Wednesday, September 2

विश्व

ट्रम्प र पुटिनबीच लामो फोन वार्ता
राजनीति, विश्व, समाचार

ट्रम्प र पुटिनबीच लामो फोन वार्ता

नेपालअखबार,काठमाडौँ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोन वार्ता भएको छ। बुधबार दुई राष्ट्रपतिबीच लामो टेलिफोन वार्ता भएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्। ट्रम्पले पनि आफ्नो ट्रुथ सोसलमा पोस्ट गरेर पुटिनसँग लामो र अत्यन्तै उपयोगी फोनवार्ता भएको बताएका छन्। उनले विशेगरी रूस-युक्रेन युद्ध र त्यसलाई अन्त्य गर्नेबारे पुटिनसँग छलफल भएको बताएका छन्। 'लाखौंको ज्यान जानेगरी भएको युद्ध रोक्नुपर्ने विषयमा हामी दुवै सहमतिमा पुगेका छौं,' ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्। युद्ध अन्त्यका लागि मध्यस्त गर्न विदेशमन्त्री मार्को रुबिओ, सिआइएका निर्देशक जोन र्‍याटक्लिफ, राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्ज र राजदूत स्टिभ विटकफसहितको टोली बनाइएको ट्रम्पले बताएका छन्। ट्रम्पले रूसी राष्ट्रपतिसँग भएको कुराकानीबारे युक्रेनका राष्ट्रपति भोल्दोमिर ज...
अमेरिकामा अर्को विमान दुर्घटना, विमानस्थलमै दुई विमान ठोक्किए
विश्व, समाचार

अमेरिकामा अर्को विमान दुर्घटना, विमानस्थलमै दुई विमान ठोक्किए

नेपालअखबार,एरिजोना । अमेरिकाको एरिजोनास्थित स्कट्सडेल विमानस्थलमा सोमबार विमान दुर्घटना हुँदा कम्तीमा एक जनाको मृत्यु भएको छ।  विमानस्थलमा दुई निजी विमानहरू एकअर्कासँग ठोक्किएका थिए, जसमा अन्य धेरै मानिसहरू घाइते भएका हुन् । यो दुर्घटनापछि सबै उडानहरू रद्द गरिएका छन्।  उड्डयन योजना र आउटरिच संयोजक केली कुएस्टरका अनुसार स्कट्सडेल विमानस्थलमा एउटा मध्यम आकारको व्यावसायिक जेट धावनमार्गबाट ​​बाहिर निस्केर एउटा निजी जेटसँग ठोक्किँदा दुर्घटना भएको थियो। स्कट्सडेल अग्नि नियन्त्रण विभागका क्याप्टेन डेभ फोलियोले एक जनाको घटनास्थलमै मृत्यु भएको बताए। यसबाहेक अन्य चार जना घाइते भएका छन्, जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ। अमेरिकामा पछिल्लोसमय लगातार विमान दुर्घटनाहरू भइरहेका छन् । वासिङ्टन डिसीमा अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टर र यात्रुवाहक विमान आकाशमा नै ठोक्किँदा ६७ जनाको मृ...
बंगलादेशमा प्रदर्शनकारीले शेख हसिनाका पिता मुजीबुर्रहमानको घर जलाए
राजनीति, विश्व, समाचार

बंगलादेशमा प्रदर्शनकारीले शेख हसिनाका पिता मुजीबुर्रहमानको घर जलाए

नेपालअखबार,काठमाडौँ । । बंगलादेशमा फेरि हिंसा सुरु भएको छ । पूर्वप्रधानमन्त्री शेख हसिनाका विरोधीले बुधबार राति उनका पिता शेख मुजीबुर्रहमानको ढाकास्थित घर धानमण्डी–३२ मा आगो लगाएर ध्वस्त पारेका छन् । प्रदर्शनकारीले बुधबार मध्यरात र बिहीबार देशभर शेख हसिनाको पार्टी अवामी लिगका नेताहरुका घरमा तोडफोड गर्दै मुजीबुर्रहमानको भित्तेचित्र विकृतसमेत गरेका छन् । भारतमा रहेकी हसिनाको एक अनलाइन कार्यक्रम सुरु हुनुअघि उक्त हिंसा सुरु भएको हो । बंगलादेशको प्रमुख अखबार ‘द डेली स्टार’ले लेखेको छ, ‘सामाजिक सञ्जालमा भाइरल पोष्टका अनुसार उक्त प्रदर्शन हसिनाको बंगलादेशविरोधी गतिविधिका कारण गरिएको हो ।’ शेख हसिनाका विरोधीले भारतमा बसेर हसिनाले बंगलादेशविरोधी गतिविधि गरिरहेको आरोप लगाएका छन् । गत वर्ष बंगलादेशमा विद्यार्थी आन्दोलनपछि हसिनाले देश छाड्नुपरेको थियो । उनी गत अगष्ट ५ मा भारत पुगेकी थिइन...
कसरी बने १० मिनेटमै  चन्द्रमामा दुइटा विशाल खोँच?
विश्व, समाचार

कसरी बने १० मिनेटमै चन्द्रमामा दुइटा विशाल खोँच?

नेपालअखबार,काठमाडौँ । संयुक्त राज्य अमेरिकाको दक्षिण पश्चिममा ग्र्यान्ड क्यान्यन भनिने एउटा प्रसिद्ध खोँच छ। एरिजोना राज्यमा अवस्थित यो खोँच ४४६ किलोमिटर लामो र २९ किलोमिटरसम्म चौडा छ। यसको गहिराइ १८०० मिटरभन्दा बढी छ। एक नयाँ अध्ययनले धेरै वर्षपहिले एउटा खगोलीय पिण्डले चन्द्रमामा पनि लगभग ग्र्यान्ड क्यान्यन जत्रै दुइटा खोँच बनाएको पत्ता लगाएको छ। उक्त अध्ययनका अनुसार उपत्यका जस्ता देखिने ती विशाल खोँच आजभन्दा झण्डै ४ अर्ब वर्षअघि एउटा क्षुद्रग्रह चन्द्रमामा ठोक्किँदा बनेका थिए। ती खोँच चन्द्रमाको त्यो गोलार्द्धमा छन् जुन पृथ्वीबाट कहिल्यै देखिँदैन। अमेरिकाको अन्तरिक्ष सम्बन्धी संस्था 'नासा' ले चन्द्रमाको दक्षिणी ध्रुवको अध्ययन गर्न सन् २००९ मा लुनार रिकनिसन्स अर्बिटर नामक अन्तरिक्षयान प्रक्षेपण गरेको थियो। उक्त यानले पठाएका तस्बिर र तथ्याकंको मद्दतले अमेरिका र बेलायतका वैज्ञानिकहरूल...
अमेरिकाले पठाएका २०५ अवैध भारतीय आप्रवासी बुधबार आइपुग्दै
विश्व, समाचार

अमेरिकाले पठाएका २०५ अवैध भारतीय आप्रवासी बुधबार आइपुग्दै

नेपालअखबार,नयाँ दिल्ली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको संकल्प र नीतिहरूको प्रभाव देखिन थालेको छ । जनवरी २० मा राष्ट्रपतिको पदभार ग्रहण गरेलगत्तै ट्रम्पले अमेरिकाबाट अवैध आप्रवासीहरूलाई निष्कासन गर्ने सम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । त्यसयता उनले सीमामा कडाई गरेका छन् भने अवैध आप्रवासीलाई समातेर धमाधम देश निकाला गरिरहेका छन् ।यसै सन्दर्भमा अमेरिकी प्रशासनले २०५ अवैध भारतीय आप्रवासीको समूहलाई सेनाको सी–१७ सैन्य विमानमा फिर्ता पठाएको छ । पछिल्ला दुई हप्तामा भारत बाहेक, धेरै देशका अवैध आप्रवासीहरूलाई अमेरिकाबाट देश निकाला गरिएको छ । सी–१७ सैन्य विमानबाट भारतीय आप्रवासीहरूलाई भारत फिर्ता पठाइएको भन्दै  समाचार एजेन्सी पीटीआईले पनि समाचार छापेको छ । सो खबरका अनुसार, अमेरिकाले राष्ट्रपति ट्रम्पको नीतिहरूको पालना गर्दै आप्रवासन कानुनलाई कडा बनाइरहेको नयाँ दिल्लीस्थित अमेरिकी...
अमेरिकामाथि चीनले पनि लगायो १० प्रतिशत कर
अर्थ, विश्व, समाचार

अमेरिकामाथि चीनले पनि लगायो १० प्रतिशत कर

नेपालअखबार,वाशिङटन डीसी । अमेरिकाले चीनबाट आयात गरिने सामानमा अतिरिक्त कर लगाएपछि चीनले पनि अमेरिकाबाट आयात हुने सामानमा १० प्रतिशत कर लगाएको छ । जस्तालाई त्यस्तै गर्ने नीति अनुसार चीनले यो कदम चालेको हो ।चीनको पछिल्लो निर्णयले अमेरिकाबाट भित्रिने ठुला इन्जिन कार, पिकअप ट्रक, एलएनजी, कच्चा तेल र कृषि मेसिनरीको आयातलाई असर गर्नेछ । चीन विरुद्ध कर लगाउन अमेरिकाले दिएको समयसीमा आज समाप्त हुँदै थियो । अमेरिकामा चीनबाट आउने सामानमा १० प्रतिशत अतिरिक्त कर कार्यान्वयनमा आएको छ । योसँगै चीनले पनि प्रतिरोधात्मक कर घोषणा गरेको हो । अमेरिकाले मेक्सिको र क्यानडा विरुद्ध लगाइएको २५/२५ प्रतिशत अतिरिक्त कर भने ३० दिनको लागि स्थगित गरेको छ ।...
को हुन् असदले देश छोडेपछि सिरियाका राष्ट्रपति बनेका अहमद अल-शारा?
राजनीति, विश्व, समाचार

को हुन् असदले देश छोडेपछि सिरियाका राष्ट्रपति बनेका अहमद अल-शारा?

नेपालअखबार .काठमाडौँ । सिरियाको बशर अल-असदको सत्ता पल्टाउन प्रमुख भूमिका खेलेका अहमद अल-शाराले भर्खरै आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका छन्। असदको विरूद्ध लडेका विद्रोहीमध्ये सबैभन्दा बलियो हयात तहरिर अल-शामको नेतृत्व गरेका ४२ वर्षीय शाराको विद्रोही नेता हुँदाको उपनाम अबु मोहम्मद अल जोलानी थियो। उनले सर्वपक्षीय सरकारको नेतृत्व सम्हालेका छन्। सिरियामा सत्ता कब्जा गरेपछि उनले आफू सरकार प्रमुख नबनेर इद्लिब सहरमा उनको समूहले चलाएको सरकारका प्रमुख मोहम्मद अल-बशिरलाई सिरियाको प्रधानमन्त्री बनाएका थिए। कुनै पनि आधिकारिक सरकारी पदमा नभए पनि पछिल्लो केही हप्ता उनी नै सिरियाको राष्ट्रप्रमुख सरहको हैसियतमा थिए। बुधबारदेखि भने आधिकारिक रूपमा उनले आफूलाई संक्रमणकालीन राष्ट्रपति घोषणा गरेका हुन्। करिब १५ हजार लडाकू भएको उनको समूहको नेतृत्वमा असदलाई देशबाट धपाएपछि सर्वस्वीकार्य नेताका रूपमा ...
सडकमा अकस्मात् बनेको खाल्डोमा ट्रकसहित खसे चालक
दुर्घटना, विश्व, समाचार

सडकमा अकस्मात् बनेको खाल्डोमा ट्रकसहित खसे चालक

नेपालअखबार,जापान। जापानमा दुई दिनअघि सडकमा अकस्मात् बनेको खाल्डोमा एउटा ट्रकसहित चालक खसेका थिए। टोकियो नजिकै सडकमा बनेको एउटा ठूलो र गहिरो खाडलमा फसेका ७४ वर्षीय ट्रक चालकलाई उद्धारकर्मीहरू बचाउन प्रयास गरिरहेका छन्। लगभग दस मिटर चौडाइ र गहिराइ भएको यो खाडलमा मंगलबार बिहान एउटा ट्रक खसेको थियो। सडकमा गाडी रोकिरहेका बेला मुनिको जमिन अकस्मात् भासिएर ठूलो खाडल बनेको थियो। गाडी त्यसैमा खसेको न्यूयोर्क टाइम्सले जनाएको छ। यो खाडल बनेपछि त्यसको २०० मिटर वरपर बस्ने बासिन्दाहरूलाई बस्ती खाली गर्न भनिएको छ। सडकको वरिपरिका बस्तीहरूमा खाडल पनि पर्न सक्छन् भनेर त्यहाँका स्थानीय बासिन्दाहरू पनि चिन्तित बनेका छन्। दुई दिनदेखि प्रयास जारी राखे पनि ती ट्रक चालकलाई अझै उद्धार गरेर बाहिर ल्याउन सकिएको छैन खाडलमा पानी चुहिरहेको र नजिकै भूमिगत ग्यास पाइपहरूको रहेकाले उद्धारकर्मीहरू थप चिन्तित बनेक...
ट्रम्पलाई झट्का, नागरिकता सम्बन्धी कार्यकारी आदेश कार्यान्वयनमा रोक
राजनीति, विश्व, समाचार

ट्रम्पलाई झट्का, नागरिकता सम्बन्धी कार्यकारी आदेश कार्यान्वयनमा रोक

नेपालअखबार ,काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मजात नागरिकताका लागि जारी गरेको कार्यकारी आदेश कार्यान्वयन गर्न अदालतले रोक लगाइदिएको छ । सिएटल जिल्ला अदालतका न्यायाधीश जोन कफनोरले उक्त आदेश कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेका हुन् । ट्रम्पले २० जनवरीमा शपथ ग्रहण गरेपछि कानुनी रुपमा अमेरिकी नागरिक नभएका आमा–बुवाबाट जन्मिएका बच्चालाई जन्मसिद्ध नागरिकता नदिन कार्यकारी आदेश जारी गरेका थिए । यसविरुद्ध अदालतमा मुद्दा परेको थियो । उक्त मुद्दामा ट्रम्पको नागरिकता सम्बन्धी आदेश असंवैधानिक भएको तर्क प्रस्तुत गरिएको थियो । त्यसमा प्रारम्भिक सुनुवाइ पछि अदालतले तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो । उक्त आदेशको पुष्टि समाचार एजेन्सी रोयटर्सले विहीबार प्रकाशित एक लेखमार्फत् पनि गरेको छ ।...
ट्रम्पले अमेरिकी राष्ट्रपतिको शपथ लिँदैछन्
राजनीति, विश्व, समाचार

ट्रम्पले अमेरिकी राष्ट्रपतिको शपथ लिँदैछन्

नेपालअखबार,काठमाण्डौं । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले सोमबार शपथ लिँदैछन्। शपथ ग्रहणका लागि उनी वासिङ्टन पुगेका छन्। शपथ ग्रहणअघि ठूलो संख्यामा जम्मा भएर उनका समर्थकहरूले विजयी ‍जुलुस निकालेका छन्। विजयी जुलुसमा ट्रम्प पनि सरिक भएका छन्। ट्रम्पको शपथ ग्रहण अमेरिकी संसद भवन 'क्यापिटल' मा हुनेछ। उनको भव्य शपथ ग्रहणका लागि सबै तयारी पूरा भइसकेको छ। शपथ ग्रहण समारोहमा सरिक हुन ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई पनि निम्ता दिएका थिए। राष्ट्रपति जो बाइडेन र ट्रम्पसँग चुनाव हारेकी कमला ह्यारिसले शान्तिपूर्ण तवरबाट सत्ता हस्तान्तरण हुने बताएका थिए। गत कात्तिक भएको चुनावमा ट्रम्पले ३१२ इलेक्टोरल कलेज जित्दै राष्ट्रपति निर्वाचित भएका थिए। राष्ट्रपतिको शपथ लिएलगत्तै उनले केही महत्त्वपूर्ण निर्णय लिने भनेका छन्। ट्रम्पले दोस्रोपटक कार्यभार सम्हाल्दै गर...