५१ डलर दान गर्दा १२ वर्ष जेल सजाय !
नेपालअखबार, मस्को । रुसको एक अदालतले युक्रेनलाई समर्थन गर्ने संस्थालाई ५१ अमेरिकी डलर (आजको मूल्यअनुसार ६ हजार ८४९ रुपैयाँ) दान गरेको आरोपमा एक महिलालाई १२ वर्ष जेल सजाय सुनाएको छ । ‘देशद्रोह’ गरेको ठहर गर्दै ३३ वर्षीया क्सेनिया क्यारेलिनालाई उक्त जेल सजाय सुनाइएको हो ।
अमेरिकी र रुसी नागरिकता बोक्ने क्यारेलिनाले गत हप्ता बन्द इजलासमा गरिएको सुनुवाइमा आफ्नो गल्ती स्वीकार गरेकी थिइन् । अमेरिकाको लस एन्जलिसमा बस्दै आएकी उनले सन् २०२१ मा त्यहाँको नागरिकता लिएकी थिइन् ।
गत जनवरीमा परिवारलाई भेट्न रुस आएको बेला उनलाई पक्राउ गरिएको थियो । उनलाई राजधानी मस्कोबाट १ हजार ६०० किलोमिटर पूर्वमा रहेको येकाटेरिनबर्गबाट नियन्त्रणमा लिइएको थियो ।
अभियोजकहरुले उनलाई १५ वर्ष जेल सजाय हुनुपर्ने माग गरे पनि येकाटेरिनबर्ग अदालतले उनलाई १२ वर्षको सजाय सुनाएको थियो । उनीमाथि युक्रेनको सेनालाई हतियार उप...









