइलले ३० कैदी रिहा गर्ने भनिएको छ।
हमासले बन्धकमुक्त गरेकाहरूलाई रेड क्रसले इसराइल पुर्याउनेछ।
सम्झौता कार्यान्वयन गर्नुअघि इसराइली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले सम्झौता अनुसार बन्धकहरू नछाडिए वा सम्झौता कार्यान्वयन तलमाथि भए गजामा पुनः आक्रमण गर्ने र त्यसका लागि अमेरिकाले पनि सहमति दिएको बताएका छन्।
हमासले ४२ दिनमा ...










